आजका समाचार : कांग्रेसको विवादमा सर्वोच्चको नयाँ आदेश, अब सुरुबाटै सुनुवाइ, एक वर्ष नहुँदै प्रलोपा अवसान, सांसदसँग झर्किएका गृहमन्त्रीले मागे माफी र मान्छे मार्न नचाहेको ट्रम्पको दाबी « Khabarhub

आजका समाचार : कांग्रेसको विवादमा सर्वोच्चको नयाँ आदेश, अब सुरुबाटै सुनुवाइ, एक वर्ष नहुँदै प्रलोपा अवसान, सांसदसँग झर्किएका गृहमन्त्रीले मागे माफी र मान्छे मार्न नचाहेको ट्रम्पको दाबी


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

निर्मला पन्त प्रकरणमा झर्किएका गृहमन्त्रीले राष्ट्रिय सभामा तत्कालै मागे माफी
गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा सांसदहरूसँग भएको आफ्नो अभिव्यक्तिप्रति माफी मागेका छन्।

विपद् व्यवस्थापनसम्बन्धी छलफलका क्रममा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको उल्टाखामकी निर्मला पन्त हत्याकाण्डको विषय उठेपछि उनले रुखो शैलीमा प्रतिक्रिया दिएका थिए ।

तर उनले आलोचना भएपछि रोष्ट्रमबाटै आफ्नो भाषा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग क्षमायाचना गरेका हुन्।

‘हजुरहरूबाट हामीले धेरै सिक्न बाँकी छ । सिक्दै जानेछौँ । मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो,’ सांसदहरूलाई सम्बोधन गर्दै उनले भने, ‘यसका लागि म क्षमाप्राथी पनि छु । हजुरहरूसँग माफी पनि माग्न चाहन्छु ।’

उनले विषयकेन्द्रित छलफल हुनुपर्ने धारणा दोहोर्‍याउँदै आफ्नो अभिव्यक्तिका कारण असहज अवस्था सिर्जना भएकोमा क्षमा मागेका हुन्। यसअघि बैठकमा राष्ट्रियसभा सदस्य विष्णु बहादुर विश्वकर्माले निर्मला पन्तका परिवारलाई न्याय दिन नसक्नुको कारण के हो रु निर्मलाको परिवारले कहिलेसम्म न्याय पाउँछ भन्दै प्रश्न गरेका थिए ।

पशु रोग नियन्त्रणका लागि नयाँ विधेयक राष्ट्रियसभामा

राष्ट्रिय सेवा दललाई नयाँ मोडालिटीमा लैजान कानुन बन्दै : मन्त्री गौतम

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व

महिलामन्त्रीको जवाफ- निःशुल्क ब्लु बस लैंगिक असमानता बढाउने नीति होइन 

निर्मला पन्तबारे संसद्मा प्रश्न नउठाउन सांसदहरूलाई गृहमन्त्रीको चेतावनी

कांग्रेसको विवादमा ट्विस्ट : आधिकारिकतासम्बन्धी मुद्दा सुरूदेखि नै सुनुवाइ गर्न सर्वोच्चको आदेश

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा नयाँ ट्विस्ट भएको छ। सर्वोच्च अदालतले बिहीबार कांग्रेसको आधिकारिकतासम्बन्धी विवादबारेको मुद्दामा सुरूदेखि नै सुनुवाइ गर्न आदेश दिएको हो ।

प्रधान्यायाधीश डा। श्री मनोजकुमार शर्मा तथा न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले बिहीबार यस्तो आदेश जारी गरेको हो । यससँगै कांग्रेसको मुद्दामा सर्वोच्चबाट पुनरावलोकन अनुमति पनि मिलेको छ।

सर्वोच्चले यसअघि गगन थापा समूहलाई आधिकारिकता दिने गरी गरेको फैसलासम्बन्धी मुद्दाको अब सुरूदेखि नै सुनुवाइ हुने भएको छ।

२०८२ पुस अन्तिममा भएको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गर्ने आफ्नै फैसला अब सर्वोच्चले पुनरवलोकन लाने भएको हो । तत्कालीन सभापति देउवाले गगनलाई आधिकारिकता दिने निर्णसम्बन्धी मुद्दाको पुनरावलोकन मागसहित निवेदन दिएका थिए।

विश्वप्रकाश भन्छन् : सर्वोच्चको पुनः परीक्षणले विशेष महाधिवेशनको वैधानिकता र तथ्य थप पुष्टि गर्नेछ

आयोगको निर्णयमा प्रश्न उठाउँदै सर्वोच्चले खोल्यो कांग्रेसको मुद्दामा पुनरावलोकनको ढोका

देउवा साउन २६ गते हङकङबाट नेपाल फर्किने

ग्यास संकटबीच आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

दुर्गा प्रसाईँलाई सर्वमान्य नेताको जिम्मेवारी दिन्छौँ : धवल शमशेर

एक वर्ष नहुँदै छिन्नभिन्न प्रलोपा : बाबुरामले आँखा लिँदा सन्तोषले राखे नाम, जनार्दन भौतारिँदै मधेशतिर
पूर्व माओवादी नेताहरू डा. बाबुराम भट्टराई, जनार्दन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियारले गत फागुनको चुनावअगाडि स्थापना गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बुधबारबाट औपचारिक रूपमा विभाजन भएको छ।

नेपाली राजनीतिमा तेस्रो धार र वैकल्पिक शक्तिको हाँक दिएर उदाएको प्रलोपा भट्टराईको पहलमा स्थापना भएको अन्तिम पार्टी पनि थियो । तर, राजनीतिक कार्यक्रम, जिम्मेवारी बाँडफाँट, समन्वय लगायतका विषयमा विवादित हुँदै गएर अन्ततः पार्टी विभाजन भयो ।

अर्थात् पार्टीले वैकल्पिक चरित्रको न्यूनतम् मानक प्रदर्शन गर्न सकेन र बुबार दुवै पक्षले औपचारिक रूपमै सम्झौता गरेर आ–आफ्नो बाटो’ लाग्ने निर्णय गरेका हुन् ।

प्रलोपाको अध्यक्ष परिषद्का सदस्यद्वय दुर्गा शोव र सन्तोष परियारबीच बुधबार भएको आठबुँदे लिखित समझदारीले पार्टीको नाम, झण्डा र निर्वाचन चिह्नको व्यवस्थापनलाई टुंगो लगाएको छ ।

आशिकाको विरोध खेपेको धादिङ प्रहरी कार्यसम्पादनमा लगातार तेस्रो पटक उत्कृष्ट

हिमालयन रिइन्सुरेन्स शेयर कारोबार : पौने ४ अर्बको मुद्दामा ऋषिराज मोरसँग मागियो १ करोड धरौटी

घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य, २१ दिनभित्र अनलाइन आवेदन दिन विभागको आग्रह

विदेशी उपाधिको समकक्षता सेवा अब यूजीसीमार्फत, तीन हजारभन्दा बढी प्रयोगकर्ता दर्ता

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम सर्टलिस्टमा

ग्वार्को फ्लाईओभरको पर्खालमा ठोक्कियो बस, एक जनाको मृत्यु, १० घाइते
ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको बस ग्वार्कोस्थित फ्लाईओभरको पर्खालमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा परेर एक जनाको मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी गराएको छ ।

घटनालगत्तै प्रहरी वृत्त सातदोबाटोको टोलीले घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो। दुर्घटनामा घाइते भएका १० जनालाई उपचारका लागि ग्वार्कोस्थित बीएन्डबी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल

सुनकोशीमा हाम फालेर दम्पती बेपत्ता : पत्नीलाई पिठ्युँमा बोकेर हिँडेका थिए वृद्ध

ग्यास पाउनु भएन, यो नम्बरमा फोन गर्नुस्

बझाङ–बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

गोरखाको १२ किलोमा पहिरो: पेट्रोल पम्पमा क्षति

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, दुई घण्टामै यात्रा गर्न सकिने

रूस-युक्रेन ड्रोन युद्धको असर : अमेरिकाको इन्डियानामा ऊर्जा आपतकाल घोषणा
अमेरिकाको इन्डियाना राज्यका गभर्नर माइक ब्राउनले रूस-युक्रेन युद्धसँग सम्बन्धित समुद्री ड्रोन आक्रमणका कारण विश्वव्यापी तेल ढुवानी प्रभावित भएको भन्दै ऊर्जा आपतकाल घोषणा गरेका छन्।

बुधबार सामाजिक सञ्जाल एक्समा गभर्नर ब्राउनले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै पेट्रोलमा लाग्ने राज्यस्तरीय प्रयोग तथा उत्पादन शुल्क (एक्साइज ट्याक्स)स्थगनको अवधि सेप्टेम्बर ५ सम्म थपिएको जानकारी दिए। यो स्थगन शुक्रबारदेखि अन्त्य हुने तय भएको थियो।

गभर्नरको कार्यालयका अनुसार हालै कालो सागर र केर्च जलडमरूमध्य क्षेत्रमा रूस–युक्रेन युद्ध समुद्री ड्रोन युद्धमा रूपान्तरण हुँदै जाँदा तेल ढुवानी मार्गमा अवरोध सिर्जना भएको छ। यसका साथै, क्यानडाको अल्बर्टा तेल उत्पादन क्षेत्रमा लागेको डढेलोले पनि आपूर्तिमा असर पारेको उल्लेख गरिएको छ।

यी कारणले इन्धनको मूल्य सामान्य आर्थिक अवस्थाभन्दा बाहिर ‘अस्वाभाविक’ रूपमा बढेको दाबी गरिएको छ।

रूस–युक्रेन द्वन्द्व जारी, युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

मध्यपूर्व तनावबीच इरानी विद्यालय बन्द गर्न कुवेतको आदेश

हिरोसिमाबाट आणविक हतियारविरुद्ध विश्वलाई चेतावनी

हर्मुजमा इरान–ओमान सहमति नजिक

भारतीय प्रधानसेनापति धिरज सेठ नेपाल भ्रमणमा आउँदै

नयाँदिल्लीमा मिडियासँग शेख हसिनाको प्रत्यक्ष कुराकानी, बङ्गलादेश आक्रोशित

ट्रम्प भन्छन् : अमेरिकासँग प्रशस्त हतियार छ, म मान्छे मार्न चाहन्नँ




















प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  ७ : ५८ बजे

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई

२५ वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडाैं – एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा