आजका समाचार : संसद् बोलाउन विपक्षीको दबाब, पत्रकार पक्राउबारे सरकारको गैरजिम्मेवार जवाफ, सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, एनपीएलमा लुम्बिनी- विराटनगर विजयी र ट्रम्पविरुद्ध इरान आक्रामक « Khabarhub

आजका समाचार : संसद् बोलाउन विपक्षीको दबाब, पत्रकार पक्राउबारे सरकारको गैरजिम्मेवार जवाफ, सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, एनपीएलमा लुम्बिनी- विराटनगर विजयी र ट्रम्पविरुद्ध इरान आक्रामक


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जनकपुरविरुद्ध विराटनगरको रोमाञ्चक जित

नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको पहिलो खेलमा विराटनगर किंग्सले रोमाञ्चक जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गर्‍यो ।

विराटनगरका आन्द्रे रसेलको अन्तिम बलमा तीन रन चाहिएको अवस्थामा जनकपुरका सैफ हसनले छक्का प्रहार गर्ने प्रयास गरेका थिए । तर, उनको प्रहार बसिर अहमदले क्याच गरे ।

यससँगै विराटनगरले दुई रनको जित हासिल गर्‍यो । विराटनगरले दिएको १७६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनायो ।

जनकपुरका लागि सेफ हसनले सर्वाधिक ७१ रन बनाएपनि जिताउन सकेनन् । ४८ बलको सामना गरेका हसनले २ चौका र ५ छक्का प्रहार गरे । विशाल सुस्लिङले ३० बलमा ४३ र जिमी निशमले १५ बलमा २९ रन जोडे । विराटनगरका आन्द्रे रसेलले ४ विकेट लिए । यससअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले तिन विकेटको क्षतिमा १७४ रन बनायो ।

पोखरामाथि आठ विकेटको सानदार जित निकाल्दै लुम्बिनी तालिकाको शीर्षक स्थानमा

पोखराले लुम्बिनीलाई दियो ९८ रनको सामान्य लक्ष्य

जनकपुरविरुद्ध विराटनगरका लोकेश बम र इम्रान शेखले बनाए अर्धशतक

आन्द्रे, लोकेश र इम्रानको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

तस्बिरमा हेर्नहोस् : जनकपुरको बलिङ, विराटनगरको ब्याटिङ

जनकपुर बोल्ट्स र विराटनगर किंग्सका समर्थक (तस्बिरहररु)

१३ तस्बिरमा पोखरा भर्सेस लुम्बिनीको रोचक प्रतिस्पर्धा

लुम्बिनीको कसिलो बलिङमा कमजोर देखियो पोखरा (तस्बिरहरु)

सरकारका प्रवक्ताको गैरजिम्मेवार जवाफ- पत्रकार धरपकडबारे प्रधानमन्त्रीलाई जानकारी थिएन

सरकारले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश लगायतका केही अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सरकारले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायतका केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

बैठकले एशियाली विकास बैंकबाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकन डलर बराबरको सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने नेपाल पुनर्बिमा कम्पनी लिमिटेडमा नेपाल सरकारको थप हकप्रद सेयर लगानी गर्न सहमति प्रदान गर्ने निर्णय गरेको छ ।

साथै बैठकले नानो फर्टिलाईजर, बायोस्टिमुलेन्ट र व्यावसायिक रुपमा उत्पादन तथा बिक्री वितरण हुने जैविक तथा प्रारंगिक मल आवश्यक पदार्थको सूचीमा समावेश गर्ने मल नियन्त्रण आदेश २०८३ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताए ।

दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सरकारको सिफारिस

नानो फर्टिलाइजर र जैविक मल आवश्यक पदार्थको सूचीमा समावेश

परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको भेट

छिटो र सहज न्यायका लागि मेलमिलाप विधेयक ल्याएका हौँ : कानुनमन्त्री

नवनियुक्त भारतीय राजदूत दलेला जिम्मेवारी सम्हाल्न आइपुगे काठमाडौँ

निजी क्षेत्रको लगानीलाई प्रतिस्पर्धी नभई परिपूरक बनाउनुपर्छ : उपाध्यक्ष भट्ट

शिक्षक सेवा आयोगको १८औँ वार्षिक प्रतिवेदन शिक्षामन्त्रीसमक्ष पेश

वैद्यखानाको आधुनिकीकरण गर्न दुई मन्त्रालय सहमत

सभामुख अर्यालको उपस्थितिमा आईपीयू क्षेत्रीय सम्मेलनबारे उच्चस्तरीय छलफल, संसदीय कूटनीति प्रवर्द्धनमा जोड

अन्तरव्यवस्थापिका संघ (आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन नेपालमा आयोजना गर्ने सम्बन्धमा उच्चस्तरीय छलफल भएको छ।

सभामुख डोलप्रसाद (डीपी) अर्यालको समुपस्थितिमा भएको उक्त छलफलमा दिगो विकास, जलवायु परिवर्तन तथा मिथेन ग्यास उत्सर्जन न्यूनीकरणजस्ता समसामयिक विषयलाई केन्द्रमा राखेर सम्मेलन गर्ने प्रस्तावमाथि विचारविमर्श गरिएको छ।

आईपीयू र संघीय संसद्को संयुक्त आयोजनामा काठमाडौंमा सञ्चालन गर्ने प्रस्ताव गरिएको यस सम्मेलनबाट एसिया–प्रशान्त क्षेत्रका संसद्हरूबीच सम्बन्ध विस्तार, संसदीय सहकार्य अभिवृद्धि तथा दिगो विकास लक्ष्य प्राप्तिका लागि साझा प्रयास थप सुदृढ हुने अपेक्षा गरिएको छ।

साथै, जलवायु परिवर्तनका चुनौती सम्बोधन गर्न क्षेत्रीय सहकार्य, अनुभव आदानप्रदान र साझा रणनीति निर्माणमा समेत सम्मेलनले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

सम्मेलन आयोजनाबाट नेपालको संसदीय कूटनीति प्रवर्द्धन हुनुका साथै अन्तर्राष्ट्रिय मञ्चमा देशको पहिचान अभिवृद्धि, पर्यटन प्रवर्द्धन तथा होटल, हवाई सेवा र अन्य आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। यसलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न व्यवस्थापन समिति गठन, अतिथि आमन्त्रण तथा आवश्यक तयारीका विषयमा समेत छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

कम्युनिस्ट एकताका लागि माधव नेपालको अपिल

प्रचण्डले भने- अहिले देशमा विवेक र राज्यमा विचार हरायो

डोल्पा कारागारबाट कैदी फरार प्रकरण : छानबिन गर्न प्रदेश र केन्द्रको टोली पुग्यो

विवादमा परेका सर्वोच्चका न्यायाधीश फुयाँल बिदामा

संसद् अधिवेशन बोलाउन विपक्षीको दबाब, आङदेम्बेले भेटे सभामुख

नेपाली कम्युनिस्ट र नेकपाबीच एकता, १० बुँदे सहमतिपत्रमा हस्ताक्षर 

विधानअनुसार नै १५औँ महाधिवेशन हुन्छ : प्रकाशशरण महत

सोलुखुम्बु हेलिकप्टर दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ फेरुचेमा दुई हेलिकप्टर एकापसमा ठोक्किँदा मृत्यु भएका भारतीय नागरिकसहित घाइते तीन जनाको पहिचान खुलेको छ ।

हेलिकप्टर दुर्घटनामा भारत–तमिलनाडु राज्यअन्तर्गत चेन्नईका ४७ वर्षीय वसन्तकुमार बलरामुडुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । मृतकको शव प्रभु एयरको हेलिकप्टरमार्फत लुक्ला ल्याइएको छ ।

घाइते अवस्थामा रहेका फिस्टेल एयरका पाइलट रवीन्द्र प्रजापति, डाइनेस्टी एयरका पाइलट प्रजल केसी र भारतीय मूलका न्युजिल्यान्डका नागरिक ४९ वर्षीय सेलिसकिसन पटेललाई प्रभु एयरको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिए ।

हेलिकप्टर दुर्घटना हुँदा फिस्टेल एयरमा चालक दलका सदस्यसहित तीन जना सवार थिए । आज बिहान करिब ८ः१० बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर फेरुचेस्थित हेलिप्याडमा अवतरण गर्ने क्रममा एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तनहुँ जलविद्युत् आयोजनाको जलाशयमा रूख कटान सुरु

हेलिकप्टर दुर्घटनामा घाइते तीन जनाको मेडिसिटीमा उपचार हुँदै

मतदाता नामावली अद्यावधिक : तीन हजार ५० को नाम हट्यो

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

तीन महिनामै दुई अर्बको नेपाली जुस विदेशियो, भारतमा सबैभन्दा बढी निर्यात

यमनमा साउदी नेतृत्वको गठबन्धनको आक्रमण, १७ जनाको मृत्यु

यमनमा साउदी नेतृत्वको गठबन्धनले गरेको हवाई आक्रमणमा दुई दिनभित्र बालबालिकासहित १७ जना सर्वसाधारणको मृत्यु भएको हुथी विद्रोही समूहले दाबी गरेको छ ।

हुथी नियन्त्रित स्वास्थ्य मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेमध्ये अधिकांश बालबालिका रहेको उल्लेख गरेको छ । मन्त्रालयले साउदी लडाकु विमानले आवासीय घर, बस्ती र बजारलाई निशाना बनाएको आरोपसमेत लगाएको छ ।

हुथी सैन्य प्रवक्ता याह्या सारीका अनुसार साउदी अरबले पछिल्लो २४ घण्टामा यमनका विभिन्न क्षेत्रमा १०९ पटक हवाई आक्रमण गरेको छ । सादा, ताइज, लाहज, अल–जौफ र होदेइदाह प्रान्तमा ती आक्रमण केन्द्रित रहेको उनले बताए ।

यसैबीच, हुथी समूहले साउदी अरबको पूर्वी तथा दक्षिणी क्षेत्रमा रहेका विमानस्थललाई लक्षित गरी ड्रोन आक्रमण गरेको दाबी पनि गरेको छ । यद्यपि, आक्रमणमा भएको क्षति र मानवीय हताहतीबारे साउदी पक्षबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

दक्षिण कोरियाली राष्ट्रपतिसहित १६० अधिकारीको पासपोर्ट विवरण चुहावट

एल निनोले विश्वभर खाद्य संकटको जोखिम बढायो

ट्रम्पविरुद्ध इरानको आक्रामक प्रचार : तेहरानको विशाल बोर्डमा के-के लेखियो ?

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

ईयू प्रतिबन्धको जवाफमा युरोपेली वस्तुको आयातमा कडाइ गर्ने रुसी तयारी

उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

ओमानको तटमा जहाजमाथि हवाई आक्रमण, एक भारतीयको मृत्यु

युक्रेनमा रुसी हवाई आक्रमण, २६ जनाको मृत्यु

मतपत्र अलग राख्ने ट्रम्प प्रशासनको प्रयास अस्वीकार




























प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ७ : ५६ बजे

सङ्खुवासभा गोल्डकपः लोहरुङ र सेकाहा सेमिफाइनलमा

सङ्खुवासभा – सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक जिल्लाका लोहरुङ क्लब

तिहारमा आगलागी जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीको पूर्वतयारी अभ्यास

झापा – तिहारमा दीपावली, पटका तथा अन्य प्रज्वलनशील सामग्रीको प्रयोगबाट

पटाकाजन्य विस्फोटक पदार्थसहित भारतीय नागरिक पक्राउ

काठमाडौं – तिहारमा भाइ मसला बनाउन प्रयोग गर्ने म्याद गुज्रिएका

कर्णालीको कृषि विकासमा इजरायली प्रविधि भित्र्याउने विषयमा छलफल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र नेपालका लागि इजरायली