समाचार « Khabarhub

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ ।  बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ ।  आकस्मिक समयअन्तर्गत सदस्यहरूले आफ्ना विचार प्रस्तुत गर्ने क्रम जारी छ ।