आजका समाचार : सरकार र रास्वपाकै नेताको योजनामा गाडी पार्किङ ‘आतंक’, नयाँ प्रणालीमार्फत राहदानी दिन थालियो, ‘बर्न’ उपचार केन्द्र विस्तार गरिने र रुस-युक्रेनी युद्ध झन् चर्किँदै « Khabarhub

आजका समाचार : सरकार र रास्वपाकै नेताको योजनामा गाडी पार्किङ ‘आतंक’, नयाँ प्रणालीमार्फत राहदानी दिन थालियो, ‘बर्न’ उपचार केन्द्र विस्तार गरिने र रुस-युक्रेनी युद्ध झन् चर्किँदै


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुकुम्वासी व्यवस्थापनबारे जानकारी दिन सरकारलाई समितिको निर्देशन
प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले सुकुम्वासी तथा अव्यवस्थित बस्तीहरूको भूमि व्यवस्थापनका लागि भएका कामकारबाहीको जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले सुकुम्बासी तथा अव्यवस्थित बस्तीहरूको भूमि व्यवस्थापनका सम्बन्धमा भइरहेको कामकारबाहीको विस्तृत लिखित विवरण ७ दिनभित्र समितिमा उपलब्ध गराउन ’भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय’ र ’सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय’ लाई पत्राचार गरी माग गर्ने निर्णय गरिएको सभापति समीक्षा बास्कोटाले जानकारी दिइन् ।

बैठकले सुकुम्वासी तथा अव्यवस्थित बसोबासीसम्बन्धी समितिले गत जेठ ११ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई दिएको निर्देशनात्मक सुझावहरूको कार्यान्वयनको अवस्थाबारे ७ दिनभित्र लिखित जानकारी माग गर्ने निर्णय भएको उनले बताइन् ।

बैठकले बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदनमाथि सुझाव दिन सांसदहरूलाई ३ दिनको समय दिइएको सभापति बास्कोटाले बताइन् ।

चर्का भाषण गर्नेबाट देश रूपान्तरण हुन सक्दैन: महासचिव पोखरेल

राहदानी विभागमा नयाँ प्रणाली सुरु : एक करोड डेटा एकसाथ सारियो

नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु,  परराष्ट्रमन्त्री खनालले गरे शुभारम्भ

सुहाङले भने- सरकारले मानवीय मर्यादा र बालबालिकाको भविष्यको बेवास्ता नगरोस् 

दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त

सरकारले एक सय दिनमा रचनात्मक काम गर्‍यो : ज्ञानेन्द्र शाही

‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन

गगनले भने-सरकारकै योजनामा गाडी तेर्स्याइयो
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले सञ्चारमाध्यम, व्यावसायिक प्रतिष्ठान र आफ्नो समेत घरमा सरकारकै योजनामा गाडी तेर्स्याइएको बताएका छन् ।

उनले रातोपुलस्थित आफ्नो पुरानो घर जाने बाटोमा गाडी राखेर आवतजावत अवरुद्ध गरिएको भन्दै त्यसमा पनि सरकारको संलग्नता रहेको आशंका व्यक्त गरेका छन्।

थापाले सोमबार बिहान करिब ७ बजे दुई जना व्यक्ति आएर घरको मुखमै गाडी पार्क गरेका बताएका छन्।स्थानीय बासिन्दाले दिएको जानकारी उद्धृत गर्दै उनले गाडी राख्ने व्यक्तिहरू त्यसपछि प्रशासनको गाडी चढेर गएको देखेको बताएका छन्।

उनले स्थानीयले दिउँसै उक्त घटनाबारे जानकारी गराएको उल्लेख गर्दै यसमा सबैभन्दा अचम्मलाग्दो पक्ष सरकार स्वयं संलग्न भएको जस्तो देखिएको आरोप लगाए।

सञ्चारगृहमा शंकास्पद गाडी राखिएको घटनाको विरोधमा उत्रियो रास्वपा, निष्पक्ष छानबिन गर्न सरकारसँग माग

गगन थापाको निवासअगाडि तेर्स्याइएको गाडी प्रहरीले उठायो

गगनको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो कार

पत्रकारलाई तर्साउन मिडिया हाउसअगाडि ‘सरकारकै मान्छेको योजना’मा शंकास्पद गाडी, छानबिन गर्न माग

गगन थापाको निवासअगाडि तेर्स्याइएको गाडी प्रहरीले उठायो

संयोग मात्रै होइन, ट्रोल नेपालमार्फत् कुमार बेनको स्टाटस र कान्तिपुरको गेटमा रास्वपा नेताकै गाडी

मिडिया हाउसका गेटमै बेवारिसे कार, प्रहरीले थाल्यो अनुसन्धान

सञ्चार गृहअगाडि शंकास्पद गाडीबारे महासचिव पोखरेलको टिप्पणी, ‘विनाशकाले विपरीत बुद्धि’

सिंहदरबारभित्रै गाडी पार्किङ ‘आतंक’को षड्यन्त्र बुनिएको आशंका !

मुलुकलाई केन्द्रमा राखेर प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्छौँ : आङ्देम्बे
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकलाई केन्द्रमा राखेर प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका रूपमा रचनात्मक र सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन् ।

पार्टी संसदीय दलको कार्यालयमा आज संसदीय मामिला विषयमा कलम चलाउने पत्रकारहरूसँगको छलफलमा उनले मुलुकलाई केन्द्रमा राखेर सत्तापक्षलाई पनि संसद् र जनताप्रति उत्तरदायी बनाउनेमा सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।

संसदीय समितिलाई अनिर्णयको बन्दी बन्न नदिन पनि सबै प्रतिपक्षी दललाई समेटेर कांग्रेस अघि बढ्ने नेता आङ्देम्बेको भनाइ छ ।

‘प्रमुख प्रतिपक्षी दलका नाताले सबै विपक्षीलाई समेटेर विमति राख्दै संसद्मा दैनिक कार्यसूची अघि बढाउन पनि सहयोग गरिएको छ । संसद्मा प्रश्न राख्ने, प्रस्ताव दर्ता गराउने र समितिको गाम्भीर्यतालाई मनन गरी काम गर्छौँ, सत्तापक्षलाई सदन र जनताप्रति उत्तरदायी बनाउनतर्फ सकारात्मक भूमिकामा रहन्छौँ,’ उनले भने ।

कांग्रेस प्रमुख सचेतक वासना थापाले संसद्को प्रभावकारिताका लागि दलले यस्ता छलफललाई निरन्तरता दिनुपर्ने धारणा राखिन् ।

उज्यालो र सुरक्षित सहर अभियानमा ललितपुर महानगरको तीव्रता

गृहमन्त्रीले भेट्न नमानेपछि सिंहदरबार गेटमै धर्ना बसे बिनु र निहारिका (तस्बिरहरू)

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

विकास आयोजनाका काममा ढिलासुस्ती स्वीकार्य छैन : मुख्यमन्त्री पाण्डे

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्‌मा दर्ता

कोशी अस्पतालको अतिक्रमित जग्गामा डोजर चल्यो
विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण गरिएका व्यावसायिक संरचनाहरूमा भत्काइएको छ ।

अस्पतालको जग्गा मिचेर बनाइएका ३२ वटा व्यावसायिक सटरहरू तीन वटा डोजर प्रयोग गरी सोमबार बिहान एक घण्टाभित्रै भत्काइएको हो । सोमबार बिहान ६ बजेदेखि टहरा भत्काउन शुरू गरिएको थियो ।

हस्पिटल चोकस्थित गणेश मन्दिरले भाडामा लगाएका आधा दर्जन बढी सटरसहित नेपाल क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटी र देवकोटा पुस्तकालयका नाममा बनाइएका ३२ वटा सटरहरू भत्काइएको कोशी अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुइँटेलले जानकारी दिए ।

अस्पताल प्रशासनले सात दिनको अल्टिमेटम दिएर संरचना खाली गर्न अन्तिम चेतावनी दिएपछि व्यवसायीहरूले शनिबारदेखि नै सटर खाली गर्न शुरू गरेका थिए ।

चोरी भएका ५१ सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता

कालिकोटमा बढ्दै एचआईभी सङ्क्रमित

बर्खामा यातायात सञ्चालन गर्न कल्भर्ट र पक्की पुल निर्माण

काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

रुसमा युक्रेनी ड्रोन आक्रमणमा चार जनाको मृत्यु, सात घाइते
रुसमा सोमबार भएको युक्रेनी ड्रोन आक्रमणमा परी चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । स्थानीय अधिकारीका अनुसार आक्रमणका अधिकांश घटना मस्को क्षेत्र आसपास केन्द्रित थिए।
    
क्रेमलिनको निरन्तर आक्रमणको जवाफस्वरूप युक्रेनले रुसमाथिका ड्रोन आक्रमण तीव्र बनाएको छ । किएभले रुसी ऊर्जा संरचना तथा अन्य रणनीतिक क्षेत्रमा गरिएका आक्रमणलाई आफ्नो प्रतिरक्षात्मक कदमका रूपमा व्याख्या गर्दै आएको छ।

मस्को क्षेत्रका गभर्नर आन्द्रे भोरोब्योभले टेलिग्राममार्फत इस्ट्राको पियोनेस्र्की बस्तीमा ड्रोन खसेर तीन जनाको मृत्यु भएको र तीन जना घाइते भएको जानकारी दिए। सोही क्षेत्रको अर्को भागमा थप दुई जना घाइते भएको उनले बताए।

रुसी वायु रक्षा प्रणालीले मस्को क्षेत्रमा ८१ वटा ड्रोन नष्ट गरेको भोरोब्योभले दाबी गरे। युक्रेनसँग सीमा जोडिएको बेल्गोरोद क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक महिलाको मृत्यु भएको र दुई पुरुष घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।

यसैगरी, दक्षिणी स्टाभ्रोपोल क्षेत्रमा भएको ड्रोन आक्रमणपछि एउटा औद्योगिक क्षेत्रमा आगलागी भएको क्षेत्रीय गभर्नर भ्लादिमिर भ्लादिमिरोभले जानकारी दिए। उनका अनुसार घटनास्थलमा उद्धार तथा अग्नि नियन्त्रण टोली परिचालन गरिएको थियो र मानवीय क्षति भएको छैन ।

जासुसी रोक्न जापान सक्रिय

एकै दिन ४ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किए

गाजाको पुनः स्थापनाका लागि युरोपेली दाताहरूबाट एक अर्ब डलर सहयोग घोषणा

रुसको गुप्तचर गतिविधिबारे खुलासापछि जापान सतर्क, जासुसी नियन्त्रण थप कडा बनाउने तयारी

भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा नौ जनाको मृत्यु

ट्रम्प र नेतान्याहुको पनि ‘आकस्मिक मृत्यु’ हुनसक्ने इरानको चेतावनी

अष्ट्रेलियामा सबै अन्तराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने

हर्मुज विवादले मध्यपूर्वमा सुरक्षा चुनौती गहिरियो

इजरायलमा अक्टोबर २७ मा आम चुनाव हुने


























प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ७ : ५५ बजे

निरन्तर वर्षाले नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध, यात्रा नगर्न आग्रह

चितवन – निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार साँझदेखि पूर्ण

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित

आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि

काठमाडौं- पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले गलत र