आजका समाचार : सुशीला कार्की असंवैधानिक प्रधानमन्त्री रहेको ओलीको जवाफ, प्रधानमन्त्रीलाई हटाउ भन्दै राष्ट्रपतिकहाँ जेन-जी, लुम्बिनीसँग चितवन पराजित र युक्रेनमा रुसको ठूलो आक्रमण « Khabarhub

आजका समाचार : सुशीला कार्की असंवैधानिक प्रधानमन्त्री रहेको ओलीको जवाफ, प्रधानमन्त्रीलाई हटाउ भन्दै राष्ट्रपतिकहाँ जेन-जी, लुम्बिनीसँग चितवन पराजित र युक्रेनमा रुसको ठूलो आक्रमण


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सुरक्षा परिषद् बैठक : प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने

राष्ट्रिय सुरक्षा परिषद्ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४१ औँ बैठकले प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१)बमोजिम नेपाली सेनाको परिचालन गर्न मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल गर्दे आवश्यक संशोधनका साथ स्वीकृत गरेको छ । उक्त प्रतिवेदनलाई राष्ट्रपति समक्ष पेश गर्ने निर्णय भएको रक्षा मन्त्रालयका सचिव एवं राष्ट्रिय सुरक्षा परिषद्का सदस्य सचिव सुमनराज अर्यालले जानकारी दिए ।

सरकारविरूद्ध पोल लिएर राष्ट्रपतिकहाँ जेन-जीको समूह, सुशीला कार्की असफल भएको जिकिर 

टेलिकमको बिलिङ प्रणाली खरिद गर्ने सन्दर्भमा कुनै हस्तक्षेप र अवरोध हुँदैन : सञ्चारमन्त्री

यातायात विभागले अब फेसबुकबाट लाइसेन्सबारे सूचना दिने

सिमरामा तनावबीच सिंहदरबारमा सुरक्षा परिषद् बैठक 

तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभार : मन्त्री अर्याल 

सर्वोच्चलाई ओलीको जवाफ : सुशीला कार्की असंवैधानिक प्रधानमन्त्री

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनस्स्थापनाका लागि सर्वोच्च अदालतमा परेको रिटमा लिखित जवाफ दिएका छन् । गत भदौ २३ र २४ गते जेन-जीका नाममा आगजनी र अराजकताका लाभग्राही अहिलेका प्रधानमन्त्री र मन्त्री भएकोले यो अवस्थाको सृजनाकर्ता पनि उनीहरू नै भएको दाबी ओलीले गरेका छन् ।

अध्यक्ष ओलीले संसद् पुनर्स्थापनाका विषयमा सर्वोच्च अदालतमा लिखित जवाफ फर्काउँदै उक्त कुरा उल्लेख गरेका हुन्। प्रधानमन्त्री सुशीला कार्की र उनको मन्त्रिमण्डलका सदस्यहरूले राज्य सत्ता कब्जा गर्ने दृश्य-अदृश्य कार्य गरेको कुरा घटनाक्रमले पुष्टि गरेको अध्यक्ष ओलीको जवाफमा उल्लेख छ ।

पूर्व महान्याधिवक्ता रमेश बडालले अध्यक्ष ओलीले बुधबार सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफअनुसार संविधानको पूर्ण बफादार रहन्छु भनेर शपथ खाएको एक घण्टा नबित्दै त्यसको उल्लंघन गर्दै कार्कीले संसद् विघटन गरेकोले यो पूर्णत असंवैधानिक भएको उल्लेख गरेका छन् ।

सिमरा फेरि अशान्त, विरोध प्रदर्शन गर्दै सडकमा युवा (तस्बिरहरू)

एमाले सचिवालय बैठक : अध्यक्षमा उठ्ने जानकारी गराउँदै वरिष्ठ उपाध्यक्ष पोखरेल

मधेशमा एमालेको छवि सुधार गर्न नयाँ जिम्मेवारीका साथ जानुपर्छ : सचिव भट्टराई

अहिले निर्वाचनमा ध्यान दिऔँ, महाधिवेशन पछि पनि गर्न सकिन्छ : विमलेन्द्र निधि

महेश बस्नेतले भने- एमाले आलोचना सहने भएपनि अवरोध सहँदैन

कर्फ्यूपछि पनि सिमरामा तनाव : ढुंगामुढा गर्दै प्रहरी बिट जलाइयो, कम्तीमा १० जना घाइते

च्यासलमा एमाले सचिवालय बैठक, महाधिवेशन तयारी मुख्य एजेन्डा

सिमरा तनाव : जेन-जीलाई कुटेको आरोपमा प्रहरीले समात्यो दुईजना वडाध्यक्ष

महाधिवेशनको रणनीति बनाउँदै ओली, निकट नेताहरूसँग निरन्तर संवाद

एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन

नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजविरुद्धको खेलमा लुम्बिनी लायन्सले ६ विकेटको जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा चितवनले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले १८ ओभर ३ बलमा ४ विकेटको क्षतिमा १४६ रन बनायो ।

यस सिजनमा लुम्बिनीले पहिलो खेलमा नै जित निकालेको हो । चितवन भने लगातार दोस्रो जित निकाल्न असफल भएको छ । सिजनको दोस्रो खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो ।

चितवनका रवि बोपाराले यस खेलमा अर्धशतक प्रहार गरे थिए । उनले ५५ बलमा चार चौका र तीन छक्काको सहयोगमा ६६ रन बनाए । उनको अर्धशतकले टिमलाई हारबाट जोगाउन सकेन । बोपारा जारी सिजनमा दोस्रो अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुन् ।

चितवनका रिजन ढकालको शिकार बने लुम्बिनीका दुवै ओपनर

कीर्तिपुरमा क्रिकेटप्रेमी (तस्बिरहरू)

लुम्बिनीका अभिषेकले लिए महत्वपूर्ण दुई विकेट, चितवनका तीन ब्याटर आउट

दोस्रो बलमै लुम्बिनीले लियो चितवनको पहिलो विकेट

एनपीएलमा आज : लुम्बिनीले टस जित्यो, चितवनविरुद्ध पहिले फिल्डिङमा


जेन[-जी अगुवा मिराज ढुंगानाको कार्यालयमा आक्रमणः केही सदस्यमाथि हातपात

जेन-जी अगुवा मिराज ढुंगानाको कार्यालयमा आक्रमण भएको छ । ढुंगानाले आफ्नो राजनीतिक अभियानका सञ्चालनका लागि खोलेको कार्यालयमा आक्रमण भएको हो।

मिराजले भनेका छन्, ‘साँझ हाम्रो अभियानको कार्यालयमाथि आक्रमण भएको छ । हाम्रा साथी र महिला साथीमाथिसमेत हातपात भएको छ ।’

उनले यो के गर्न खोजेको हो भनेर सामाजिक सञ्जाल फेसबुकमा प्रश्नसमेत गरेका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍याे

क्रान्तिकारीका महासचिवले छोडे संगठन, जोडिए जनार्दनको प्रगतिशील अभियानमा

कान्तिलोकपथको स्थलगत निरीक्षणमा मन्त्री घिसिङ

दललाई जनतामा जान रोकेर निर्वाचन हुँदैन : डा. महत

बालाचतुर्दशीपछि सुरु गरियो पशुपति क्षेत्र सफाइ

चीनसँगको सीमा जोडिएको लप्चीगाउँमा भालु आतंक

काठमाडौं महानगरका गौरव र स्वर्णिम योजनाको प्रगति ३ दिनभित्र बुझाउन निर्देशन 

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु : अरनिको राजमार्ग अवरुद्ध

मुग्लिन-पोखरा पश्चिम खण्ड : दैनिक छ सयलाई रोजगारी

प्रभु म्यानेजमेन्टका पूर्वशेयरधनी महाजु हुण्डीसम्बन्धी ठगीमा पक्राउ

रूसी आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

पश्चिमी युक्रेनको टेर्नोपिल शहरमा बुधबार रुसी आक्रमणमा तीन लबालिकासहित कम्तिमा २५ जनाको मृत्यु भएको छ। रूसी आक्रमणले टर्कीमा शान्ति प्रक्रियालाई पुनर्जीवित गर्ने राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको प्रयासलाई ओझेलमा पारेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकोफ टर्कीमा हुने वार्तामा सहभागी नहुने भएका छन्। सन् २०२२ मा मस्कोले टेर्नोपिलमाथि हप्तौँसम्म आक्रमण गरेयता बुधबार भएको आक्रमण सबैभन्दा घातक र देशको पश्चिममा भएको सबैभन्दा ठूलो आक्रमण हो।

आक्रमणपछि दर्जनौं उद्धारकर्ताहरू भग्नावशेषमा खोजी गरिरहेका प्रत्यक्षदर्शी पत्रकार तथा स्थानीयले बताएका छन्। ध्वस्त भएको भवनमा पुग्न पत्रकारहरूसमेतले क्रेनको प्रयोग गरेका थिए। बिहान ७ बजे विस्फोटको आवाज सुनिएपछि बाक्लो खैरो धुवाँको मुस्लोले सडक ढाकिएको थियो।

अन्तर्राष्ट्रिय गाजा सुरक्षा बलमा सामेल हुन यमनलाई अमेरिकाको आग्रह

ट्रम्प र मेयर–निर्वाचित ममदानीबीच शुक्रबार भेट हुने

चुनावअघि बंगलादेश प्रहरीद्वारा नयाँ वर्दी सार्वजनिक, जनविश्वास पुनर्निर्माणको प्रयास

नितिश कुमारले लिए बिहारको मुख्यमन्त्री पदको शपथ

पाकिस्तानी सेनाको कारबाहीमा २३ आतंककारीको मृत्यु

अफगानिस्तानमा डेङ्गुको उच्च जोखिम : डब्लूएचओ

अमेरिकी शान्ति प्रस्तावले युक्रेनलाई कठोर सर्त

पाकिस्तान र इराकको जेलबाट ५६० अफगानी कैदी जेलमुक्त

बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित

गाजामा ४० हजार बालबालिकालाई खोप दिने डब्लुएचओको लक्ष्य






























प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ७ : ५४ बजे

अमेरिकालाई लक्षित गर्दै दक्षिण अफ्रिकाका राष्ट्रपतिले भनेः जी–२० मा कसैको ‘दादागिरी’ चल्दैन

जोहानेसबर्ग – संयुक्त राज्य अमेरिकाले जी–२० शिखर सम्मेलन बहिष्कार गर्ने

सिमरामा जेनजी कुटेको आरोपमा एमालेका अर्का नेता पक्राउ

काठमाडौँ- बाराको सिमरामा जेनजी प्रदर्शनकारीमाथि कुटपिट गरेको आरोपमा नेकपा एमालेका

बागमती प्रदेशसभा बजेट अधिवेशन अन्त्य

बागमती – बागमती प्रदेशसभाको बजेट अधिवेशन (वर्षे अधिवेशन) अन्त्य गरिएको

एमाले सचिवालय बैठकः महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन

काठमाडौं – नेकपा (एमाले)ले ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न

मुख्यसचिव अर्यालसँग जाँचबुझ आयोगले लियो बयान

काठमाडौँ– भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटना जाँचबुझ