साहित्य « Khabarhub

दीपावलीको दियो यसपालि मधुरो छ

लक्ष्मी मातालाई भित्र्याउनु छ,सुख–शान्ति ऐश्वर्य ल्याउनुछ,तर के गर्नु खै!दीपावलीको दियो यसपालि मधुरो छ। पराई मुलुकमा यो देशको छोरो लड्दै गर्दा,थाम्नलाई बलिया हात रहेनछन् थाहा भो।भैगो ! समाज गुहारौँ भनेथेँ,आफ्नै स्वर भासिइसके`छ थाहा भो। व्याधा कस्तो! बालखाका रगत बग्दै गर्दा,चित्त उसको दुख्दो रहेनछ थाहा भो।समाज खै! हुँडार प्रवृत्ति हावी भएछ,प्राण नउड्दै सिकार लुछ्न चुक्दो रहेनछ थाहा…