आजका समाचार : ओली र देउवाबीच वार्ता, फेरि सुरु भयो माओवादी जागरण अभियान र सोनिया र राहुल गान्धीविरुद्ध मुद्दा दर्ता | Khabarhub Khabarhub

आजका समाचार : ओली र देउवाबीच वार्ता, फेरि सुरु भयो माओवादी जागरण अभियान र सोनिया र राहुल गान्धीविरुद्ध मुद्दा दर्ता


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

 सरकारबारे कांग्रेस नेताकै आक्रोशबीच ओली-देउवा एक घण्टा वार्ता
पछिल्लो समय गठबन्धन सरकारप्रति नेपाली कांग्रेसका नेताहरूको आक्रोश चुलिँदो छ ।

नेता शेखर कोइरालापछि महामन्त्री गगनकुमार थापा पनि केपी शर्मा ओली नेतृत्वको सरकारसँग आक्रोशित छन् । उनले त मंगलबार मात्रै सरकारको गति कछुवाको भन्दा सुस्त भएको टिप्पणी गरेका छन् ।

अर्का नेता एनपी साउद पनि सरकारबारे खुलेर आक्रोशपूर्ण टिप्पणी गरिरहेका छन् ।कांग्रेस नेताहरू सरकारबारे आक्रामक हुँदा एमाले भने मौन जस्तै छ । सोमबार मात्रै बसेको एमाले सचिवालय बैठकले सरकारलाई प्रभावकारी बनाउने निर्णय गरेको थियो ।

नेताहरूले सरकारालाई घेरिरहेका बेला मंगलबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच एक घण्टा लामो भेटवार्ता भएको हो । यो वार्ताबारेमा एमाले नेता डा. राजन भट्टराईले सञ्चारकर्मीसँग पुष्टि गरेका छन् ।

भट्टराईले दुई शीर्ष नेताबीच सरकारलाई प्रभावकारी बनाउने उपायबारेमा छलफल भएको बताएका छन् । यी दुई नेताबीच अहिलेलाई एकजुट भएर अघि बढ्ने समझदारी भएको बताइएको छ । केही दिनयता प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष २०८२ मा कांग्रेस नेतृत्वमा सरकार बन्ने दाबी गरेपछि राजनीति तरंगित छ ।

एकातिर प्रचण्डले सरकारले ढल्ने बताइरहेका छन् भने अर्कातिर कांग्रेसमा पनि प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर आक्रोश बढ्दोछ ।

बालुवाटारमा ओली-देउवा भेटपछि डाकियो मन्त्रिपरिषद् बैठक

स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य : प्रचण्ड

देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

शिक्षकका मागप्रति सरकार गम्भीर छ : मन्त्री खड्का

एनपी साउदले भने- सरकारले माग सम्बोधन गरेन, कांग्रेसले निर्णायक भूमिका खेलोस्


नवलपुरबाट फेरि सुरु भयो माओवादीको जागरण अभियान
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान’ नवलपुरको गैँडाकोटबाट सुरु भएको छ । झापाबाट सुरु भएको अभियान गत चैत ८ मा चितवन पुगेर स्थगित गरिएको थियो ।

अभियानका लागि सोमबार साँझ नै माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको टोली गैँडाकोट आइपुगेको थियो । नयाँ वर्षको अवसर पारेर नवलपुरबाट पुनः अभियान सुरु गरिएको अध्यक्ष दाहालले बताएका थिए । गैँडाकोटबाट अभियान पुनः सुरु गर्न पाउँदा खुसी लागेको अध्यक्ष दाहालको भनाइ थियो । अध्यक्ष दाहालसहितको टोलीले आज बिहान गैँडाकोट–४ को गैँडाकोट पम्पिङ स्किम खानेपानीबाट अभियानको सुरुआत गरेको छ । उक्त टोलीले यहाँ करिब पाँच किलोमिटर ‘मर्निङ वाक’ गरेको माओवादी केन्द्र गैँडाकोट नगर समितिका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए । अभियानका क्रममा अध्यक्ष दाहालले गैँडाकोट–८ स्थित लखन चोकमा रहेको नेपालका प्रथम सहिद लखन थापाको सालिकमा माल्यार्पण गरेका थिए।

अभियानका क्रममा अध्यक्ष दाहालले नगरपालिकाभित्र रहेका पार्टी निकट सहिद परिवार, शुभेच्छुकलगायतका व्यक्तिहरुसँग समेत भेटघाट र कुराकानी गरेका थिए । माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुन पनि अभियानमा सहभागी छन्।

अध्यक्ष दाहालले अभियानअन्तर्गत आज दिउँसो देवचुली नगरपालिकाको रजहर, जिल्ला सदरमुकाम कावासोतीलगायतका स्थानमा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

अभियानका क्रममा आज नवलपुर केन्द्रित कार्यक्रम रहने नगर अध्यक्ष अधिकारीले जानकारी दिए । जनतासँग माओवादी हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान कञ्चनपुर पुगेर समापन गर्ने तयारी गरिएको छ ।

गगन थापाको गुनासो- जनताको अपेक्षा अनुसार सरकार अघि बढ्न सकेन

शिक्षकका मागबारे कांग्रेस महामन्त्रीद्वयको चासो, शिक्षक प्रतिनिधिसँग छलफल

गभर्नरमा अलमलबारे गगनको टिप्पणी- बिचौलियाहरू प्रधानमन्त्री र नेतृत्वको बेडरूमसम्मै पुग्न थालेछन्

सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरो : पूर्वमुख्यमन्त्री शर्मा

सरकारले नसुनेपछि लघुवित्त पीडितले भने- अझै कडा आन्दोलन गरेर घुँडा टेकाउँछौँ 

शिक्षकले भरिभराउ माइतीघर, सुनसान काठमाडौंकै सामुदायिक विद्यालय

आजै वैशाख २ गतेदेखि नयाँ शैक्षिक सत्र औपचारिक रूपमा सुरु भएको छ । तर काठमाडौं उपत्यकाका प्रायस् सरकारी र सामुदायिक विद्यालय सुनसान छन् । केही विद्यालयका प्रशासन खुला रहे पनि अधिकांशको गेटमै ताल्चा लगाइएको छ । काठमाडौंको ताहचलस्थित श्री बाल व्यवसायिक केन्द्र माध्यमिक विद्यालयको मुख्य गेटमै ताल्चा झुन्डिएको भेटियो। पठनपाठन सुरु हुने बेला यो विद्यालय सुनसान छ । न विद्यार्थी देखिए न त शिक्षक नै।

चाबहिलस्थित श्री पशुपति मित्र माध्यमिक विद्यालयमा लेखा र परीक्षा शाखा खुल्ला भेटियो । तर शिक्षक कक्ष र कक्षा कोठा सुनसान भेटिए । लेखा शाखा खुलेकाले विद्यार्थी भर्ना लगायत काम सुचारु थियो। पठनपाठन कहिलेबाट सुरु हुने विद्यालय प्रशासन अन्योलमा देखियो । पशुपति मित्रकी सहायक लेखापाल रश्मि ढुंगेलका अनुसार शिक्षकहरू सडक आन्दोलनमा गएका छन् । त्यहीकारण पठनपाठन कहिलेबाट सुरु हुने यकिन छैन । यद्यपि विद्यालयले कक्षा ८ को मौका परीक्षाको तयारी गरिरहेको छ ।

‘आन्दोलन र परीक्षाका कारण पठनपाठनको टुंगो छैन । केही दिनमा टुङ्गिएला । विद्यार्थी भर्नाका लागि फारम वितरण भइरहेको छ । तर वैशाख ८ अघि भर्ना पनि हुने अवस्था छैन ।’

ढुंगेलका अनुसार विद्यालयले यस वर्ष घरदैलोको कार्यक्रम राख्न सकेको छैन । रानीपोखरीस्थित दरबार हाई स्कुल अर्थात् भानु माध्यमिक विद्यालय पनि सुनसान छ । प्रशासनका काम भए पनि अरू सबै ठप्प छन् । शिक्षकहरू सडक आन्दोलनमा गएकाले सहयोगीहरू मात्रै उपस्थित थिए । विद्यालयले भर्ना फारम वितरण गरिरहेको पाइएको छ ।

जसले लागूऔषधको नशामा बहिनीको ज्यान लिएर शव पानी ट्यांकीमा हालिदिए

कुकुर-बिराला दर्ता गर्न काठमाडौं महानगरको आग्रह

काठमाडौँ उपत्यकामा वर्षा

माग पूरा नभए एसईईको उत्तरपुस्तिका नजाँच्ने शिक्षकको अडान, बानेश्वरमा धर्ना

रुकुम पश्चिमका २२ हजार घरमा केन्द्रीय विद्युत् प्रसारण, १८ हजार घरमा बाँकी

पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखामा तालाबन्दी

बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण

शिक्षकका मागबारे कांग्रेस महामन्त्रीद्वयको चासो, शिक्षक प्रतिनिधिसँग छलफल

जात्राले सिन्दूरमय भक्तपुर
भक्तपुरको मध्यपुरथिमीमा मङ्गलबार हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुर जात्रा मनाइएको छ ।

बिस्केट जात्राको अवसरमा मध्यपुरथिमीमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा प्रसिद्ध जात्रा हो ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाइने गरिन्छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।

जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दूर दल्ने, आपसमा सिन्दूर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दूर जात्रा भनिएको हो ।

बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई उमङ्गका साथ थिमिका बासिन्दाले सिन्दूर खेल्दै यो जात्रा मनाउँछन् । यात्रामा एक अर्कामा सौहार्द्रपूर्ण रुपमा सिन्दूर दल्ने, छ्याप्ने र नेवारी बाजाको तालसँगै नाच्ने गरिन्छ ।

बारा-पर्सा औद्योगिक करिडोरमा श्रम अदालत नहुँदा समस्या

बजेट अभावले खानेपानी आयोजना अलपत्र

कालीकोटको लालु–लैफु सडक निर्माण अन्तिम चरणमा

ढोरपाटन–गुर्जा पदमार्गमा काठे पुल निर्माण

खोटाङमा प्रथम रेडपाण्डा महोत्सव सुरु

मुस्ताङका पालिकालाई अपाङ्गतासम्बन्धी सामग्री हस्तान्तरण

सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते

गल्तीले एल साल्भाडोर पुगेका अमेरिकीलाई फिर्ता नपठाउने

एल साल्भाडोरका राष्ट्रपति नायीब बुकेलेले अमेरिकाले भुल बस एल साल्भाडोरमा पठाएका त्यहाँका नागरिक किलमार अल्म्रेगो गार्सियालाई फिर्ता नपठाउने जनाएका छन् । बुकेलेले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गरेपछि सो कुरा जनाएका हुन्।

अमेरिकी सर्वोच्च अदालतले गत साता ट्रम्प प्रशासनलाई गार्सियालाई फिर्ता गर्न आदेश दिएको थियो। मेरिल्यान्डमा आफ्नो परिवारसँग बस्दै आएका उनलाई सुरक्षित साथ त्यहाँ रहन सन् २०१९ मा अदालतले अधिकार दिएको थियो।


ट्रम्प प्रशासनले उनलाई घरमा ल्याउन नसक्ने जनाइसकेको छ भने अमेरिकी महान्यायाधिवक्ता पाम बियोन्डीले एल साल्भाडोरले चाहेमा घरमा फिर्ता बोलाउन सकिने बताएका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्प नयाँ सहमतिका लागि बुकेलेको प्रशंसा गरेका छन्। अहिले अमेरिकाले ग्याङ सदस्यलाई एल साल्भाडोरको जेलमा पठाउने गरेको छ। गार्सियाको कानुन व्यवसायीले भने ट्रम्पले फिर्ता पठाएको २३८ भेनेजुएला तथा २३ साल्भाडोरियन मध्य उनी चाहिँ ग्याङ सदस्य नभएको बताएका छन्।

सोनिया र राहुल गान्धीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता
वार्ता अघि युक्रेनको अवस्था हेर्न ट्रम्पलाई जेलेन्स्कीको आग्रह

यमनमा अमेरिकी आक्रमणबाट एक सय २३ जनाको मृत्यु

ट्रम्पको योजना अस्वीकार गरेपछि बन्द भयो हार्वर्ड विश्वविद्यालयको दुई अर्ब फन्ड

सीको भियतनाम भ्रमणले अमेरिकालाई बिगार्ने लक्ष्य राखेको छ : ट्रम्प

युक्रेनमा पक्राउ परेका चिनियाँ सैनिकबारे बेइजिङद्वारा हेरफेर र प्रचार गरेको आरोप

मलेसियाका पूर्वप्रधानमन्त्री अब्दुल्लाह बदावीको निधन

गाजामा चरम मानवीय सङ्कट

अमेरिकासँग युरोपको सम्बन्ध – पहिले नङ मासुजस्तो, अहिले अविश्वास र आशंका

निर्वाचनअघि सिङ्गापुरको संसद् विघटन

भियतनाममा चिनियाँ राष्ट्रपतिले भने- ‘एकपक्षीय हेपाइ’ को संयुक्त प्रतिकार गरौँ

बेलायती प्रधानमन्त्रीले गत वर्ष कति तिरे कर ?

बोइङ जेटको डेलिभरी स्थगित गर्न एयरलाइन्सलाई चीनको आदेश


































प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ७ : ५९ बजे

भारतीय पर्यटकलाई सीमापार आवागमन सहज बनाइँदै, धार्मिक र साहसिक पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं – नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि सीमापार आवागमनलाई

सरकारको गति : असोजमा बाढी पहिरो, वैशाखमा क्षति आंकलन

काठमाडौं– गत असोजमा अविरल वर्षाका कारण सिर्जित मनसुनजन्य विपदबाट क्षतिग्रस्त

प्रधानमन्त्रीसमक्ष सगरमाथा संवाद कार्यक्रमबारे माओवादीको ध्यानाकर्षण

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (माओवादी केन्द्र) को वन,

प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा

ताप्लेजुङमा बोलेरो दुर्घटना, एक जनाको मृत्यु

ताप्लेजुङ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ याङसिला चोक नजिकै बोलेरो दुर्घटना हुँदा