आजका समाचार : मुख्यमन्त्री-प्रधानमन्त्री पहिलो पटक संवाद, संसदीय समिति सभापतिमा छानिँदै, ओली-लेखकपछि खड्का पनि रिहा, कांग्रेसमा किचलो झन् बढ्दै र होर्मुजबाट पछि नहट्ने इरानको चेतावनी « Khabarhub

आजका समाचार : मुख्यमन्त्री-प्रधानमन्त्री पहिलो पटक संवाद, संसदीय समिति सभापतिमा छानिँदै, ओली-लेखकपछि खड्का पनि रिहा, कांग्रेसमा किचलो झन् बढ्दै र होर्मुजबाट पछि नहट्ने इरानको चेतावनी


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

मुख्यमन्त्री-प्रधानमन्त्री भेट : तीनै तहको सरकारबीच समन्वयबारे छलफल

प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् । बिहीबार प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रदेशमा देखिएका समस्या, विकास निर्माणको अवस्था लगायतका विषयमा जानकारी लिएका थिए ।

स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा समेत छलफल भएको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जानकारी दिए ।

तीन तहको सरकारको समन्वय, सहकार्य र सह–अस्तित्वको विषयमा समेत प्रधानमन्त्री शाहसँग छलफल भएको उनले बताए । उनले प्रदेशले पाउने अनुदान यसअघिको भन्दा निकै घट्दै आएको, प्रदेशका गौरव आयोजनाहरूको निर्माण कार्यमा समस्या देखिएको लगायतका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको समेत उल्लेख गरे ।

त्यसैगरि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको समग्र अवस्थाका बारेमा प्रधानमन्त्रीले जानकारी लिएको बताए । उनले संविधानले नै प्रदेशलाई अधिकार तोके पनि पछिल्लो समय संघीय सरकारका कतिपय परिपत्रहरू संविधानसम्मत नभएको विषयमा समेत प्रधानमन्त्रीलाई जानकारी गराइएको उल्लेख गरे ।

स्वर्णिमले भने- सरकारले संविधानमाथि छेडखानी गर्ला भन्ने शङ्का नगर्नुस् 

गृहमन्त्री गुरुङको स्पष्टीकरण : मेरो सम्पत्ति हजुरबुवाको अंशबण्डा हुनुअघि बाटैको, भ्रम नफैल्याउनू

सार्वजनिक लेखा समितिको सभापतिका लागि सांसद भरत खड्काले गराए मनोनयन दर्ता

लेखा समिति सभापतिका लागि तीन प्रतिपक्षीबीच संवाद, श्रमसंस्कृतिलाई दिने पक्षमा रास्वपा

शशांकको तर्क : पूर्णबहादुरलाई कारबाहीले पार्टी एकता जोगिन मुस्किल पर्छ, थप संकट निम्त्याउँछ

नेपाली कांग्रेसका पूर्वमहासचिव डा. शशांक कोइरालाले पार्टीभित्र पछिल्लो समय उत्पन्न मतभेदप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

बिहीबार एक वक्तव्य जारी गर्दै उनले पार्टीको शीर्ष तहमा एकता कायम गर्न आह्वान गरेका छन् । सभापति गगन थापाले निर्वतमान उपसभापति पूर्णबहादुर खड्कामाथि कारबाही अघि बढाएको सन्दर्भमा उनले अहिले त्यसो गर्नु उचित नहुने बताएका हुन् ।

‘नेपाली कांग्रेसमा पछिल्लो समय उत्पन्न मतभेदप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भनेका छन्, ‘लोकतन्त्रको जीवन्त अभ्यास गर्दै आएको ऐतिहासिक पार्टीको महत्त्व लोकतन्त्र र राष्ट्रियताका लागि हिजो थियो, आज छ र भोलि पनि रहिरहनेछ ।’

उनले इतिहासको कालखण्डमा कांग्रेसले धेरै आरोह(अवरोह बेहोरे पनि अहिले पार्टी सबैभन्दा कमजोर अवस्थामा रहेको बताएका छन् ।

‘यस्तो बेलामा उत्पन्न आन्तरिक विवादले पार्टीमात्र होइन, मुलुकको लोकतन्त्र र व्यवस्थाप्रति नै असर पुर्‍याउने जोखिम बढाएको छ,’ उनले भनेका छन् ।

राप्रपाले सातै प्रदेशमा चुनावी समीक्षा बैठक गर्ने

पार्टी कार्यालयमा धर्ना दिएका दुई नेतृलाई राप्रपाले सोध्यो स्पष्टीकरण

एमालेका युवा-विद्यार्थीको निष्कर्ष : भदौको घटनामा नेतृत्वले माफी माग्नुपर्छ, अब पार्टी यसरी चल्दैन

निर्वाचनलाई कारण देखाउँदै एमालेले सदस्यता नवीकरणको म्याद जेठ मसान्तसम्म बढायो

पार्टी कार्यालयमा धर्ना दिएका दुई नेतृलाई राप्रपाले सोध्यो स्पष्टीकरण

प्रतिपक्षी दललाई सभामुखले भने- आगामी बैठकहरूमा सबैसँग छलफल गरेर अगाडि बढ्छौँ

रास्वपा प्रमुख सचेतकमा कविन्द्र, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकले प्रतिनिधिसभातर्फ प्रमुख सचेतकमा महामन्त्रीसमेत रहेका कविन्द्र बुर्लाकोटीलाई चयन गरेको छ। बिहीबार सिंहदरबारमा प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन शाहको समेत उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बुर्लाकोटी गोरखा क्षेत्र नम्बर २ बाट फागुन २१ को निर्वाचनमा प्रतिनिधि सभामा विजयी भएका सांसद हुन् । उता सचेतकमा सांसदद्वय प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताल चयन भएका छन् ।

क्रान्तिशिखा भदौको जेन-जी आन्दोलनपछि एमाले छाडेर रास्वपा प्रवेश गरेकी थिइन् । परियार भने विवेकशील पार्टी हुँदै रास्वपामा आएका हुन्।

समानुपातिक सांसद रहेका दुवैजनालाई अब रास्वपाका १८२ सांसदलाई अनुशासनमा राख्ने, ह्विप लगाउने सहितका जिम्मेवारी आएको छ।

संसदीय समिति सभापतिमा धमाधम मनोनयन (तस्बिरहरू)

रास्वपाले तोक्यो सांसद र मन्त्रीको मासिक लेबी दर

संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण र गणेश, प्रतिपक्षीलाई पनि समेटिने

कृष्णहरि बुढाथोकीलाई अर्थ समितिको सभापति जिम्मेवारी

माओवादी छोडेका रहवरलाई उद्योग श्रम र उपभोक्ता हित समितिको जिम्मेवारी 

अशोक चौधरी कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति

महिला तथा सामाजिक मामिला समितिको सभापतिमा आकृति 

राज्य व्यवस्था तथा सुशासन सभापतिमा हरि ढकाल 

रास्वपा प्रमुख सचेतकमा बुर्लाकोटी, दुई सचेतक नियुक्त

रास्वपाले लेखा समितिको सभापति प्रतिपक्षीलाई दिने

सभामुखसँग एनएफपिजेका प्रतिनिधिको भेट
सभामुख डिपी अर्यालसँग राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालमा आबद्ध फोटो पत्रकारहरूको टोलीले भेटगरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारले भोग्नुपरेका समस्याका बारेमा जानकारी गराएका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तसहितको टोलीले संसदीय रिपोर्टिङका समस्याबारी जानकारी दिँदै समाधानका लागि आग्रह गरेका हुन् ।

सभामुख अर्याललाई अध्यक्ष वन्तले पदभार सम्हालेकामा बधाई दिँदै फोटो पत्रकारहरूले कार्यक्षेत्रमा सामना गरिरहेका विभिन्न चुनौतीबारे जानकारी गराए। उनले विशेषगरी संसद् परिसरमा काम गर्ने फोटो पत्रकारहरूलाई आवश्यक सहजीकरणका लागि समन्वयात्मक पहल गरिदिन आग्रह गरे।

सभामुख अर्यालले हाल संसद् बैठक अस्थायी संरचनाबाट सञ्चालन भइरहेको उल्लेख गर्दै नयाँ संसद् भवन सञ्चालनमा आएपछि यस्ता समस्या क्रमशः समाधान हुने विश्वास व्यक्त गरे। नयाँ भवन सञ्चालनका लागि आवश्यक तयारी तीव्र रूपमा अगाडि बढाइएको जनाउँदै उनले निकट भविष्यमै नयाँ भवनमा बैठक सुरु गर्ने योजना रहेको उनले बताए।

काठमाडौं महानगर र नेपाल प्रहरीबीच सहकार्य गर्ने बारे छलफल

सञ्चारमन्त्री र एडीबी नेपाल निर्देशकबीच भेट, डिजिटल रूपान्तरणमा सहकार्यबारे छलफल

कृषिमन्त्री चौधरीसँग पोल्ट्री व्यवसायीको छलफल

अत्यधिक रिपोर्टले ‘सस्पेन्ड’मा पर्‍यो हर्कको फेसबुक पेज

सरकारसँग यातायात व्यवसायीको माग : कि तेलको मूल्य घटाऊ कि गाडीको भाडा बढाऊ
नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले सवारी साधनको भाडा वृद्धि गर्न सरकारसँग माग गरेको छ । इन्धनमा भारी वृद्धि भएकाले तत्काल सवारीको भाडादर वृद्धि गर्न सरकारलाई सचेत गराएको महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए ।

‘अन्तर्राष्ट्रिय समस्याले इन्धनको मूल्य केही दिनमा ह्वात्तै बढेको छ, यस्तोमा सरकारले ५० प्रतिशत भन्सार कर छुट गरेकोमा त्यसलाई शत प्रतिशत पुर्‍याउन वा अन्य विकल्प खोज्न माग गरेका हौँ ।’ उपाध्यक्ष सिटौलाले भने ।

फाइल फोटो

सरकारले यसअघि २५ चैतमा मात्रै सार्वजनिक यातायात तथा ढुवानीका सवारीको भाडादर समायोजन गरेको थियो । नियमित हेरफेरका क्रममा पछिल्लो भाडादर समायोजन भएकाले इन्धनमा आएको भारी वृद्धिका कारण अहिले फेरि समायोजनको माग गरिएको उनले बताए ।

‘त्यो त निरन्तर हुने वृद्धि हो । त्यो हामीले लामो समयदेखि माग गर्दै आएको विषय थियो । हाल भने इन्धन वृद्धिका कारण यो निर्णय गर्नुपरेको हो ।’ उनले भने ।

माइतीघरमा विद्यार्थीको नारा : बालेन सरकार, मूल्यवृद्धि उपहार

उपत्यका विकास प्राधिकरणका तत्कालीन आयुक्त तिवारीविरुद्ध साढे १० करोडको भ्रष्टाचार मुद्दा

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

प्रतिनिधिसभाअन्तर्गत समितिका सदस्य हेरफेर

होर्मुजबाट पछि नहट्ने इरानको चेतावनी, अमेरिकी कदमप्रति कडा प्रतिक्रिया
इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीका सैन्य सल्लाहकार मोहसेन रेजाईले इरानको अधिकार पूर्ण रूपमा सुरक्षित नभएसम्म होर्मुजको स्ट्रेटबाट पछि नहट्ने चेतावनी दिएका छन् ।

इरानी मिडियालाई उद्धृत गर्दै आएको विवरणअनुसार रेजाईले इरानको समुद्री मार्ग र बन्दरगाहहरूमा कुनै पनि प्रतिबन्ध वा नाकाबन्दी स्वीकार्य नहुने बताएका छन् । उनले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का पूर्व कमान्डरको हैसियतमा इरानले आफ्नो जलमार्गमा आर्थिक तथा सामुद्रिक गतिविधिमाथि नियन्त्रण कायम राख्ने दाबी गरेका छन् ।

रेजाईले पछिल्ला वार्ता र सम्झौताहरूलाई अझ सावधानीपूर्वक पुनःमस्यौदा गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै इरानको हित सुनिश्चित नभएसम्म कुनै पनि सम्झौता अघि नबढ्ने संकेत दिएका छन् ।

यसैबीच, होर्मुज जलमार्ग पछिल्ला दिनमा इरान र संयुक्त राज्य अमेरिकाबीचको तनावको केन्द्र बनेको छ । इरानी बन्दरगाहहरूमा अमेरिकी पक्षले नाकाबन्दी लागू गरेको भन्दै इरानले कडा आपत्ति जनाएको बताइएको छ ।

अमेरिका-इरान वार्ताको पहलका लागि पाकिस्तानी प्रधानमन्त्री कतारमा

भारतमा महिला आरक्षण विधेयक बहसमा

अमेरिकी नाकाबन्दी चिर्दै प्रतिबन्धित सुपरट्यांकर हर्मुज स्ट्रेटबाट खाडीमा प्रवेश

अमेरिकालाई इरानको चेतावनी : अधिकार सुरक्षित नभई हर्मुज स्ट्रेट छोड्दैनौँ, आणविक कार्यक्रममा सम्झौता हुँदैन

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

इरान-अमेरिका वार्तामा सम्झौताप्रति आशा












प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ८ : ०३ बजे

क्विन्टन डी ककको शतकमा मुम्बईले पञ्जाबलाई दियो १९६ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत २४औँ खेलमा मुम्बई

रानबाहेकका राष्ट्रमा ‘स्ट्रेट अफ हर्मुज’ बाट हुने निर्यात ‘अत्यधिक न्यून’

पेरिस – तेहरानले महत्त्वपूर्ण जलमार्गमा आवतजावतमा कडाइ गरेपछि अन्य देशहरूबाट

एमालेद्वारा वडा, पालिका र जिल्ला तहमा निर्वाचनको समीक्षामा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते

कांग्रेसले भन्यो : कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गौरीबहादुर कार्की

बालबालिकाको पहिचान सार्वजनिक नगर्न अदालतको अन्तरिम आदेश

नेपालगन्ज – उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले अनुसन्धानका क्रममा नियन्त्रणमा