आजका समाचार : रास्वपाको बन्द सत्र स्थगित, एकै मञ्चमा आउँदै कम्युनिस्ट नेता, एमाले उपाध्यक्ष पौडेल पक्राउ र इरान-अमेरिका वार्ताको पहिलो चरणमा १४ सम्झौता « Khabarhub

आजका समाचार : रास्वपाको बन्द सत्र स्थगित, एकै मञ्चमा आउँदै कम्युनिस्ट नेता, एमाले उपाध्यक्ष पौडेल पक्राउ र इरान-अमेरिका वार्ताको पहिलो चरणमा १४ सम्झौता


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

रास्वपाको बन्द सत्र स्थगित, भोलि बिहान मात्रै सुरू हुने
प्रतिनिधि छनोट विवादका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन कार्यतालिका प्रभावित भएको छ ।

महाधिवेशन प्रतिनिधिको नामावली सच्याउनका लागि समय लागेका कारण सोमबारबार लागि तय भएको बन्द सत्र स्थगित गरिएको छ ।

बन्दसत्र मंगलबार बिहान सुरु हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । बन्दसत्र प्रभावित हुँदा निर्वाचन कार्यतालिका समेत प्रभावित भएको छ ।

बन्दसत्र रोकिएसँगै रास्वपाको महाधिवेशन एक दिन लम्बिने देखिएको छ । रास्वपाको महाधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्ने छ ।

महाधिवेशनको सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार उद्घाटन गरेका थिए ।

केन्द्रीय सदस्यमा शिक्षामन्त्री सस्मितको उम्मेदवारी घोषणा

प्रधानमन्त्रीद्वारा अख्तियारको मानमर्दन, संविधानविद्को प्रश्न- जे मन लाग्यो त्यो बोल्न पाइन्छ ?

पदाधिकारीमा भागबन्डा मिलाउन सकस, तीन उपसभापति, महामन्त्री र सह-महामन्त्रीमा दर्जनौँको दाबी

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यमा जेन-जी नेताहरूको दाबी

रास्वपा महाधिवेशन लम्बिन सक्ने अनुमान

बन्दसत्र नहुँदा रास्वपा प्रतिनिधिको बिजोक, हलमै सुते

महामन्त्री उठ्ने प्रवक्ता झाको घोषणा

विधि र नीतिमा स्पष्टता ल्याउँछौँ, रास्वपामा गुट-उपगुट हुँदैन : मनिष झा

‘व्यवस्थापकीय पाटो मिलाउँदा बन्दसत्र ढिलो भयो’

मध्यरातमा प्रधानमन्त्री बालेनको रमाइलो पोस्ट : रविका स्वकीयले गाएको झलकमानको गीत भाइरल

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । पूर्वउपप्रधान तथा अर्थमन्त्री समेत रहेका उनलाई पार्टीको चुनावी समीक्षा कार्यक्रममा सुर्खेत पुगेका बेला सोमबार पक्राउ गरिएको हो ।

अहिले उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत परिसरमा राखिएको छ। प्रहरीले उनलाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ।

पौडेल पक्राउ परेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले ललितपुरको भैंसेपाटीस्थित उनको निवासमा पनि छापा मारेको स्रोतले जनाएको छ।

एमालेले चलाइरहेको चुनावी समीक्षा तथा पार्टी पुनर्गठन अभियान लिएर अर्का उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलसहित उनी कर्णाली प्रदेशमा पुगेका थिए । उनलाई पक्राउ गरेपछि अब सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि सुर्खेतबाट काठमाडौं ल्याउने तयारी गरिएको छ।

पौडेल यसअघि काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा खरिद प्रकरणमा पनि मुछिएका थिए ।

ओलीमाथि दबाब बढ्दै गर्दा एमालेका जनसंगठनको भेलामा पुगिन् विद्या

मदनका नाममा एकै मञ्चमा जुट्दै कम्युनिस्ट नेताहरू

रात्रिबसमा चढाएर काठमाडौं ल्याइँदै विष्णु पौडेललाई

राहदानी छपाइ प्रकरण : अर्याल*सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

‘ग्रे लिस्ट’बाट निस्किन सकेन नेपाल, एफएटीएफले भन्यो स् सम्पत्ति शुद्धीकरण अनुसन्धान प्रभावकारी भएन
फाइनान्सियल एक्सन टाक्स फोर्स (एफटीएफ)ले नेपाललाई ‘ग्रे लिस्ट’बाट हटाउन अस्वीकार गरेको छ । जुन १९ मा पेरिसमा बसेको बैठकले नेपाललाई ग्रे लिस्टमा यथावत राखेको हो ।

नेपालले गत फेब्रुअरीमा नेपालले ग्रे लिस्टबाट बाहिर निस्कन उच्चस्तरीय राजनीतिक प्रतिबद्धता जनाएको स्मरण गराउँदै त्यसमा कुनै सुधार नभएको निष्कर्ष निकालेको छ।

उसले आफ्ना रणनीतिक कमजोरीलाई सम्बोधन गर्न एफएटीएफ कार्ययोजना नेपालले कार्यान्वयन गर्नुपर्ने भन्दै नेपाललाई ग्रे लिस्टबाट हटाउन अस्वीकार गरेको हो ।

एफएटीएफले विभिन्न ७ वटा कार्ययोजना कार्यान्वयन गर्नुपर्ने जनाएको छ । जसमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापको बुझाइमा सुधार गर्नुपर्ने, वाणिज्य बैंकहरू, उच्च–जोखिम सहकारीहरू, क्यासिनोहरू, घर जग्गा क्षेत्रको जोखिम–आधारित पर्यवेक्षण सुधार गर्ने, वित्तीय समावेशीकरणमा बाधा नपुर्याई भौतिक रूपमा महत्त्वपूर्ण अवैध हुन्डी प्रदायकहरूको पहिचान र स्वीकृति प्रदर्शन गर्ने काम गर्नुपर्ने छन् ।

त्यस्तै, सम्पत्ति शुद्धीकरण अनुसन्धान सञ्चालन गर्न सक्षम अधिकारीहरूको क्षमता र समन्वय बढाउने, सम्पत्ति शुद्धीकरण अनुसन्धान र अभियोजनमा वृद्धि प्रदर्शन गर्ने शर्त पनि छन्।

प्रधानमन्त्रीद्वारा अख्तियारको मानमर्दन, संविधानविद्को प्रश्न- जे मन लाग्यो त्यो बोल्न पाइन्छ ?

स्वास्थ्य मन्त्रालयले माग्यो प्रचलित विधायनहरूको विवरण

अलैँची निर्यात : ११ महिनामा १२ अर्ब बढी र ५ वर्षमा ४० अर्ब बढीको निर्यात

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

पत्रकारका नाममा वडाध्यक्षमाथि केरकार र दुर्व्यवहार, यसअघि पनि पक्राउ परेकी थिइन् ऐश्वर्या

भारतीय अनलाइन लेख्छ : भारतले नेपाललाई तीन वर्षसम्म चिनी निर्यात नगर्न सक्छ

बेलायती प्रधानमन्त्री स्टार्मरले दिए राजीनामा
बेलायतका प्रधानमन्त्री किर स्टार्मरले दुई वर्षभन्दा कम कार्यकालपछि सोमबार राजीनामाको घोषणा गरेका छन्‌ ।

नीतिगत यू–टर्न तथा बढ्दो अलोकप्रियताबीच उनले लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गरेका हुन्। लन्डनस्थित ‘टेन डाउनिङ स्ट्रिट’ बाहिर सम्बोधन गर्दै स्टार्मरले आफूले लिएका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरिएको बताए ।

‘मैले लिएका हरेक निर्णय मैले माया गरेको देशलाई पहिलो स्थानमा राख्ने उद्देश्यका साथ गरिएको हो । त्यसैले म लेबर पार्टीको नेताको पदबाट राजीनामा दिन्छु’, उनले भावुक हुँदै भने।

स्टार्मरका अनुसार नयाँ लेबर पार्टी नेता चयन प्रक्रिया आगामी जुलाईमा सुरु हुनेछ । नयाँ नेता छनोट नभएसम्म उनी प्रधानमन्त्रीको जिम्मेवारीमा रहनेछन् । नयाँ नेता सेप्टेम्बरभित्र चयन हुने अपेक्षा गरिएको छ ।

सन् २०२४ मा लेबर पार्टीलाई आमनिर्वाचनमा विजय दिलाउँदै प्रधानमन्त्री बनेका स्टार्मरको कार्यकाल नीतिगत परिवर्तन र घट्दो जनसमर्थनका कारण चुनौतीपूर्ण बनेको थियो ।

स्टार्मरको राजीनामा सही निर्णय : स्कटल्याण्डका प्रथममन्त्री स्विन्नी

अमेरिकी कम्पनीमाथि चीनको नयाँ प्रतिबन्ध, व्यापार र रक्षा क्षेत्रमा तनाव

दक्षिण कोरिया : पूर्वकानूनमन्त्रीलाई २५ वर्ष जेल सजाय

इरान-अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल बन्द

इरानी हमलाको आशंकामा लुकाइए इजरायलका पूर्वसुरक्षा प्रमुख

यस्ता छन् अमेरिका-इरान वार्ताबाट सहमति जुटेका मुख्य ८ बुँदा

कतारको रास लाफानमा विस्फोट : १८ जना बेपत्ता, ५४ जना घाइते

इरानी सांसदको चेतावनी- स्ट्रेट अफ होर्मुजबारे अन्तिम निर्णय इरानकै हुनेछ














प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ८ : ०२ बजे

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल