आजका समाचार : कांग्रेसमा सहमति जुटेन, तेस्रोपटक विभाजनको जोखिम, नेकपाको केन्द्रीय समितिमा २४ सय ९९ सदस्यीय र इरानमा मृतकको सङ्ख्या ६४६ पुग्यो « Khabarhub

आजका समाचार : कांग्रेसमा सहमति जुटेन, तेस्रोपटक विभाजनको जोखिम, नेकपाको केन्द्रीय समितिमा २४ सय ९९ सदस्यीय र इरानमा मृतकको सङ्ख्या ६४६ पुग्यो


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने भएको छ । राजधानीको भृकुटीमण्डपमा जारी महाधिवेशनमा अहिले साढे ६ देखि साढे ७ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

त्यसपछि बल्ल नयाँ कार्यतालिका आउने केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिएका छन् ।

उनका अनुसार आज राति मतदान हुने सम्भावना छैन । भोलि बिहानदेखि बल्ल मतदान शुरु हुनेगरी कार्यतालिका आउने अपेक्षा गरिएको छ ।

कांग्रेस विशेष महाधिवेशनमा चार जनाले लगे सभापतिको मनोनयनपत्र

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

कांग्रेस विशेष महाधिवेशन : सभापति पदको उम्मेदवारी शुल्क ३० हजार

पुरानै विधानअनुसार कांग्रेसको नयाँ केन्द्रीय समिति चयन हुने

मनोजमणि आचार्य भन्छन् : निर्वाचनको रेल गुडिसक्यो, अब रोकिँदैन

कांग्रेस महाधिवेशन प्रतिनिधि : ६१ जनाले पार्टी छाडे, ४४ को मृत्यु, ४६ सय ३८ कायम

कांग्रेसमा उम्मेदवारी शुल्क नगदै बुझाउनु पर्ने, क्युआर नचल्ने

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

कांग्रेस विधान महाधिवेशनको बन्द सत्रमा ढिलाइ, त्रिपक्षीय वार्ताले केन्द्रीय समिति बैठक पनि सर्यो

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

कांग्रेस संस्थापनको तयारी : बालुवाटारमा कुरा नमिले गगन-विश्वप्रकाशलाई सानेपाबाट निष्कासन गर्ने

नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेता-कार्यकर्तलाई पार्टीबाटै निष्कासनसम्मको तयारी थालेको छ।

बालुवाटारमा अहिले जारी त्रिपक्षीय वार्तामा यदि सहमति नजुटेमा विशेष महाधिवेशन पक्षधरलाई निष्कासनसम्मको तयारी थालेको हो ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन नेताहरू सानेपा पुगिसकेका छन् । तर बालुवाटारमा त्रिपक्षीय वार्ता जारी रहेकाले उक्त बैठक अघि बढ्न सकेको छैन ।

संस्थापनले डाकेको यो बैठकलाई विशेष महाधिवेशन पक्षधरले बहिष्कारको निर्णय यसअघि नै गरिसकेको छ। वार्तामा सहमति नभएसम्म संस्थापनले बोलाएको बैठकमा नजाने अडान गगन र विश्वले राखेका छन् ।

कांग्रेस विशेष महाधिवेशन : मनोनयन दर्ता साढे छ बजेपछि मात्रै हुने

महाराजगञ्जको दृश्य : पूर्णबहादुर बोल्दै गर्दा घोसेमुन्टो लगाएर सुनिरहे शेरबहादुर देउवा

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

कांग्रेस फुट्छ भन्दै चन्द्र भण्डारी र सुनील शर्माले छाडे विशेष महाधिवेशनस्थल

भृकुटीमण्डपबाट सानेपा पुगेका चन्द्र भण्डारी भन्छन् : पार्टी फुट रोक्न सबैलाई मिलाउने कोसिसमा छु

कांग्रेस विशेष महाधिवेशनमा तीन जनाले लगे सभापतिको मनोयन पत्र

विशेष महाधिवेशन पक्षधरबारे दीपक खड्का : वार्तामा कुरा नमिले निष्कासन गरिन्छ

सहमतिका लागि गगन–विश्व समूहले राख्यो देउवाको राजीनामासहित यी तीन शर्त

कांग्रेसको विशेष महाधिवेशनस्थलमा यस्तो छ सुरक्षा सतर्कता (तस्बिरहरू)

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाराबाजीपछि सार्वजनिक भयो निर्वाचन तालिका

नयाँ नेतृत्वका लागि निर्वाचन अघि बढाउन प्रतिनिधिको दबाब, विशेष महाधिवेशनस्थलमा नाराबाजी

विशेष महाधिवेशन शतप्रतिशतका लागि हो, ४० प्रतिशत भाग खोज्न हैन : सुवास पोखरेल

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन प्रचार प्रसार उपसमिति संयोजक सुवास पोखरेलले महाधिवेशन प्रतिनिधिहरू शेरबहादुर देउवा पक्षसँग वार्ता गर्न गए पनि भागबण्डाका लागि नगएको स्पष्ट पारेका छन् ।

देउवा पक्षका नेताहरूले अफबाह फैलाउँदै ४० प्रतिशत भाग खोज्न विशेष महाधिवेशन गरेको आरोप लगाइरहँदा संयोजक पोखरेलले भने, ‘यो विशेष महाधिवेशन शतप्रतिशतका लागि हो ४० प्रतिशतका लागि हैन ।’ उनले अगाडि भने, ‘हामीले भागबण्डा गर्न पठाएका होइनौँ । वार्ता हाम्रो नेतृत्व परिवर्तनका लागि हो ।’

कांग्रेस पार्टीको विशेष महाधिवेशनको सबै जरा यही रहेको भन्दै हेप्ने अधिकार कसैलाई नभएको बताए । राजाले हेप्दा सत्ता गएको भन्दै अब हेपाइ कसैको पनि नसहने उनले बताए ।

उनले निर्वाचन कार्यतालिका आइसकेको भन्दै शेरबहादुरलाई समेत महाधिवेशनमा मनोनयन गर्न आग्रह गरे । पोखरेलले नेतृत्वसँग संवाद र प्रकृया पनि सँगसँगै हुने बताए ।

कांग्रेस विशेष महाधिवेशन : मनोनयन दर्ता साढे छ बजेपछि मात्रै हुने

दोस्रो चरणको त्रिपक्षीय वार्ता गर्न जुटे कांग्रेस नेताहरू

उम्मेदवारी दर्ता समय ५ बजेसम्म लम्ब्याइयो

कुनै पनि हालतमा पार्टी फुट्न दिँदैनौँ : सुजाता कोइराला 

उम्मेदवारीका लागि मनोनयन पत्र वितरण सुरु

सानेपामा भेला हुँदै कांग्रेस संस्थापनका नेता (तस्बिरहरू)

कांग्रेसलाई कांग्रेसबाटै खतरा छ भन्दै तिवारीको ‘चौबाटोमा चार तारा’ विमोचन 

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

पार्टीबाट अलग भइसकेका राष्ट्रपति पौडेल पनि कांग्रेसका मतदाता !

कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति 

प्रचण्ड, माधवलगायत केन्द्रीय सदस्यको शपथ

नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा शपथ ग्रहण गरेका हुन् ।

पार्टी नेता राजेन्द्रकुमार पाण्डेले खबरहबलाई दिएको जानकारी अनुसार नेकपाका २४ सय ९९ केन्द्रीय सदस्यले शपथ लिएका हुन्। विभिन्न पार्टी परित्याग गरेर आएका तथा १६ वटा पार्टी मिलेर बनेको नेकपाले २४ सय ९९ केन्द्रीय सदस्य बनाएको हो।

नेकपाको केन्द्रीय सदस्यकै हैसियतमा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले पनि शपथ ग्रहण गरेको बताइएको छ ।

सभामुख भन्छन् : संसद् पुनर्स्थापना गरेर निर्वाचनमा जानु उपयुक्त, सर्वोच्चले छिटो फैसला दिए राम्रो

प्रधानमन्त्रीलाई एनसेलको गुनासो- टेलिकमलाई केही नगर्ने, हामीलाई व्याजसहित किस्ता तिराउने ?

चुनावमा वर्षमानलाई सघाउन सन्तोष सुवेदीले छाडे विप्लवको साथ 

ट्राफिक सप्ताह–२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

कोरला नाकाबाट दुई करोड २४ लाखका भेप बरामद

पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता कायम

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका कारण केही समय बन्द रहेको सञ्चार सेवा आंशिक रूपमा खुल्न थालेपछि केही नागरिकले पहिलो पटक बाहिरी संसारसँग सम्पर्क गर्न सकेका छन् । उनीहरूले राजधानी तेहरानमा देखिएको सुरक्षा व्यवस्था र केही स्थानमा भएको क्षतिको अवस्था साझा गरेका छन् ।

तेहरानका बासिन्दाका अनुसार मोबाइल फोनमार्फत बाहिर कल गर्न सकिए पनि सन्देश सेवा अझै पूर्ण रूपमा सञ्चालनमा आएको छैन । इन्टरनेट पहुँच पनि सरकारी रूपमा स्वीकृत वेबसाइटसम्म सीमित रहेको बताइएको छ ।

करिब साढे चार दिन विश्वसँग सम्पर्क विच्छेद भएपछि राजधानीका प्रमुख सडक र चोकमा दंगा नियन्त्रण प्रहरी तथा सादा पोसाकका सुरक्षाकर्मीको उपस्थिति देखिएको उनीहरूको भनाइ छ । प्रदर्शनका क्रममा केही बैंक तथा सरकारी कार्यालयमा आगलागी भएको, एटीएमहरू क्षतिग्रस्त भएको र इन्टरनेट बन्द हुँदा बैंकिङ सेवा प्रभावित भएको जानकारी दिइएको छ ।

उत्सर्जन कटौती सुस्त हुँदा फ्रान्सको जलवायु लक्ष्य संकटमा

युक्रेनको खार्किभमा रूसी आक्रमण, चार जनाको मृत्यु

आफ्नो देशलाई रोमानियासँग विलय गराउने पक्षमा भोट हाल्छु : मोल्दोभाकी राष्ट्रपति सन्दु

इरानमा केही प्रतिबन्धहरू खुकुलो, मृतकको सङ्ख्या ६४६ पुग्यो

ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो

जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल






























प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ७ : ५८ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी