ओलीबारे प्रचण्ड-आफैँले आफूलाई सफल घोषणा गरेर संसद् र जनता झुक्क्याउने दिन गए
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार प्रगतिको तथ्यांकमा नभएर मिथ्यांक र आत्मरतिमा रमाइरहेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको बिहीबार बसेको दोस्रो बैठक सम्बोधन गर्दै प्रचण्डले आत्मरतिमा आत्मसन्तोष मिले पनि देशको भलो नहुने टिप्पणी गरे ।
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/prachanda-maoist-768x486.jpg)
‘प्रधानमन्त्रीका रूपमा मैले यो सम्मानित संसदमा एउटा परम्परा सुरु गरेको थिएँ, रिपोर्ट कार्डको परम्परा । तर, अहिले संसदमा रिपोर्ट कार्ड होइन, तथ्य होइन, मिथ्या कल्पना र आत्मरति सुनिन थालेको छ,’ उनले भने ।
पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल–पाल्पा सडकखण्डमा भएका दुर्घटनाबारे सदनमा दिएको अभिव्यक्तिबारे पनि अध्यक्ष प्रचण्डले खण्डन गरे ।
चित्रबहादुरको प्रश्न- समयमा संसद् नबोलाई अध्यादेशबाट सरकार चलाउने यही हो लोकतन्त्र ?
संसदमा सुमनाको आग्रह-पैलेरै विधेयक अघि बढाउने काम नगरौँ
भूमिसम्बन्धी अध्यादेश माफिया पोस्न ल्याइयो, सरकारको नियतमै खोट छ : प्रचण्ड
प्रचण्डको प्रश्न- सबै काम कार्यपालिकाले गर्ने भए व्यवस्थापिका किन चाहियो ?
फेल हुने भएपछि रोकियो सरकार, बिहीबार दुवै सदनमा अध्यादेश नलैजाने
अध्यादेश अड्किएपछि प्रधानमन्त्री ओली संसद्मा नजाने
सदनमा प्रचण्डले खोजे प्रधानमन्त्री ओली, देउवा भने टुप्लुक्क आइपुगे
पाथीभरा, आशिका र सामाजिक सञ्जाल विधेयकमा सरकारलाई एकसाथ घेरे प्रचण्डले
कांग्रेसको प्रतिक्रिया- फेरि प्रधानमन्त्री हुन नसक्ने बुझेर प्रचण्ड बोलेका हुन्
प्रचण्डले कांग्रेस नेताहरूलाई सोधे- हामीसँग मिल्दा गठबन्धन पाप हो भन्ने अहिले कता हुनु हुन्छ ?
संसद्मा उभिएर कांग्रेस–एमालेलाई प्रचण्डका ७९ प्रश्न
प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा सुझाव हस्तान्तरण
सत्तारुढ नेकपा (एमाले)ले प्रधनमन्त्री केपी शर्मा ओलीलाई सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका केही प्रावधानहरू परिमार्जन गर्न आग्रह गरेको छ ।
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/sahakari-adhyadesh-768x429.jpg)
एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग र राष्ट्रिय सहकारी महासंघ लिमिटेडले अध्यादेशका कतिपय प्रावधानलाई प्रतिस्थापन विधेयक ल्याउँदा परिमार्जन गर्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार विभाग प्रमुख खगराज अधिकारी र महासंघका अध्यक्ष ओमदेवी मल्लले बेग्लाबेग्लै पत्र बुझाएर अध्यादेशमार्फत लिइएको कदम सकारात्मक भए पनि कतिपय व्यवस्था परिवर्तन गर्न आवश्यक रहेको बताएका हुन् ।
लिङदेनले लगाए ओलीलाई ९ आरोप, प्रधानमन्त्रीजी नांगै हुनुहुन्छ !
नेपालको शासनसत्ता एकल नश्लीय चिन्तनबाट चलेको छ : राजेन्द्र महतो
राष्ट्रियसभा : पाथिभाराको घटनादेखि जाजरकोट भूकम्पको राहतका मागसम्म
तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन पेस
न्यायपरिषद् सदस्यमा सिफारिस खड्काको नाम सुनुवाइ समितिबाट अनुमोदन
माधव नेपालको आरोप-सिद्धबाबाको सुरुङ नछेडी ओलीले ब्रेक थ्रु भने
बाँकेमा ३६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
सरकारले पेश गर्न लागेको अध्यादेशविरुद्ध ६७ वटा अस्वीकारको प्रस्ताव दर्ता
जसपाले निर्णय नदिएपछि अध्यादेश राष्ट्रियसभामा पेश नगरिने, सरकारले सहमति खोज्ने
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले निर्णय नदिएपछि सरकारले बिहीबार बस्ने राष्ट्रिय सभाको बैकठमा अध्यादेश पेश नगर्ने भएको छ।
बिहीबार मध्यान्ह बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा सरकाले अध्यादेशलाई लिएर सहमति जुटाउने कोशिश भइरहेको बताएको हो ।
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/rastiy-sava-2025-2-768x406.jpg)
बैठकमा सहभागी एक सांसदका अनुसार सरकारले अझै सहमतिको पहल भइरहेकाले अध्यादेशसम्बन्धी प्रस्तावलाई कार्यसूचीमा नराख्न भनेको थियो ।
त्यसपछि राष्ट्रियसभाको आजको बैठकमा अध्यादेश पेश नगर्ने गरी अन्तिम कार्यसूची तयार गरिएको हो। यसअघि जारी गरिएका सम्भावित कार्यसूची यथावत छन् तर अध्यादेश भने कार्यसूचीबाट हटाइएको हो ।
अध्यादेशले तानातानमा उपेन्द्र यादव, भन्छन्- कता उभिने निर्णय भइसकेको छैन राष्ट्रपति रामचन्द्र पौडेलले गत पुसमा जारी गरेका ६ अध्यादेश पास गराउन माथिल्लो सदनमा जसपा निर्णायक छ । तल्लो सदनमा कांग्रेस(एमालेको बहुमतले सजिलै पास हुन्छ । तर माथिल्लो सदनमा अध्यादेश पास वा फेल गराउने खेलका निर्णायक जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव छन् ।
मुलुकमा आत्मसमर्पणवादी मानसिकता हावी भयो : कमल थापा
अध्यादेशको पक्षमा उभिन कांग्रेस सांसदलाई ‘ह्वीप’
अछाम पुगेर बादलले भने-भीम रावलमा वैचारिक विचलन देखियो
पत्रकार सम्मेलनमार्फत भीम रावलले गरे अध्यादेशको विरोध
बादलको टिप्पणी-माओवादी ‘जनयुद्ध’ हिंसा नै हो, अब दिवस मनाइरहनुको अर्थ छैन
अध्यादेशले तानातानमा उपेन्द्र यादव, भन्छन्-कता उभिने निर्णय भइसकेको छैन
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारद्वारा गत पुसमा ल्याइएका अध्यादेशबारे कुनै निर्णय भइनसेको बताएका छन् ।
यादवले अध्यादेशको पक्षमा वा विपक्षमा उभिने औपचारिक निर्णय नभइसकेको स्पष्टीकरण बुधबार दिएका हुन् ।
![](https://www.khabarhub.com/wp-content/uploads/2025/01/Upendra_3-768x416.jpg)
राष्ट्रपतिले जारी गरेका ती अध्यादेश पास गराउन अहिले संघीय संसद्मा पेश गरिएको छ । यस्तो ती अध्यादेश पास वा फेल गराउने खेलका निर्णायक जनता समाजवादीका अध्यक्ष यादव छन् ।
प्रतिनिधिसभाबाट त अध्यादेश सजिलै पास हुन्छ । तर राष्ट्रियसभाबाट उक्त अध्यादेश पास गराउन सरकारसँग बहुमत छैन ।
पोखरामा गगनको स्पष्टीकरण- पन्ध्रौँ महाधिवेशनसम्म शेखर दाइ र म एकै ठाउँ छौँ
उपराष्ट्रपतिबाट बिदा भएका नन्दकिशोर माओवादी उपाध्यक्ष बन्दै
सत्तापक्ष र प्रतिपक्षी दलहरूसँग छलफलमा सभामुख
कांग्रेस भन्छ– ७३ प्रतिशत नेपालीसँग स्मार्ट फोन, हामी उड्ने अवस्थामा छौँ!
रविले गोर्खा मिडियाबाटै पत्नीको नाममा काटेका थिए चार चेक, ससुराको कम्पनीलाई दिएका थिए ८१ लाख २५ हजार
राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता
नेपालमा फेसबुक र टिकटक लोकप्रिय भइरहँदा कांग्रेसमा डिजिटल टिम बनाउने प्रस्ताव
कांग्रेसको प्रशिक्षणमा विज्ञको निष्कर्ष– ०४६ पछि पार्टी बिग्रिँदै गयो
अध्यादेशको बचाउमा विश्वप्रकाश शर्मा, कार्यपत्रमा सम्झिए चन्द्र ढकालको भनाइ
भ्रष्टाचार र अनियमितता रोक्न कांग्रेसले ल्यायो जनप्रतिनिधिका लागि निर्देशिका
माओवादी बैठक : यी हुन प्रदेशगत इन्चार्जहरू
नेकपा माओवादी केन्द्रले नेताहरूको कार्य विभाजन गरेको छ । आज केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले प्रदेशगत इन्चार्ज तोकेको सचिव राम कार्कीले बताए ।
आजको बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागि थिए। तर, उनलाई कुनै प्रदेशगत जिम्मेवारी दिएको छैन । उनलाई पार्टी उपाध्यक्ष बनाउने भनिए पनि सचिवालय बैठकले निर्णय गरेको छैन।
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/maobadi-padadhikari-baithak-khumaltar-1-768x422.jpg)
प्रदेशगत इन्चार्जमा हरिबोल गजुरेललाई कोशी प्रदेशको जिम्मेवारी दिएको छ । मातृका यादवलाई मधेस, हितमान शाक्य बागमती, दिननाथ शर्मा गण्डकी, चक्रपाणि खनाल लुम्बिनी, कालीबहादुर मल्ल कर्णालीको जिम्मेवारी दिएको छ । यस्तै गिरिराजमणि पोखरेललाई सुदूरपश्चिमको जिम्मेवारी दिएको छ ।
विशेष प्रदेशमा जयपुरी घर्ती तोकिएको छ । यस्तै प्रवासमा सार्क समितिमा लक्ष्मण पन्त, राम कार्की युरोप–अमेरिका र ओम शर्मालाई एसिया समितिमा जिम्मेवारी दिएको छ ।
बामदेव भन्छन्- कांग्रेस र कम्युनिष्ट पार्टीले खिचडी राजनीति गरिरहेका छन्
‘कांग्रेस-एमाले अध्यादेशका भरमा सत्ता कब्जा गर्न खोज्दै छन्’
माओवादीको पक्षमा नयाँ लहर सुरु भएको छ : प्रचण्ड
जसपा नेपालको कार्यकारिणी समिति बैठक : नेताहरूले रिपोर्टिङ गर्दै, मुख्य तीन एजेन्डामा छलफल
बेलायती अधिराजकुमार र अधिराजकुमारीले गरे परेड अवलोकन
संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले आज पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजित कार्यक्रममा बेलायती सेनामा औपचारिक रुपमा सामेल भएका दुई सय ७४ नेपाली युवाले प्रस्तुत गरेको परेड अवलोकन गरेका छन् ।
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/edward-768x462.jpg)
नेपालको भ्रमणमा रहेका बेलायती अधिराजकुमार एड्वर्ड र अधिराजकुमारी सोफीले वार्षिक प्रमाणीकरण परेड अवलोकनसँगै उनीहरूका परिवारजनलाई प्रत्यक्ष भेटी विभिन्न जानकारी लिएका थिए ।
समारोहमा अधिराजकुमार एड्वर्डले भने, ‘अब तपाईं गोर्खा सैनिक बन्नुभएको छ । यस वर्ष भर्ती हुन सम्भावना बोकेका १३ हजार भन्दा बढीमध्ये केवल दुई सय ७४ नयाँ गोर्खामध्ये तपाइ एक हुनुहुन्छ । यो तपाईंको जीवनको सबैभन्दा ठूलो चुनौतीमध्ये एक रहेको छ । तपाईं आफ्नो उपलब्धिमा धेरै गर्व महसुस गर्नसक्ने अवस्थामा हुनुहुन्छ ।’
अधिवक्ता त्रिपाठीमाथि कुटपिट- पक्राउ परेका तीनै जनासँग अदालतले माग्यो जनही एक लाख धरौटी
सत्ता अभ्यासका लागि नेवाः राष्ट्रिय परिषद् गठन
आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिने विषयमा छलफल
विपिनको रिहाइका लागि परराष्ट्रमन्त्रीको पहल, इरानी विदेशमन्त्रीसँग टेलिफोन वार्ता
भक्तपुर पुगेर बेलायतका अधिराजकुमारले काठमा बुट्टा खोप्न थालेपछि‘
कांग्रेस संसदीय दलको अनुशासन समिति संयोजकमा बडू
प्रतिनिधिसभामा रविको सांसद पद निलम्बन फुकुवाको माग
खेलकुद
घरेलु भूमिमा नेपालले एउटै खेल जितेन, सिरिजको उपाधि थाइल्याण्डलाई
अन्तिम खेलमा पनि नेपाललाई पराजित हुन पुगेको छ । ७ विकेटले नेपाललाई हराउँदै थाइल्यान्डले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला २०२५ को उपाधि जितेको छ ।
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/thailand-2-e1738921582829-768x653.jpg)
त्रिपल राउन्ड रोविन पद्धत्तिमा खेलाइएको शृंखलामा नेदरल्यान्ड्सलाई २ अंकले पछि पादै थाइल्यान्ड च्याम्पियन बनेको हो । नेपालविरुद्ध क्लिन स्विप गरेको थाइल्यान्डले ६ खेलमा १० अंक जोड्न सफल भयो । नेपाल भने जितविहीन रहँदै शृंखलाको अन्त्य गर्न बिबश भएको छ ।
शुक्रबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ८३ रनको झिनो लक्ष्य थाइल्यान्डले १७ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको हो ।
नेपालले थाइल्याण्डसँग खेल्दै, सान्त्वना जितको अपेक्षा
इंग्ल्याण्डविरुद्धको एक दिवसीय खेलमा भारत विजयी : गिलको शानदार ब्याटिङ
थाइल्याण्डले नेदरल्याण्ड्सलाई दियो ११० रनको लक्ष्य
महिला क्रिकेट स् नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित
घरेलु भूमिमा नेपालको लज्जास्पद प्रदर्शन, चौथो खेलमा पनि पराजित
प्रतिक्रिया