आजका समाचार : दश वामशक्तिबीच एकता, झलनाथ पनि मिसिए, रामकुमारीहरू एमालेतिर जाने र अमेरिकी सरकारी शटडाउन इतिहासकै लामो | Khabarhub Khabarhub

आजका समाचार : दश वामशक्तिबीच एकता, झलनाथ पनि मिसिए, रामकुमारीहरू एमालेतिर जाने र अमेरिकी सरकारी शटडाउन इतिहासकै लामो


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

नेपाली कम्युनिष्ट पार्टीको सम्मेलनबाट नौबुँदे प्रस्ताव पारित

नेकपा (माओवादी केन्द्र)र नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न वामपन्थी पार्टीबिच एकता घोषणा भएको छ । बुधबार भृकुटीमण्डपमा आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)लगायत वाम पार्टीबिच एकता घोषणा गरिएको हो ।

पार्टी एकताका लागि दलहरुबीच नौबुँदे सहमति भएको छ । पार्टीको केन्द्रीय संयोजकमा पुष्पकमल दाहाल र प्रचण्ड र सहसंयोजकमा माधव कुमार नेपाललाई चयन गरिएको छ ।

एकता घोषणा कार्यक्रममा पार्टी एकतामा आएका दलका सवै नेता तथा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीको हुने र पार्टीको चुनाव चिह्न पाँचकुने तारा रहने प्रस्तावलाई सवै दलका नेताहरुले अनुमोदन गरेका थिए ।नेपाली कम्युनिस्ट पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद राखिएको छ ।

एकतापछि माधवले भने- परिवर्तनको संवाहक बनेर अब नेपालको मूल पार्टी यही बन्नेछ

प्रचण्डको घोषणा : कसैको टाउको दुख्ला, हाम्रो पार्टी देशकै एक नम्बर भयो

झलनाथले भने- अब कहिल्यै नफुट्ने गरी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्छ

हौसिएका वामदेवले भने : हाम्रो पार्टीका सदस्य एक करोड पुर्‍याउन सक्छौँ

‘नेपाली कम्युनिस्ट पार्टी’ परिवर्तनको सम्वाहक बनेर आएको छ : माधव नेपाल

कम्युनिष्ट पार्टीबीचको एकता अहिलेको आवश्यकता : नेता खनाल

अन्तिम समयमा मिसिएका झलनाथालाई नयाँ पार्टीमा तेस्रो वरीयता र सह-संयोजक पद

झलनाथको आरोप : जेन–जीका नाममा ‘सन्ड मुसुन्ड’ले देशमा कोतपर्व भन्दा ठूलो विध्वंश मच्चाए

माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा

भृकुटीमण्डपमा एकता सभा, प्रचण्ड, माधवदेखि झलनाथसम्म (तस्बिरहरू)

माओवादीसहितको एकता सभामा मिसिन पुगे झलनाथ खनाल

रामकुमारीले भनिन्-माओवादीसँग एकता गरेसँगै एकीकृत समाजवादी विघटन भयो, हामी पार्टीविहीन भयौँ

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले सो पार्टीसँगको राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेकी छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै झाँक्रीले माओवादीसँग एकता गरेसँगै एकीकृत समाजवादी विघटन भएको उल्लेख गर्दै अब सो पार्टीसँगको राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेकी हुन् ।

प्रारम्भका दिनहरुमा भयानकै अभियान चल्छ होला भन्ने विश्वासले नयाँ अभियानमा जोडिए पनि त्यो अभियान एक हिसाबले समाप्त भएको र आफूहरूको अध्याय टुंगिएको उनले बताइन् ।

झाँक्रीले अहिले आफूहरू पार्टीविहीन बनेको र पजको अवस्थामा रहेको जिकिर गरिन् । अहिलेको एकता प्रक्रियाले बृहत्तर वामपन्थी एकता र प्रगतिशील आन्दोलनलाई कमजोर पार्ने निश्चित रहेको उनले बताइन् ।

घनेन्द्र र जीवनरामलाई साक्षी राख्दै घनश्यामको टिप्पणी- भ्रष्टाचार मुद्दा लागेपछि पद छाड्नुभन्दा माधव नेपालले बहुमतको बल देखाए

नौ दलको एकता सभाअघि झलनाथ र घनश्यामलाई फकाउने प्रचण्डको अन्तिम प्रयास

प्रचण्डले लोकेन्द्रलाई भनेका थिए- बाबुरामले छाड्नु भयो, अब तपाईं फर्किनुस्

जेन-जीले उठाएको आवाजलाई आत्मसात गर्न हामी तयार छौं : वर्षमान पुन

मुलुक अगाडि बढाउन संसद् पुर्नस्थापना आवश्यक : उपाध्यक्ष पौडेल

‘संसद् पुनर्स्थापना गरी संविधान संशोधनमार्फत ताजा जनादेशमा जानुपर्छ’

पार्टी पुनर्गठनमा लाग्ने घनश्याम भुसालको घोषणा

भयानकै होला भनेको यात्रा समाप्त भयो : रामकुमारी

किसान श्रेष्ठ भन्छन्– ‘हामीलाई केही चाहिँदैन, पुरानो घर एमाले फर्किन्छौँ’ 

एमालेमा महाधिवेशन प्रतिनिधि छनौटका सात आधार

नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि हुनका लागि पार्टीले सातवटा आधार चयन गरेको छ । अन्तरपार्टी निर्देशन ९अपानि० जारी गर्दै एमालेले ती आधारहरू मातहतका कमिटीमा पठाएको छ ।

मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुने ११औँ महाधिवेशनका लागि मंसिर १३ गते देशैभरी एकै पटक प्रतिनिधि छनौट हुने कार्यतालिका यसअघिको सचिवालय बैठकले सार्वजनिक गरिसकेको छ ।

अपानिमा जनाइए अनुसार महाधिवेशन प्रतिनिधि हुनका लागि केन्द्रीय सङ्गठन विभागले प्रमाणित गरेको पार्टी सदस्यताको विवरणका आधारमा गर्नुपर्ने छ । यसैगरी पार्टी केन्द्रीय कार्यालयमा रहेको पार्टी सदस्यता भूगोलमा लैजान चाहनेहरूले कात्तिक मसान्तसम्ममा सदस्यता स्थानान्तरण गरिसक्नु पर्ने अपानिमा जनाइएको छ ।

एसका नेतालाई एमालेमा स्वागत गर्दै योगेशले भने : अब नेताले होइन, राष्ट्रले जित्नुपर्छ

विशेष महाधिवेशनको विपक्षमा नेता शाही, भने- त्यो महाभारततिर छिर्दै नछिरौँ

मदन अमात्यले भने- नेताको दासत्व स्वीकार्दिनँ, कांग्रेसमा जेन-जीको जस्तै विद्रोह हुन्छ

कांग्रेसमा उदयशमशेरको प्रश्न : अन्तरिम सरकारलाई मोदीले दुई पटक बधाई दिए, हाम्रो पार्टीको धारणा के हो ?

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

बहुविवाह आरोपमा समातिएका एमाले केन्द्रीय सदस्य शेर्पा कारागारतिर

गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका छन् ।

काठमाडौँ उपत्यकाको महत्वपूर्ण सार्वजनिक स्थालहरूमा निःशुल्क वाइफाइका पहुँच पुर्याउने निर्णयसहित गत असोज ६ गते पदबहाली गर्नुभएका सञ्चारमन्त्री खरेलले आज नयाँबसपार्क पगी सेवा शुभारम्भ गरेका हुन् ।

सो अवसरमा उनले नयाँबसपार्कसहित काठमाडौँ उपत्यकाको १९ स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गरिएको जानकारी दिए ।

‘मन्त्रीको हैसियतले पदबहालीका क्रममा गरेको प्रतिबद्धताअनुसार निःशुल्क इन्टरनेट सेवा जडान सुरु गरेका हौँ, यसलाई विस्तारै उपत्यकाबहिर पनि विस्तार गर्दै लैजानेछौँ’, सञ्चारमन्त्री खरेलले स्पष्ट गरे ।

व्यवस्थापन समिति अध्यक्षबाट विद्यालयभित्रै कुटिइन् प्रधानाध्यापक

रविलाई बयानका लागि कारागारबाट सिंहदरबार ल्याइयो (तस्बिरहरू)

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति बारको ध्यानाकर्षण

चन्द्र भण्डारी भन्छन्- कांग्रेसले महाधिवेशनबाट भाग्न मिल्दैन

जाँचबुझ आयोगविरुद्ध दायर रिटमा कारण देखाउ आदेश

राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी गुरुप्रसाद पौडेललाई

स्वास्थ्य मन्त्रालयद्वारा महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर

काठमाडौंका सार्वजनिक स्थलमा निःशुल्क वाईफाई सेवा अनुगमनमा निस्किए सञ्चारमन्त्री

अमेरिकी सरकारी शटडाउन इतिहासकै सबैभन्दा लामो, हवाई सेवा र जनजीवनमा असर
अमेरिकी इतिहासको सबैभन्दा लामो सरकारी शटडाउन बुधबार पूरा भएको छ । यो शटडाउनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालको ३५ दिनको रेकर्ड तोडेको छ ।

कङ्ग्रेसले गत सेप्टेम्बर ३० सम्म बजेट पारित गर्न असफल भएपछि सरकारी कोष रोकिँदै आएको छ । यसले सङ्घीय निकायहरूदेखि सर्वसाधारणको दैनिकीसम्म गम्भीर असर पारेको छ ।

सरकारी कार्यक्रमहरू ठप्प हुँदा लाखौँ अमेरिकीलाई अत्यावश्यक खाद्यान्न र सहायता पाउन कठिनाइ भइरहेको छ । हाल १४ लाखभन्दा बढी सङ्घीय कर्मचारी( एयर ट्राफिक कन्ट्रोलरदेखि राष्ट्रिय पार्कका वार्डनसम्म( तलब बिना काम गरिरहेका छन् वा जबरजस्ती बिदामा बस्न बाध्य भएका छन् ।

मध्यरातमा रेकर्ड तोडिनु अघि नै ट्रम्प प्रशासनले आगामी सात दिनभित्र हवाई सेवा पूर्ण रूपमा अव्यवस्थित हुन सक्ने चेतावनी दिएको थियो । कर्मचारीहरूको अभावका कारण देशका प्रमुख विमानस्थलहरूमा लामो पङ्क्ति र सम्भावित उडान रद्द हुने स्थिति देखिएको छ ।

चीनद्वारा अमेरिकी सामानमा थप शुल्क स्थगित

‘उत्तरी नाइजेरियामा भएको गोलाबारीमा २१ जनाको मृत्यु’

बढ्यो ट्रम्पको तनाव : मेयर जितेपछि ममदानीले भने, ‘न्यूयोर्कले तपाईंलाई जन्मायो, अब उसैले हराउनेछ’

पूर्वी प्रशान्त महासागरमा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु

चिनियाँ अन्तरिक्ष यात्रीको फिर्ता ढिलो : अन्तरिक्ष यान सानो भग्नावशेषले ठोक्किएको आशङ्का

फिलिपिन्समा कलमेगी चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ६६ पुग्यो, २६ अझै बेपत्ता

मध्य भारतमा रेल दुर्घटना : यात्रु र मालवाहक रेल ठोक्किँदा कम्तीमा ११ जनाको निधन

रुसको पुनर्निर्माणका लागि उत्तर कोरियाले पठायो पाँच हजार सैनिक

केन्टकीमा इन्धन बोकेको कार्गो विमान दुर्घटना

जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने






































प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ७ : ५६ बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई