आजका समाचार : संसद्‌को तनावले बैठक स्थगित, प्रधानमन्त्रीले भेटे ईयू प्रतिनिधि, शिक्षा मन्त्रालयले माग्यो विधेयकमा सुझाव र अमेरिका-इरान वार्ता पेचिलो « Khabarhub

आजका समाचार : संसद्‌को तनावले बैठक स्थगित, प्रधानमन्त्रीले भेटे ईयू प्रतिनिधि, शिक्षा मन्त्रालयले माग्यो विधेयकमा सुझाव र अमेरिका-इरान वार्ता पेचिलो


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

विपक्षीको अवरोधलाई जगदीशले तमासा भनेपछि संसद्‍मा तनाव, आशनबाट झम्टिन पुगे कांग्रेस सांसद केरुङ
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले विपक्षी दलहरूले संसद्मा गरिरहेको अवरोधलाई तमासाको संज्ञा दिएका छन् ।

पर्यटनसम्बन्धी विधेयकमाथि छलफलका लागि संसद्को रोस्ट्रममा उभिएका उनले अहिलेका विपक्षीले दशौँ वर्षदेखि तमासा गरिरहेको आरोप लगाए ।

संसद् बोलाएर पनि स्थगित गरेको सरकारले ल्याएका ८ वटा अध्यादेशको जोडदार बचाउ गरेका उनी विपक्षीको आवाज नै निषेध गर्नुपर्ने शैलीमा प्रस्तुत भए ।

उनले विपक्षीले प्रधानमन्त्री खोज्दै संसद्मा अवरोध गरेर तमासा गरेको बताएपछि कांग्रेस सांसद नरेन्द्रकुमार केरूङ आक्रोशित हुँदै आशनबाट अगाडिमसम्म गए ।

देशका विभिन्न स्थानमा हावाहुरीले पुर्‍यायो क्षति, सांसदले गराए सरकारको ध्यानाकर्षण

प्रधानमन्त्रीलाई संसद्‍मा ल्याउने बाचा गरेको रास्वापले मिति भने तोक्न सकेन

अब श्रम संस्कृतिका कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य

रास्वपा महामन्त्रीले भने- प्रधानमन्त्री एक हप्ताभित्रै संसद्‌मा आउनुहुन्छ

‘सत्तापक्षले आधा जनसङ्ख्याको प्रतिनिधित्व प्रतिपक्षले गर्छ भन्ने हेक्का राखोस्’

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रधानमन्त्रीले एकसाथ भेटे ईयूका कूटनीतिज्ञलाई

प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सिंहदरबारमा संयुक्त भेटघाट गरेका छन् ।

उनले सरकार बजेट निर्माणमा जुटिरहेका बेला प्रमुख दातृराष्ट्रका प्रतिनिधिहरूसँँग सामूहिक रुपमा भेटेका हुन्।

भेटका क्रममा नेपालमा नयाँ सरकार आएपछिको विकसित घटना, नयाँ बजेट र युरोपमा नेपालमाथिको हवाई प्रतिबन्ध आदि विषयमा कुरा भएको बताइएको छ।

बालेन्द्रले यसअघि अमेरिका, ईयू र भारतबाट आएका कूटनीतिज्ञहरूलाई एक्लै भेट्न अस्वीकार गर्दै आएका थिए ।

संसद्‍बाट सरकारलाई प्रश्न : जीबी राई कहिले पक्राउ पर्छन् ?

संविधान संशोधनका लागि शक्तिशाली आयोग गठन गर्न कांग्रेसको माग

उखु किसानको भुक्तानी माग्दै अमरेशले भने- रोपाइँ सुरू हुन लाग्यो, मल चाहियो

प्रतिनिधिसभा : विकास निर्माणका लागि समानुपातिक बजेटको माग

 विधेयकमा शिक्षा मन्त्रालयले माग्यो सुझाव

प्रधानमन्त्री बालेन भेट्न सिंहदरबार पुगे इयूका राजदूत र मिसन प्रमुख

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन हुने

‘३० दिन भयो अझै घर छैन’ भन्दै सुकुम्वासीको प्रदर्शन

सुकुम्वासीहरूले मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । आफूहरू बेघर भएको ३० दिन बित्दा पनि बासको व्यवस्था नभएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरू जबरजस्ती उठिबास बन्द गर, सरकार तैँले खोजेको विकास कि विनाश, गरिबमाथि अन्याय बन्द गर आदि लेखिएका प्लेकार्ड बोकेका थिए ।

वरिष्ठ न्यायाधीश श्रेष्ठलाई बोनम्यारो क्यान्सर, अवस्था गम्भीर

महालेखापरीक्षकको प्रतिवेदन : ४९ वटा झोलुङ्गे पुल अलपत्र

लैङ्गिक उत्तरदायी बजेटलाई अझै ‘महिला लक्षित बजेट’ कै रूपमा बुझ्ने प्रवृत्ति

मध्य काठमाडौंमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने

मध्य काठमाडौंमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने

काठमाडौंमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन अपिल
काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग पुष्टि भएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ ।

नगरपालिकाले सोमबार सुचना जारी गर्दै वडा नं.२, ३ र ४ मा बर्ड फ्लु देखिएपछि उक्त क्षेत्रका पन्छी र पन्छीको आहारा लगायतका वस्तुहरू नष्ट गरी संक्रमण नियन्त्रणको कार्य तीव्र पारिएको जनाएको हो ।

सूचना अनुसार, सङ्क्रमण देखिएका क्षेत्रमा रहेका हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पन्छीहरू, अण्डा र दानालाई सुरक्षित रूपमा नष्ट गरी खाल्डोमा गाड्ने र सो क्षेत्रलाई निसंक्रमण गर्ने कार्य भइरहेको छ ।

मुस्ताङका उच्चलेकमा यार्सागुम्बा संकलन

सुकुम्वासी बस्तीबाट विस्थापित लाल बहादुर लिम्बुको कथा 

खोटाङमा घरमै राहदानी वितरण सुरु

गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत

 अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी सेनाले दक्षिणी इरानमा क्षेप्यास्त्र प्रक्षेपण स्थल र खानी बिछ्‌याउन प्रयोग हुने डुङ्गामाथि ‘आत्मरक्षात्मक’ सैन्य कारबाही गरेको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँगको वार्ता ‘सकारात्मक ढङ्गले अघि बढिरहेको’ दाबी गरिरहेकै बेला अमेरिकी सेनाले दक्षिणी इरानमा क्षेप्यास्त्र प्रक्षेपण स्थल र खानी बिछ्याउन प्रयोग हुने डुङ्गामाथि ‘आत्मरक्षात्मक’ सैन्य कारबाही गरेको जनाएको छ । यसले युद्धविरामको नाजुक अवस्थाबीच सैन्य तनाव र कूटनीतिक प्रयास एकैसाथ अघि बढिरहेको संकेत गरेको छ ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार उक्त आक्रमण ‘इरानी सेनाबाट उत्पन्न जोखिमविरुद्ध अमेरिकी सैनिकको सुरक्षा सुनिश्चित गर्न’ गरिएको हो । उनले अमेरिकी पक्षले जारी युद्धविरामको अवधिमा संयम अपनाइरहेको दाबी पनि गरे। यद्यपि, इरानबाट उत्पन्न भनिएको खतरा वास्तवमा के थियो, त्यसले जारी वार्तालाई कसरी असर गर्न सक्छ भन्ने विषयमा तत्काल विस्तृत जानकारी सार्वजनिक गरिएको छैन ।

युद्धविराम कोसिसबीच अमेरिका, इरान र इजरायलले के भने ?

लेबनानमा इजरायली आक्रमण : १२ जनाको मृत्यु, ३ घाइते

पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार

पाकिस्तानले अस्वीकार गर्‍यो अमेरिकी प्रस्ताव, अब्राहम सम्झौतामा नजोडिने

प्रधानमन्त्री नेतान्याहुको चेतावनी- हिजबुल्लाहविरुद्ध इजरायलले आक्रमण तीव्र बनाउने

इरानले अमेरिकामाथि लगायो ‘युद्ध अपराध’ गरेको आरोप

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण

खनिज आपूर्ति सुरक्षित गर्न भारत–अमेरिकाबीच ऐतिहासिक सम्झौता

क्वाडद्वारा इन्डो–प्यासिफिकमा नयाँ सहकार्य घोषणा


























प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  ८ : ०२ बजे

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य

समस्याग्रस्त सहकारीको ऋण असुल्दै, बचत फिर्ता गर्दै सरकार

काठमाडौँ – सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम

कोशी प्रदेशसभाको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

विराटनगर – कोशी प्रदेशसभाको आज बसेको बैठकमा कोशी प्रदेश सरकारको

आईपीएल क्वालिफायर–१ : बेङ्गलुरुले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–१ अन्तर्गत आज भइरहेको

गाजामा इजरायली हवाई आक्रमण : ७ जनाको मृत्यु

गाजा – गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार मंगलबार इजरायली हवाई आक्रमणमा