आजका समाचार : एमाले र माओवादी बैठकमा बहस चल्दै, सरकारले बढायो गाडी भाडा र माओवादीमा प्रचण्डसहित सबै नेताले श्रम गर्नुपर्ने | Khabarhub Khabarhub

आजका समाचार : एमाले र माओवादी बैठकमा बहस चल्दै, सरकारले बढायो गाडी भाडा र माओवादीमा प्रचण्डसहित सबै नेताले श्रम गर्नुपर्ने


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

एमाले बैठकमा प्रश्न- मा‌ओवादीबाट आएकाले किन जिम्मेवारी पाएनन् ?

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा नक्कली शरणार्थी प्रकरणमा हाल केन्द्रीय कारागारमा रहेका निलम्बित सचिव टोपबहादुर रायमाझीबारे प्रश्न उठेको छ ।

पूर्वमाओवादी पृष्ठभूमिका केही नेताले पार्टीमा उचित जिम्मेवारी नपाएको कुरा पनि उठाएका छन् । सोमबार च्यासलमा बसेको दोस्रो दिनको बैठकमा केन्द्रीय सदस्य परशुराम अधिकारीले पूर्वमाओवादी धारका नेताहरूलाई उपेक्षा गरिएको कुरा नेतृत्वसामु उठाए ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य चेपाङ एमालेमा

एमाले प्रवेश गरेका चेपाङले दिए ओलीसहितलाई ‘जाबी’ उपहार

एमाले छाड्नेहरूको गुनासो- पूर्वमाओवादी भन्दै हेपे, गुटबन्दी गरेर तलसम्मै घेरे

नेपाली भूमि भारतीयले भोगचलन गरेको विषय कूटनीतिक तवरबाट समाधान गर्छौं : गृहमन्त्री

माइतीघर पुगेर शिक्षामन्त्रीले भनिन्- शिक्षा क्षेत्र सुधारका लागि नीतिगत काम भइरहेको छ

बीपी कांग्रेसका संस्थापक सभापति र महासचिवसहित १२ जना कांग्रेसतिर

लेखराजको नगरका ४६ संगठित सदस्यले छाडे एमाले

ओली सरकारले बढायो सार्वजनिक यातायातको भाडा (सूचीसहित)

केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरिका सार्वजनिक यातायातको भाडा बढाएको छ । सरकारले मालबाहक सवारी साधानको पनि भाडा बढाएको छ ।

यात्रुबाहक सवारीको भाडा ३.३० प्रतिशत बढेको छ भने पहाडी बाटोमा चल्ने मालबाहक सवारीको भाडा ०.८३ प्रतिशत बढेको छ । तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ०.०५ प्रतिशत बढेको छ ।

इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५ प्रतिशत मानेर सरकारले भाडा समायोजन गर्दै आएको र सोही अनुरुप भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

बूढीगंगा बाढीपीडितको गुनासो : चार वर्षमा पटक पटक बाढी फर्कियो, राज्यले फर्केर हेरेन

श्रम प्रशासन चुस्त बनाउन श्रम विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौता

नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न जरुरी छ : मन्त्री पौडेल

सहकारी ठगी प्रकरण : कानूनविद् शम्भु थापा र गणेश भट्टराईले के भने ?

हिउँदको न्यानो घामसँगै यतिबेला पर्यटकीय नगरी पोखरामा काठमाडौंमा घघडान वकिलहरु जम्मा भएका छन् । सहकारी ठगी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडीआइजी छविलाल जोशी लगायतका ‘भीआइपी’ अभियुक्तहरुको थुनछेक बहस भइरहेकाले काठमाडौंबाट कानूनविदहरु पोखरा ओर्लने क्रम बढेको हो ।

सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा वकिलहरुले बहस सुरु गरेका छन् । रविको पक्षमा बहसका लागि नाम टिपाउने कानून व्यवसायीहरुको सूची निकै नै लामो छ ।

प्रतिवादी लीला पछाईं र छविलाल जोशी

यसैवीच, आइतबार कास्की जिल्ला अदालतमा चर्चित बरिष्ठ अधिवक्ता शम्भु थापाले प्रतिवादी छविलाल जोशीको पक्षमा वकालत गरे । बहसका क्रममा थापाले केही सैद्धान्तिक एवं कानूनी प्रश्नहरु उठाए ।

प्रहरीले जीबी राई, छवि ओझा, रवि लामिछानेहरुमाथि कारवाही चलाइरहँदा बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीका सञ्चालकहरुलाई पनि जवाफहेदी बनाउनुपर्ने थापाको भनाइ थियो । गलत तरिकाले ऋण प्रवाह गरेको हो भने सहकारीका सञ्चालकहरु पनि दोषी हुनुपर्ने थापाको आशय थियो ।

लेखा समिति सभापति पोखरेलका ‘स्वकीय’ विरुद्ध पक्राउ पुर्जी

ऐन महरलाई कारबाही माग गर्दै अनशनमा रश्मिला धामी

भुटानी शरणार्थी प्रकरण : प्रतीकको मुद्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

सप्तरी प्रहरीद्वारा तीन महिनामा एक सय ९२ जना फरार प्रतिवादी पक्राउ

मधेशकी तत्कालीन सचिव नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल सिंहदरबारबाट पक्राउ

सुन गोहोरोसहित दुई जना पक्राउ

संसदीय समितिमा बोल्दा बोल्दै रोकेपछि सभापति खतिवडामाथि खनिए कांग्रेस सांसद थानी

सोमबार सिहंदरबारमा संघीय संसद्अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बसिरहेको थियो ।

नेपाली कांग्रेका सांसद रामहरि खतिवडा सभापति रहेको यो समितिले सोमबार उपसभामुख इन्दिरा राना मगर, पूर्वगृहमन्त्री रवि लामिछाने र संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयविरुद्धका उजुरीमा छलफल गर्ने तालिका थियो।

माओवादी बैठकमा उठ्यो प्रचण्डसहित सबै नेतालाई श्रममा लगाउने कुरा

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरूले पार्टीलाई एकतावद्ध बनाएर जानुपर्ने बताएका छन् ।

काठमाडौंमा आइतबारदेखि जारी केन्द्रीय समिति बैठकको दोस्रो दिनको छलफलका क्रममा उनीहरूले पार्टी सरकारबाट हटेपछि जनतामा जाने ऐतिहासिक अवसर आएको बताएका हुन् ।

उनीहरू सरकारबाहिर रहँदाको खाली समयमा पार्टीलाई एकतावद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
सोमबारको बैठकमा पार्टी महाधिवेशनको मितिसहितको कार्यतालिका तोक्नुपर्नेमा अधिकांश नेताहरूले जोड दिएका छन् ।

प्रचण्डलाई सुदनको सुझाव- दस्तावेजमा योगा राख्ने भए मुन्दुमको बिजुवा पनि अटाऔँ

माओवादीमा पारदर्शी जीवनशैली र उच्च नैतिकता भएका नेताको खोजी

माओवादीमा पारदर्शी जीवनशैली र उच्च नैतिकता भएका नेताको खोजी

सागसब्जी फलाएर जीविकोपार्जन गर्दै बागलुङका किसान

बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी गाउँ बसाइँसराइका कारण बिस्तारै रित्तिँदै छ । हुने खानेहरू सहर बजार झरेपछि गाउँमा अहिले न्यून आएका भएका परिवार मात्रै छन् । गाउँमा बस्दै आएका स्थानीयले व्यावसायिक तरकारीखेतीबाट राम्रो आम्दानी गर्नाका साथै जीविका चलाउँदै आएका छन् । गाउँका झन्डै एक सय घरपरिवार तरकारीखेतीमा आबद्ध छन् ।

उनीहरूलाई स्थानीय सरकार तथा विभिन्न सङ्घसंस्थाले प्राविधिकसहित तालिमको सहयोग र अनुदानसमेत दिने गरेका छन् । लेखानी गाउँको टोल–टोलमा प्लास्टिकका टनेल भेटिन्छन् । छरिएर रहेको गाउँमा किसानले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएपछि उनीहरूको जीवनस्तरमा पनि सुधार आउन थालेको छ ।

पाँच महिनामै जंगली जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु

सुन्तलाको बजारीकरणमा सघाउँदै बागलुङ नगरपालिका

काठमाडौंमा चिसोसँगै वायु प्रदूषण पनि बढ्दो, प्रदूषित शहरको पाँचौ सूचीमा

जन्म र मृत्यु संस्कारका लागि अनुदानमा चामल

बागलुङ नगरपालिका बालमैत्री नगर घोषणा

चन्द्रगढी उडेको बुद्ध एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण

टीकापुर महोत्सव पुस २५ गतेदेखि

नवलपरासी आलुमा आत्मनिर्भर

३० राज्यका ६ करोड अमेरिकी आँधीको जोखिममा

अमेरिकामा लाखौँ अमेरिकीहरू अहिले ठुलो चिसो हावा र आधीका कारण सङ्कटमा छन्। ३० राज्यका ६ करोड भन्दा बढी व्यक्ति यस आँधीको चपेटामा छन्। यसले दशकमा नै सबैभन्दा कम तापक्रम हुनुका साथै हिमपातको समेत समस्या हुनसक्ने छ। यसै कारण धेरै उडानहरू भङ्ग भएका छन्। साथमा विद्यालय बन्द गरिएका छन्।

तस्बिर बिबिसी

अमेरिकाको मध्यबाट सो आँधी नै पूर्वतर्फ जाने राष्ट्रिय मौसम सेवाले जानकारी दिएको छ। अमेरिकाको केन्टुकी, भर्जिनिया, कानास, ओरान्कास र मिसाउरीमा आपतकाल घोषणा गरेको छ।

२०२४ मा पाकिस्तानमा आतंककारी आक्रमणका घटनामा ४० प्रतिशतले वृद्धि

पाकिस्तानको खैबर पख्तुनख्वामा स्वास्थ्य बजेट २ खर्ब ३२ अर्ब

चीनको आर्थिक वृद्धिदर सुस्तायो

सबैभन्दा धेरै सुन भारतीय महिलासँग

पाकिस्तानमा भएको आतंककारी आक्रमणमा दुई जनाको मृत्यु, एक घाइते

भारतबाट हुने कफीको निर्यात बढ्यो 

बिजापुरमा माओवादीको आक्रमणबाट नौ जना सुरक्षाकर्मीको मृत्यु

बंगलादेशमा हसिना शासनकालका पूर्वप्रहरी महानिरीक्षक पक्राउ

हमासले संघर्षविराम सम्झौताअन्तर्गत ३४ बन्धकलाई रिहा गर्ने

इजरायलका ३४ बन्दी रिहा गर्न हमास तयार

रुसमा युक्रेनी प्रत्याक्रमण, १५ किलोमिटर भित्रसम्म असर

सरकारले खेलकुद विश्वविद्यालय यथाशीघ्र स्थापना गर्नुपर्छ : नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालमा खेलकुद विश्वविद्यालय स्थापना अति आवश्यक रहेको बताएका छन् ।

पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको क्रिकेट टीमले आयोजना गरेको डब्लूआरसी प्रियम लिगको उद्घाटन सत्रलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै महरले उक्त कुरा बताएका हुन् ।

‘खेलाडी, खेल प्रशिक्षक, कोचलगायतका दक्ष जनशक्ति उत्पादन गर्न सरकारले खेलकुद विश्वविद्यालय यथाशीघ्र स्थापना गर्नुपर्छ। सरकारले अध्ययन कार्यदल त गठन गरेको छ। त्यसले मात्र पुग्दैन,’ उनले भने। आफूले नेपाल विद्यार्थी संघ (नेविसंघ) अध्यक्ष हुँदादेखि नै उक्त माग उठाइरहेको महरको धारणा छ।

खुमलटारविरुद्ध संकटाको सानदार जीतमा पेम्बाको ह्रयाट्रिक

आर्मीका आलमले आठ विकेट लिँदा पुलिस १२५ रनमा अलआउट

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ८ : २१ बजे

आज २०८१ साल पुस २४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल पुस २४ गते बुधबार तदनुसार

सशस्त्र प्रहरीका चार डीआईजीको पदावधि थप गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका चार प्रहरी

पशुपतिनाथमा धनुर्मास पूजाको तयारी पूरा

काठमाडौं – सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा

शीतलहर प्रभावितलाई एकद्वार प्रणालीमार्फत कम्बल वितरण गरिने

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जाडोयाममा शीतलहरबाट प्रभावित हुने

चिसो बढेपछि विद्यालय बन्द

रौतहट – केही दिनदेखि हुस्सु र चिसो सिरेटोसँगै बढेको जाडोका