साप्ताहिक ब्रिफिङ : बालेनले गरे सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सुकुम्वासीले पाउन थाले लालपुर्जा, चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा, नाटोप्रति ट्रम्पको असन्तुष्टि र विश्वकपका खेलहरू जारी « Khabarhub

साप्ताहिक ब्रिफिङ : बालेनले गरे सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सुकुम्वासीले पाउन थाले लालपुर्जा, चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा, नाटोप्रति ट्रम्पको असन्तुष्टि र विश्वकपका खेलहरू जारी


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

सर्वोच्चका रजिस्ट्रार मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्त सिफारिस

संवैधानिक परिषद्ले मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । हाल सर्वोच्च अदालतको रजिस्ट्रार पदमा कार्यरत कार्कीले सरकारी वकिलका रूपमा आफ्नो पेसा सुरु गरेका थिए ।

पछि न्याय सेवामै समूह परिवर्तन गरी न्याय प्रशासनतर्फ लागेका उनले यो सिफारिससँगै रजिस्ट्रार पदबाट राजीनामा दिएर संसदीय सुनुवाइको सामना गर्नुपर्नेछ ।

त्यस्तै, परिषद्ले पूर्वडीआईजी डा. राजीव सुब्बा र ओखलढुङ्गाका अवकाशप्राप्त गुरु वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । नेपाल प्रहरीमा सूचना प्रविधि विशेषज्ञका रूपमा काम गरी डीआईजीबाट अवकाश पाएका डा. सुब्बा हाल मदन भण्डारी प्राविधिक विश्वविद्यालयमा आबद्ध छन् भने वाग्ले निर्वाचन आयोगबाटै उपन्यायाधीवक्ता (सरकारी वकिल) का रूपमा अवकाश भएका व्यक्ति हुन् ।

बालेनले गरे सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, टियुमा डा. भोला थापा, अरुमा को ?

एमालेद्वारा बालेन सरकारको १०० दिनको समीक्षा : काम फितलो र योजनाहरू विवादास्पद

सुशासन र नागरिक सेवाका हिसाबले सरकारका सय दिन सफल : रवि

संसद्‌मा नयाँ विधेयक दर्ता,अब विद्यालयमा राष्ट्रिय दल बनाएर सेनाले तालिम दिने

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट

कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने

नेपाली कांग्रेसको इतर पक्षले आगामी असार २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट छलफल र बैठक चलाउने भएको छ ।

गोल्फुटारमा भेला भएका संस्थापन इतर पक्षका नेताहरुको बैठकका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीका पूर्वप्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले यस्तो जानकारी दिएका हुन् ।

उनले संस्थापन पक्षले एकताको प्रयास नगर्दा १५औँ महाधिवेशन एउटै हुने सम्भावना क्षीण बन्दै गएको पनि बताएका हुन् ।

शुक्रबार गोल्फुटारमा इतर समूहका नेताहरुको बैठकमा सहभागी नेता विश्वकर्माले १५औँ महाधिवेशन एउटै हुने सम्भावना क्षीण बन्दै गएको बताएका हुन् ।

देउवालाई संकट पर्दा साथ दिनेहरू नै अहिले विपक्षमा

बरु २५ वर्ष जेल बस्छौँ, मानव अधिकारविरुद्धका कानुन स्वीकार्दैनौँ : धवलशमशेर राणा

सर्वोच्चद्वारा विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी

सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका-४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइने भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिलामन्त्री प्रतिभा रावलले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएकी छन् ।

कर्णालीमा गाडी दुर्घटना : भिरमा अड्किएको शव निकाल्ने प्रयास, बेपत्ताको खोजी जारी

विपद्का घटनामा ३ जनाको मृत्यु, २३ जना घाइते

मुख्यमन्त्री शाहले हेलमेट नलगाई मोटरसाइकल चलाएपछि…

सुस्तावासीको माग- भारतको सामना गर्न लालपुर्जा, नागरिकता र ‘जङ्गे पिलर’ देउ

जेन-जी आन्दोलनपछि पहिलो पटक चार वामपन्थी पूर्वप्रधानमन्त्री एकै मञ्चमा

भदौ २३ र २४ गते देशमा भएको जेन-जी आन्दोलनपछि पहिलो पटक चार जना वामपन्थी पूर्वप्रधानमन्त्रीहरु एउटै मञ्चमा देखा परेका छन् ।

मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल सँगै देखिएका हुन् ।

मदन भण्डारीको ७५ औं जन्मोत्सवका अवसरमा फाउण्डेशनले आज राजधानीको राष्ट्रिय सभागृहमा ‘नेपालको कम्युनिष्ट आन्दोलन र मदन भण्डारी विषयक विचार गोष्ठी तथा पुरस्कार वितरण समारोह’ आयोजना गरेको हो ।

लोकतन्त्र र वामपन्थी आन्दोलन सिध्याउन भदौ २३ र २४ गते प्रतिगामी षडयन्त्र भयो : ओली

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

वामपन्थी सहकार्यमा ढिलाइ नगरौँ : संयोजक प्रचण्ड

वामपन्थी एकता अत्यन्त आवश्यक भइसक्यो : पूर्वप्रधानमन्त्री खनाल

विवेकपूर्ण आत्मसमीक्षाबिना कम्युनिस्ट एकता सम्भव छैन : सहसंयोजक माधव नेपाल

नाटोप्रति ट्रम्पको असन्तुष्टि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोसँग अमेरिकाको वर्तमान सम्बन्धलाई ‘एकतर्फी’ र ‘हास्यास्पद’ भएको टिप्पणी गर्दै यसलाई यथावत् कायम राख्न नसकिने बताएका छन् ।

टर्कीको राजधानी अंकारामा जुलाई ७–८ मा हुने नाटो शिखर सम्मेलनअघि उनको यो अभिव्यक्तिलाई गठबन्धनभित्रको बढ्दो मतभेदका रूपमा हेरिएको छ ।

फाइल तस्बिर

ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ सामाजिक सञ्जालमार्फत नाटोसँग अमेरिकाको सम्बन्ध पारस्परिक नभएको दाबी गर्दै ‘उनीहरू हाम्रो पक्षमा उभिएका थिएनन्’ भन्ने टिप्पणी गरे। उनले अमेरिकाले गठबन्धनमा अन्य सदस्य राष्ट्रहरूको तुलनामा अत्यधिक आर्थिक तथा सैनिक दायित्व वहन गरिरहेको उल्लेख गर्दै रक्षा खर्चसम्बन्धी तथ्यांकसमेत सार्वजनिक गरेका थिए ।

भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार

पाकिस्तानमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु

खामेनीको अन्त्येष्टिअघि क्रान्तिकारी गार्ड प्रमुख वाहिदी सार्वजनिक

किएभमा रूसको भीषण आक्रमण : ३० जनाको मृत्यु, ९१ घाइते

खामेनीको अन्त्येष्टि अघि इरानद्वारा अमेरिकाको आलोचना, कफिनमा ‘रातो झण्डा’ ओढाइयो

दोहा वार्तापछि अमेरिका–इरान संवादलाई निरन्तरता दिने सहमति

कतार र पाकिस्तानको मध्यस्थतामा दोहामा सम्पन्न अप्रत्यक्ष वार्तापछि संयुक्त राज्य अमेरिका र इरानले कूटनीतिक संवादलाई निरन्तरता दिने सहमति गरेका छन्। मध्यस्थकर्ताहरूले वार्तामा सकारात्मक प्रगति भएको जनाउँदै तनाव कम गर्ने प्रयास जारी रहने बताएका छन्।

जुन महिनामा वाशिङ्टन र तेहरानले कतार र पाकिस्तानको मध्यस्थतामा भएको समझदारीअनुसार ६० दिनका लागि युद्धविराम गर्ने तथा हर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउने सहमति गरेका थिए। १४ बुँदे उक्त समझदारीमा युद्धको स्थायी अन्त्य, हर्मुज जलडमरूमध्यको व्यवस्थापन, इरानको पुनर्निर्माण कोष तथा आणविक कार्यक्रमलगायतका विषयमा थप वार्ताको आधार तय गरिएको थियो।


बुधबार सम्पन्न अप्रत्यक्ष छलफलपछि कतार र पाकिस्तानले जारी गरेको संयुक्त विज्ञप्तिमा दुवै पक्षसँग छुट्टाछुट्टै वार्ता भएको र त्यसबाट सकारात्मक प्रगति भएको उल्लेख गरिएको छ।

इरानी प्रतिनिधिमण्डलका प्रमुख तथा विदेश मन्त्रालयका उपमन्त्री काजेम गारिबाबादीले समझदारी उल्लङ्घनसम्बन्धी घटनाको अभिलेखीकरण र समन्वयका लागि सञ्चार संयन्त्र स्थापना गर्ने सहमति भएको जानकारी दिए। उनका अनुसार वार्तामा रोक्का गरिएका इरानी सम्पत्तिको विषय पनि उठाइएको थियो। प्रारम्भिक रूपमा रोक्का गरिएको छ अर्ब अमेरिकी डलरको केही हिस्सा मानवीय आवश्यकताका सामग्री खरिदमा प्रयोग गर्ने विषयमा छलफल भएको उनले बताए।

दक्षिण अफ्रिका बस दुर्घटना : १६ जनाको मृत्यु, दर्जनौं घाइते

रुसको भीषण मिसाइल र ड्रोन आक्रमणमा १३ जनाको मृत्यु, ३० भन्दा बढी घाइते

खामेनीको स्वीकृतिमै अमेरिकासँग वार्ता भइरहेको पेजेस्कियानको दाबी

हर्मुज जलघाँटीको सुरक्षामा अमेरिकी नेतृत्व अस्वीकार्य : इरान

भारत भ्रमणमा जापानी प्रधानमन्त्री ताकाइची, सेमिकन्डक्टर, एआई र इन्डो–प्यासिफिक सहकार्यमा वार्ता हुने

भारतसँग रणनीतिक साझेदारी र आर्थिक सहकार्य विस्तारमा जापानको जोड

ह्वाट्सएपको ‘युजरनेम’ सुविधाप्रति भारतको आपत्ति

रोनाल्डो र मोड्रिचको तस्बिर राख्दै सन्दीपले लेखे– ‘अन्तिम मिनेटको ड्रामा, उत्कृष्ट खेल’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले जारी फिफा विश्वकप २०२६ अन्तर्गत पोर्चुगल र क्रोएसियाबीचको खेललाई ‘अन्तिम मिनेटको ड्रामा’ भन्दै प्रशंसा गरेका छन् ।

अन्तिम ३२ को खेलमा पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गरेपछि सन्दीपले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

विश्व फुटबलका दुई लेजेन्ड क्रिस्टियानो रोनाल्डो र लुका मोड्रिचको तस्बिर सेयर गर्दै सन्दीपले दुवै टोलीको खेल भावनाको तारिफ गरेका छन् । उनले पोर्चुगलले निकै मिहिनेत गरेर जित निकालेको उल्लेख गर्दै पराजित क्रोएसियाको पनि खुलेर प्रशंसा गरेका छन् ।

मैदानमा कमजोर, सपना विश्वकप

अल्जेरियालाई सहजै पन्छाउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

रोनाल्डो र मोड्रिचको तस्बिर राख्दै सन्दीपले लेखे– ‘अन्तिम मिनेटको ड्रामा, उत्कृष्ट खेल’

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा, अर्को चरणमा स्पेनसँग भिड्ने

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ८ : ०३ बजे

बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह

काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर एक सय स्थानमा बर्डफ्लुको सङ्क्रमण

गोली हानेर लागुऔषध कारोबारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध कारोबारी भारतीय नागरिकलाई गोली हानेर

बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो

बैतडी – बैतडीको गैराखानमा भएको बस दुर्घटनामा परी घाइते हुनेको

सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले

काठमाडौं – नेकपा (एमाले)ले वर्तमान सरकार मुलुकको आर्थिक सङ्कट समाधान

जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयो : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा