ब्रेकिङ स्टोरी « Khabarhub

नेपालको खराब सुरुवात, ७ ओभरमा गुमायो ४ विकेट

काठमाडौं - हङकङमा जारी टी–२० सिरिज क्रिकेटको फाइनलमा पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गरिरहेको नेपालले खराब सुरु गरेको छ । १७२ रनको लक्ष्य पछ्याएको नेपालका दुबै ओपनर सस्तैमा आउट भए । विनोद भण्डारी ४ रनमा आउट हुँदा कुशल भुर्तेल ५ रनमा आउट भए । कप्तान रोहित पौडेल १२ रनमा आउट हुँदा गुलसन झा ६ रनमा पभेलिएन फर्किए…