काठमाडौं– आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास र आर्थिक क्षेत्रमा तरंग ल्याउने घटना भए ।
खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । यो सातामा मुख्य घटनामा ‘माधव नेपालविरूद्ध भ्रष्टाचार मुद्दा, संसद्मा रोकिएन विपक्षीको नाराबाजी, एमालेमा ‘झोले’ अभियान, अग्निलाई संकट’ लगायतका समाचार परे ।
ओलीतिर सोझिएका आधा दर्जन प्रश्न : अख्तियारले गर्ला अनुसन्धान ?
बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ नै केही मुद्दाहरू सोझिएका छन् ।
हालसम्मको कानुनी व्यवस्थाअनुसार मन्त्रिपरिषद्का नीतिगत निर्णयमा मुद्दा नचल्ने अवस्था थियो । तर, अख्तियारले बिहीबार तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पतञ्जलि योगपीठलाई हदबन्दी भन्दा बढीको जग्गा खरिद बिक्री गर्न दिने गरी मन्त्रिपरिषद्ले गरेको निर्णयले भ्रष्टाचार भएको भन्दै अदालतमा मुद्दा दायर गरेको हो ।
मन्त्रिपरिषद्ले गरेको उक्त निर्णयलाई लिएर पूर्वप्रधानमन्त्री विरुद्ध मुद्दा दायर भएपछि नजिर र अभ्यासको हिसाबले बग्रेल्ती विवादास्पद निर्णयमा जोडिएका प्रधानमन्त्री ओली नै अनुसन्धानको दायराभन्दा बाहिर जानसक्ने देखिँदैन ।
माधव नेपालमाथि चलेको मुद्दालाई नजिरका रुपमा लिने हो भने भोलिका दिनमा ओलीसँगै यसअघि प्रश्न उठेका अरू प्रधामनमन्त्रीहरू पनि छानबिनमा तानिने सम्भावना बढेको छ । ओली जस्तै शेरबहादुर देउवा र पुष्पकमल दाहालमाथिसमेत अनेक प्रकरणमा जोडेर सर्वसाधारणले प्रश्न गर्ने गरेका छन् ।
अहिले विभिन्न संवैधानिक आयोगमा नियुक्ति भएका अधिकांश पदाधिकारीहरू तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीले नै नियुक्ति गरेका थिए ।

नेतामाथि धमाधम मुद्दा : ओलीको पूर्वाग्रह कि सुशासनको प्रयास
‘सरकारले अपेक्षित परिणाम दिन सकेन, समीक्षा जरूरी भइसक्यो’
पूर्वप्रधानमन्त्री माधव नेपालविरूद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बिहीबार विशेष अदालतमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको जानकारी दिए ।

अख्तियारले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । यो मुद्दासँगै नेपालको सांसद पद स्वतः निलम्बित हुँदैछ ।
नेपालको इतिहासमा पहिलोपटक पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो । मन्त्रिपरिषद्को निर्णयका आधारमा प्रधाननमन्त्रीविरुद्ध चलेको यो पहिलो भ्रष्टाचार मुद्दा पनि हो ।
‘भ्रष्टाचार मुद्दाको फाइल विशेष अदालतमा पुगेको छ’, उनले खबरहबलाई भने, ‘हामी केहीबेरमा औपचारिक विज्ञप्ति पनि निकाल्दैछौँ ।’
पतञ्जली जग्गा प्रकरण अब अदालतको विषय बनिसकेको छ : झलनाथ खनाल
रामदेव र बालकृष्णलाई मुद्दा चलाउन अख्तियार काँप्यो, १० जिल्लामा घोटाला
माधव नेपालविरूद्ध भ्रष्टाचार मुद्दामा १८ करोड ५८ लाख रूपैयाँ बिगो मागदाबी
कार्यालय सहायकदेखि पूर्वप्रधानमन्त्रीलाई एकसाथ भ्रष्टाचार मुद्दा, पतञ्जलिको जग्गामा को–को तानिए ?
एमालेमा प्रवेश गरेका पूर्वकानुनमन्त्री सिंहविरूद्ध पनि १८ करोड ५८ बिगोसहित भ्रष्टाचार मुद्दा
माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दाबारे समाजवादी नेता घिमिरे भन्छन्- ओलीले प्रतिशोध साँधे
पतञ्जलिलाई बारामा ५ सय बिघा जग्गा दिने महेश बस्नेतको त्यो आश्वासन…
राजेन्द्र पाण्डे भन्छन्- माधव नेपालमाथिको भ्रष्टाचार मुद्दा राजनीतिक पूर्वाग्रह
भ्रष्टाचार मुद्दा लाग्दा रौतहटमा सडक निरीक्षण गरिरहेका थिए माधव नेपाल
एकीकृत समाजवादीलाई एकसातामै दुई ठूला झट्का
पतञ्जलिको जग्गा बिक्रीमा भ्रष्टाचार : माधव नेपालसँगै तानिए सूर्यविनायकका मेयर, किनेको जग्गा जफत हुने
माधव नेपालको प्रतिक्रिया- केपी ओली सुरुदेखि नै मविरूद्ध थिए, अहिले मलाई सक्न लागे
एमालेमा ‘झोले’ अभियान, नेताहरू आफैंलाई भन्न थाले ‘म झोले’
सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले सामाजिक सञ्जाल ‘झोले’ अभियान चलाएको छ । पछिल्लो समय सर्वसाधारणले दल र दलका नेता–कार्यकर्ताविरुद्ध आक्रोश पोख्न ‘झोले’ शब्द प्रयोग गर्ने क्रम बढेपछि एमालेले ‘झोले’ अभियान चलाएको हो ।

अभियानअन्तर्गत प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तस्बिरमा ‘म झोले हो’ लेखेर फेसबुकमा राखेका छन् । तस्बिरमा ‘एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्स कयौं गुणा उत्तम चरित्र हो’ पनि लेखिएको छ ।
प्रधानमन्त्री ओलीले आफू ‘झोले’ भएको उल्लेख गर्दै फेसबुकमार्फत् ‘झोले’ भनेर लखेट्दैमा सत्य अँगाल्न नछोड्न आग्रह गरेका छन् । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्ने उनको भनाइ छ ।
एमालेनिकट बुद्धिजीवी परिषद्मा ‘पीएहरूको पकड’
प्रधानमन्त्री भन्छन्- जन्मिँदै राजा हुने वंश परम्पराको वकालत गर्नु दास मानसिकता र मूर्खता
प्रचण्डले भने- भिजिट भिसाबारे छानबिन समिति बने संसद् खुल्छ, एक पटक देउवाजीसँग छलफल गर्छौँ
प्रतिपक्षमा रहेका दलहरूले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने निष्कर्ष निकालेका छन् ।

संघीय संसद् भवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकक्षमा शुक्रबार बसेको प्रतिपक्षी दलहरूको बैठकले कांग्रेस सभापति देउवासँग छलफल गर्ने निष्कर्ष निकालेको हो ।
‘अहिलेका राजनीतिक घटना क्रमको विषयमा प्रतिपक्षका तर्फबाट नेपाली कांग्रेसका सभापतिसँग एकचोटि कुरा गर्नु उचित हुन्छ भन्ने विषय पनि भयो,’ बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने ।
भिजिट भिसा प्रकरणको छानबिनका लागि सरकारको प्रतिबद्धता आए पछिल्लो रावजनीतिक घटनाक्रमलाई सकारात्मक ढंगले टुंग्याउन सकिने उनको भनाइ थियो ।
संसद्मा रोकिएन विपक्षीको नाराबाजी, शुक्रबार दिउँसोसम्मलाई स्थगित
प्रतिनिधिसभाको बैठक शुक्रबार पनि स्थगित
प्रतिनिधिसभाको बिहीबारको बैठक पनि विपक्षी दलहरूको विरोध र नाराबाजीले अघि बढ्न सकेन ।
बैठक सुरू भएर अगाडि बढ्न नसकेपछि स्थगित भएको हो । दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपराह्न साढे ५ बजे सुरू भए पनि प्रतिपक्षी दलहरूको अवरोधका कारण अघि बढ्न सकेन ।

बैठक अघि बढ्न नसकेपछि सभामुख देवराज घिमिरेले बिहीबारका लागि तय गरिएको कार्यसूची सम्पूर्ण कार्यक्रम हटाएर बैठक स्थगित गरेका छन् । अर्को बैठक शुक्रबार १ बजे बस्ने गरी उनले संसद् स्थगित गरेका छन् ।
सभामुख घिमिरेले बैठक सुरू भएको जानकारी गराएलगत्तै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका थिए । सभामुख घिमिरेले दलीय आधारमा सांसदहरूलाई बोल्न समय दिने बताइरहे पनि अवरोध जारी राखेका थिए ।
सत्तागठबन्धनमा कुनै समस्या छैन : सभापति देउवा
प्रधानमन्त्रीमाथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको छ : महासचिव पोखरेल
गण्डकीका पूर्वमुख्यमन्त्रीले भने- राइड सेयरिङमा कसैले चुनौती दिन सक्दैन
अर्थ मन्त्रालयद्वारा आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु
अर्थ मन्त्रालयले आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको जनाएको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा नीति तथा कार्यक्रम, बजेट र माइलस्टोनबीच तादम्यता मिलाइ कार्य योजना बनाएर कार्यान्वयन गर्ने गृहकार्य शुरु भएको जनाएको हो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तव्यमा समावेश भएका कार्यक्रम तथा आयोजनाका लागि खरिदसम्बन्धी तयारी कार्य अघि बढाउन निर्देशन दिएका छन्। बजेट स्वीकृत भएलगत्तै सम्झौता गर्न सकिने गरी तयारी गर्दा छिटो काम गर्न सहज हुने उनको भनाइ छ ।

मुख्य सचिव एकनारायण अर्यालले खरिद प्रकृया अघि बढाउन थप ऐन कानून जरुरी नभएको उल्लेख गर्दै बजेटमा उल्लेख भए अनुसार खरिदका लागि तयारी प्रक्रिया अघि बढाउँदा हुने धारणा व्यक्त गरे । बैठकमा चालू आर्थिक वर्षको पूँजीगत खर्च वृद्धिमा विशेष ध्यान दिनेबारे पनि छलफल भएको थियो।
यस्तो देखियो तरुण दलको मोटरसाइकल र्याली (तस्बिरहरू)
नेपाल तरुण दलको केन्द्रीय तदर्थ समिति विघटनको माग गर्दै तरुण दल आबद्ध युवाहरूले मोटरसाइकल र्याली सहित काठमाडौंमा प्रदर्शन गरेका छन् ।

अब तरुण दलको महाधिवेशन हुन नसक्ने ठहर गर्दै तदर्थ समितिको म्याद नथप्न नेतृत्वलाई ध्यानाकर्षण गराउने उद्देश्यका साथ उनीहरूले विभिन्न स्थान हुँदै कांग्रेस पार्टी कार्यालयसम्म मोटरसाइकल र्याली निकालेका हुन् ।
२०७३ सालमा पोखरामा भएको महाधिवेशनबाट अहिलेसम्म आउँदा नौ वर्ष बितिसकेको भन्दै कुनै दल वा भ्रातृ संगठन तदर्थवादको नाममा यति लामो समयसम्म रहनुले सिंङ्गो संगठन कमजोर बनिरहेको तरुण दलका केन्द्रीय सदस्य रोजन राइले बताए ।
उनले पछिल्लो तदर्थ समिति गठन भएको पनि ३ वर्ष हुँदा पनि महाधिवेशन गर्नेतर्फ उन्मुख नभएकाले अव म्याद थप गर्न नहुने धारणा राखे ।
गण्डकीको सामाजिक समितिमा माओवादीकी दमयन्ती निर्वाचित
गण्डकीमा प्रशासनिक संरचना पुनरावलोकन समितिले प्रतिवेदन बुझायो
अग्नि सापकोटाविरूद्धको मुद्दामा पूर्णिमायाको पक्षमा उत्प्रेषण आदेश
पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतमा उत्प्रेषण आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा बुधबार भएको सुनुवाइपछि यस्तो आदेश आएको हो ।

यसअघि सर्वोच्चले अनुसन्धानको विवरण झिकाउन आदेश गरेको थियो । संवैधानिक इजलासले बुधबार पूर्णिमाया लामाले मन्त्रपिरषिद्, प्रधानमन्त्री तथा मन्त्रपिरषिद कार्यालयसमेत ७ जनालाई विपक्षी बनाउँदै दायर गरेको रिटमा यस्तो आदेश जारी गरेको हो ।
पूर्णिमायाका वकिल भन्छन्- अग्नि सापकोटामाथि अनुसन्धानका लागि पक्राउ गर्नेसमेत बाटो खुल्यो
उद्धार अभ्यासमा संलग्न सशस्त्र प्रहरीका दुई जवान सप्तकोशीमा डुबेर बेपत्ता
कोशी बराजस्थित सप्तकोशी नदीमा गोताखोर अभ्यासमा रहेका दुईजना सशस्त्र प्रहरी डुबेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी छन् । सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालयले बाढीपहिरोमा परेकालाई उद्धारका लागि बिहीबार गरिरहेको अभ्यासका क्रममा दुवैजना डुबेर बेपत्ता भएका हुन् ।

सशस्त्र प्रहरीको बर्दिबासस्थित मधेश प्रदेश कार्यालयबाट बिहीबार कोशी बराजस्थित सप्तकोशी नदीमा उद्धार अभ्यास गरिएको थियो ।
अक्सिजन मास्कसहित अभ्यासका क्रममा दुईजना सशस्त्र प्रहरी जवान डुबेर बेपत्ता भएको सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । अहिले दुवैजनाको सुनसरी र सप्तरीका थप प्रहरी आएर खोजिरहेको बताए ।
सशस्त्रका दुई गोताखोर सप्तकोसीमा डुबेको घटनाबारे बुझ्न हलचोक पुगे गृहमन्त्री लेखक
भृकुटीमण्डपमा देशैभरको मह (तस्बिरहरू)
निलम्बनमा परे काठमाडौंका नगर प्रहरी प्रमुख पाण्डे
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् । महानगरका प्रमुख प्रशाकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । वरिष्ठ नगर प्रहरी उपरीक्षक पाण्डेलाई गत जेठ ६ गते गुरागाईंले एक साताको समय दिएर स्पष्टीकरण सोधेका थिए ।

त्यसपछि पाण्डेले जेठ १२ मा गुरागाईंसमक्ष स्पष्टीकरण बुझाएका थिए। सातबुँदे स्पष्टीकरणमा पाण्डेले मेयर बालेन्द्र साहको आदेश पालना गरेको बताएका थिए । २०८१ चैत २१ गते गुरागाईं काठमाडौं प्लाजास्थित कार्यालय प्रवेश गर्ने क्रममा पाण्डे नेतृत्वको नगरप्रहरी बलले रोक्ने प्रयास गरेको थियो ।
राजुनाथ निलम्बनमा परेपछि विष्णुप्रसाद बने नयाँ नगर प्रहरी प्रमुख
पाकिस्तानको व्यापार घाटा घट्यो, निर्यातमा उल्लेखनीय वृद्धि
पाकिस्तानले चालु आर्थिक वर्षको मे महिनामा आफ्नो व्यापार घाटामा उल्लेखनीय सुधार गरेको छ ।

पाकिस्तान तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार, देशको व्यापार घाटा मे महिनामा दुई अर्ब ६१ करोड ९० लाख अमेरिकी डलरमा सीमित भएको छ, जुन अघिल्लो अप्रिल महिनामा तीन अर्ब ४२ करोड २० लाख डलर थियो । यो २३ दशमलव पाँच प्रतिशतले घटेको हो ।
यो सुधारको मुख्य कारण देशको निर्यातमा भएको १७ दशमलव ४ प्रतिशतको वृद्धि र आयातमा आएको ७ दशमलव ६ प्रतिशतको गिरावट हो ।
मौसमी जटिलताका कारण पाकिस्तानका विद्यालय बन्द
भारतले सञ्चालनमा ल्यायो जम्मु-कश्मीर जोड्ने विश्वकै अग्लो रेल पुल
चिनियाँ राष्ट्रपति सीसँग ट्रम्पले गरे ९० मिनेट वार्ता : के कुरा भयो ?
मित्रताबाट किन घृणा र आरोपमा परिणत भयो ट्रम्प र मस्कको सम्बन्ध ?
हार्वर्डमा नयाँ विदेशी विद्यार्थीका लागि भिसा प्रतिबन्ध
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार हार्वर्ड विश्वविद्यालयमा पढ्न सुरु गर्ने विदेशी विद्यार्थीहरूको भिसामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । यसले उनको प्रशासनको उच्च शिक्षामाथिको कडाइलाई बढाएको छ ।
‘हार्वर्ड विश्वविद्यालयमा अध्ययनको पाठ्यक्रम वा हार्वर्ड विश्वविद्यालयले आयोजना गरेको विनिमय आगन्तुक कार्यक्रममा भाग लिनका लागि मात्र वा मुख्य रूपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्न खोज्ने विदेशी नागरिकहरूको प्रवेश प्रतिबन्धित गर्न आवश्यक छ भनेर मैले निर्णय गरेको छु’, ट्रम्पले एक विज्ञप्तिमा भने।

ट्रम्प प्रशासन शैक्षणिक क्षेत्र, विशेष गरी हार्वर्डसँग निरन्तर द्वन्द्वमा रहेको छ । हार्वर्डले ट्रम्पको क्रोधलाई निरन्तर आकर्षित गर्दै आएको छ भने सार्वजनिक रूपमा उनको प्रशासनको भर्ती, पाठ्यक्रम र अनुसन्धान छनोटहरूको नियन्त्रण छोड्न दिएका दोहोर्याइएका मागहरूलाई अस्वीकार गर्दै आएको छ ।
पुटिन जवाफी हमला गर्ने तयारीमा रहेको ट्रम्पको खुलासा
रक्षा खर्च बढाउने सम्झौतामा हस्ताक्षर गर्न नेटोलाई अमेरिकाको दबाब
गाजामा युद्धविरामको संयुक्त राष्ट्र सुरक्षा परिषद्को मागमा अमेरिकाद्वारा भिटो
प्रतिक्रिया