Live on
Your Voice, Your Power
काठमाडौं- वैदेशिक रोजगारीको लागि कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१ नक्साल बस्ने ताप्लेजुङ सिरीजङ्घा गाउँपालिका-१ घर भएकी ३८ वर्षीया साहारा सुव्वा (थेवे) लाई बुधबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-२८ हरिसिद्धिबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले हाल सम्म ९ जना पीडितहरूबाट कोरिया पठाइदिन्छु भनी…