राष्ट्रपतिको अपिल – शान्तिपूर्ण निकास निस्किएको छ, सम्हालिँदै चुनावको अवसर सदुपयोग गरौँ
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा शान्तिपूर्ण निकास निस्किएको भन्दै चुनावको सदुपयोग गर्न अपिल गरेका छन् । रक्तपातयुक्त जेन-जी आन्दोलनपछि निम्तिएको राजनीतिक शून्यता चिर्न शुक्रबार साँझ पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी फागुन २१ गते प्रतिनिधि सभा चुनाव घोषणा गरेका राष्ट्रपति पौडेलले यस्तो अपिल गरेका हुन् ।

‘देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात् एउटा शान्तिपूर्ण निकास निस्किएको छ । संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ’, पौडेलले अपिलमा लेखेका छन्, ‘छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन् ।’
बडो जुक्तिले प्राप्त अवसर भन्दै राष्ट्रपति पौडेलले यो अवसर सदुपयोग गर्दै जनता रिझाउने र आफैँमा सम्हालिँदै आगामी फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका हुन् ।
प्रधानमन्त्रीसमक्ष आन्दोलनका घाइतेले भने – हाम्रो योगदान खेर नजाओस्
संसद् विघटन फिर्ता लिन राष्ट्रपतिलाई ८ दलको आग्रह
चन्द्र ढकाल लेख्छन् – गहभरी आँशु पारेर टोलाइरहन मन लाग्छ, तर छुट छैन
नयाँ सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्न तयार : इप्पान
केपी ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल
‘जेल फर्किन्छु’ भन्दै नख्खु पुगेका रवि घर फर्किए
.प्रधानमन्त्रीले ट्रमा सेन्टर पुगेर घाइतेको स्वास्थ्यबारे लिइन् जानकारी
प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भएका युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्कीले आज अपराह्न वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन्।

सेन्टरका प्रमुख डा. बद्री रिजालका अनुसार सेन्टरमा भर्ना भएका ३६ जना घाइतेमध्ये छ जनाको सघन उपचार कक्षमा उपचार जारी छ । उनले दुई जनाको अवस्था गम्भीर रहेको जानकारी प्रधानमन्त्रीलाई गराए।
प्रमुख डा रिजालले प्रधानमन्त्रीलाई केही बिरामीको शल्यक्रिया गर्नुपर्ने तर गम्भीर चोटका कारण तत्काल शल्यक्रिया गर्न नसकिने जानकारी गराएको बताए।
मणिपुर पुगेर नरेन्द्र मोदीले दिए सुशीला कार्कीलाई बधाई (भिडियो)
दलाई लामाले दिए सुशीला कार्कीलाई बधाई
प्रधानमन्त्री कार्कीलाई भारतीय समकक्षी मोदीको बधाई
प्रधानमन्त्री कार्कीलाई युनुसको शुभकामना
आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदैछ प्रधानमन्त्रीको कार्यकक्ष
एमालेले जनतासँगको सम्बन्ध ब्यापक सुधार गर्नेछ : योगेश भट्टराई
प्रधानमन्त्रीलाई उपप्रमुख डंगोलको सुझाव : जेन–जीलगायतको भावना अनुरूप काम गर्नुहोला
संसद विघटनको विपक्षमा उभिने कांग्रेसको निर्णय
नेपाली कांग्रेस संसद् विघटनको विपक्षमा उभिएको छ । शुक्रबार राति बसेको केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठकले संसद् विघटनको विपक्षमा उभिने निर्णय गरेको हो । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा संसद् विघटनको यो उपक्रम नेपालको संविधानको परिकल्पना र सम्मानित सर्वोच्च अदालतको व्याख्या विपरीत रहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्– ‘संसद् विघटनको यो उपक्रम हाम्रो संविधानको परिकल्पना र सम्मानित सर्वोच्च अदालतको व्याख्या विपरित छ, संविधान सम्मत विल्कुल छैन ।’
उनले यो कदमले एकातर्फ लोकतान्त्रिक उपलब्धि धरापमा पारेको र अर्कातर्फ जेन–जी आन्दोलनको भावना र मर्मले मृत्युवरण गर्ने त होइन भन्ने आशङ्का उत्पन्न गरेको जनाएका छन् ।
विज्ञप्तिमा कांग्रेसले जिम्मेवार ढङ्गले राष्ट्रपतिले लिएको पहललाई जेन–जी पुस्ताको माग र भावनाबमोजिम नै निष्कर्षमा पुर्याउन र जेन–जीले प्रस्ताव गरेको व्यक्तिलाई नै अन्तरिम सरकारको नेतृत्व दिन आग्रह गरेको स्मरण गराइएको छ ।
देउवा उपचारमै हुँदा जिम्मेवारी हस्तान्तरणको कुरो उठेपछि रोज राणा असन्तुष्ट
सुमनाले भनिन्, ‘म मन्त्री हुन लागेको होइन’
देउवामाथिको हातपात जघन्य अपराध, भौतिक संरचना जलाएर कांग्रेसको विचार मर्दैन : डा. शेखर
सुशीला कार्कीको नियुक्ति संविधानविपरीत : जनमोर्चा
लुटेरा, अपराधी, चोर र ठगको प्रतिरोध गर्न आह्वान गर्दै महेश बस्नेतले भने- अप्ठ्यारो परे सम्पर्क गर्नू
राजेन्द्र बजगाईंको गुनासो- प्रतिशोध साँधेर मेरो होटलमा आगजनी गरियो
छ महिनाभित्र चुनाव हुनुपर्नेमा रास्वपाको जोड
प्रचण्डसहित १९ माओवादी नेताका घर ध्वस्त
भ्रष्टाचार र बेथितिविरूद्व जेन–जी पुस्ताले सुरू गरेको आन्दोलन क्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित १९ जना नेताका घरमा आगजनी भएको छ ।
माओवादी केन्द्रले शनिबारसम्म सङ्कलन गरेको तथ्याङ्क अनुसारस भदौ २४ गते उग्र बनेको आन्दोलनका क्रममा उपत्यका र उपत्यका बाहिर रहेका १९ जना नेताहरूको घरमा आगजनी भएको पाइएको हो ।

प्रदर्शनकाकारीले माओवादी केन्द्रको कोशी प्रदेश कार्यालयमा पनि आगो लगाएर ध्वस्त बनाएको प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ । प्रदर्शन क्रममा अधिकांश शीर्ष नेताहरूको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको माओवादी केन्द्रले जनाएको छ ।
बुटवलको विद्यालयले भाटभटेनीमा चोरी गर्ने शिक्षकलाई हटायो
पूर्णरुपमा क्षतिग्रस्त स्वास्थ्य मन्त्रालय अस्थायी व्यवस्थापनका लागि ठाउँ खोज्दै
प्रधानमन्त्री कार्कीको नियुक्ति संविधानविपरीत : पत्रकार महासंघ
कञ्चनपुरमा सार्वजनिक यातायात सञ्चालनमा
विभिन्न मन्त्रालयमा तोडफोड र आगजनीपछि क्षति विवरण संकलन सुरु
वीरगञ्ज महानगरको भवन र सवारीसाधन जलेर नष्ट
पाकिस्तानमा तालिबानको आक्रमणमा १२ जना सैनिकको मृत्यु
उत्तरपश्चिम पाकिस्तानमा तालिबानले शनिबार गरेको आक्रमणमा कम्तीमा १२ जना सैनिकको मृत्यु भएको स्थानीय सरकार तथा सुरक्षा निकायका अधिकारीहरूलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
सन् २०२१ मा काबुलमा अफगान तालिबान सत्तामा फर्किए पछि अफगानिस्तानसँगको सीमा क्षेत्रमा आतङ्कवाद बढेको जनाइएको छ । सैन्य समुह दक्षिण वजिरिस्तान जिल्लाको एउटा सहर हुँदै गइरहेको अवस्थामा सशस्त्र व्यक्तिहरूले हतियार तथा गोली प्रहार गरी आक्रमण गर्दा १२ जना सुरक्षाकर्मीको मृत्यु हुनुका साथै चार जना घाइते भएको एक स्थानीय सरकारी अधिकारीले बताएका छन् ।

त्यस क्षेत्रमा तैनाथ एकजना सुरक्षा अधिकारीले मृतकको सङ्ख्या पुष्टि गर्दै आक्रमणकारीहरूले सैन्य समुहको हतियार जफत गरेको बताएका छन् । पाकिस्तानी तालिबान, तेहरीक–ए–तालिबान टीटीपीले सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै आक्रमणको जिम्मेवारी लिएको छ । पछिल्लो समयका टीटीपी लडाकु र आक्रमणको सङ्ख्या बढेको स्थानीय सरकारका वरिष्ठ अधिकारीलाई उदृत गर्दै एएफपीले जानाएको छ ।
प्यालेस्टाइन कहिल्यै राष्ट्र बन्नेछैन : नेतन्याहू
म्यानमाको राखाइनमा हवाई आक्रमण, १९ जना विद्यार्थीको मृत्यु
प्रतिक्रिया