काठमाडौं– आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार एक साताका मुख्य घटनालाई समेटेर साप्ताहिक ब्रिफिङ पस्कन सुरु गरेको छ ।
यो साता ‘जबज’ले के भन्छ ? बोल्न दे भन्छ !,स्वदेशी वस्तुको प्रयोग वृद्धि र रुग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ, एमालेबाट बहिर्गमित भीम रावलका ४ विकल्प, पशुपतिनाथमा जलहरी प्रकरण : पुष्टि भएन अख्तियारको दाबी, मुद्दामा ‘पूर्वाग्रह’ साँधिएको निष्कर्ष पूर्वका पहिचानवादी संगठनबीच मोर्चाबन्दी, पार्टी नै बनाउनेलगायत समाचार हाबी भए ।
‘जबज’ले के भन्छ ? बोल्न दे भन्छ !
नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकले भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिमल्सेनालाई ‘अनुशासनको कारवाही’ गर्यो । रावललाई संगठित सदस्यबाटै हटाइयो भने बाँकी दुईजनालाई ६ महिने कारवाही गरियो । यो निर्णयले एमाले पार्टीभित्र मात्र होइन, बाहिरसमेत बहस निम्त्याएको छ ।
एमालेभित्रको कारबाही प्रकरणले निम्त्याएको यो बहस केवल तीनजना नेताको व्यवहारसँग मात्र जोडिएको छैन, कम्युनिष्ट पार्टीको संगठनात्मक संरचना कस्तो हुने भन्ने वैचारिक–सैद्धान्तिक प्रश्नलाई पनि यसले सतहमा ल्याइदिएको छ ।
भीम रावलले त्यस्तो के बदमासी गरेका थिए र उनलाई एमालेको सदस्यबाटै हटाइयो ? अनि, अदालतमा मुद्दा परेका व्यवसायी मीनबहादुर गुरुङबाट पार्टीले जग्गादान लिनुहुँदैन भनेर पार्टी कमिटीमा रहेका नेताहरुले सार्वजनिक अभिव्यक्ति दिन मिल्थ्यो ? सतहबाट हेर्दा यो एउटा विशिष्ट व्यवहारिक प्रश्नजस्तो मात्र देखिन्छ । तर, अन्तर्यमा हेर्दा यसभित्र सिद्धान्त पनि लुकेको छ ।
रावल, पाण्डे र तिमल्सेनाले गर्न हुने काम गरेका थिए वा गर्न नहुने ? यो विषयमा यहाँ चर्चा गर्न खोजिएको होइन । यहाँ केही सैद्धान्तिक प्रश्नहरु मात्र उठाउन खोजिएको छ ।
स्वदेशी वस्तुको प्रयोग वृद्धि र रुग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग, रुग्ण उद्योगहरूको प्रभावकारी सञ्चालन र रोजगारी वृद्धिका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ब्रिफिङ लिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा हालै सरकारले जारी गरेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१, लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन नीति, २०८१ र राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८१ को प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयका तर्फबाट प्रस्तुतीकरण गरिएको थियो ।
छलफलमा लामो समयदेखि बन्द र अन्योलको अवस्थामा रहेका गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट, विराटनगर जुट मिल, जनकपुर चुरोट कारखाना, हेटौँडा सिमेन्ट र कपडा उद्योग, नेपाल ओरियण्ड उद्योगलगायत उद्योगलाई सरकारको स्वामित्वमा निजी क्षेत्रको साझेदारी वा उपयुक्त ढाँचामा सञ्चालन गरी उत्पादन र रोजगारी बढाउने विषयमा छलफल भएको थियो । यसै गरी पेट्रोलियम पदार्थ र फलाम खानीको उत्खननका प्रगतिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो ।
प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको शपथ
जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री
ओली प्रधानमन्त्री भए पनि नीतिगत नेतृत्व कांग्रेसले गर्नुपर्छ : कृष्ण सिटौला
एमालेले पाँच बुँदामा सुनायो सरकारका पाँच महिने उपलब्धि
एमालेको कारबाहीबारे उषाकिरणको टिप्पणी : पञ्चहरूकै नक्कल गरेछन्
एमाले सचिवालय बैठक : उपनिर्वाचन र सरकारको कामको समीक्षा हुँदै
ईश्वर पोखरेल भन्छन्- बाँडिचुडी खान कांग्रेस-एमालेको सरकार बनेको होइन
एमालेका ऋषिकेश : बिजुलीको महसुल र पत्नीमाथि लागेको ठगी आरोपमा उस्तै रवैया
माओवादीले माग्यो ऋषिकेशको राजीनामा, ऋषिकेशको जवाफ(परीक्षामा समावेश हुन तयार छु
सभामुखको गुनासो- सरकार सदनसँग तर्केर, तर्सेर हिँड्न थाल्यो
एमालेबाट बहिर्गमित भीम रावलका ४ विकल्प
अछामबाट राजनीतिमा उदाएका नेता डा. भीम रावलले आधा शताब्दी लामो यात्रा गरेको नेकपा एमालेबाट बाध्यतावश बहिगर्मित हुनु परेको छ । बुधबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको एमाले सचिवालय बैठकले संगठित सदस्यबाट निष्कासनकोे निर्णय गरेसँगै रावलको पार्टीसँगको आधा शताब्दी लामो साइनो टुटेको हो ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीका कट्टर आलोचक रावलका लागि एमालेले बुधबारदेखि पार्टीको ढोका सधैँका लागि बन्द गरिदिएको छ । पूर्वउपाध्यक्ष रहिसकेका रावललाई चितवन महाधिवेशन (१० औँ) मा अध्यक्ष ओलीसँग प्रतिष्पर्धा गरेदेखि नै ‘किनारा’ मा पारिएको थियो ।
एमालेमा ५० वर्षसम्म काम गरिसकेका नेता रावलको सुदूरपश्चिम र कर्णालीमा बलियो पकड छ । उनलाई पार्टीको संगठित सदस्यसमेत नरहने गरी कारबाही गरिएपछि देशभर एमाले कार्यकर्ताले आक्रोश पोखेका छन् । एमालेका नेताहरूलाई अध्यक्ष ओलीको दासको संज्ञा दिँदै कार्यकर्ताहरूको आक्रोश सामाजिक सञ्जालमा पोखिएको छ ।
उपप्रधान तथा रक्षामन्त्रीको जिम्मेवारी सम्हालिसकेका पूर्वगृहमन्त्री रावल २०३० सालदेखि कम्युनिस्ट आन्दोलनमा लागेका नेतामा पर्छन् । राधाकृष्ण मैनालीबाट एमालेको सदस्यता लिएका रावल ०४७ मा तत्कालीन कृषि, भूमिसुधार तथा वनमन्त्री झलनाथ खनालका राजनीतिक सल्लाहकार बनेका थिए ।
अनुशासनमा नरहेपछि भीम रावललाई कारबाही : शंकर पोखरेल
पार्टीले ६ महिनाको छुट्टी दियो : विन्दा पाण्डे
संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाउँछौ : गृहमन्त्री
वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि बनेको हो : शेखर कोइराला
विधेयक समितिका बैठक नबसे स्पष्टीकरण सोधौँ : सभामुख घिमिरे
देशको अर्थतन्त्रमा स्थानीय मेला महोत्सवको योगदान महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
कांग्रेसको प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा श्रेष्ठ
राप्रपा कोशी प्रदेश समितिले पौष १३ गते इटहरीमा विरोध सभा गर्ने
पशुपतिनाथमा जलहरी प्रकरण : पुष्टि भएन अख्तियारको दाबी, मुद्दामा ‘पूर्वाग्रह’ साँधिएको निष्कर्ष
विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको चाँदीको जलहरी मर्मत गरी सुनको जलहरी राख्दा बदनियतपूर्ण तरिकाले सुनको हिनामिना नभएको फैसला गरेको छ।
विशेष अदालतका अध्यक्ष एवम् न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले वैशाख १८ गते गरेको फैसलाको पूर्णपाठमा जलहरीका सन्दर्भमा तीन जनालाई मुद्दा दायर गर्ने कार्य पूर्वाग्रही भएको फैसला गरेको हो।
विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोज १४ गते दायर गरेको रिटमा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै नेपाली सेनासहित सुरक्षा निकायको घेराभित्र निर्माण गरिएको जलहरीमा कुनै किसिमको अनियमितता हुने अवस्था नदेखिएको ठहर गरेको हो।
‘मिति २०८० असार २१ गतेको मुचुल्कामा उल्लिखित ६२३ ग्राम सुनको तौल समेत जोड्नु पर्नेमा सो सुनलाई समावेश गरेको देखिएन। अतः करिव १०७ केजी तौल भएको जलहरी निर्माण गर्दा अन्य धातुहरूको मिश्रण गरिएको तथ्यलाई आरोपदाबीमा अन्यथा भनेको नपाइएको समेत परिप्रेक्ष्यमा यी प्रतिवादीहरूले बदनियत राखी कोषको सुन हिनामिना गरेको भन्ने कुनै पनि वस्तु, तथ्य र प्रमाणबाट पुष्टि हुन आएन,’ फैसलामा भनिएको छ।
सिचुवान एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट एक सय २६ यात्रु लिएर अवतरण भएको छ ।
अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर पोखरा महानगर, चिनियाँ दूतावास र ड्रागन बोट एशोसिएसनको आयोजनामा यही पुस १४ र १५ मा फेवा तालमा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’मा सहभागी हुन आएका चार्टर उडानबाट चिनियाँ टोलीलाई पोखरा ल्याएको हो ।
चीन सरकारको अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा ड्रागन बोट फेस्टिभल भएको थियो । पुस १७ गते पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्ष पूरा हुँदैछ । विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन ।
चार्टर उडानबाट आशा जगाउने काम भने भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । सिचुवानको यो तेस्रो चार्टर उडान हो । यसअघि चीन, भुटान र भारतबाट सात चार्टर्ड र तीन अन्य अन्तर्राष्ट्रिय उडान सम्पन्न भएका छन् ।
भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान
राप्रपाले वर्तमान सरकारविरुद्ध भण्डाफोर अभियान चलाउने
राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेस-एमाले गठबन्धन सरकारविरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले वर्तमान सरकारका कारण भ्रष्टाचार संस्थागत भएको भन्दै भण्डाफोर अभियान चलाउने भएको हो ।
यो सरकारका कारण मुलुक अस्तव्यस्त भएको निष्कर्ष निकाल्दै सातै प्रदेश र अन्य तहमा भण्डाफोर अभियान र विरोध कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।
ठूला दल मिलेर बनेको सरकारले जनतामा आशा जगाउन नसकेको उनले बताए। त्यस्तै सरकारले अर्थतन्त्र चलायनमान गराउन नसकेको, असन्तुलित परराष्ट्र नीतिका कारण अन्तर्राष्ट्रिय सम्बन्धमासमेत नेपाल भूराजनीतिक चक्रव्यूहमा फस्ने खतरामा पुगेको निष्कर्ष बैठकले निकालेको जानकारी उनले दिए ।
कानून सबैका लागि बराबर हो : उपप्रधानमन्त्री सिंह
राष्ट्रियसभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल
कांग्रेसको आर्थिक नीति तथा योजना विभागमा सदस्य मनोनयन
स्वास्थ्य सम्मेलन: विदेशिएको जनशक्ति फर्काउन पहल गरिने
मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति पोखरेलले लिए शपथ
एनसेलको शेयर बिक्री रोक्न अमरेशकुमार सिंहले हालेको रिट खारेज
पूर्वका पहिचानवादी संगठनबीच मोर्चाबन्दी, पार्टी नै बनाउने
पूर्वका चार पहिचानवादी संगठनबीच एउटै पार्टी बनाउने गरी मोर्चाबन्दी भएको छ । उनीहरूले यसलाई ‘संयुक्त पहिचानवादी मोर्चा’ नामाकरण गरेका छन् ।
अन्यत्रभन्दा पहिचानको मामिला बढी पेचिलो बनेको पूर्वमा गठित पछिल्लो मोर्चामा प्रा.डा. महेन्द्र लावती संयोजकत्वको पहिचानवादी मोर्चा, केपी पालुङ्वा अध्यक्ष रहेको नेपाल जनमुक्ति पार्टी, डकेन्द्र सिंह थेगिम संयोजकत्वको प्रदेश नं. १ पुनःनामाङ्कन अभियान समिति र ज्ञानबहादुर गुरुङ सङ्घीय अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीको प्रदेश नं १ समिति आबद्ध छन् ।
धरान उपमहानगरपालिका–१२, चतरालाइनस्थित होटल पूर्वीस्टारमा पत्रकार सम्मेलन गर्दै भविष्यमा नयाँ राजनीतिक शक्ति (दल) निर्माण गर्न पहिचानवादी मोर्चा गठन गरेको संयुक्त पहिचानवादी मोर्चाका सदस्य मण्डलका नेता प्रा.डा. लावतीले बताए ।
मोर्चाको नेतृत्वमा पहिचानवादी आन्दोलनका पुरानै अनुहार छन् । मोर्चाका अधिकांश नेता/कार्यकर्ता लिम्बूवान आन्दोलनसँग जोडिएकाहरू हुन् । पूर्वको पहिचानवादी मोर्चा यसबीच विभिन्न १८ समूहसम्म विभाजित र एकीकृत भएको छ ।
निजामती सेवा विधेयक आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने
माओवादीको आरोप- निजामती सेवा विधेयक अघि बढाउन सरकारले ढिला गर्यो
अब पनि झोलामा खोला बोकेर नहिँडौँ : सुमना श्रेष्ठ
तीनकुनेको जग्गा ५० वर्षदेखि कब्जा, सरकारले केही गरेन : बालेन
महानगरपालिकाका प्रमुख बालेन शाहले तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबारबाट काठमाडौंमा सुरु कोटेश्वर महोत्सवको उद्घाटन गर्दै शाहले लामो समयदेखि रोकिएर रहेको तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
अहिले दुई तिहाइको सरकार हुँदा पनि मुआब्जा प्रक्रिया अघि बढ्न नसकेको उनले बताए । उनले पचासौँ वर्षदेखि जग्गा कब्जा हुँदा पनि सरकारबाट आश्वासन मात्रै प्राप्त भएको धारणा राखे । कुनै नेताले मुआब्जा प्रक्रिया अघि बढेको आश्वासन दिन घर–घरमा आए विश्वास नगर्न उनले स्थानीयहरूलाई सुझाव दिए ।
प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री आफ्नै स्रोत साधन समेत आफ्नै भएको अवस्थामा अहिले पनि मुआब्जा प्रक्रिया अघि नबढे कहिल्यै समस्या समाधान नहुने उनले बताए ।
कोटेश्वर महोत्सव सुरु, बालेनले गरे उद्घाटन
यस्तो छ रवि र निकितासहित ४४ जनाविरुद्धको अभियोगपत्र (पूर्णपाठ)
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनकी पत्नी निकितासहित ४४ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले ४२७ पृष्ठ लामो अभियोगपत्र जिल्ला अदालतमा दर्ता गराएको छ।
सहकारी संस्थाको बचत रकम ठगीसम्बन्धी आरोपमा गत कात्तिक २ गते काठमाडौंको बनस्थलीबाट पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहितका व्यक्ति र कम्पनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।
उक्त मुद्दामा ३६ जना व्यक्ति र ८ वटा कम्पनीविरुद्ध सरकारी वकिलले मुद्दा गरेको हो ।
दुई दिनमा सकियो रविको बयान, थुनछेक बहस बाँकी
‘सभापति जहाँ भए पनि रास्वपा बलियो बनाउँछौँ’
रविसँग तीन घण्टा बयान, सहकारी ठगीमा संलग्न नभएको जिकिर
‘सहकारी ठगीमा संलग्न जो कोहीलाई छोड्दैनौँ’
‘सहकारी ठगीमा मुछिएका सबै व्यक्ति छानबिनमा तानिन्छन्’
कान्छा न्यायाधीश नीतिजले दिनेछन् रविको भाग्य र भविष्यको निर्णय
रविबिना कसरी अघि बढ्ला रास्वपा ?
२५ हजार घुस लिँदालिँदै समातिएका रोल्पा ट्राफिक प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
सम्पदा क्षेत्रमा सर्वसाधारणको भिडभाड
आज सार्वजनिक बिदाको दिन उपत्यका, सम्पदा क्षेत्रमा सर्वसाधारणको भीड बढेको छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत उपत्यकाको हनुमानढोका दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर र पाटन दरबार स्क्वायरमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।
राजधानी प्रमुख आकर्षण र पर्यटकीय क्षेत्र भएकाले पर्यटकहरू तस्बिर खिच्न, इतिहास बुझ्न र यस क्षेत्रमा समय बिताउन व्यस्त छन् ।
लङ्खुवा खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न
बाढी पहिरोले बन्द माथिल्लो तामाकोशी जलविद्युत आयोजना सञ्चालनमा
लङ्खुवा खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न
वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ
मोरङको जहदा गाउँपालिका घर भएकी २२ वर्षीय महिलामाथि सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले बलात्कारको आरोपमा संलग्न तीन जनालाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक अररीया कुशाकट्टा बस्ने महम्द गुलजार, मोरङ कटहरी गाउँपालिका–२ का १९ वर्षीय मोहम्मद रमजान र सोही स्थानका १९ वर्षीय सोनुकुमार साह रहेका छन् ।
कटहरी २ मा हातखुट्टा बाँधेको र मुखमा सल कोचेको अवस्थामा अर्धचेत फेला परेकी महिलाको मंगलबार दिउँसो उद्धार गरेर कोशी अस्पतालमा उपचार भइरहेको छ ।
हाम्रो सिफारिस : यो साता खबरहबमा प्रकाशित सामग्री, जुन यहाँलाई मन पर्न सक्छ
विपिनको छलाङ – अहेबदेखि भर्सटायल नायकसम्म !
सायद कमै फिल्मकर्मी भेटिएलान्, जो विपिन कार्कीलाई ‘भर्सटायल’ अर्थात् बहुप्रतिभाशाली नायक’ मान्न तयार छैनन् ।
विपिनले ‘भर्सटायल’को फुर्को त्यसै पाएका होइनन् । चलचित्रहरूमा ‘बिन्दु’, ‘भष्मे डन’, ‘फणिन्द्र’ र ‘पित्तले डन’ जस्ता भूमिका निर्वाह गरी दर्शकको कलाचेत पर्गेल्न सकेपछि उनले यो टाइटल पाएका हुन् ।
विपिन पात्र निर्माणमा दख्खल राख्ने नायक हुन् । उनले फरक फिल्ममा आफूलाई फरक लुक्समा प्रस्तुत गर्छन् । यो नै विपिनको खुबी हो ।
विपिन भन्छन्, ‘फिल्ममा म विपिन देखिनु भएन । एक फिल्ममा निर्वाह गरेको पात्र अर्को फिल्ममा मिल्नु हुँदैन । दर्शकले मेरो फिल्म हेर्नुको कारण पनि यही हो जस्तो लाग्छ ।’
यो त विपिनले फिल्म क्षेत्रमा सफलता हासिल गरेपछिको कुरा हो । त्यसभन्दा पहिले विपिन के गर्थे त ?
विपिन पढाइले अहेब हुन् । तर उनीसँग अहेबको सर्टिफेकेट मात्रै छ, काम गरेको अनुभव मुस्किलले दुई महिना पुग्ला !
मनमोहन सिंहको निधनले सलमानको ट्रेलर लन्च स्थगित
पशुपतिनाथको दर्शन गर्न पुगे सोनु निगम (तस्बिरहरु)
भागदौडमा ज्यान गुमाएका परिवारलाई पुष्पा-२ टिमले २ करोड दिने
यस वर्षको हात्ती सुन्दरी बनिन् बिजुलीकली (तस्बिरहरू)
सौराहामा बिहीबारदेखि हात्ती तथा पर्यटन महोत्सव सुरू भएको छ ।
क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको सन्दर्भमा क्षेत्रीय होटल संघ (हान) सौराहाले सन् २००५ देखि हात्ती महोत्सव गरिरहेको छ।
यो १८ औँ हात्ती महोत्सव हो । सौराहानजिकैको बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा पुस १५ गतेसम्म महोत्सव हुने छ ।
महोत्सवमा हात्तीका विभिन्न खेल र मनोरञ्जनात्मक गतिविधि देखाउने गरिन्छ ।
बागमती बगरमा तरुल उत्पादन गर्दै किसान
जिल्ला र उच्च अदालतका २५ न्यायाधीशको सरूवा
धान झुल्ने खेतमा कागती पहेँलै, वार्षिक पाँच लाख आम्दानी
सङ्खुवासभाबाट ३४ करोड बढीको सुन्तला बिक्री
नर्भिकमा टाउकोमा पानी जम्ने समस्याको उपचार सुरु
अन्तर्राष्ट्रिय…
चीनले ब्रह्मपुत्रमा विश्वकै ठूलो बाँध बनाउने, भारत र बंगलादेशले उठाए प्रश्न
उत्तरी छिमेकी चीनले हालै मात्र भारतको सीमानजिकै विश्वको सबैभन्दा ठूलो बाँध परियोजनालाई अघि बढाउने अनुमति दिएको छ ।
चीन सरकारको यो निर्णयले दक्षिणी छिमेकी भारतको चिन्ता बढाएको छ । उता चीनले भने यस परियोजनाको बचाऊ गर्दै छिमेकी देशमा यसले कुनै समस्या नल्याउने जिकिर गरेको छ ।
चीनको तिब्बतस्थित पूर्वी भागमा विश्वको सबैभन्दा विशाला बाँध बनाउने तयारीमा चीन जुटेको हो । तर यस बाँधले भारतमा कयौँ किसिमका चुनौती सिर्जना गर्न सक्नेछ ।
यो बाँध यारलुङ्ग जाङ्गबो नदीमा बन्ने भएको छ। जुन भारतमा अरुणाचल प्रदेशतर्फ सोझिन्छ । यस नदीलाई भारतमा ब्रह्मपुत्रको नाममा चिनिन्छ । जुन नदी चीनमा उत्पति भएर भारत हुँदै बंगालको खाडीमा पुगेर समुद्रमा मिसिन्छ ।
दक्षिण कोरिया : कार्यवाहक राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव पारित
सुजुकी मोटर कम्पनीका संस्थापकको निधन
ट्रम्प ह्वाइट हाउसमा फर्कनुअघि अन्तर्राष्ट्रिय विद्यार्थीलाई चाँडै फर्कन विश्वविद्यालयको आग्रह
सुजुकी मोटर कम्पनीका संस्थापकको निधन
ट्रम्प ह्वाइट हाउसमा फर्कनुअघि अन्तर्राष्ट्रिय विद्यार्थीलाई चाँडै फर्कन विश्वविद्यालयको आग्रह
रूसी मिसाइलले अजरबैजानको जहाज खसालेको दाबी
अरबैजानको विमान कजाखस्तानमा खस्यो, सवार थिए ६७ यात्रु
कजाखस्तानको अकताऊ शहरमा बुधबार मध्याह्न ६७ यात्रु सवार विमान खसेको छ । सो विमान अजरबैजान एअरलाइन्सको भएको खुलेको छ ।
प्रारम्भिक रिपोर्टअनुसारस विमान सवार ६७ मध्ये केही व्यक्तिको ज्यान गएको छ । कजाखस्तानको आपतकालीन मन्त्रालयले विमान दुर्घटनास्थलसम्म पुग्ने प्रयास भइरहेको जनाएको छ ।
समाचार एजेन्सी रोयटर्सले रूसी समाचार एजन्सीलाई उधृत गर्दै अजरबैजानको बाकुबाट रूसको चेचन्यास्थित ग्रोजनीतर्फ उडान भरेको विमान दुर्घटनामा परेको समाचार सार्वजनिक गरेको छ । हवाई मार्गमा रहेको बाक्लो कुहिरोका कारण विमानका चालकले बाटो बदलेको बताइएको छ ।
यस्तो अवस्थामा भेटियो कजाकस्तानमा दुर्घटनाग्रस्त जहाज (तस्बिरहरू)
अपडेट : रुस गइरहेको जहाज कजाख्स्तानमा दुर्घटना, २५ यात्रु बाँच्न सफल
जापानमा आगलागीमा परी दर्जनौँ कुकुर मरे
युक्रेनी ऊर्जा संयन्त्रमा रूसको भयानक हमला
अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, ४६ जनाको मृत्यु
सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसङ्घका महासचिवको चिन्ता
इरानले ह्वाट्सएप, गुगल प्लेमाथिको प्रतिबन्ध हटायो
भारतीय पूर्वप्रधानमन्त्री सिंह निधनमा सात दिन राजकीय शोक घोषणा
सन् १९९० को दशकको सुरुमा देशको आर्थिक उदारीकरणका वास्तुकारमध्ये एक पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनपछि भारतले शुक्रबार सात दिनको राजकीय शोक मनाउने घोषणा गरेको छ ।
सन् २००४ देखि २०१४ सम्म प्रधानमन्त्रीको कार्यभार सम्हालेका सिंहको बिहीबार साँझ नयाँदिल्लीको अस्पतालमा ९२ वर्षको उमेरमा निधन भएको थियो । उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।
‘दिवङ्गत महानुभावप्रति सम्मान स्वरूप सम्पूर्ण भारतमा सात दिनको राजकीय शोक मनाइने निर्णय गरिएको छ’, भारत सरकारले शुक्रबार एक विज्ञप्तिमा भनेको छ । शोक जनवरी १ सम्म मनाइनेछ ।
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
चीनले पाकिस्तानलाई अत्याधुनिक ४० लडाकु विमान बेच्ने
वार्षिक ४५ ट्रिलियन येनको पूर्वाधार निर्यात गर्ने जापानको लक्ष्य
जापान एयरलाइन्समा साइबर आक्रमण
सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु
क्रिसमसमा युक्रेनको ऊर्जा केन्द्रमा रुसी आक्रमण
मोजाम्बिकमा जेलबाट १५ सय कैदी फरार
सन् २०२४ मा स्पेन जाने क्रममा हजारौँ आप्रवासीको हताहत
खेलकुद…
फरेस्ट तेस्रो स्थानमा पुग्दा म्यानचेस्टरका दुवै टोलीको लय खराब
इङ्लिस प्रिमियर सिपको बिहीबार राति भएको खेलमा नटिङ्घम फरेस्टले टोटनहाम हस्टस्पर्सलाई १-० ले हराएको छ।
जितसहित सो टोली अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। फरेस्टलाई जित दिलाउने क्रममा एन्थोनी एलेन्गाले २८ औं मिनेटमा गोल गरे। उनले लगातार तेस्रो खेलमा गोल गरेका हुन्। साथै फरेस्टले सन् १९९५ पछि लगातार पहिलो पटक लगातार चार खेलमा जित हात पारेको हो।
म्यानचेस्टर सिटी भने खराब लयमा नै गुज्रिरहेको छ। बिहीबार नै भएको प्रिमियर सिपको खेलमा एर्लिङ हलन्डको पेनाल्टी प्रहार जोर्डन पिकफोर्डले बचाएपछि सिटी एभरटनसँग घरेलु भूमिमै १-१ को बराबरीमा रोकियो। सिटी सबै प्रतियोगितामा गरेर पछिल्ला १३ खेलमा एक खेलमा मात्र जित हात पार्न सफल भएको छ।
सिटीका लागि १४ औं मिनेटमा बर्नान्डो सिल्भाले गोल गरेका थिए। यसैगरी, इलिमान नादियले ३६ औँ मिनेटमा एभरटनका लागि गोल गरे।
खेल र खेलाडीको विकासमा प्रदेशले सहयोग गर्छ : मुख्यमन्त्री सिंह
जनकपुरधाममा जनकपुर बोल्ट्सको विजयोत्सव (तस्बिरहरू)
प्रतिक्रिया