आजका समाचार : बालेनले भेट्दै तीन शक्ति राष्ट्रका दूत, गगनको जवाफले कांग्रेसमा तनाव बढ्ने संकेत र साउदीको तेल रिफाइनरीमा हुथी आक्रमण « Khabarhub

आजका समाचार : बालेनले भेट्दै तीन शक्ति राष्ट्रका दूत, गगनको जवाफले कांग्रेसमा तनाव बढ्ने संकेत र साउदीको तेल रिफाइनरीमा हुथी आक्रमण


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

बालेनको बदलिँदो शैली : पहिले भेट्नै मानेनन्, अब शक्ति राष्ट्रका राजदूतलाई पालैपालो बोलाउँदै

प्रधानमन्त्री वालेन्द्र शाह सत्ताको सय दिन पार गरेसँगै आफ्नो कूटनीतिक शैली बदल्ने प्रयासमा देखिएका छन् । सरकार गठनको सुरुवाती चरणमा विदेशी कूटनीतिज्ञसँग ‘एक्लाएक्लै’ भेट नगर्ने अडान लिएका बालेन अहिले भने पुरानै परम्परागत कूटनीतिक शैलीतर्फ फर्किएका छन् ।

प्रधानमन्त्री शाहले सोमबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग छुट्टाछुट्टै भेट गर्दैछन्। त्यसको भोलिपल्ट अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमसँग भेट गर्ने कार्यक्रम तय गरिएको छ।

समयतालिकाको यो क्रम आफैंमा एउटा कूटनीतिक सन्देश पनि हो। नेपालका लागि भारत र चीन प्रत्यक्ष छिमेकी हुन्। नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मित्र राष्ट्र पनि हुन ।

सरकारको अधिकार खोस्दै सिरहाका व्यापारीले आफूखुसी बढाए ग्यासको मूल्य, प्रशासन हेरेको हेर्‍यै

विविधतामै नेपालको शक्ति, सामाजिक सद्भाव जोगाउनुपर्छ : मन्त्री श्रेष्ठ

ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्त्वपूर्ण योगदान : उपराष्ट्रपति यादव

रास्वपाको निर्णय : मन्त्रीहरूले महिनाको एक पटक पार्टी कार्यालयमा नागरिकसँग अन्तरक्रिया गर्ने

सुशासनका लागि राजनीतिक नेतृत्वमा जबाफदेहिता आवश्यक : हरि ढकाल

सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि हरि ढकाललाई जवाफ : तपाईंको नाम चाहिँ ‘गोबर’ राखे हुन्न ?

सर्वोच्चको पुनरावलोकन आदेशबारे गगन भन्छन्, ‘शानका साथ अदालत जान्छौँ, आफ्ना कुरा राख्छौँ’

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको दोस्रो विशेष महाधिवेशनसम्बन्धी सर्वोच्च अदालतको पुनरावलोकन प्रक्रियाको सामना गर्ने बताएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले विशेष महाधिवेशन विधानसम्मत, आवश्यक र औचित्यपूर्ण भएको दाबी गरे।

उनले विशेष महाधिवेशनपछि निर्वाचन आयोगले त्यसबाट भएका निर्णयलाई अद्यावधिक गरेको र आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएको बताए। त्यसपछि असन्तुष्ट पक्ष सर्वोच्च अदालत पुगेको र अदालतबाट समेत विशेष महाधिवेशनलाई सही ठहर गर्ने आदेश आएको उनको भनाइ थियो।

इतर पक्षलाई गगनको जवाफ,‘मलाई तर्साएर तर्सिन्न, दबाएर दबिन्न, फकाएर फकिन्न’

गगनले त्यो दिन सम्झिँदै भने, ‘भदौ २४ गते हाम्रो परिवारलाई घरभित्रै थुनेर आगो लगाइयो’

कांग्रेस केन्द्रीय कार्यसमिति : १५औँ महाधिवेशनदेखि सरकारका १०० दिनसम्म छलफल

‘संविधान संशोधन गरेर आदिवासी, जनजाति अल्पसङ्ख्यकका हकहितका विषय समेटिनुपर्छ’

सुनकोशीमा बेपत्ता पराजुली दम्पत्तिमध्ये श्रीमती तिलकुमारीको शव भेटियो

काभ्रेपलाञ्चोकको दोलालघाटबाट गत बुधबार सुनकोशीमा हाम फाम फालेका पराजुली दम्पत्तिमध्ये श्रीमतीको शव फेला परेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार मण्डनदेउपुर नगरपालिका–७ निवासी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव फेला परेको हो ।

आइतबार तिलकुमारीको शल ओखलढुङ्गाको सीमा नजिकै सुनकोशीमा फेला परेको हो । तिलकुमारीसँगै बेपत्ता रहेका श्रीमान् केदरनाथ पराजुलीको अवस्था भने अझै अज्ञात छ । उनको खोजी जारी राखिएको प्रहरीले जनाएको छ।

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

ग्यासको आपूर्ति १५ प्रतिशत बढेको छ, उपभोक्ताले अतिरिक्त खरिद नगर्ने हो भने समस्या समाधान हुन्छ : संघ

देवानगञ्ज तनावपछि धार्मिक झण्डा हटाउने सहमति, डिजे र माइकमा पनि कडाइ

साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी

साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको यमनका हुथी विद्रोहीले आइतबार दाबी गरेका छन् ।

साउदी अरबले उक्त रिफाइनरीमा लागेको आगो नियन्त्रणमा लिएको जानकारी दिएलगत्तै हुथी समूहले आक्रमणको दाबी गरेको हो ।

हुथी विद्रोही समूहका सैन्य प्रवक्ता याह्या सारीले जिजानस्थित साउदी आरामको रिफाइनरीलाई ड्रोनमार्फत लक्षित गरिएको बताए ।

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

मोरक्कोका दशौँ हजार आप्रवासी रोक्न नसकेको स्पेनले गर्‍यो इटालीका १९९ आप्रवासीको खानतलासी

एच-१बी भिसाधारीको जागिर गए कठिन हुन सक्छ अमेरिका बसाइ, ६० दिनको ‘ग्रेस पिरियड’ हटाउने तयारी

टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

युद्धपछि पहिलोपटक देखिए इरानी सर्वोच्च नेता मुजतबा, स्वास्थ्यबारे उठेका प्रश्नमा नयाँ बहस

आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता

हर्मुज खुला गर्न इरानद्वारा अमेरिकी नाकाबन्दी अन्त्यको सर्त

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ७ : ५२ बजे

झापामा दुई छुट्टाछुट्टै दुर्घटना, दुई महिलाको मृत्यु

झापा – झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई महिलाको

ट्रम्पको गाजा शान्ति योजना इजरायलद्वारा अस्वीकार, सेना फिर्ता नगर्ने नेतन्याहुको अडान

काठमाडौं – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले

मन्त्री लम्सालद्वारा गुल्मी अस्पताल भवन निरीक्षण

गुल्मी – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गुल्मीको सदरमुकाम तम्घासस्थित नवनिर्मित

धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन

रसुवा – ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र बजारमा हुनसक्ने

कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरमा बितेको चार वर्षमा सवारी दुर्घटनाका कारण १५४