रविलाई भेटेपछि मोदीले लेखे : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौँ
पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार बिहान नयाँदिल्लीमा भेटवार्ता भएको छ।
भ्रमणको तेस्रो दिन मोदीले रविका लागि समय छुट्याएका हुन् । रविसँगको भेटपछि मोदीले नयाँ सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।उनले साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने रविको इच्छामा आफ्नो समर्थन रहेको पनि बताएका छन्।

‘राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका अध्यक्ष रवि लामिछानेलाई भेट्न पाउँदा खुसी लाग्यो। साझा र समृद्ध भविष्यको लागि मिलेर काम गर्ने उहाँको इच्छालाई स्वागत गर्दछु र पूर्ण रूपमा सहमत पनि छु’, उनले लेखेका छन्, ‘हाम्रो ‘छिमेकी पहिलो नीति’अन्तर्गत नेपाल एक प्राथमिक साझेदार देश हो ।’
मोदीसँग भेटेपछि रविले भने : नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगमा लैजान सकिन्छ
रविले भेटे भारतीय प्रधानमन्त्री मोदीलाई
राष्ट्रिय सभामा पनि प्रधानमन्त्रीको निरन्तर विरोध, बैठक २६ गतेसम्मलाई स्थगित
संविधानसँग सम्बन्धित सम्झौताको अध्ययनमा कार्यदल
नागढुंगा सुरुङमार्गका लागि जापानको थप ५ अर्ब ५० करोड ऋण स्वीकृत
सरकारी अस्पतालमा बिग्रिएका स्वास्थ्य उपकरण राष्ट्रिय आविष्कार केन्द्रमार्फत मर्मत गर्न छलफल
अर्थमन्त्रीको गैरकानुनी हर्कत, आर्थिक विधेयकमा सुटुक्क ११ पेज हटाए
ओलीले प्रष्ट शब्दमा भने : नेपालले कसैको भूमि मिचेको छैन, भारतसँगको विवादमा तेस्रो पक्ष चाहिँदैन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जथाभावी नबोल्न प्रधानमन्त्री बालेन शाहलाई चेतावनी दिएका छन् । गत जेठ १७ गते संघीय संसद्को प्रतिनिधिसभामा उभिएर प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको भूमि मिचेको छ भनेर दिएको अभिव्यक्ति देशद्रोही र राष्ट्रघाती भएको ओलीले बताए ।
बुधबारदेखि काठमाडौंमा शुरू भएको एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहमा ओलीले प्रधानमन्त्री बालेनलाई जथाभावी नबोल्न चेतावनी दिएका हुन्। ‘नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन। बालेनले कसको हितमा बोले त्यो कुरा ?’, उनले भने, ‘बालेनले देशद्रोही अभिव्यक्ति दिए । यो भन्दा देशको हितविपरीतको कुरा के हुन्छ ? म चेतावनी दिन चाहन्छु, प्रधानमन्त्री जस्तो मान्छे जथाभावी बोल्दै, केटाकेटी जस्तो व्यवहार गर्दै नहिँडून ।’

ओलीले बालेन संसद्नको नियमवालीसमेत पालना नगरी अचानक आएर बोल्छु भन्दै राष्ट्रघाती कुरा गरेको पनि बताए । उनले बालेनको त्यो हर्कत कुनै हालतमा मान्य नहुने पनि उनले बताए ।
अध्यक्ष ओलीले अरु देशलाई आफ्नो सीमा विवादमा जोड्न जरुरी नभएको पनि स्पष्ट पारे । बालेनले भारतसँगको सीमा विवादमा बेलायत सरकारलाई तेस्रो पक्षका रुपमा खबर गरिएको बताएपछि ओलीले त्यसको कडा विरोध गरेका हुन् ।
चौतर्फी दबाबले गलेनन् ओली, सातौँ महाधिवेशनमा फर्किँदै योगेशले सुनाए यस्तो कथा
ओलीले प्रधानमन्त्री बालेनलाई भने- नेपाल तपाईंको घरको सम्पत्ति होइन
रिसाउँदै ओलीले भने : के-को सम्पत्ति विवरण ? खरानी उठाएर सरकारले लैजाओस्
विष्णु पौडेलले भने- यो ढंगले पार्टी अगाडि बढ्न सक्दैन, पुनर्गठन गरौं
‘कार्की आयोगले बयान दियो भनेर हुँदै नभएको कुरा प्रतिवेदनमा हालिदिएछ’
अध्यक्ष ओली प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित
‘कार्की आयोगले बयान दियो भनेर हुँदै नभएको कुरा प्रतिवेदनमा हालिदिएछ’
राष्ट्रिय सभामा पनि प्रधानमन्त्रीको निरन्तर विरोध, बैठक २६ गतेसम्मलाई स्थगित
नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गर्दै सांसदहरूले गरेको विरोधका कारण राष्ट्रियसभा बैठक जेठ २६ गते बस्नेगरि स्थगित भएको छ ।
बुधबार राष्ट्रियसभा सुरु हुने बित्तिकै राष्ट्रियसभाका सांसदहरूले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति नसच्याएसम्म बैठकको काम कारबाही अघि बढ्न नदिने अडानसहित उठेर विरोध जनाएपछि बैठक एक सातापछि बस्नेगरि स्थगित गरिएको हो ।

त्यसअघि बैठकमा राष्ट्रियसभा सदस्य सुनिल बहादुर थापाले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैरजिम्मेवार र तथ्यहीन भएकाले माफी माग्दै अभिव्यक्ति फिर्ता लिनुपर्ने बताए ।
उनले प्रधानमन्त्रीको अभिव्यक्ति अपरिपक्व भएकाले यसका कारण छिमेकी राष्ट्रसँगको सम्बन्धमा समेत नकारात्मक असर पर्ने उल्लेख गरे । प्रधानमन्त्रीसँग सीमा मिचेको तथ्य भए संसद्मा प्रस्तुत गर्न उनले माग गरे ।
अदालतको आदेशपछि कालापानीमा डोजर चल्छ : डिभिजन प्रमुख रेग्मी
‘न्यायाधीश र कर्मचारी मिलेर मात्रै न्यायालय सुधार्न सकिन्छ’
चोरी भएका सवारीसाधन भेटाइदिएपछि प्रहरीलाई खादा लगाएर सम्मान
तीन तहका सरकारले सूचना तथा सञ्चार क्षेत्रमा गरेका कामको समीक्षा हुन्छ : सञ्चारमन्त्री
साङ्गठानिक सुदृढीकरणलाई प्राथमिकतामा राख्न प्रहरी महानिरीक्षकको निर्देशन
मध्यपूर्वमा तनाव कायमै, औपचारिक युद्धविरामबीच पनि लडाइँ जारी
मध्यपूर्वका विभिन्न मोर्चामा औपचारिक युद्धविरामका घोषणा भए पनि क्षेत्रभर हिंसा र सैन्य कारबाही जारी रहँदा स्थायी शान्तिको सम्भावना अझै अनिश्चित देखिएको छ। गाजा, लेबनान र इरानमा युद्धविरामको दाबी गरिए पनि जमिनमा लडाइँ नरोकिनुका कारण ‘युद्धविराम’को प्रभावबारे गम्भीर प्रश्न उठेका छन्।
पछिल्ला हप्ताहरूमा इजरायली सेनाले गाजामा आफ्नो नियन्त्रण विस्तार गर्दै थप भूभाग कब्जा गरेको बताइएको छ। हमासका शीर्ष लडाकूहरू सहित दर्जनौँको मृत्यु भएको विवरण सार्वजनिक भएका छन्। युद्धका कारण गाजामा मानवीय संकट गहिरिँदै गएको छ, जहाँ झण्डै साढे नौ लाखभन्दा बढी प्यालेस्टिनी अस्थायी शिविरहरूमा बस्न बाध्य रहेको स्थानीय स्रोतहरूले जनाएका छन्। पानी, सरसफाइ र स्वास्थ्य सेवाको अभावले अवस्था थप जटिल बनेको छ।

लेबनानमा पनि तनाव कायमै छ। इजरायली सेनाले दशकौँयताकै सबैभन्दा गहिरो सैन्य कारबाही गरेको दाबी गरिएको छ भने हिजबुल्लाहले उत्तरी इजरायलमा रकेट आक्रमण जारी राखेको छ। सीमावर्ती क्षेत्रमा झडपहरू भइरहेका छन्, जसले सन् २०२४ पछि भएको युद्धविरामलाई कमजोर बनाएको देखिन्छ।
यसैबीच, अमेरिका र इरानबीच पनि तनाव कम गर्ने प्रयास भइरहे पनि सीमित झडपहरू रोकिएका छैनन्। हर्मुज जलघाँटी क्षेत्रमा सैन्य गतिविधि बढेको र दुवै पक्षबीच ड्रोन तथा क्षेप्यास्त्र आक्रमणसमेत भएको विवरण सार्वजनिक भएका छन्। यसले विश्व ऊर्जा आपूर्तिमा थप दबाब सिर्जना गरेको बताइएको छ।
जबरजस्ती श्रम नियन्त्रण नगर्ने देशमाथि अमेरिकाको नयाँ शुल्क प्रस्ताव
कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी आक्रमण, कम्तीमा एक जनाको मृत्यु, दर्जनौँ घाइते
टाइफुन ‘जाङ्मी’ जापानमा अवतरण, धेरै क्षेत्रमा बाढीको उच्च जोखिम
ऊर्जा संकटबीच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
दिल्लीको होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
कुनै बेला पर्यटकको आकर्षण इरानको केशम द्वीप, जहाँ अमेरिकाले बर्साइरहेको छ बम
म्यानमाबाट आएको ड्रोन थाइल्यान्डमा विस्फोट, तीन आप्रवासीको मृत्यु
रुसको भीषण हवाई आक्रमणमा २२ जनाको मृत्यु, १३८ घाइते
कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन र मिसाइल हमला, कयौँ मानिस घाइते
















प्रतिक्रिया