विद्या भण्डारी एमालेको ब्यानरमा, मदन–आश्रित स्मृति सभामा प्रमुख अतिथि
विद्यादेवी भण्डारी नेकपा एमालेको ब्यानरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएकी छन् । एमालेले ३३औँ मदन–आश्रित स्मृति सभामा भण्डारीलाई प्रमुख वक्ताका रूपमा निमन्त्रणा दिएको हो ।
पार्टी सदस्यता नवीकरण रोकिएको अवस्थापछि भण्डारी एमालेको आधिकारिक कार्यक्रममा वक्ताका रूपमा सहभागी भएको यो पहिलोपटक मानिएको छ ।

भण्डारीको सचिवालयका अनुसार उनलाई प्रमुख वक्ताका रूपमा निमन्त्रणा गरिएकाले कार्यक्रममा सहभागिता जनाएकी हुन् ।
भण्डारीले विगत दुई वर्षदेखि एमालेको सक्रिय राजनीतिमा फर्किने तयारीस्वरूप पार्टी सदस्यता नवीकरणको प्रयास गरिरहेकी भए पनि अध्यक्ष के। पी। शर्मा ओलीले सदस्यता नवीकरण प्रक्रिया अघि बढ्न नदिएको चर्चा एमालेभित्र हुँदै आएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले एमालेले जनताको बहुदलीय जनवाद ९जबज० को मार्गदर्शनअनुसार अघि बढ्नुपर्ने बताइन् ।
मदन–आश्रितले जनमुखी राजनीतिक संस्कार स्थापित गर्नुभयो : विद्यादेवी भण्डारी
संविधान संशोधनका लागि लिखित सुझाव दिने जेन्जी घाइते र शहीद परिवारको प्रतिबद्धता
जसपा–लोसपा एकीकरणमा हृदयेश त्रिपाठीको असहमति
कमजोरी स्विकार्दै जनतामाझ जान उपाध्यक्ष पौडेलको आग्रह
बीपी कोइरालाले लगाएको जुत्तामा खुट्टा हालेको छु : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले बीपी कोइरालाले लगाएको जुत्तामा खुट्टा हालेको टिप्पणी गरेका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले आन्तरिक कलहमा रुमल्लिने भन्दापनि मुलुकका समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताए ।

पार्टी इतिहास र बीपी कोइरालाको विरासतको स्मरण गर्दै सभापति थापाले कांग्रेसको नेतृत्व सम्हाल्नु गर्व र जिम्मेवारी दुवै भएको उल्लेख गरे । ‘बीपी कोइरालाले लगाउनुभएको जुत्तामा खुट्टा हालेको छु,’ उनले भने, ‘कांग्रेस पार्टीको सभापतिले देशको समस्याको चिन्तन गर्ने कि घर झगडाको ?’
धेरै नेता-कार्यकर्ताले लामो संघर्ष र त्याग गरेर लोकतन्त्र स्थापना गरेको भन्दै उनले नागरिकको स्वतन्त्रता, आत्मसम्मान र जीवनस्तरमा परिवर्तन ल्याउनु नै कांग्रेसको मूल ध्येय हुनुपर्ने स्पष्ट पारे । पार्टीको जनाधार बलियो बनाउन समर्थक र शुभेच्छुकहरूसँग सिधा संवाद आवश्यक रहेको उनको भनाइ थियो ।
विशेष महाधिवेशनबाट छुटेका नेताहरूलाई सँगै लिएर काम गर्न चाहन्छु : सभापति थापा
यातायात व्यवसायी भन्छन्- कतिपय दुर्घटना चालकको लापरबाहीले मात्र होइन, सडकको कारण पनि हुन्छ
सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छ : सचिव सिग्देल
बालेनका सल्लाहकार भन्छन्- जनताको भरोसा नै हाम्रो पहिचान हो
मदन भण्डारीको ‘जबज’को विचार यथार्थको जगमा उभिएको छ : ओली
मदन–आश्रितप्रति पूर्वराष्ट्रपति भण्डारीबाट श्रद्धाञ्जली
सशस्त्र प्रहरीका दुई महिला कर्मचारी पहिलो पटक सगरमाथाको शिखरमा
सशस्त्र प्रहरी सहायक हबल्दार अनिता कार्की र सहायक निरीक्षक निमडिक्की शेर्पाले आज बिहान सशस्त्र प्रहरी सङ्गठनका तर्फबाट सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन्।
सहायक हवल्दार कार्कीले आज बिहान १० बजेर २० मिनेटमा र सहायक निरीक्षक शेर्पाले बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला राखेकी हुन् ।

सशस्त्र प्रहरीका तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू तेस्रो र चौथो सशस्त्र प्रहरी हुन्। सङ्गठनका महिला कर्मचारीका तर्फबाट भने यो पहिलो सफल आरोहण भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
इलामको सन्दकपुर गाउँपालिका माबु निवासी शेर्पा र राष्ट्रियस्तरकी फेन्सिङ खेलाडीसमेत रहेकी रामेछापको गोकुलगङ्गा गाउँपालिका-१, चुचुरे निवासी कार्कीले पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा दक्षता हासिल गरेकी थिइन् ।
सहकारी बैंकको सञ्चालक : छ प्रदेशमा निर्विरोध, बागमतीमा निर्वाचन हुने
कुवेत एयरवेजले काठमाडौं–कुवेत उडान फेरि सुरु गर्ने
आइतबारको बिदाले सुनसान देखिएको सिंहदरबार (तस्बिरहरू)
बागमती सरकारद्वारा ३१ अर्ब ३३ करोड राजस्व संकलन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुनः निर्माण
कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए
कङ्गोली विद्रोही नियन्त्रित क्षेत्रमा प्रकोप पुगेपछि इबोलाको जोखिम झन् बढ्यो
कोरोना भाइरसको महामारीको स्मरण ताजै रहेका बेला अफ्रिकामा इबोला भाइरसको नयाँ प्रकोप देखा परेको छ । अफ्रिकी मुलुकहरु डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) र युगान्डा पछिल्लो पटक फैलिएको इबोला प्रकोपका कारण झण्डै ९० जनाको ज्यान गएको छ । यस क्षेत्रमा छोटो समयमै ३०० भन्दा बढी शंकास्पद बिरामीहरू फेला परेको र कम्तीमा ८८ जनाको मृत्यु भएको जनाइएको छ ।
यो प्रकोप डीआरसीको पूर्वी क्षेत्रमा एम२३ नामक कुख्यात विद्रोही समूहको नियन्त्रणमा रहेका क्षेत्रमा समेत पुगेपछि थप चिन्ता उत्पन्न भएको छ । अफ्रिकामा इबोलाको प्रकोप विस्तार हुँदै जाँदा विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले यसलाई सार्वजनिक सरोकारको अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

यद्यपि डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जालमार्फत यो प्रकोप अहिले नै विश्वव्यापी महामारीको तहमा नपुगेको स्पष्ट पारेका छन् । तर, उनले कङ्गो र युगान्डाका सीमावर्ती क्षेत्रहरू तथा वरपरका छिमेकी मुलुकहरूमा यो घातक भाइरस थप फैलने उच्च जोखिम रहेको भन्दै गम्भीर चेतावनी दिएका छन् ।
अन्तर्राष्ट्रिय स्वास्थ्य विज्ञहरूका अनुसार वर्तमान प्रकोप इबोलाको एक अत्यन्तै दुर्लभ र खतरनाक प्रजाति ‘बुन्दिबुग्यो भाइरस डिजिज’(बीवीडी) का कारण फैलिएको हो । यो प्रजातिको इबोला झनै चिन्ताजनक हुनुको कारण यसको उपचारका लागि हालसम्म कुनै पनि प्रमाणित औषधि (थेराप्युटिक्स) वा खोप उपलब्ध छैन ।
चीनले अन्तरिक्ष यात्राका लागि नयाँ अभियान सुरु गर्दै
मस्को क्षेत्रमा ड्रोन आक्रमण : ३ जनाको मृत्यु, दर्जनौं घाइते
लेबनान–इजरायलबीच युद्धविराम अवधि थप, संयुक्त राष्ट्रसङ्घ महासचिवद्वारा स्वागत
कङ्गोमा इबोला प्रकोप : दर्जनौँको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
सोमालिया निर्वाचन वार्ता निष्कर्षविहीन, संवाद जारी राख्न संयुक्त राष्ट्रसंघको आग्रह














प्रतिक्रिया