काठमाडौं- आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ ।
लेखराजको तर्क- एमालेमा ओलीको विकल्प छैन, देवत्वकरण नभएर आवश्यकता हो
नेकपा एमालेका सचिव लेखराज भट्टले अध्यक्ष केपी शर्मा ओली वर्तमान राजनीतिक परिस्थितिको आवश्यकता भएको बताएका छन्।
प्रेस चौतारी नेपाल, सुदूरपश्चिम प्रदेशको प्रदेशस्तरीय प्रशिक्षण तथा दोस्रो पूर्ण बैठकलाई कञ्चनपुरको महेन्द्रनगर सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले नेतृत्वलाई देवत्वकरण गरिरहनु आवश्यक नभएको पनि बताएका छन् । ओलीलाई चाँडै बुझ्न कठिन भए पनि उनले चालेका कदमको अर्थ भविष्यमा मात्रै स्पष्ट हुने अद्भूत क्षमता रहेको उनले बताए । ‘ओलीलाई समर्थन गर्नु अहिलेको वस्तुस्थिति हो, व्यक्तिपूजाबाट प्रेरित भएको होइन,’ भट्टले भने।
बूढीगण्डकी आयोजनालाई चाँडो अगाडि बढाउनुपर्छ : मन्त्री खडका
कांग्रेसका जनप्रतिनिधिहरूका लागि कार्यसम्पादन निर्देशिका तयार
ओलीबिनाको एमाले र एमालेबिनाको नेपालको सपना कसैले नदेखे हुन्छ : निरु पाल
भानुभक्त भन्छन्- दुई कार्यकाल र ७० वर्षे उमेर हद ओलीका लागि हटाइएको होइन
ज्ञानेन्द्र शाहीको प्रश्न : कांग्रेस र एमालेका सहकारी ठगलाई कहिले जेल हाल्ने ?
‘कुलिङ पिरियड’मा चलखेल भएको विधेयक नै ‘कुलिङ’मा
निजामती कर्मचारीका लागि ‘कुलिङ पिरियड’ (विश्राम अवधि) व्यवस्था गरी प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत पारित भएको सङ्घीय निजामती सेवा विधेयक, २०८० यतिखेर माथिल्लो सदन राष्ट्रिय सभामा छ ।
सेवानिवृत्त कर्मचारी राजनीतिक नियुक्ति र दाताको जागिरमा कुदिहाल्ने प्रवृत्ति रोक्न प्रस्ताव गरिएको ‘कुलिङ पिरियड’मा छेडखानी गरेर प्रतिनिधि सभाबाट पास भएको विधेयकमाथि अहिले राष्ट्रिय सभाको विधायन समितिमा छलफल भइरहेको हो ।

राष्ट्रिय सभामा उक्त विधेयक गएको असार १८ गते टेबुल भएको थियो । राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले सङ्घीय निजामती सेवा विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश टेबुल गरेका थिए ।
सङ्घीय संसद्का प्रवक्ता एवम् सहसचिव एकराम गिरीले विधेयक अहिले विधायन समितिमा रहेको जानकारी दिए । ‘विधेयक अहिले राष्ट्रिय सभाबाट संशोधनसहित ‘कम्पायल’ भएर विधायन समितिमा गएको छ,’ उनले खबरहबसँग भने ।
रामहरि खतिवडालाई प्रचण्डले भने- पदमा बस्ने अधिकार छैन, राजीनामा दिनुस्
‘संविधानले तोकेको समयभित्रै कांग्रेस महाधिवेशन हुन्छ’
प्रधानमन्त्री ओलीसँग अध्यक्ष लिम्बुननको भेट
प्रधानमन्त्री ओलीलाई निम्तो दिन आउँदै भारतीय विदेश सचिव मिस्री
आयोगको राजनीतिक दल स्वःमूल्याङ्कन कार्यविधिमा एमाले पनि असहमत
प्रचण्डको घोषणा- माओवादी नेता-कार्यकर्ताका सन्तान निजी स्कुल र विदेश पढ्न जाँदैनन्
शिक्षा समितिको बैठकमा श्याम घिमिरे र सुमना श्रेष्ठबीच चर्काचर्की
ओली र एमाले निर्णयलाई चुनौती दिने बौद्धिक परिषद्का यी १२ प्रश्न
प्रमुख सत्तारुढ नेकपा (एमाले) को गत साउन ५-६ गतेको केन्द्रीय कमिटीको निर्णयलाई चुनौती दिने गरी मत सर्वेक्षण थालिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सहज बनाउन दुई कार्यकाल र ७० वर्षे प्रावधान हटाइसकेको अवस्थामा एमालेको जनवर्गीय संगठन नेपाल बौद्धिक परिषद्ले नयाँ बहस थालेको हो ।

आगामी भदौ २०-२२ मा ललितपुरको गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनको एजेन्डाका रुपमा यी विषयलाई लैजाने निर्णय भइसकेको अवस्थामा नेपाल बौद्धिक परिषद्ले केन्द्रीय कमिटीको निर्णयमाथि प्रश्न उठाउने गरि परिषद्ले सर्वेक्षणमार्फत् राय लिएको हो ।
साउन ५-६ को बैठकपछि अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) लाई चुनौती दिँदै परिषद्ले ‘सर्वेक्षण’ थालिएको हो ।
मदनले ०४८ को चुनाव प्रचारका लागि प्रयोग गरेकै घरमा विद्याले खोलिन् सम्पर्क कार्यालय
हिमनदी पग्लने क्रम रोक्न मिलेर काम गर्न विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह
पाँच वर्षभित्र प्रत्येक नागरिकमा विपद् पूर्वसूचना प्रदान गरिनेछ : गृहमन्त्री
‘राजतन्त्र सडेगलेको पाखण्डी सिद्धान्त, ज्ञानेन्द्र शाह राजा नै होइनन्’
प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहलाई कुशको राजाको संज्ञा दिएका छन् ।
उनले नेपालमा राजतन्त्र सडेगलेको पाखण्डी सिद्धान्त भएको पनि बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘राजतन्त्रबारे मलाई खासै केही भन्नु छैन । यो एउटा सडेगलेको पुरानो जन्मसिद्ध श्रेष्ठताको कुनै आधार नभएको यो एउटा पाखण्डी सिद्धान्त हो । यसलाई कुनै सचेत मान्छेले स्वीकार्न सक्दैन’, उनले भने, ‘नागरिक सर्वोच्चतालाई नस्वीकारेर एउटा व्यक्तिको सर्वोच्चता, परिवारको सर्वोच्चता स्वीकार्नु भनेको अज्ञानता हो । कायरता हो ।’

उनले आफूले अरू देशको कुरा नगरेको पनि बताए । ‘हाम्रो देशको सन्दर्भमा यो जनताले त्यही रुपमा लिएर फ्याँकिसकेको कुरा हो । फ्याँक्नै पर्दथ्यो’, उनले भने।
ज्ञानेन्द्र असली राजै होइन, राजतन्त्र सडेगलेको पाखण्डी सिद्धान्त हो – ओली
एमाले महासचिव पोखरेलले किन उठाए मुख्य दलमा नेतृत्वको प्रसङ्ग ?
विद्या भण्डारीलाई रोक्दाको असर तलैसम्म, वडाध्यक्षले भने- भंगाल जाँदा पनि धम्की दिन थाले
सत्ता पक्षकै सांसद छैनन् सरकारसँग सन्तुष्ट
नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको शक्तिशाली सरकारले एक वर्ष पूरा भइसक्दा पनि परिणाममुखी काम हुन नसकेको भन्दै जनस्तरमा देखिएको असन्तुष्टि संसद्सम्मै पुगेको छ ।
दुईतिहाइ नजिकको सरकार भएर पनि भ्रष्टाचार नियन्त्रण र सुशानमा चुकेको आरोप लागिरहेको छ । प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले त सुशासनकै मुद्दालाई लिएर दुई महिनायता संसद्मा निरन्तर विरोध गरिरहेका छन् ।
तै पनि सरकारले आफ्नो प्रभावकारिता बढाउन ठोस पहल गरिहेको छैन । सरकारको त्यही सुस्ततामाथि बुधबारको संसद् बैठकमा सत्ता पक्षकै सांसदले पनि प्रश्न उठाए । प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलका सांसदहरू सरकारप्रति आक्रामक हुनु स्वभाविक थियो तर सत्तापक्षीयले पनि मौनता तोडदै प्रश्न गरेका छन् ।

उनीहरूले सरकारमाथि संविधान संशोधनका लागि औपचारिक पहल नगरेकोदेखि सहकारी ठगी प्रकरणमा फरार गितेन्द्रबाबु ९जीबी० राईलाई पक्राउ गर्न नसकेको आरोपसमेत लगाएका छन् ।
बैठकमा १५ मिनेट समय पाएका नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेपाली कांग्रेससँग सत्ता समीकरणका लागि भएको सहमतिको मुख्य एजेन्डालाई सरकारले अघि बढाउन नसकेको टिप्पणी गरे ।
सत्ता पक्षकै सांसद छैनन् सरकारसँग सन्तुष्ट
कानूनमन्त्रीको जवाफ- समाजलाई नकारात्मक असर पार्ने विधेयक सदनमा पेस हुँदैन
रास्वपाविरुद्ध कांग्रेस महामन्त्री शर्माको कटाक्ष – आफूभित्रका कमजोरीविरुद्ध पनि बोल्नुस्
गोकुल बास्कोटाले भने- सरकारकै कमजोरीले देशमा नवउदारवादी र प्रतिक्रियावादीले खेल्न खोजे
गोकुल बास्कोटाले संसद्बाट सोधे- संविधान संशोधन प्रक्रिया कहाँ पुग्यो ?
विश्वप्रकाशले भने- बदमासी अक्षम्य छ, पदम गिरीको टिप्पणी- खतिवडा र दुराले पदमा बस्न मिल्दैन
संघीय निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’बारे भएको छेडखानी छानबिनका लागि बनेको जीवन परियार नेतृत्वको संसदीय छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ।
२९ दिन लामो छानबिनपछि तयार गरिएको प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाइएको छ। सभामुखले प्राप्त गरेपछि प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिएको छ र समिति सभापति जीवन परियारले जवाफसमेत दिएका छन्।

छानबिनको क्रममा राज्य व्यवस्था तथा सुशासन समितिका विभिन्न सदस्यहरूले समितिमा आफ्ना धारणा राखेका थिए। उनीहरूले विधेयकमा भएको त्रुटिलाई भ्रष्टाचार, षड्यन्त्र र सुनियोजित कार्यका रूपमा व्याख्या गरेका छन्।
नालीको घुस लिँदालिँदै समातिएका कल्याणपुरका मेयर साहविरुद्ध भ्रष्टाचार मुद्दा
रविका नाममा सञ्चालित हस्ताक्षर अभियानबाट हौसियो रास्वपा, देशव्यापी बनाउने निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका नेपाली नागरिकहरूको मताधिकार व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय बनस्थलीमा शुक्रबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले विदेशमा रहेका नेपाली नागरिकका लागि मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
त्यस्तै बैठकले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँध्ने काम भएकाले त्यसविरूद्ध जनताको हस्ताक्षर अभियानलाई देशव्यापी रुपमा प्रभावकारी बनाउने निर्णय गरेको छ ।
यसका लागि केन्द्रीय समितिको तर्फबाट संगठन निर्माणका हरेक गतिविधि सँगसँगै प्रभावकारी बनाइने समेत निर्णय भएको उनले बताएका छन् ।
हस्ताक्षर अभियानबारे प्रश्न उठाउँदै विश्वप्रकाशले भने : अदालतले रवि निर्दोष छैनन् भनेर जेल पठाएको हो
तेश्रो जलविधुत परियोजना बिकासमा भएको सम्झौता बमोजिम रिभ्यू प्यानल गठन गर्ने र सम्झौता स्वीकृत गर्ने
प्रतिपक्षी दलहरूको निष्कर्ष- आयोगको स्वमूल्यांकन कार्यविधि एमालेको इच्छाअनुसार आयो, संयुक्त प्रतिवादमा उत्रिने
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सिंहदरबारमा बसेको विभिन्न दलको बैठकले निर्वाचन आयोगको ‘राजनीतिक दलहरूको स्वमूल्यांकनसम्बन्धी कार्यविधि’ संविधान र कानुनको मर्मविपरीत रहेको निचोड निकालेको छ।
सत्तारूढ कांग्रेस र प्रमुख विपक्षी एमालेबाहेकका दलहरूको सहभागी बैठकमा निर्वाचन आयोगले उक्त कार्यविधि एमालेको चहाना र इच्छाअनुसार ल्याएकाले त्यसको प्रतिवाद गर्ने निष्कर्ष निकालेको हो ।

नेताहरूले आयोगको हालैको गतिविधि दलहरूको अधिकारमाथि हस्तक्षेप, असंवैधानिक अभ्यास थाल्ने र साना तथा वैकल्पिक दलहरूलाई निष्क्रिय बनाउने नियतले अघि बढिरहेको पनि ठहर गरेका छन् ।
माओवादी उपमहासचिव वर्षमान पुनले बैठकपछि भनेका छन्, ‘निर्वाचन आयोगले ल्याएको कार्यविधि संविधान र कानुनको परिधिबाहिरको हो भन्ने निष्कर्ष निकाल्यौँ । यस कार्यविधिले कांग्रेस र एमाले बाहेकका दलहरूलाई कमजोर पार्ने षड्यन्त्र देखिन्छ।’
छुट्टै केन्द्र बनाउन खोजेपछि विप्लवलाई फकाउँदै माओवादी, नारायणकाजीले गरे एक घण्टा संवाद
प्रचण्डको दाबी : केपी ओलीले एमसीसीको एक अक्षर पनि फेर्न नमानेपछि व्याख्यात्मक टिप्पणीको बाटो रोज्यौँ
व्याख्यात्मक टिप्पणीसहित अनुमोदन नभएको भए एमसीसी जस्ताको तस्तै पारित हुने थियो : अध्यक्ष प्रचण्ड
देव गुरुङले भने- विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीबीच छिट्टै एकता हुन्छ
प्रभु साहले भने- संसदभित्र सत्तापक्ष र प्रतिपक्षकै आधारमा विभेद भइरहेको छ
झलनाथ खनाललाई माधव नेपालले : हामीसँग किन आएको त, ओलीको सेवा गर्न एमालेतिरै फर्किए हुन्छ
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सम्मानित नेता झलनाथ खनाललाई पार्टीभित्र विद्रोहको औचित्य नभएको भन्ने हो भने एमालेमै फर्किन सुझाव दिएका छन्।
शुक्रबार काठमाडौंमा समाजवादी निकट उद्योगी–व्यवसायीको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले खनालमाथि पार्टीको बद्ख्वाइँ गरेको र मिडियामा अनावश्यक टिप्पणी गरेको आरोप लगाए।

‘यदि विद्रोहको औचित्य थिएन भने ओलीको सेवा गरेर एमालेमै बस्दा हुन्थ्यो,’ उनले खनालतर्फ संकेत गर्दै टिप्पणी गरे, ‘पार्टी बनाउने हो भने संगठन देखाउनु पर्छ, जनतामा जानुपर्छ, चुनौतीको सामना गर्नुपर्छ। जनताको माझ नगई कसरी पार्टी बन्छ?’
नेपालले नेतृत्वको पुस्तान्तरणको सन्दर्भमा आफू अहिले ७२ वर्षको भएको भन्दै अब दोस्रो पुस्तालाई ठाउँ दिनुपर्ने धारणा राखे। उनले मोहन गौतम र आलोक जस्ता युवा नेताहरूको नाम उदाहरणका रूपमा अघि सारे।
माधव नेपालले भने- काम नगरी पार्टीमा पदमात्रै ओगट्ने प्रवृत्ति अन्त्य हुनुपर्छ
माधवसँग विवादपछि झलनाथ – सबैभन्दा क्रान्तिकारी बन्ने लक्ष्य थियो, खण्डनसमेत गर्न सकेनौँ
एमाले लचिलो भएर एकताको प्रतिबद्धता जनाए विद्यालाई समर्थन : झलनाथ खनाल
औचित्य सावित गर्न नसके हाम्रो विद्रोह स्वतः गलत सावित हुनेछ : झलनाथ खनाल
‘माधव नेपालले आदेश दिनासाथ पार्टी किन छाड्ने ?’
रविलाई भेटेपछि बाबुरामले भने- जमानत दिएर थुनाबाहिर बसेर मुद्दा लड्न दिनुपर्छ
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा। बाबुराम भट्टराईले रवि लामिछानेलाई जमानत दिएर थुनाबाहिर बसेर मुद्दा लड्न दिनुपर्ने बताएका छन् । बिहीबार भैरहवा कारागारमा लामिछानेसँग भेट गरेर बाहिरिने क्रममा भट्टराईले जनताको प्रतिनिधि भएको व्यक्तिलाई बाहिर जमानतमा रहेर मुद्दा लड्न दिने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

सांसदलाई थुनामा राख्दा जनतालाई अन्याय हुने भएकाले कसैमाथि पनि राजनीतिक ढङ्गले अन्याय हुन नहुने उनको भनाइ छ ।उनले रवि लामिछानेलाई पत्रपत्रिका समेत पढ्न नदिने गरेको पाइएको भन्दै कसैलाई पनि सूचनाबाट वञ्चित गर्न नहुने बताए ।भैरहवा कारागारमा लामिछानेलाई राखेको ठाउँ पनि आफूलाई उचित नलागेको उनले बताए ।
जलवायु वित्त परिचालनको कार्यविधिको मस्यौदा तयार
पशुपति क्षेत्र विकास कोषको नाममा रहेका जग्गा उपयोगबारे विवरण उपलब्ध गराउन निर्देशन
शिक्षक महासंघले भाद्रबाट फेरि आन्दोलन गर्ने
रास्वपाबाट रुपन्देही–३ मा उम्मेदवार बन्न नौ जनाले दिए आवेदन
उच्च अदालतमा २७ न्यायाधीश नियुक्तिका लागि सिफारिस
गृह श्रमिकलाई कानुनी मान्यता दिने सरकारको तयारी
नेपाल सरकारले पहिलो पटक गृह श्रमिकलाई औपचारिक श्रमिकका रूपमा कानुनी मान्यता दिने प्रक्रिया सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको निर्देशनमा मन्त्रालयले आवश्यक कानुनी संशोधन प्रक्रिया अघि बढाएको हो । मन्त्री भण्डारीले हालसम्म अनौपचारिक क्षेत्रमा रहेका गृह श्रमिकलाई औपचारिक श्रम प्रणालीमा ल्याउनु अत्यावश्यक रहेको धारणा व्यक्त गर्दै, त्यसअनुसार कानुनी आधार तयार गर्न प्रक्रिया थालिएको जानकारी दिए ।

मन्त्रालयका अनुसार यो प्रक्रिया अन्तर्राष्ट्रिय श्रम संगठनको अभिसन्धी १८९ अनुसार अगाडि बढाइएको हो। नेपाल यस अभिसन्धीका पक्षधर भएको हुनाले गृह श्रमिकलाई कानुनी रूपमा मान्यता दिने व्यवस्था गर्न कानुन तयारी भइरहेको छ ।
यद्यपि, श्रम ऐन २०७४ मा घरायसी श्रमिकसम्बन्धी विषय उल्लेख भए पनि समयसापेक्ष परिमार्जन आवश्यक ठहर गर्दै गृह श्रमिकको परिभाषा स्पष्ट गरी कानुनी रूपमा समेट्ने गरी ऐन संशोधन प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।
गाईपालनबाट मासिक तीन लाख ५० हजार आम्दानी
पर्सामा अनुदानको मलले माग पूरा गर्न मुस्किल
गण्डकीमा यसरी दिइँदैछ गाँजा खेतीमा वैधानिकता
जनैपूर्णिमा र गाईजात्राका लागि आवश्यक सामग्री किन्दै सर्वसाधारण (तस्बिरहरू)
भोलि र पर्सी परेको जनैपुर्णिमा र गाईजात्राका लागि आवश्यक जनै, रक्षाबन्धन, राखी र गाईजात्राका लागि आवश्यक पर्ने सामग्री किन्नका लागि काठमाडौँको असन र इन्द्रचोक क्षेत्रमा सर्वसाधारणको बाक्लो उपस्थिति बढेको छ ।

जनैपूर्णिमाका दिन वैदिक सनातन धर्मावलम्बीले बिहानै नदी, ताल, पोखरीमा गई स्नान गरी जनै धारण गर्ने गर्दछन् भने गाईजात्राका दिन काठमाडौं उपत्यकाका नेवार समुदायले दिवङ्गत आफन्तको सम्झनामा बालबालिकालाई गाईको रूपमा सिंगार्ने गर्दछन् ।
ट्रम्पसँग भेटको मिति टुंगिनुअघि चिनियाँ राष्ट्रपति सी र रुसी समकक्षी पुटिनबीच फोन वार्ता
चिनियाँ राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन्।
वार्ताका क्रममा राष्ट्रपति सीले युक्रेन संकटप्रति चीनको अडान दोहोर्याउँदै यस जटिल समस्याको कुनै सरल समाधान नरहेको उल्लेख गरेका छन् ।

राष्ट्रपति सीले भने, ‘युक्रेन संकट जस्तो जटिल मुद्दा समाधान गर्न सजिलो उपाय हुँदैन। परिस्थिति जस्तोसुकै भए पनि चीनले आफ्नो स्थिर र सैद्धान्तिक अडान कायम राख्नेछ । शान्तिका लागि संवादलाई अघि बढाउने प्रयत्न जारी राख्नेछ।’
उनले रुस र अमेरिकाबीचको संवादलाई स्वागतयोग्य कदम भन्दै दुई देशबीचको सम्बन्ध सुधार र युक्रेन संकटको राजनीतिक समाधानलाई अगाडि बढाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
टेलिफोन वार्तामा दुवै राष्ट्रपतिले आउँदो शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनसम्बन्धी तयारीमा सहकार्य गर्ने सहमति जनाएका छन्।
सम्मेलन चीनको तिआनजिन शहरमा आयोजना हुने भएको छ। दुवै नेताले सम्मेलनलाई ‘मैत्री, ऐक्यबद्धता र सकारात्मक उपलब्धिको सफल मञ्च’ बनाउने प्रतिबद्धता व्यक्त गरे।
ट्रम्पले धम्की दिँदै कर थोपरेपछि मोदीले अजित डोभाललाई पठाए रूस
अमेरिका र भारतबीच बढ्दो तनावबीच भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल मस्को पुगेका छन् । भारतविरुद्ध अमेरिकी कदमको रुसले कडा प्रतिवाद गरिरहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदीले डोभाललाई मस्को पठाएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो चेतावनी, भारतीय वस्तुमा चर्को कर र कडा टिप्पणीबीचमा डोभाल रूस भ्रमणमा गएका हुन् । उनको यो भ्रमण रणनीतिक र राजनीतिक दुवै हिसाबले चर्चामा छ ।

उनको यो भ्रमण डोनाल्ड ट्रम्पले रुसी तेल र हतियार खरिदलाई लिएर भारतमाथि खुलेर हमला गरिरहेका बेला भएको हो ।
ट्रम्पले युक्रेन युद्धबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दबाब दिइरहेका छन् । उता भारतलाई रुसबाट टाढिन पनि चेतावनी दिइरहेका छन् । यो अवस्थामा मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल मस्को जानु संयोगभन्दा बढी रणनीतिक जवाफका रुपमा व्याख्या गरिएको छ।
ट्रम्पका भन्सार शुल्क लागू हुँदा आर्थिक पीडा बढ्दै
भारतीय किसानको हितविपरीत सम्झौता गर्दिनँ, जस्तोसुकै मूल्य चुकाउन पनि तयार छु : मोदी
भैंसीको शिकार गर्न पुगेका अमेरिकी करोडपतिको भैंसीले नै हानेर ज्यान गयो
भारत–अमेरिका व्यापार वार्ता असफलताको अन्तर्य
चाँडै पुटिनसँग भेट हुने ट्रम्पको विश्वास
प्रतिक्रिया