अन्तरघात आरोपमा चुनावको तीन वर्षपछि डेढ दर्जन नेतालाई कारबाहीको डन्डा
नेपाली कांग्रेसले २०७९ को निर्वाचनमा पार्टीलाई असहयोग गरेको प्रमाणित भएका १८ जना नेताहरूमाथि कारबाहीको डन्डा चलाएको छ ।

२०७९ को स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीका आधिकारिक र समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको पुष्टि भएपछि ती १८ जना नेतालाई कांग्रेसले कारबाही चलाएको हो । आनन्दप्रसाद ढुंगाना संयोजक रहेको कांग्रेस केन्द्रीय अनुशासन समितिले बुधबार ६ जना नेतालाई पार्टीबाटै निष्कासन गरेको छ ।
समितिले १२ जना नेतालाई निश्चित अवधिका लागि निलम्बन गरेको छ । समितिका संयोजक ढुंगानाले अरू ६ जनालाई एक वर्षका लागि पार्टीबाट निस्कासन गरिएको जानकारी दिए ।
कांग्रेसले निष्कासित गरेपछि विष्णु राईले भने- अन्यायविरुद्ध लडेकै हो, सम्मान पत्र पाएँ
अन्तरघात आरोपमा गण्डकीका पूर्वमन्त्री खड्का कांग्रेसबाट निकालिए
कास्की कांग्रेसका निवर्तमान सभापति केसी तीन महिनालाई निलम्बन
आरजुको गृहनगर धनगढीका सात कार्यकर्ता कांग्रेसबाट निलम्बन
खोटाङ कांग्रेसका जिल्ला सभापति राई पार्टीबाट निष्कासित
तेह्रथुममा ४९ वर्षपछि कांग्रेस जिताएका तुल्सी सुब्बालाई कारबाही
त्रिविको उपकुलपतिमा डा. अर्याल नियुक्त
रविबारे गृहमन्त्रीको टिप्पणी- भिजिट भिसाको दुरुपयोग गर्दै अमेरिकी नागरिकता लिएका थिए
गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भिजिट भिसाको दुरुपयोग गरेको आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा रसुवामा गएको बाढीपहिरोसहित समसामयिक विषयमा जवाफ दिने क्रममा गृहमन्त्रीले पूर्वगृहमन्त्री लामिछानेबारे गम्भीर आरोप लगाएका हुन्।
लामिछाने भिजिट भिसामा अमेरिका गएर उतैको नागरिकता लिएर बसेको दाबी गरे । उनले भिजिट भिसामा गएको व्यक्ति उतै लुकेपछि त्यहाँको नागरिकता लिएर बसेको दाबी गरे ।

रविले त्यसरी भिजिट भिसाको दुरुपयोग गरेको पनि उनले बताए । ‘भिजिट भिसामा अमेरिका गएको मानिसले त्यही देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन ?’, उनले सोधे, ‘त्यो भिजिट भिसाको दुरुपयोग हो कि होइन ?,’ लेखकले पहिले आफूले गरेको दुरूपयोगको चित्त बुझ्दो जवाफ दिएपछि मात्रै अरूलाई प्रश्न गर्न पनि रास्वपाका सांसदहरूलाई सुझाएका छन् ।
करिब ९५ हजार टन मल मौज्दात : कृषिमन्त्री
कृषिमन्त्रीको जवाफ- रासायनिक मलको आयात गरी कृषकलाई अनुदानमा दिन्छौँ
भिजिट भिसा प्रकरणमा रास्वपालाई गृहमन्त्रीले भने- अरूलाई नैतिकताको पाठ पढाउनुअघि आफ्नै विगत हेर
गृहमन्त्री लेखकले संसद्लाई सुनाए रसुवागढीमा बाढीले विनाशको फेहरिस्त
रास्वपामाथि खनियो एमाले- भाइरल बन्ने लोभमा संसद्बाट गलत कुरा प्रचार गरेको आरोप
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बहिष्कार
कुनै ठूलो विद्युत् परियोजनालाई ‘डेडिकेटेड’ गरेर मल कारखाना स्थापना गरौँ : एनपी साउद
सोविता गौतमको आक्रोश- टालटुले समिति बनाएर सरकार झेली खेल खेल्दैछ
पोखरा विश्वविद्यालयको बजेट र नीति तथा कार्यक्रम पारित
पोखरा विश्वविद्यालयको २५औँ साधारणसभाको बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोडको बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको छ ।

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विश्वविद्यालयको शिक्षक कर्मचारीसम्बन्धी नियमावली, २०५५ र आर्थिक नियमावली, २०५५ तथा सेवा आयोग र पुनरावेदन समितिसम्बन्धी नियमावली, २०५७ सहित विभिन्न नियमावलीमा संशोधन प्रस्ताव पारित गरेको छ ।
बैठकमा कुलपति ओलीले विश्वविद्यालयलाई अनुसन्धानमूलक र प्रतिस्पर्धी रूपमा सञ्चालन गर्न आग्रह गर्दै स्वदेशमा उत्कृष्ट उच्चशिक्षा सम्भव छ भन्ने भावनालाई सार्थक तुल्याउनुपर्ने जोड दिए ।
प्रधानमन्त्री ओलीसमक्ष त्रिविका उपकुलपति अर्यालको शपथ
विशेष अदालतले पायो आईएसओ प्रमाणपत्र
तीन महिनाको तलब सुविधा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने सांसद तामाङको घोषणा
विशेष अदालतले पायो आईएसओको प्रमाणपत्र
गुणस्तरिय शिक्षाका लागि सामुहिक प्रयत्न जरुरी : उपप्रधानमन्त्री सिंह
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तताको माग गर्दै प्राध्यापकले शैक्षिक गतिविधि ठप्प पार्ने
रसुवाको पुल पुनःनिर्माणबारे मन्त्रिपरिषद्को निर्णय कुर्दै विभाग, बेलिबृज बनाउनै तीन महिना लाग्ने
रसुवामा बाढीले सीमा नाकाको पुल बगाएपछि अहिले नेपाल–चीन बीचको यातायात सेवा अवरुद्ध हुन पुगेको छ । नौ जना भन्दा धेरैको ज्यान गएको र दर्जनौँ सवारी साधन बगाएको बाढीपछि यातायात सेवालाई कसरी सुचारु गर्ने भन्ने विषयमा सडक विभागले छलफल सुरु गरेको छ ।

सडक विभागका प्रवक्ता प्रभातकुमार झा का अनुसार रसुवामा बाढीका कारणले सीमा नाकाको पुल बगाएको छ भने विभिन्न १५ ठाउँमा गरेर एक किलोमिटर भन्दा बढी सडकमा क्षति पुर्याएको छ । नाका खुलाउने गरी कसरी काम गने
‘डाइभर्सन कहाँ–कहाँ खोल्न सकिन्छ, नाकामा पनि बेलिबृज राख्ने होला, दुई चार दिनमा कसरी काम गर्ने भन्ने विषयमा क्लियर हुन्छ’, उनले भने, ‘यो ठूलो स्केलको डिजास्टर हो, पुल पनि गएको छ भने बाटो पनि १५ किलोमिटरमा ठाउँ–ठाउँमा क्षति भएको छ ।’
भेरी नदीमा हाम फालेर एक जना बेपत्ता
बारामा ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन
पहिरोमा पुरिएर एक जनाको मृत्यु, एक बेपत्ता
फेवाताल सफाइमा जुटे छोरेपाटनका युवा (तस्बिरहरू)
आइपुग्यो त्रिवि क्रिकेट मैदानको फ्लड लाइट टावर (तस्बिरहरू)
रसुवा बाढीमा बेपत्ताको खोजीकार्य जारी
पहिरोले भुम्रे–हातेमालोचोक सडक अवरुद्ध, यात्रु अलपत्र
दाउन्नेमा पहिरो खसेपछि नारायणघाट-बुटवल सडक अवरुद्ध
रसुवागढी नाकामा दुवैतर्फबाट सम्पर्क टुट्यो
गौरीघाट, गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तहभन्दा माथि, सचेत रहन आग्रह
मुस्ताङमा बाढीले चार पुल बगायो, दुई पुलमा क्षति
रूसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धलाई लिएर मस्कोविरुद्ध थप प्रतिबन्ध लगाउने विचार गरिरहेको बताएका छन् । ह्वाइट हाउसमा भएको मन्त्रिपरिषद्को बैठकमा बोल्दै ट्रम्पले द्वन्द्वको प्रतिक्रियामा रूसमाथि थप प्रतिबन्ध लगाउने सिनेटको विधेयकलाई समर्थन गर्ने कि नगर्ने भनेर विचार गरिरहेको बताएका छन् ।

विधेयकमा रुसबाट ऊर्जा आयात गर्ने देशहरूमा भारी शुल्क लगाउने प्रावधान साथै रूसी ऊर्जा उत्पादनलाई समर्थन गर्ने विदेशी कम्पनीहरूमा पनि प्रतिबन्ध लगाउने समावेश रहेको जनाइएको छ ।
अमेरिकी रक्षा विभागले हतियार तयारीको समीक्षा गरेपछि युक्रेनका लागि अस्थायी रूपमा स्थगित गरिएको रक्षात्मक हतियार ढुवानी पुनः सुरु गर्न स्वीकृति दिएको पनि ट्रम्पले मंगलबार घोषणा गरेका थिए ।
युद्धका कारण बन्द इरानमा रहेको रुसी राजदूतावासबाट सेवा सञ्चालन
रुसी विदेशमन्त्री लाभरोभले उत्तर कोरियाको भ्रमण गर्ने
गुजरातमा पुल भत्किँदा नदीमा खसे गाडी, ९ जनाको मृत्यु
टेक्सासमा विनाशकारी बाढी : १०९ जनाको मृत्यु, १६० भन्दा बढी बेपत्ता
प्रतिक्रिया