साप्ताहिक ब्रिफिङ : कांग्रेसमा घर झगडा, फुट्यो नागरिक उन्मुक्ति, जनार्दनमाथि खनिए प्रचण्ड र गाजामा मृतकको संख्या बढ्दो | Khabarhub Khabarhub

साप्ताहिक ब्रिफिङ : कांग्रेसमा घर झगडा, फुट्यो नागरिक उन्मुक्ति, जनार्दनमाथि खनिए प्रचण्ड र गाजामा मृतकको संख्या बढ्दो


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 8 मिनेट


963
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । 

यो साता नेपाली मिडियामा कांग्रेसको घर झगडामा फसेको एमालेलाई सकस, बहादुर बोक्ने कि इन्द्रलाई सघाउने, माओवादीमा चुलिँदै दुई लाइन संघर्ष, प्रचण्डप्रति सार्वजनिक रुपमै पोखिन थाल्यो असन्तुष्टि, रञ्जितालाई हटाएर रेशमले बनाए बुवा लालवीरलाई नाउपाको अध्यक्षलगायतका समाचारले प्रमुख स्थान पाए ।

कांग्रेसको घर झगडामा एमाले : बहादुर बोक्ने कि इन्द्रलाई सघाउने ?

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलका नेताको हैसियत गुमाएपछि प्रदेश सरकारको भविष्यलाई लिएर प्रश्न उठेको छ ।

नेपाली कांग्रेस बागमतीका सभापति एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँसँग बुधबार दलको नेतामा पराजित भएपछि राजनीतिक वृत्तमा लामाको मुख्यमन्त्री पदलाई लिएर चासो बढेको छ ।

बागमतीमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले सत्ता साझेदार नेकपा (एमाले) लाई समेत छोएको छ । उसले बुधबार प्रदेश संसदीय दलको बैठक राखेर मुख्यमन्त्रीको किचलोबारे कांग्रेसको संस्थागत निर्णय कुर्ने निष्कर्ष निकालिसकेको छ ।

त्यसपछि बिहीबारमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा भएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवासँग बागमती प्रदेश सरकारबारे चासो देखाएका थिए ।

प्रधानमन्त्री ओलीले भने- राजनीतिमा को कतिबेला जेल पर्न सक्छ भन्न सकिँदैन

विद्यालाई छेक्ने ओलीको अभियान, च्यासल बैठकले नपुगेर नेताहरूलाई बालुवाटारमै बोलाएर निर्देशन

सभापति देउवाको तर्क- कांग्रेसलाई एकढिक्का बनाउन सके ०८४ मा बहुमत आउँछ

मुख्यमन्त्री लामालाई बानियाँको सुझाव- हठ त्यागेर नैतिकताका आधारमा राजीनामा दिनूस्

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत, नागरिक उन्मुक्तिको पनि समर्थन 

कृषिमन्त्रीले भने- १० वर्ष यताकै सबैभन्दा धेरै रासायनिक मल आयात गरेका छौँ 

‘एमाले फुटाउनेहरू पश्‍चाताप गर्न थाले, पार्टी चलाउन सकिँदैन भन्‍न थाले’

बागमती ‘पूर्ण खोप प्रदेश’ घोषणा

जनार्दनलाई प्रचण्डले भने- बुर्जुवा पार्टीमा जस्तो सार्वजनिक रुपमा बोल्दै हिँड्नु राम्रो होइन

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले दुई लाइन संघर्ष चलाइरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबारको स्थायी कमिटी बैठकमा सार्वजनिक रुपमा बोल्दै हिँड्नु ठिक नभएको बताएका छन् ।

आफूविरुद्ध उपमहासचिव शर्मा चलाइरहेको दुई लाइन संघर्षकाबारेमा बोल्दै दाहालले सार्वजनिक रुपमा गरिएका आलोचना र टिप्पणीलाई गलत भनेका हुन् ।

पार्टीभित्रकै बैठक र बन्द कोठामा सीमित वैचारिक मतभेद अब सामाजिक सञ्जालमार्फत् खुला रुपमा प्रकट हुन थालेपछि प्रचण्डको यो भनाइ आएको हो ।

‘स्थायी समिति बैठकमा उपमहासचिव शर्मालाई इंगित गर्दै अध्यक्ष प्रचण्डले बुर्जुवा पार्टीमा जस्तो सार्वजनिक रुपममा बोल्दै हिँड्ने शैली गलत रहेको बताउनु भयो’, बैठकमा सहभागी एक नेताले भने, ‘पार्टीभित्रै छलफल र बहस गर्न सबैलाई छुट छ। जनार्दनजीले सार्वजनिक रूपमा बोल्नु ठिक होइन । यसले बाहिर राम्रो सन्देश गएन। पार्टीभित्रका कुरा यहीँ राखेर सबैले अनुशासनको ख्याल गर्नुपर्छ ।’

ओली र प्रचण्डको फोटो राख्दै बाबुरामको कटाक्ष- नेपालका कम्युनिष्टले इतिहासबाट न सिके, न भविष्यमा सिक्ने लक्षण देखिन्छ

माओवादीमा चुलिँदै दुई लाइन संघर्ष, प्रचण्डप्रति सार्वजनिक रुपमै पोखिन थाल्यो असन्तुष्टि

माओवादीले मध्यपहाडी लोकमार्ग अभियान लमजुङबाट सुरू गर्ने

प्रकाश ज्वालाले भने- केपी ओली नेतृत्वको सरकार ध्रुवे हात्ती जस्तै

कांग्रेस र कम्युनिस्टसँग जनता वाक्क भइसके, विकल्प खोज्दैछन् : कमल थापा

भ्रष्टाचार मुद्दाबारे माधव नेपाल- मैले जिन्दगीमा एक पैसा तलमाथि गरेको छैन

रञ्जितालाई हटाएर बुवा लालवीरलाई नाउपाको अध्यक्ष बनाए रेशमले
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफ्ना बुवा लालवीर चौधरीलाई पार्टीको नयाँ अध्यक्ष बनाएका छन् ।

काठमाडौंमा बुधबारदेखि भएको प्रथम राष्ट्रिय भेलाबाट वर्तमान अध्यक्ष एवम् पत्नी रञ्जिता चौधरीलाई पार्टीको साधारण सदस्यबाटसमेत हटाउने निर्णय पारित गराउँदै रेशमले बुवालाई नेतृत्व सुम्पिएका हुन् ।

नाउपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बास्तोलालाई दिएकी रञ्जितालाई पार्टीबाटै बिदा गर्ने निर्णय रेशमले राष्ट्रिय भेलाबाट गराएका हुन् ।

पार्टीको विवाद चलिरहेका बेला अध्यक्ष श्रेष्ठले गत आइतबार कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष बास्तोलालाई दिएकी थिइन् ।

रञ्जिताले दलका नेता गंगारामलाई सोधिन् स्पष्टीकरण 

रञ्जिताले भनिन्- विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्दिन

रञ्जितालाई निकाल्ने निर्णयपछि रेशमले भेटे देउवालाई

परराष्ट्रमन्त्रीले भनिन्- बोली, आचरण र व्यवहार पार्टीलाई कसरी सुदृढ बनाउने भन्ने हुनुपर्छ

कांग्रेसको कलहले बिरामी परे बागमती प्रदेश प्रमुख, तीन मन्त्रीको शपथ रोकियो
प्रमुख सत्तारुढ नेपाली कांग्रेसभित्रको घर झगडाले बागमतीका प्रदेश प्रमुखलाई समेत छोएको छ।

बहालवाल मुख्यमन्त्री बहादुरसिंह लामा र मुख्यमन्त्री बन्न खुट्टो उचालिसकेका इन्द्र बानियाँबीचको कलहले प्रदेश प्रमुख दीपक प्रसाद सापकोटा बिरामी नै परेका हुन् ।

एक वर्षअघि मुख्यमन्त्री बनेका बहादुरसिंहलाई हटाएर आफू मुख्यमन्त्री बन्न मकवानपुरका इन्द्र बानियाँले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

उक्त अविश्वास प्रस्तावमा बुधबार भएको मतदानमा बानियाँको पक्षमा २२ र लामाको पक्षमा १४ मत खस्यो । एक मत बदर भएको थियो । लामाले बुधबारबाटै दलको नेताको हैसियत गुमाइसके पनि मुख्यमन्त्रीबाट राजीनामा नदिने अडान लिएर बसेका छन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत, नागरिक उन्मुक्तिको पनि समर्थन 

वीरेन्द्रनगरका १४ वडामा ३५५ सीसीटिभी क्यामेरा जडान गरिँदै

नेतृत्वमाथि षड्यन्त्रपूर्वक भएको घेराबन्दी युवाहरूले तोड्नुपर्छ : सदस्य थापा

तराई-मधेसमा तत्काल खानेपानीको व्यवस्था गर्न सरकारलाई निर्देशन
राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले तराई(मधेसका सुख्खाग्रस्त क्षेत्रमा तत्काल खानेपानीको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समितिले बैठकले मधेसका सुख्खाग्रस्त क्षेत्रमा तत्काल खानेपानी व्यवस्थाका लागि आवश्यक बजेट व्यवस्थापन गरी तत्काल माग पुरा गर्न सरकारलाई निर्देशन दिएको हो ।

त्यस्तै देशका अन्य स्थानमा पनि खानेपानीको समस्या समाधान गर्न सरकारलाई निर्देशन दिइएको समिति सभापति कमला पन्तले जानकारी दिइन् ।

बैठकले मधेस प्रदेशलगायत देशैभर देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि अध्ययन गरी प्रतिवेदन बुझाउन सांसद उर्मिला अर्यालको संयोजकत्वमा समिति पनि गठन गरेको उनले बताइन् ।

पानी उमालेर मात्र पिउन उपभोक्तालाई काठमाडौं महानगरको आग्रह 

कोशी प्रदेशसभामा खानेपानी तथा सरसफाइ विधेयकमाथि छलफल

वार्षिक प्रगति समीक्षास्थलमा नै किसानले बुझाए कृषिमन्त्रीलाई ज्ञापनपत्र

ऐतिहासिक सौग हिटी: सफाइ (तस्बिरहरू)

शेखरको स्पष्टीकरण- सरकार फेरबदलको खेलमा लागेको छैन, दलको नेता फेर्ने अंकगणित मसँग छैन
नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले वर्तमान सरकार परिवर्तन गर्ने खेलमा आफू नलागेको बताएका छन् ।

बुधबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले मुलुकको समस्या समाधानका लागि आफूले अन्य दलका नेताहरूलाई भेट गरेको बताए ।

तर आफूले सरकार परिवर्तनका लागि कुनै छलफल नगरेको पनि स्पष्टीकरण उनले दिएका छन्। कोइरालाले कांग्रेस संसदीय दलको नेता परिवर्तन गर्न संख्या चाहिने बताउँदै आफूहरूसँग त्यो नभएको उल्लेख गरेका छन् ।

कोइरालाले वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसके पनि अर्को बन्ने सम्भावना नरहेकाले वर्तमान गठबन्धनले २०८४ को निर्वाचन गराउने बताएका छन् ।

शंकर पोखरेलको दाबी- विद्या भण्डारीलाई उसबेला राष्ट्रपति नहुनु भनेको थिएँ, उहाँ धैर्यता रहेनछ

सिँचाइका लागि बिजुली प्रतियुनिट तीन रुपैयाँ मात्र : प्रधानमन्त्री

प्रधानमन्त्रीले भने- आर्थिक सुचकांक सकारात्मक हुँदै गएका छन्

राष्ट्रियसभा बैठकमा मन्त्रीहरू नै निदाएपछि…

सहज छैन बागमतीमा बानियाँको मुख्यमन्त्री यात्रा
नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ पार्टीको बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित भएका छन् । बुधबार प्रदेश राजधानी हेटौंडामा भएको निर्वाचनबाट उनी बहालवाला मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गर्दै दलको नेतामा निर्वाचित भएका हुन् ।

बागमतीमा कांग्रेसका ३७ प्रदेशसभा सदस्यमध्ये बानियाँको पक्षमा २२ र मुख्यमन्त्री लामाको पक्षमा १४ मत खसेको छ । एक मत भने बदर भएको छ। यसअघि मंगलबार संसदीय दलको बैठकमा मुख्यमन्त्री लामाविरुद्ध दर्ता अविश्वासको मत बहुमतले पारित भएको थियो ।

दलका नेता एवम् मुख्यमन्त्री लामाविरुद्ध बानियाँले २१ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित साउन ९ गते प्रदेश संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । प्रस्ताव दर्ता भएकै दिन लामाले मुख्यमन्त्री पद सम्हालेको ठीक एक वर्ष पनि पूरा भएको थियो ।

कांग्रेस प्रदेश संसदीय दलको विधानको धारा १८ ९६० मा ‘संसदीय दलका २५ प्रतिशत सदस्यले नेतामाथि अविश्वास प्रकट गरी उक्त प्रस्तावमा छलफलका निम्ति संसदीय दलको बैठक बोलाउन सदस्य सचिवसमक्ष लिखित निवेदन दिन सक्ने’ व्यवस्था छ ।

इन्द्रबहादुर बानियाँ दलको नेतामा विजयी

दलको नेतामा पराजित मुख्यमन्त्री भन्छन्- ‘राजीनामा दिनुपर्ने कुनै कारण छैन

बागमती कांग्रेसमा फेरि बहादुर र इन्द्रको ‘भिडन्त’

रास्वपाको निर्णय‍- भिजिट भिसा प्रकरणमा संसदीय समिति नबनेसम्म आन्दोलन रोकिँदैन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको छ ।

रुपन्देहीको भैरहवामा बुधबार बसेको रास्वपा संसदीय दलको बैठकले भिजिट भिसाको आवरणमा भ्रष्टाचार र बेतिथि मौलाएको निष्कर्ष निकाल्दै संसदीय छानबिन समिति नबनेम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले बताए ।

बैठकले सदनमा जारी आन्दोलनलाई फराकिलो बनाउँदै सडकबाट समेत आन्दोलन अघि बढाउने निर्णय गरेको उनले बताएका छन् । यस्तै बैठकले भूमि, निजामति, शिक्षा लगाएतका विधेयकमाथि संसदको क्षेत्राधिकारलाई तोडेर आक्रमण भएको भन्दै सदनमा शसक्त भएर आवाज उठाउन समेत सांसदहरूलाई निर्देशन दिइएको परियारले बताए ।

बैठकले लुम्बिनी प्रदेशका जनताले भोग्नुपरेका समस्या, लुम्बिनीको पर्यटन क्षेत्रमा देखापरेका अप्ठ्यारा लगायतलाई सदनममा लैजाने निर्णय गरेको छ ।

रेशमले पारित गराए रञ्जितालाई अध्यक्षबाट हटाउने प्रस्ताव, बुवा लालवीरलाई नेतृत्वमा ल्याउने तयारी

मधेशका पूर्वप्रमुख झालाई बलात्कार मुद्दामा थुनामा पठाउने आदेश

पोखरा साहसिक पर्यटनको हब हो : परराष्ट्रमन्त्री

भैरहवामा रास्वपा दलको बैठक, केही सांसदले जेल पुगेर भेटे रविलाई

नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ
नक्कली सरकारी कागजात र छाप बनाउने एउटा गिरोहलाई प्रहरीले काभ्रेपलाञ्चोकबाट पक्राउ परेको छ। जिल्ला प्रहरी कार्यालयले धुलिखेल नगरपालिका वडा नं. १२ बाट नक्कली सरकारी कागजात र छाप नक्कली बनाउने गिरोहलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा गोरखाको लखन गाउँपालिका–९, घर भई हाल काठमाडौं बस्दै ४१ वर्षीय किरण अर्याल र धुलिखेल नगरपालिका–१२ का ३८ वर्षीय जितेन्द्र तामाङ छन् ।

प्रहरीले जिल्ला अदालत काभ्रेको अनुमतिमा वडाअध्यक्षको नाममा सञ्चालन भइरहेको नक्कली कागजात बनाउने कार्यालयमा छापा हानेको थियो।

प्रहरीको टोलीले विभिन्न सरकारी तथा निजी संस्थाका २६ थान छापहरू, नेपाली नोट ६८ हजार ७०० राहदानी, नागरिकता, विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्र, हार्डड्राइभ, सीपीयू, प्रिन्टर, र फोटोकपी मेसिनहरू पनि बरामद गरेको छ।

सिन्धुलीमा रुखले किच्दा दुई जनाको मृत्यु, तीन घाइते

उद्योग मन्त्रालयद्वारा तीन जना विज्ञ सदस्य नियुक्त

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका पाटेबाघहरू नामकरण गरिए

गाजामा २४ घण्टामा १११ जना मारिए : अमेरिकी दूतको भ्रमणपछि युद्ध विरामको सम्भावना

मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभ विटकोफले गाजाको भ्रमण गर्ने भएका छन्। ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटका अनुसार इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाबे र उनले सँगै शुक्रबार गाजाको भ्रमण गर्ने छन्। लेभिटले अहिले इजरायलमा रहेका विटकोफले त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग गरेको वार्ता उपलब्धिमूलक भएको बताएकी छिन्।

बिहीबार गाजाको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १११ जना मारिएका छन्। यसमा ९१ जना राहतको खोजीमा रहेको समयमा मारिएका हुन्।

बुधबार उत्तरी गाजामा खाने कुरा लिन लाइनमा बसिरहेको समयमा आक्रमण हुँदा एकै पटक ५० प्यालेस्टाइनी मरिएका थिए भने चार सय जना घाइते भएका छन्। खान लिएर लरी आइपुगेपछि त्यहाँ झुम्मिने गरेको भीडलाई लक्षित गर्दै आक्रमण गरेको जनाइएको छ।

सिरियाका लागि विद्युत आपूर्ति बढाउन कतारद्वारा योजना विस्तार

पाकिस्तानमा इमरान खानको पार्टीका १ सय ८ जनालाई सजय

गाजास्थित सहायता वितरण स्थलमा अमेरिकी अधिकारी

अबुधाबी र दुबईको आकाशमा बाक्लो कुहिरो, अत्यधिक गर्मी

अमेरिकी कर नीतिको कारण अफ्रिकी किसान प्रभावित

रसियालाई घेर्न भारतमाथि ट्रम्पले लगाए २५ प्रतिशत ट्यारिफ, पेनाल्टी पनि तिराउने चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि फेरि कडा व्यापारिक नीति घोषणा गरेका छन्। उनले २४ घण्टाभित्र दोस्रो पटक भारतबाट आयात हुने वस्तुहरूमा २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका हुन्।

ट्रम्पले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘भारत हाम्रो मित्र हो तर पछिल्ला केही वर्षमा व्यापार असन्तुलन बढेको छ। भारतले अमेरिकी वस्तुहरूमा अत्यधिक ट्यारिफ लगाइरहेको छ, जुन अस्वीकार्य छ।’

भारतले अहिले पनि आफ्नो अधिकांश हतियार रुसबाट किनिरहेको आरोप ट्रम्पले लगाएका छन्। चीनसँग मिलेर रुसबाट ठूलो मात्रामा तेल र ग्यास किनिरहेको भन्दै उनले असन्तुष्टि जनाएका छन्। ‘जब विश्वले रुसलाई युक्रेनमा हिंसा रोक्न दबाब दिइरहेको छ, भारत उसैसँग व्यापार गरिरहेको छ,’ ट्रम्पले भनेका छन् ।

ट्रम्पले ट्यारिफ लगाउनुमा बाहिर जे भने पनि भित्री कारण रसियासँगको सम्बन्ध हो । ट्रम्पले भारतबाट आउने सबै वस्तुहरूमा २५ प्रतिशत ट्यारिफ लगाउने घोषणासहित आवश्यक परेमा थप पेनाल्टी पनि लागू गरिने बताएका छन्। उनले भने, ‘अब हामी पनि कदम चाल्नेछौं, किनभने सबै कुरा ठिकठाक छैन’, उनले भनेका छन् ।

रुसमा ८.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

भूकम्पपछि रुसको कुरिल द्वीपसमूहमा सुनामी

रूसमा आएको भूकम्पले अमेरिका र जापानसहित कयौँ देशमा असर, तटीय क्षेत्रमा तीन मिटर अग्लो सुनामी

रूसी भूकम्पको असर विश्वभर, यी हुन् यसअघि संसार हल्लाउने पाँच ठूला कम्पन

रूसी भूकम्पपछि कम्तीमा १५ देशमा सुनामी चेतावनी : कहाँ कहाँ पर्छ प्रभाव ?

फ्रान्सको आर्थिक वृद्धिदर बढ्यो

कम्बोडियाले युद्धविरामको ‘उल्लङ्घन’ गरेको थाइल्यान्डको आरोप

बेलायतका प्रधानमन्त्री स्टार्मर र प्यालेस्टिनी राष्ट्रपति अब्बासबीच फोनवार्ता

ग्वाटेमालामा शवदाह गृहमा आक्रमण, कम्तीमा सात जनाको मृत्यु

क्यानडाले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने
फ्रान्स र बेलायतपछि क्यानडाले प्यालेस्टाइनलाई सेप्टेम्बर महिनादेखि लागू हुनेगरि स्वतन्त्र राज्यको मान्यता दिने घोषणा गरेको छ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अर्को वर्ष हमासको अनुपस्थितिमा स्वतन्त्र निर्वाचन हुने सम्भावना समेत व्यक्त गरेका छन् ।

इजरायलले युद्ध विरामको प्रस्ताव नमानेमा सेप्टेम्बर महिनादेखि प्यालेस्टाइन्लाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायती घोषणाको एक दिनपछि कार्नीले सो कुरा बताएका हुन् । इजरायली प्रधानमन्त्रीले भने यो घोषणाले हमासलाई पुरस्कृत गरेको प्रतिक्रिया दिएका छन् । कार्नीले आउँदो संयुक्त राष्ट्र सङ्घीय महासभामा यो प्रस्ताव राख्ने समेत बताएका छन् ।

उनले वेस्ट बैंकमा इजरायलले बढाउँदै गरेको प्रभाव तथा अहिलेको गाजाको अवस्थामा चिन्ता व्यक्त गरेका छन् । बुधबार पत्रकारसँग कुरा गर्दै कार्नीले गाजाको अमानवीय अवस्था बढी रहेको भन्दै दुःख व्यक्त गरेका छन्।

रुससँग हतियार किनेको भन्दै अमेरिकाले भारतीय सामानमा लगायो २५ प्रतिशत कर

ओलम्पिक च्याम्पियनको हिमाल आरोहणको क्रममा निधन

थाइल्यान्डलाई सीमा सङ्घर्षमा कब्जामा लिएका सैनिक फिर्ता गर्न कम्बोडियाको आग्रह

भारतलाई २५ प्रतिशत कर थोपरेकै दिन ट्रम्पले गरे पाकिस्तानसँग तेल उत्खनन सम्झौताको घोषणा

दक्षिण कोरियाको अदालतद्वारा पूर्वराष्ट्रपति युनको गिरफ्तारी वारेन्ट जारी




प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ८ : १७ बजे

अकबरेखेती गरेका किसानलाई बजारको चिन्ता

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ शिवाङका ओमराज मगर बारीमा लहलह फलेको

१६औँ शताब्दीको ‘सौगा हिटी’ सरसफाइ र रङ्गरोगन

ललितपुर– भित्ताभरि झ्याउ अनि पानी भरिएर पोखरी जस्तो बनेको पाटन

पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’

काठमाडौं – भारतले इङ्गल्यान्डसँगको पाँचौँ टेस्टमा कम ब्याक गरेको छ

पत्रकारलाई सञ्चारमन्त्रीको आग्रह– ‘मिडिया काउन्सिल विधेयकमा ‘इमोसनल’ नहुनुहोस्’

काठमाडौं– सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मिडिया काउन्सिल

काठमाडौं–तराई ‘फास्ट ट्रयाक’ निर्माण (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय गौरवको आयोजना र रणनीतिक दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको