आजका समाचार : कांग्रेस सांसदविरुद्ध दुई मुद्दा, मिश्र र प्रसाईं हिरासतमै र  मध्यपूर्वको यात्रामा ट्रम्प | Khabarhub Khabarhub

आजका समाचार : कांग्रेस सांसदविरुद्ध दुई मुद्दा, मिश्र र प्रसाईं हिरासतमै र  मध्यपूर्वको यात्रामा ट्रम्प


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओलीले भने- हाम्रो पार्टी कार्यालय एक रूपैयाँ उठाएर बनाउँछौँ भन्ने पनि निस्किए
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको केन्द्रीय कार्यालय चन्दा उठाएर बनाउन नसकिने बताएका छन् । बनेपा नगरपालिका–१० भैँसेपाटीस्थित अत्याधुनिक चलचित्र छायाङ्कनस्थल (स्टुडियो) को बालुवाटारबाटै निर्माण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसो भनेका हुन् ।

बल्खुको मदननगरस्थित केन्द्रीय कार्यालय भूकम्पले भत्किएपछि एमालेले धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवन भाडामा लिएर कार्यालय चलाएको थियो ।

त्यसपछि थापाथलीस्थित भाडाको घरबाट कार्यालय चलाएको एमालेले अहिले ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानबाट कार्यालय चलाइरहेको छ ।

त्यहाँ पनि मनोहराको बाढीले सताएपछि एमालेले भाटभटेनीका मालिक मीनबहादुर गुरुङबाट कीर्तपुर नगरपालिकामा निस्शुल्क जग्गा लिएर नयाँ भवन बनाउन खोजेको थियो ।

स्वर्णलक्ष्मीको बचत ठगीमा पक्राउ कांग्रेस सांसद राईविरुद्ध दुई अभियोगमा मुद्दा

प्रधानमन्त्रीको दाबी- अर्थतन्त्रको गाडी लयमा ल्यायौँ, अब त्रिशूलीमा खस्दैन

वर्षमानको टिप्पणी- बिचौलियासँग कुरा नमिलेसम्म सरकारले गभर्नर निुयक्त गर्दैन

‘धुर्मुस-सुन्तलीलाई क्रिकेट स्टेडियममा हात नहाल्नू, दु:ख पाउँछौँ भनेको थिएँ’

कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्नुपर्छ : गृहमन्त्री 

प्रधानमन्त्रीद्वारा उच्चस्तरको फिल्म स्टुडियो शिलान्यास

औषधीको सहज उपलब्धताको लागि समिति गठन

‘अन्तर्राष्ट्रिय मञ्चहरूमा आइएससीसँग मिलेर काम गर्न नेपाल तयार’

पहिलेबाटै बेलायत बस्थिन् गीता, प्रतिनिधि सभामा उठेका पति कैलाश पनि जनमतबाट जसपातिर

गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति संसद्‌मा ध्यानाकर्षण
उच्च आर्थिक वृद्धिदर र नागरिकका विकास आकाङ्क्षा सम्बोधन हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनीहरूले मौलिक हकको कार्यान्वयन, पूर्वाधार विकास, उत्पादकत्व वृद्धि तथा रोजगारी सृजनालाई केन्द्रमा राखेर बजेट ल्याइनुपर्ने बताएका हुन् ।

बैठकमा नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङको टरिगाउँ विमानस्थल निर्माणका लागि तीन अर्ब ४२ करोड लागत अनुमान गरिएकाले त्यति रकम विनियोजन गर्न सरकारसँग आग्रह गरे।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद जुली कुमारी महतो (महासेठ)ले आगामी आर्थिक वर्षको बजेटमा जनताका विकासका चाहना सम्बोधन हुनुपर्नेमा जोड दिइन् । उनले रासायनिक मल कारखाना स्थापना, रुग्ण र बन्द कारखाना पुनःसञ्चालन र नयाँ कारखाना स्थापनाका लागि आवश्यक बजेट व्यवस्था गर्नुपर्छ भनिन्।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद रणेन्द्र बरालीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा दलित समुदायको उत्थानका निम्ति ठोस कार्यक्रम नल्याइएकोमा रोष प्रकट गरे। नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइले देशको अर्थव्यवस्थाप्रति राज्य गम्भीर नभएको अनुभूत हुन्छ भने ।

महँगी बढेकाले बजार अनुगमन गर्न सांसदको आग्रह

सांसद विष्टको सुझाव- बजेट अनुशासन कायम गर्नुहोस् 

दृढताको साथ अघि बढ्न सरकारलाई सांसद गिरीको सुझाव

‘कर्मचारीको सेवासुविधा समयानुकूल बनाउनुपर्छ’

कांग्रेसकै सांसदको टिप्पणी- सरकार गभर्नरको ‘म्युजिकल चियर’मा मस्त छ

संसद्‍मा बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि ध्यानाकर्षण

जनमतकी प्रदेश सभा सदस्यको राजीनामा, भनिन्- जनताको करबाट पारिश्रमिक लिन उपयुक्त लागेन

रोकिएन एनआरएनएको गाईजात्रा : केसी समूहको ‘कनक्लेभ’ भाँड्न सक्रिय भयो श्रेष्ठ समूह
गैरआवासीय नेपाली संघ (एनआरएनए) को गाईजात्रा जारी छ । गत वैशाख २१ गते एकता महाधिवेशनका नाममा शेष घलेले नयाँ अध्यक्षमा महेश श्रेष्ठलाई चयन गरे पनि एनआरएनएको विवाद जारी छ ।

सर्वोच्च अदालतको परमादेशअनुसार घलेको नेतृत्वमा गठित उच्चस्तरीय समितिद्वारा काठमाडौंमा गत वैशाख २१ मा सम्प्नन एकता महाधिवेशनबाट निर्वाचित श्रेष्ठ कार्यसमिति र बद्री केसी समूहबीच नयाँ विवाद देखिएको हो ।

विवाद अझै पनि नथामिएको कुरा काठमाडौंमा केसी समूहले गर्न लागेको ‘एनआरएनए कनक्लेभ’ नामक कार्यक्रमबाट थप छताछुल्ल भएको हो।

विवाहको ६ महिनामै महिलाको मृत्यु, माइतीले लगाए हत्याको आरोप 

राजविराज औद्योगिक क्षेत्र सञ्चालनको माग

हुलाक बचत बैंकको रकम अनियमितता अभियोगमा छ जनाविरुद्ध मुद्दा दायर

नदी सफा राख्न काठमाडौंमा पानी प्रशोधन प्रणाली जडान 

चन्दा उठाएर बन्न नसकेको आर्यघाट अब प्रदेश सरकार बनाउने

डेडिकेटेड ट्रंकलाइन बक्यौतामा प्राधिकरणले दियो पुनरावलोकनको मौका

वायुसेवा निगमका दुईवटा ट्वीनअटर सञ्चालनमा

समाजमा भ्रम फैलाउने छुट कसैलाई छैन : सञ्चारमन्त्री 

तमानखोलाका एक सय सत्र घरमा खानेपानीका धारा जडान

हिरासतमा भेटेपछि कमल थापा भन्छन्- रवीन्द्र मिश्रले कुनै अपराध गरेका छैनन्
गत चैत १५ गते राति काठमाडौंबाट पक्राउ परेयता राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र लगातार जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।

चैत १५ गते दिउँसो पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरी भएको राजावादीको प्रदर्शनपछि मिश्र पक्राउ परेका थिए ।

उनलाई विभिन्न अभियोगमा मुद्दा चलाउन हिरासतमा राखिएको छ । उनीविरुद्ध प्रहरीले जिल्ला अदालत काठमाडौंबाट सात पटकसम्म म्याद थप गरिसकेको छ ।

मिश्र लगातार ४५ दिनदेखि हिरासतमा रहँदा उनीसँगै पक्राउ परेका राप्रपा महामन्त्री धमव शमशेर जबरालाई भने क्यान्सरका बिरामी भन्दै रिहा गरिएको छ ।

रवीन्द्र मिश्र र प्रसाईं अझै ५ दिन हिरासतमा बस्नुपर्ने

‘ग्रेटर नेपाल’को नक्सासहित भारतीय दूतावास अगाडि प्रदर्शन (तस्बिरहरू)

नौलिंग भद्रकाली जात्रा (तस्बिरहरू) 

सामुदायिक विद्यालयमा मुख्यमन्त्री सिंहको अनुगमन

टिपरको ठक्करबाट एक वृद्धको मृत्यु

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित
बङ्गलादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक दल अवामी लिगको भविष्यको संसदीय चुनावमा सहभागिता रोक्ने गरी दर्ता निलम्बन गरेको छ ।

नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको अन्तरिम सरकारले आइतबार अवामी लिगलाई प्रतिबन्ध लगाएपछि यो कदम आएको हो । यो प्रतिबन्ध गत वर्ष हसिनालाई अपदस्थ गर्न प्रेरित गरेको सामूहिक विरोध प्रदर्शनमा गरेको दमनको मुद्दाको फैसला नआएसम्म जारी रहने छ ।

अवामी लिग बङ्गलादेशको सबैभन्दा पुरानो राजनीतिक दल हो र यसले सन् १९७१ मा देशको मुक्ति युद्धको नेतृत्व गरेको थियो । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२४ जुलाई–अगस्टमा हसिनाको सरकारले विपक्षीमाथि कारबाही गर्न क्रूर अभियान चलाउँदा एक हजार चार सय प्रदर्शनकारीको मृत्यु भएको थियो ।

सतहत्तर वर्षीया हसिना भारतमा स्व–निर्वासनमा छिन् र मानवता विरुद्धको अपराधको आरोपमा ढाकाबाट गिरफ्तारी वारेन्टको अवहेलना गरेका छन् ।

पाकिस्तानी जेलबाट एक हप्तामा ३३० अफगान कैदी रिहा

साउदी अरबमा ट्रम्प : इरानलाई रोक्नेदेखि हतियार बिक्रीसम्मको स्वार्थ

आदमपुर एअरबेस पुगेर मोदीले भने– आतंककारीलाई घरमै घुसेर मार्नेछौँ, कतै भाग्न दिनेछैनौँ

अमेरिका र चीनको सहमतिले युरोपको शेयर बजार सकारात्मक 

साउदी अरब ‍पुगे ट्रम्प

पाकिस्तानले आक्रमण गरेको भनिएको पञ्जाबको आदमपुर एयरबेसमा पुगे मोदी

भारत–पाक ‘डगफाइट’ मा चिनियाँ जे १० भन्दा गतिलो हुँदाहुँदै फ्रान्सेली रफायल किन पराजित भयो ?

दक्षिण अफ्रिकाबाट ‘फास्ट ट्रयाक’ मा अमेरिका पुगे शरणार्थी

अमेरिकी राष्ट्रपति ट्रम्प आजदेखि साउदीको भ्रमणमा, कतारले ५५ अर्बको बोइङ जेट उपहार दिने 

ट्यारिफ युद्धविरामको भोलिपल्ट सीको सार्वजनिक वक्तव्य : धम्की र प्रभुत्ववादले एक्लोपन निम्त्याउँछ





















प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ७ : ५७ बजे

अमेरिका र साउदी अरबबीच एक नील ९३ खर्बको हतियार किनबेच सम्झौता

एजेन्सी – अमेरिका र साउदी अरबबीच १४२ अर्ब अमेरिकी डलर

धवलागिरि आरोहणको ६५ वर्ष पूरा, दिवस मनाइयो

गण्डकी – संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ

बेलायतमा तलब वृद्धि खुम्चियो, बेरोजगारीदर बढ्यो

एजेन्सी – बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा

गृहमन्त्रीको दाबी – काङ्ग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील

मोरङ – नेपाली काङ्ग्रेसका नेता एवम्‌ गृहमन्त्री रमेश लेखकले आफ्नो

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

काठमाडौं – उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही