भलिबल « Khabarhub

मैत्रीपूर्ण खेलमा अफगानिस्तानविरुद्ध नेपालको रोमान्चक जित

काठमाडौं– नेपाली राष्ट्रिय भलिबल टोलीले अफगानिस्तानी टोलीसँगको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा रोमाञ्चक जित हात पारेको छ । लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको कर्भडहलमा बुधबार भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा पराजित गरेको हो । ४ सेटको खेलमा २–२ भएपछि खेल वेष्ट अफ फाइफमा धकेलिएको खेलको अन्तिम सेटमा नेपाली टोलीले १५–१३ स्कोरमा जीत हात पारेको हो ।…