आजका समाचार : राजावादीको शक्ति प्रदर्शन, कुलमानले छाडेनन् अडान र इजरायल-हमास दोस्रो चरणको युद्धविराम वार्ता हुने | Khabarhub Khabarhub

आजका समाचार : राजावादीको शक्ति प्रदर्शन, कुलमानले छाडेनन् अडान र इजरायल-हमास दोस्रो चरणको युद्धविराम वार्ता हुने


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

ज्ञानेन्द्र शाहबारे प्रधानमन्त्री- राष्ट्रपति हुँदाहुँदै नारायणहिटीको कुर्सीमा राख्दैमा कोही राजा हुँदैन

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको नभई संविधानसभाले बनाएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ गर्नु सबैको दायित्व हुने बताएका छन् ।

सुदूरपश्चिम प्रदेशसभामा आइतबार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनतको बलिदानपूर्ण र लामो सङ्घर्षबाट बनाइएको संविधानअनुसार सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनालाई सम्मान गर्दै लोकतान्त्रिक पद्धतिमा हिँड्न आग्रह गरे ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहबाट प्रजातन्त्र दिवसमा दिइएको अभिव्यक्ति आश्चर्यलाग्दो भएको उल्लेख गरे । प्रधानमन्त्री ओलीले भावनामा बगेर देश नबन्ने स्पष्ट गरे ।

सुदूरपश्चिम सुन्दर मात्रै होइन, सम्भावनाको प्रदेश हो : प्रधानमन्त्री ओली

ज्ञानेन्द्रको स्वागतमा पुगेकाले लगाए प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक नारा

गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने

गणतन्त्रवादीहरू एकजुट हुन चित्रबहादुर केसीको प्रस्ताव

गृहमन्त्री भन्छन्- गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, त्यो भ्रमबाट राजा हौसिन आवश्यक छैन  

गृहमन्त्रीबाट आपतकालीन गोदामघर कर्णाली प्रदेशलाई हस्तान्तरण

समर्थकको भिडसहित निर्मल निवासतिर पूर्वराजा शाह (तस्बिरहरू)

पूर्वराजा ज्ञानेन्द्र शाह करिब एक महिना लामो पोखरा बसाइपछि आइतबार दिउँसो काठमाडौं फर्किएका छन् ।

उनी काठमाडौं फर्किने क्रममा हौसिएका राजावादीहरू सयौँको संख्यामा त्रिभुवन विमानस्थल क्षेत्रमा पुगेका थिए ।

उनी काठमाडौं आएपछि सयौँ राजावादीहरू विमानस्थल क्षेत्र हुँदै उनलाई र्‍यालीसहित निर्मल निवासतिर लागेका छन् । पूर्वराजा शाह विमानस्थलबाट बाहिरिएछि गाडीबाट उठेर समर्थकलाई नमस्कार गर्दै हात हल्लाए ।

राजावादीको जुलुसमा योगी आदित्यनाथको फोटो !

राजावादीले सडक छेक्दा विमानस्थल क्षेत्रमा यात्रुलाई हैरानी

पूर्वराजा शाह काठमाडौंमा, र्‍यालीसहित निर्मल निवासतिर राजवादीको भिड

ज्ञानेन्द्र शाहबारे प्रधानमन्त्री- राष्ट्रपति हुँदाहुँदै नारायणहिटीको कुर्सीमा राख्दैमा कोही राजा हुँदैन

पूर्वराजालाई एमाले नेता ढुंगेलले भने- उत्ताउलो बनेर हिँडे निर्मल निवासबाट पनि घोक्रेठयाँक लगाउछौँ

दुबोको माला लगाएर पोखराबाट हिँडे पूर्वराजा शाह

पूर्वराजाको स्वागतमा जान प्रधानमन्त्री ओलीलाई ज्ञानेन्द्र शाहीको आग्रह

पूर्वराजाको स्वागतमा विमानस्थल प्रवेशमा कडाइ (तस्बिरहरु)

ज्ञानेन्द्रलाई स्वागत गर्ने कुराले बालुवाटारमा छटपटी : विष्णु रिमाल लेख्छन्- ‘फर्गिभ-वट नट फर्गेट’

कुलमानले ऊर्जामन्त्रीलाई फेरि भने- निष्ठापूर्वक काम गर्दा पनि सोधिएको स्पष्टीकरण पूर्वाग्रही र अन्यायपूर्ण

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई सफाइ पेस गरेका छन् ।

गत बुधबार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मन्त्रालयले मागेको स्पष्टीकरणमा कार्यकारी निर्देशक घिसिङले आइतबार सफाइ पेश गरेका हुन् ।

मन्त्रिपरिषद्को निर्णयअनुसार मन्त्रालयले सोधेको ४ बुँदे स्पष्टीकरण मागमा घिसिङले १६ पृष्ठ लामो स्पष्टीकरण पेश गरेका छन् । उनलाई समयसीमा भित्र गत आर्थिक वर्षको कार्यसम्पादन पेश नगरेको भन्दै नियुक्ति किन रद्द नगर्ने भन्दै स्पष्टीकरण सोधिएको थियो ।

तराई-मधेस जागरण अभियान रोकेर माओवादी नेताहरू काठमाडौं फर्कँदै 

मेहनत नगरी कुराले मात्रै प्रगतिको चाहना पूरा गर्न सकिँदैन : उपप्रधानमन्त्री सिंह

जनमतको बैठक जारी, पहिचानवादी पार्टीसँग एकताबारे छलफल हुने 

तारिख बुझ्न रवि लामिछाने कास्कीमा

राष्ट्रियसभामा सांसदले उठाएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सदनमा सांसदले उठाएका विषयको समयभित्रै जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष दाहालले बैठकको शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूलाई जवाफ दिन निर्देशन दिएका हुन् ।

उनले अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका सन्दर्भमा सांसदहरूले उठाएका महिला र बालबालिका, हिंसा, बलात्कार, हत्यालगायत विषय, शिक्षकको आन्दोलन, स्वर्गद्वारी गुठीको समस्या, दलित, आदिवासी जनजाति र किसानका समस्या एवं सुशासन, सेवा प्रवाहबारे उठेका प्रश्नको जवाफ दिन निर्देशन दिए ।

नीतिनिर्माण तहमा महिला सहभागिता सुनिश्चित हुनुपर्‍यो : सांसद पन्त

सांसद विश्वकर्मा भन्छन्- केही व्यक्तिले डोर्‍याएर नारायणहिटी लाँदैमा गणतन्त्रको विकल्प राजतन्त्र हुँदैन

राष्ट्रियसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

धरपकडपछि पोखरा महानगरको गेटमा कोटिहोम पक्षधरको धर्ना, प्रजिअले डाके बैठक

अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी गण्डकी कोटिहोम पक्षधरले आइतबार पोखरा महानगरपालिका कार्यालयअगाडि धर्ना दिएका छन् ।

लेकसाइडस्थित वाराहीघाटमा गर्ने भनिएको कोटीहोम रोक्न पोखरा महानगरका मेयर धनराज आचार्य लागिपरेको भन्दै कार्यालयअगाडि धर्ना दिइएको हो ।

विश्व हिन्दु महासंघ नेपाल गण्डकी प्रदेश, जिल्ला शाखा कास्की, संस्कृत युवा मञ्च कास्की, मातृ शक्ति विभाग गण्डकी प्रदेश लगायत संस्थाको सहभागितामा बिहान ९ बजेदेखि साढे १० बजेसम्म धर्ना भएको हो ।

पोखरामा अनलाइन जुवा र क्रिप्टोकरेन्सी कारोबार : पाँच जना पक्राउ

बीमा दाबी गर्न आफ्नै पसलमा आगजनी, पसल सञ्चालक पक्राउ

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

आत्मनिर्भर बनाउन जीवनोपयोगी सीप सिकाइँदै

सुदूरपश्चिममा प्रस्तावित विधेयकले तनाव : कांग्रेसको झण्डा फालेपछि झडप

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आउने भएपछि धनगढी बजार क्षेत्र पार्टी झण्डाले भरिभराउ थियो । तरुण दल, नेविसंघसहित पार्टी नेता कार्यकर्ताले भव्य स्वागतसहित बजार क्षेत्रलाई झण्डाहरुले सजाएका थिए ।

मुल बजार क्षेत्रको सडक दुवै तिर झन्डाहरू लगाइएका थिए । केही स्थानमा लगाउने तयारीमै कांग्रेस निकट तरुण दल नेविसंघका नेता कार्यकर्ता सक्रिय थिए ।

एकाएक धनगढीमा आन्दोलन गरिरहेका युवा विद्यार्थीले ती झन्डाहरू हटाएपछि दुबैपक्षबीच झडप भयो । युवा विद्यार्थीको मागमा दलहरू जिम्मेवार नभएको र स्वागत सत्कारमै सीमित हुने गरेको आरोपसहित आक्रोशित आन्दोलनकारीले सबै झन्डाहरू उखेलेर फालेका थिए ।

गाैरमा अमरेश सिंहकाे पक्ष र बिपक्षमा नाराबाजी जारी  

टेकुको ढलमा खसेका पुरुषको उद्धार

धनगढीमा बन्यो ३२ करोडको सभा गृह, प्रधानमन्त्री ओलीले गरे उद्घाटन 

‘ड्रोन’ बाट आगलागी नियन्त्रण तालिम गर्दै काठमाडौं महानगर 

इरानका नेताद्वारा क्षेप्यास्त्र सीमा र क्षेत्रीय प्रभावका विषयमा अमेरिकासँग वार्ता गर्न अस्वीकार

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले वार्ताहरू इरानी क्षेप्यास्त्रको सीमा र यस क्षेत्रमा इरानको प्रभावमा प्रतिबन्ध लगाउने उद्देश्यमा केन्द्रित हुने भन्दै दुई देशबीच वार्ताका लागि अमेरिकी प्रयासलाई अस्वीकार गरेका छन् ।

शनिबार अधिकारीहरूको एक समूहलाई सम्बोधन गर्दै उनले अमेरिकाको नाम उल्लेख गरेनन् तर ‘धम्की दिने सरकार’ वार्ताका लागि आफ्नो प्रयासमा दृढ रहिरहेको बताए ।

‘उनीहरूको वार्ताको उद्देश्य समस्याहरू समाधान गर्नु होइन, यो हामी जे चाहन्छौँ त्यो टेबलको विपरीत पक्षमा बसेको अर्को पक्षमाथि थप कुरा गरौँ भन्ने हो’, उनले भने ।

चीनले वृद्धवृद्धाको स्याहारमा एआई प्रयोग गर्ने

भारत-पाकिस्तान सीमामा यात्रा नगर्न अमेरिकाले जारी गर्‍यो ट्राभल एडभाइजरी

इजरायल र हमासबीच दोस्रो चरणको युद्धविराम वार्ता सुरु हुने

सिरियामा दुई दिनको झडप र प्रतिशोधपूर्ण हत्यामा एक हजारभन्दा बढीको मृत्यु

सोमबार हुने शान्ति वार्तामा इजरायली प्रतिनिधिमण्डल दोहा जाने

ट्रम्पले सहयोग रोकेपछि युक्रेनमा रुसको आक्रमण : ६ बालबालिकासहित २५ जनाको मृत्यु

नेपालद्वारा युगाण्डा एक विकेटले पराजित

युगाण्डामा जारी चार देशीय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले पहिलो खेल जितेको छ । नेपालले आफ्नो दोस्रो खेलमा युगाण्डालाई एक विकेटले पराजित गरेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो ।

युगाण्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा टस जितेर नेपालले पहिला फिल्डिङ रोजेको थियो । घरेलु टोली युगाण्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रन बनायो ।

छयहत्तर रनको विजयी लक्ष्य नेपालले १९ दशमलव ५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि साना प्रवीनले सर्वाधिक १७ रन जोडिन् । उनले ३५ बलमा एक चौका प्रहार गरिन् ।

च्याम्पियन्स ट्रफी फाइनल : भारत र न्युजिल्यान्डको भिडन्त आज

फरेस्टसँग म्यानचेस्टर सिटी पराजित

‘बी’ डिभिजन लिग : च्यासल युथ र वीरगञ्ज युनाइटेडले अंक बाँडे

दशौं राष्ट्रिय खेलकुदका लागि मूल आयोजक सचिवालय स्थापना

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ८ : १३ बजे

भारतले तेस्रो पटक जित्याे च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं – भारतले तेस्रो पटक च्याम्पियन्स ट्रफीकोको उपाधि जितेको छ

काठमाडौं उपत्यकामा बढ्यो वायु प्रदुषण

काठमाडौं – काठमाडौं उपत्यकामा प्रदुषण बढेको छ । मौसम पूर्वानुमान

महिलाको हत्यामा संलग्न पाँचजना पक्राउ

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा संलग्न एक नाबालकसहित

सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना

काठमाडौं – काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ

अब कुनै पनि बहानामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सार्ने छुट छैन : मन्त्री चाैधरी

कर्णाली – युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अब कुनै पनि