आजका समाचार : माधव नेपालविरूद्ध भ्रष्टाचार मुद्दा, संसद्‍मा रोकिएन विपक्षीको नाराबाजी र गाजा युद्धविराम हुन नदिन अमेरिकाद्वारा भिटो | Khabarhub Khabarhub

आजका समाचार : माधव नेपालविरूद्ध भ्रष्टाचार मुद्दा, संसद्‍मा रोकिएन विपक्षीको नाराबाजी र गाजा युद्धविराम हुन नदिन अमेरिकाद्वारा भिटो


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

पूर्वप्रधानमन्त्री माधव नेपालविरूद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बिहीबार विशेष अदालतमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको जानकारी दिए ।

अख्तियारले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । यो मुद्दासँगै नेपालको सांसद पद स्वतः निलम्बित हुँदैछ ।

नेपालको इतिहासमा पहिलोपटक पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो । मन्त्रिपरिषद्को निर्णयका आधारमा प्रधाननमन्त्रीविरुद्ध चलेको यो पहिलो भ्रष्टाचार मुद्दा पनि हो ।

‘भ्रष्टाचार मुद्दाको फाइल विशेष अदालतमा पुगेको छ’, उनले खबरहबलाई भने, ‘हामी केहीबेरमा औपचारिक विज्ञप्ति पनि निकाल्दैछौँ ।’

रामदेव र बालकृष्णलाई मुद्दा चलाउन अख्तियार काँप्यो, १० जिल्लामा घोटाला

माधव नेपालविरूद्ध भ्रष्टाचार मुद्दामा १८ करोड ५८ लाख रूपैयाँ बिगो मागदाबी

कार्यालय सहायकदेखि पूर्वप्रधानमन्त्रीलाई एकसाथ भ्रष्टाचार मुद्दा, पतञ्जलिको जग्गामा को–को तानिए ?

एमालेमा प्रवेश गरेका पूर्वकानुनमन्त्री सिंहविरूद्ध पनि १८ करोड ५८ बिगोसहित भ्रष्टाचार मुद्दा

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दाबारे समाजवादी नेता घिमिरे भन्छन्- ओलीले प्रतिशोध साँधे

पतञ्जलिलाई बारामा ५ सय बिघा जग्गा दिने महेश बस्नेतको त्यो आश्वासन…

राजेन्द्र पाण्डे भन्छन्- माधव नेपालमाथिको भ्रष्टाचार मुद्दा राजनीतिक पूर्वाग्रह

भ्रष्टाचार मुद्दा लाग्दा रौतहटमा सडक निरीक्षण गरिरहेका थिए माधव नेपाल

एकीकृत समाजवादीलाई एकसातामै दुई ठूला झट्का

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दाबारे अख्तियारको पत्र संसद् सचिवालयमा

माधव नेपालको प्रतिक्रिया- केपी ओली सुरुदेखि नै मविरूद्ध थिए, अहिले मलाई सक्न लागे

संसद्‍मा रोकिएन विपक्षीको नाराबाजी, शुक्रबार दिउँसोसम्मलाई स्थगित

प्रतिनिधिसभाको बिहीबारको बैठक पनि विपक्षी दलहरूको विरोध र नाराबाजीले अघि बढ्न सकेन ।

बैठक सुरू भएर अगाडि बढ्न नसकेपछि स्थगित भएको हो । दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपराह्न साढे ५ बजे सुरू भए पनि प्रतिपक्षी दलहरूको अवरोधका कारण अघि बढ्न सकेन ।

बैठक अघि बढ्न नसकेपछि सभामुख देवराज घिमिरेले बिहीबारका लागि तय गरिएको कार्यसूची सम्पूर्ण कार्यक्रम हटाएर बैठक स्थगित गरेका छन् । अर्को बैठक शुक्रबार १ बजे बस्ने गरी उनले संसद् स्थगित गरेका छन् ।

सभामुख घिमिरेले बैठक सुरू भएको जानकारी गराएलगत्तै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका थिए । सभामुख घिमिरेले दलीय आधारमा सांसदहरूलाई बोल्न समय दिने बताइरहे पनि अवरोध जारी राखेका थिए ।

सत्तागठबन्धनमा कुनै समस्या छैन : सभापति देउवा

प्रधानमन्त्रीमाथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको छ : महासचिव पोखरेल

लगानी बोर्डको ६४ औँ बैठक : मुक्तिनाथ केबलकार परियोजनाको लगानी स्वीकृत

अर्जुन लामा हत्या प्रकरणमा सर्वोच्चको फैसलाबारे अग्नि सापकोटा- पूर्णपाठ आइसकेपछि मात्रै बोल्छु

आमाको नामबाट नागरिकता प्राप्तिमा सहज बनाउँछाैँ : गृहमन्त्री

सहमति जुटाउन सभामुख घिमिरेले बोलाएको बैठक बस्न ढिलाइ

विपद् पूर्वतयारीलाई तीव्रता दिँदै गृहमन्त्री लेखक

अर्थ मन्त्रालयद्वारा आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु
अर्थ मन्त्रालयले आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको जनाएको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा नीति तथा कार्यक्रम, बजेट र माइलस्टोनबीच तादम्यता मिलाइ कार्य योजना बनाएर कार्यान्वयन गर्ने गृहकार्य शुरु भएको जनाएको हो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तव्यमा समावेश भएका कार्यक्रम तथा आयोजनाका लागि खरिदसम्बन्धी तयारी कार्य अघि बढाउन निर्देशन दिएका छन्। बजेट स्वीकृत भएलगत्तै सम्झौता गर्न सकिने गरी तयारी गर्दा छिटो काम गर्न सहज हुने उनको भनाइ छ ।

मुख्य सचिव एकनारायण अर्यालले खरिद प्रकृया अघि बढाउन थप ऐन कानून जरुरी नभएको उल्लेख गर्दै बजेटमा उल्लेख भए अनुसार खरिदका लागि तयारी प्रक्रिया अघि बढाउँदा हुने धारणा व्यक्त गरे । बैठकमा चालू आर्थिक वर्षको पूँजीगत खर्च वृद्धिमा विशेष ध्यान दिनेबारे पनि छलफल भएको थियो।

सरकारले राष्ट्र बैंकको गभर्नर कानुन विपरीतको व्यक्ति नियुक्त गर्‍यो : ज्ञानेन्द्र शाही

नेपाल बीमा प्राधिकरणमा इजलास सञ्चालन

स्वास्थ्य क्षेत्रका समस्या सम्बोधन गर्न ११ वटा कानुन तथा नीति ल्याउने तयारी 

वातावरणमैत्री विकासमा जोड दिन आयोगको आग्रह

युएई जाने नेपाली श्रमिकको तलब बढ्यो 

भिजिट भिसा प्रकरणमा छानविन समिति गठन हुनुपर्छ : प्रमुख सचेतक पाण्डे

लुम्बिनीका तीन जिल्लामा जसपा अधिवेशन, अध्यक्ष यादवसहितका नेताको दौडधूप

उद्धार अभ्यासमा संलग्न सशस्त्र प्रहरीका दुई जवान सप्तकोशीमा डुबेर बेपत्ता
कोशी बराजस्थित सप्तकोशी नदीमा गोताखोर अभ्यासमा रहेका दुईजना सशस्त्र प्रहरी डुबेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी छन् । सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालयले बाढीपहिरोमा परेकालाई उद्धारका लागि बिहीबार गरिरहेको अभ्यासका क्रममा दुवैजना डुबेर बेपत्ता भएका हुन् ।

सशस्त्र प्रहरीको बर्दिबासस्थित मधेश प्रदेश कार्यालयबाट बिहीबार कोशी बराजस्थित सप्तकोशी नदीमा उद्धार अभ्यास गरिएको थियो ।

अक्सिजन मास्कसहित अभ्यासका क्रममा दुईजना सशस्त्र प्रहरी जवान डुबेर बेपत्ता भएको सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । अहिले दुवैजनाको सुनसरी र सप्तरीका थप प्रहरी आएर खोजिरहेको बताए ।

सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

काभ्रे बाढीपहिरो : अस्थायी आवास बनाउन पहिलो किस्ताको अनुदान पठाइयो

भृकुटीमण्डपमा देशैभरको मह (तस्बिरहरू) 

अन्नपूर्ण आधार शिविरलाई खेलकुदमार्फत प्रवर्द्धन गरिने

मुस्लिम आयोगले कोशी प्रदेश प्रमुखलाई बुझायो वार्षिक प्रतिवेदन

स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ

बुर्तिबाङ र कुश्मिसेरामा फोहर व्यवस्थापनमा समस्या

हार्वर्डमा नयाँ विदेशी विद्यार्थीका लागि भिसा प्रतिबन्ध
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार हार्वर्ड विश्वविद्यालयमा पढ्न सुरु गर्ने विदेशी विद्यार्थीहरूको भिसामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । यसले उनको प्रशासनको उच्च शिक्षामाथिको कडाइलाई बढाएको छ ।

‘हार्वर्ड विश्वविद्यालयमा अध्ययनको पाठ्यक्रम वा हार्वर्ड विश्वविद्यालयले आयोजना गरेको विनिमय आगन्तुक कार्यक्रममा भाग लिनका लागि मात्र वा मुख्य रूपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्न खोज्ने विदेशी नागरिकहरूको प्रवेश प्रतिबन्धित गर्न आवश्यक छ भनेर मैले निर्णय गरेको छु’, ट्रम्पले एक विज्ञप्तिमा भने।

ट्रम्प प्रशासन शैक्षणिक क्षेत्र, विशेष गरी हार्वर्डसँग निरन्तर द्वन्द्वमा रहेको छ । हार्वर्डले ट्रम्पको क्रोधलाई निरन्तर आकर्षित गर्दै आएको छ भने सार्वजनिक रूपमा उनको प्रशासनको भर्ती, पाठ्यक्रम र अनुसन्धान छनोटहरूको नियन्त्रण छोड्न दिएका दोहोर्‍याइएका मागहरूलाई अस्वीकार गर्दै आएको छ ।

पुटिन जवाफी हमला गर्ने तयारीमा रहेको ट्रम्पको खुलासा

रेडक्रस प्रमुख भन्छिन् – गाजाको अवस्था नरक भन्दा खराब रहेछ

रक्षा खर्च बढाउने सम्झौतामा हस्ताक्षर गर्न नेटोलाई अमेरिकाको दबाब

गाजामा युद्धविरामको संयुक्त राष्ट्र सुरक्षा परिषद्को मागमा अमेरिकाद्वारा भिटो

उत्तरी युक्रेनमा रुसी ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

गाजामा इजरायली हमला, १० जनाको मृत्यु



















प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ७ : ५६ बजे

नारायणी रङ्गशालालाई अन्तरराष्ट्रिय खेलग्राम बनाइने

पर्सा – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण

कञ्चनपुर – गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा

वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट

शिक्षा ऐन यथाशीघ्र ल्याउने तयारी भइरहेको छः शिक्षा मन्त्री पन्त

कास्की – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा विधेयकसम्बन्धी