साप्ताहिक ब्रिफिङ : आत्मदाहको घटनाले भयो खैलाबैला, छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा, होर्मुजमा फेरी तनाव र विश्वकप क्वाटरफाइनलका खेल जारी « Khabarhub

साप्ताहिक ब्रिफिङ : आत्मदाहको घटनाले भयो खैलाबैला, छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा, होर्मुजमा फेरी तनाव र विश्वकप क्वाटरफाइनलका खेल जारी


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

आत्मदाह घटनामा विपक्षी र स्थानीय सरकारमाथि दोष थोपरेका गृहमन्त्रीको चोखिने प्रयास

मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेको घटनालाई लिएर संसदमा चर्को बहस भइरहँदा गृहमन्त्री सुधन गुरुङले स्थानीय सरकारमाथि दोष थोपर्दै आफ्नो बचाउ गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यो घटनालाई लिएर विरोध गर्ने विपक्षी सांसदहरूमाथि आक्रोश पोखे । उनले संसद्‌मा विपक्षीहरूलाई सरकार कसरी सञ्चालन हुन्छ भनेर आफूले सिकाउने चेतावनी दिँदै घोक्रो सुक्नेगरी भाषण गर्ने कति जना माननीयहरू हिजो अस्पताल जानुभयो ? भनी प्रश्न गरे ।

सम्बोधनका क्रममा गृहमन्त्री गुरुङले देशमा तीन तहको सरकार सञ्चालनमा रहेको बताउँदै आत्मदाहको घटना भएको ठाउँमा नेपाल प्रहरी वा ट्राफिक प्रहरीले नभई नगर प्रहरीले ह्वील लक लगाएको दाबी गरे । कुनै पनि भिडियोमा ट्राफिकले ह्वील लक लगाएको नदेखिएको प्रष्टीकरण दिँदै उनले स्थानीय सरकारले गरेको गल्तीको दोष पनि संघीय सरकारले नै बोक्नुपर्ने भनी असन्तुष्टि व्यक्त गरे । विपक्षी दलहरूतर्फ लक्षित गर्दै उनले दुई तहको सरकार उनीहरूसँगै रहेको र अहिलेको नियम कानुन पनि उनीहरूले नै बनाएको उल्लेख गर्दै विपक्षीले बनाएको नियम कानुन नै आफूहरूले कार्यान्वयन गरिरहेको जिकिर गरे ।

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

गणेशबारे रवि, बालेन र सुनिता चुप, तल्लो तहका वर्गमाथि राज्य सधैँ पूर्वग्राही

सांसद महरले संसद्‌मै लगाए ‘यो सरकार मुर्दावाद’ को नारा

बालेन यसअघि मेयर भएका कारण यो सहरमा गरिब बाँच्न नपाउने भए : ज्ञानेन्द्र शाही

एमालेले भन्यो- गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ

प्रधानमन्त्रीलाई कांग्रेस प्रश्न– मेयर हुँदा लेखेको स्टाटस आज सम्झिनुभएको छ कि बिर्सिनुभयो ?

नेकपाका ६ नेता एमालेमा प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का पोलिटब्युरो सदस्य डिबी कार्कीसहित ६ केन्द्रीय सदस्यलाई पार्टी प्रवेश गराएका हुन् ।

एमाले केन्द्रीय कार्यालय, च्यासलमा भएको उक्त कार्यक्रममा प्रवेश गर्ने केन्द्रीय सदस्यहरूमा कार्कीसहित राधेश्याम गुप्ता (रुपन्देही), विद्याप्रसाद शर्मा (दैलेख), वामदेव गौतम (दाङ), भोला बराल (मोरङ), दीपक इटानी (धादिङ) र रवीन्द्र बम (बैतडी) छन् ।

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

सरकारको भुईँमा खुट्टै छैन, यसरी उम्लेकाहरू स्थिर हुँदैनन् : अध्यक्ष ओली

गणेश नेपालीको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक जनाले गरे आत्मदाह

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

गगन थापाको चेतावनी- प्राथमिकता नतोकिएको संविधान संशोधनले देशलाई द्वन्द्वमा धकेल्न सक्छ

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्पष्ट प्राथमिकता र उद्देश्यबिना संविधान संशोधन प्रक्रिया अघि बढाउँदा देश अप्रत्याशित संवैधानिक जटिलता र द्वन्द्वतर्फ धकेलिन सक्ने चेतावनी दिएका छन्।

बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै सभापति थापाले सरकारले समाधान गर्नुपर्ने निश्चित समस्याको पहिचान नगरी संविधानका समग्र विषयलाई एकैपटक संशोधनको एजेन्डा बनाउने प्रयास गरेको भन्दै आपत्ति जनाए।

उनले प्राथमिकता निर्धारण नगरी गरिने संशोधनले अप्रत्याशित संवैधानिक जटिलता निम्त्याउने, चरम दलीय ध्रुवीकरण बढाउने तथा समाज र भूगोललाई जोड्ने मूल आधारसमेत कमजोर बनाउन सक्ने बताए।

सभापति थापाले लोकतन्त्र, गणतन्त्र, संघीयता, संसदीय शासन प्रणाली, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक चरित्र तथा समानुपातिक समावेशी प्रतिनिधित्व कांग्रेसका आधारभूत मान्यता भएकाले यी विषयमा कुनै सम्झौता नहुने स्पष्ट गरे।

सरकारको भुईँमा खुट्टै छैन, यसरी उम्लेकाहरू स्थिर हुँदैनन् : अध्यक्ष ओली

८७ प्रतिशत एमाले कार्यकर्ताले भने- ओलीलाई अध्यक्षबाट हटाउनुपर्छ

प्रधानमन्त्रीले गरे निर्माण व्यवसायीसँग छलफल, समस्या समाधान गर्ने प्रतिबद्धता

नेकपाका ६ नेता एमालेमा प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत

एमालेले पनि छाड्यो सरकारको संविधान संशोधन कार्यदल

 विश्वकपबाट बाहिरिएपछि इजिप्टको फिफासमक्ष उजुरी, रेफ्री टोलीमाथि छानबिनको माग

अर्जेन्टिनासँग पराजित हुँदै विश्वकप फुटबल २०२६ को अन्तिम १६ बाट बाहिरिएको इजिप्टले खेलका रेफ्री टोलीविरुद्ध अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) समक्ष औपचारिक उजुरी दर्ता गरेको छ।

इजिप्ट फुटबल सङ्घले बुधबार जारी गरेको विज्ञप्तिमा फ्रान्सेली रेफ्री फ्रान्कोइस लेटेक्सियर र भिडियो सहायक रेफ्री (भीएआर) टोलीबाट गम्भीर त्रुटि भएको दाबी गर्दै उनीहरूमाथि छानबिन गर्न तथा प्रतियोगिताबाट हटाउन माग गरेको जनाएको छ।

अर्जेन्टिनासँग ३–२ ले पराजित भएको उक्त खेलमा इजिप्ट १–० ले अघि रहेका बेला मोस्ताफा जिकोले गरेको गोल भीएआरको सिफारिसपछि अमान्य घोषित गरिएको थियो। रेफ्रीले गोलअघि अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजमाथि फाउल भएको निष्कर्ष निकाल्दै आफ्नो निर्णय परिवर्तन गरेका थिए।

इजिप्टले एन्जो फर्नान्डेजको निर्णायक गोलअघि अर्जेन्टिनाका एलेक्सिस म्याक एलिस्टरले हम्दी फाथीमाथि फाउल गरेको दाबी गर्दै आफूहरूले पेनाल्टी पाउनुपर्ने जनाएको छ।

सङ्घले खेलका केही भिडियो फुटेज समीक्षा गर्न अस्वीकार गरिएको आरोपसमेत लगाएको छ। ती फुटेजले इजिप्टको वैध गोल र पेनाल्टीको दाबी पुष्टि गर्ने विश्वास सङ्घको छ।

विश्वकप क्वार्टरफाइनलमा स्पेन र बेल्जियम भिड्दै, कसले मार्ला बाजी ?

युद्ध-विराम प्रयासको बावजुत गाजामा इजरायली आक्रमण जारी पछिल्लो आक्रमणमा छ जनाको मृत्यु

अमेरिकी मध्यस्थतामा गरिएको ‘युद्धविराम’ प्रयासको को बाबजुद गाजामा भएको पछिल्लो इजरायली आक्रमणमा छ जनाको मृत्यु भएको अल जजिराले गाजाको नागरिक सुरक्षा एजेन्सी र स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ ।

इजरायली ड्रोनले मध्य गाजाको नुसिरात शिविरमा प्रहार गरे पछि दुई जनाको मृत्यु भएको र अन्य चार जनाको यस क्षेत्रका विभिन्न भाग भएको आक्रमणमा परीमा मृत्यु भएको नागरिक सुरक्षा एजेन्सीलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ । गाजाका अस्पतालहरूले आक्रमणमा मृत्यु भएकाहरुको शवको पहिचा भईसकेको जनाइएको छ ।

तेहरानको स्ट्रेट अफ होर्मुजमा आवागमन स्वतन्त्रतालाई धम्की दिने क्षमतालाई अझ कम गर्न, व्यावसायिक जहाज र नागरिक चालक दलहरूमा आक्रमण गरे पछि युएस सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानको बिरूद्ध थप आक्रमण गर्न थालेको घोषणा गरेको छ ।

घातक आँधीपछि चीनमा टाइफुनको खतरा

स्पेनमा भीषण डढेलो : १२ जनाको मृत्यु

अमेरिका–इरान द्वन्द्व : १४ सर्वसाधारणको मृत्यु, होर्मुज हुँदै आवतजावत गर्ने जहाज घटे

रुसी ट्यांकरमा युक्रेनको आक्रमण तीव्र

ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना, अमेरिकामा सुरक्षा सतर्कता बढ्यो

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ८ : ०५ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग