साप्ताहिक ब्रिफिङ : ओलीमाथि खनिए प्रचण्ड, केपी-बालेनसहित १३ जनाविरुद्ध जाहेरी, भूमि समाधान आयोग खारेज, गाजामा विपिनको अवस्था अज्ञात र मोरक्कोमा जेनजी आन्दोलन तीव्र | Khabarhub Khabarhub

साप्ताहिक ब्रिफिङ : ओलीमाथि खनिए प्रचण्ड, केपी-बालेनसहित १३ जनाविरुद्ध जाहेरी, भूमि समाधान आयोग खारेज, गाजामा विपिनको अवस्था अज्ञात र मोरक्कोमा जेनजी आन्दोलन तीव्र


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 9 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राष्ट्रपतिले भने– दलहरूले चुनावको तयारी थालून्, सरकारले सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ

राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताएका छन् ।

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन उनले दलहरूलाई आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलको आह्वानमा शुक्रबार शीतल निवासमा बसेको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा उनले उक्त आग्रह गरेका हुन् ।

उनले शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आमनागरिकलाई दिलाउन सरकारलाई सुझाव दिको प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

रमेश लेखकले भने- मुलुक गम्भीर अवस्थामा छ, आग्रह पूर्वाग्रह नराखौँ

एक महिनापछि रमेश लेखकले भने- मैले र प्रधानमन्त्रीले बल प्रयोगको आदेश दिएको हैन

महानिरीक्षक खापुङ्गले ‘ओली र लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिन्छु’ नभनेको प्रहरीको प्रष्टोक्ति

‘जेनजी’ प्रदर्शनका शहीद महर्जन परिवारलाई ललितपुर महानगरको पाँच लाख सहयोग

काठमाडौं महानगरले तोक्यो फूल बिक्री गर्ने स्थान 

भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने सरकारको निर्णय

सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए ।

बैठकले अध्यागमन र भिजिट भिसाको सन्दर्भमा देखिएका समस्या समाधान गर्न गठित छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ भने इलाम जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय गरेको प्रवक्ता खरेलले बताए ।

बैठकले डीआईजीहरु सुशील सिंह राठौर, उमा प्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर विकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । त्यसैगरि त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा मन्त्रालयमा पठाउने निर्णय बैठकले गरेको छ ।

नागरिक उड्ययन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवं सुझाव समितिले पेश गरेको प्रतिवेदन २०८२ कार्यान्वयनका लागि पर्यटन मन्त्रालयमा पठाउने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिए ।

इलामलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

जेन-जी शहीद परिवारको सरकारसमक्ष तीन वटा मन्त्रालयको माग

टियु क्रिकेट मैदानको काम छिटो सक्न निर्माण कम्पनीलाई कुलमानको निर्देशन

ओली र लेखकविरुद्धको उजुरी फर्काउँदै आयोगले भन्यो : फौजदारी अनुसन्धान प्रहरीबाटै अघि बढाउनू 

सरकारले प्रहरी फिर्ता लगेपछि ओलीको सुरक्षा भूपू सैनिक, प्रहरी र युवा संघले गर्ने

माओवादीलाई लाग्यो निर्वाचन, मतदाता नामावलीमा विशेष ध्यान दिन निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन लागेको छ ।

मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा एमाले अलमलमा रहेका बेला पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीलाई निर्वाचन लागेको हो ।

माओवादीले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्ना सबै तहका पार्टी पङ्क्तिलाई निर्वाचन कार्यालयहरूसँग समन्वय गरी मतदाता नामावली अद्यावधिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन निर्देशन दिएको छ।

प्रचण्डको प्रश्न- केपीले नै सिफारिस गरेर बनेको हो सरकार, हाहाहुहुबाट बनेको भन्न मिल्छ ?

प्रचण्डले भने- हामीलाई बचाएको सेनाले सिंहदरबार किन बचाएन

केपी ओली र बालेनसहित १३ जनाविरुद्ध जाहेरी, पक्राउ गरी अनुसन्धान गर्न माग

जसपाका केन्द्रीय सदस्य देवबहादुर दुरा र दीपक दोर्जी लामा माओवादी केन्द्रमा प्रवेश

शान्ति सुरक्षा कायम गर्न आवश्यक पहल गरिरहेका छौँ : सेना

सरकारको गतिविधिका कारण तोकिएकै समयमा निर्वाचन हुनेमा कांग्रेसको आशंका

एमालेको निष्कर्ष : सरकारले देशलाई मुठभेटतिर लग्यो, निष्पक्ष निर्वाचन हुन सक्दैन

भदौ २४ गते सत्ताबाट बाहिरिएको नेकपा एमालेले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारको क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी ओलीको निवासमा शुक्रबार बसेको एमाले सचिवालय बैठकले वर्तमान सरकार निर्वाचन गराउने बाटोमा नभई मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेटतिर लैजान उद्यत भएकाले पार्टीको गम्भीर ध्यानाकर्षण भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

प्रहरीमाथि आक्रमण गर्ने र हतियार लुट्नेलाई गृहमन्त्री ओमप्रकाश अर्यालको दबाबमा छाड्ने तर शान्तिपूर्ण प्रदर्शन गर्न खोज्दा दलहरूलाई रोक्ने र नेताहरूलाई स्थानहद तोक्ने सरकारको कामप्रति गम्भीर आपत्ति रहेको उनले बताए ।

युवा संघले शनिबार काठमाडौंमा मोटरसाइकल र्‍याली गर्न नपाउने

शनिबारको मोटरसाइकल र्‍याली स्थगित गर्दै एमालेको युवा संघले सरकारलाई दियो २४ घण्टे अल्टिमेटम

मंसिरभित्रै नियमित महाधिवेशन गर्न कांग्रेस बैठकमा दबाब, महेन्द्र र उमाकान्तको फरक मत

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार फेरि बस्ने

ओली र लेखकविरुद्धको उजुरी फर्काउँदै आयोगले भन्यो : फौजदारी अनुसन्धान प्रहरीबाटै अघि बढाउनू 

गृहमन्त्रीमाथि खनिएका ओलीले भने- मेरो सम्पत्ति छानबिन गर्न चित्रगुप्त बोलाए हुन्छ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र सरकाले गठन गरेको छानबिन आयोगप्रति कडा आपत्ति जनाएका छन् ।

सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरेको छानबिन आयोग पूर्वाग्रही भएको उनले बताए । नेकपा एमाले भक्तपुरले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘नक्कली छानबिन आयोग एमालेलाई मान्य छैन ।’

ओलीले वर्तमान छानबिन आयोगलाई ‘पूर्वाग्रही’ र ‘नक्कली’ भन्दै त्यसलाई अस्वीकार गरे । आयोगका संयोजकले तत्काल राजीनामा दिनुपर्ने माग उनले गरे । ‘पहिला नै केपी ओलीलाई थुन्नुपर्छ भन्ने व्यक्तिको संयोजकत्व बनेको छानबिन आयोग नेकपा एमालेलाई मान्य छैन’, उनले भने ।

ओलीले नेपालको राजनीतिक संघर्ष केवल ख्यालठट्टा नभई तीतो अनुभव भएको बताए । ‘हामीले जेलनेल भोगेका छौँ, कठिनाइ भोगको छौँ, यो हामीलाई नयाँ कुरा होइन, देशको रक्षाका लागि र हितका लागि हामी जुनसुकै बलिदान दिन तयार छौँ’, उनले भने ।

ओलीले हाल देशमा नयाँ पुस्ता नाममा चलाइएको आन्दोलनले भ्रम फैल्याएर अस्थिरता निम्त्याएको आरोप लगाए। उनले भने, ‘जेन(जी भनेर केही युवालाई भ्रममा पारेर देशमा अस्थिरता मच्चाउनेहरूले वितण्डा मच्चाए ।’

गुण्डुबाट ओलीको सन्देश- नेतृत्व छाडिन्न, संसद् विघटन स्वीकार्य छैन

ओलीको प्रश्न- शुशीला कार्कीको डरले केपी ओली भाग्छ ?

यो सरकार नेपालीको होइन : ओली

देशमा बलमिच्याइँको सरकार छ : केपी ओली

ओलीको बचाउ गर्दै शंकर पोखरेलले भने- द्वन्द्वको बेला मानवीय क्षति हुँदा कहिले कुन प्रधानमन्त्री दण्डित भएको छ ? 

एमाले भर्चुअल बैठक : एमाले कांग्रेसको ६० प्रतिशत जनमत रहेको दाबी

एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार र बुधबार पार्टीको प्रदेश इन्चार्ज, अध्यक्ष र जिल्ला अध्यक्षहरूसँग भर्चुअल संवाद गरेका छन् । संवाद गरेपछि ओलीले आफूले भने सहज हिसाबले अध्यक्ष नछाड्ने संकेत गरेका छन् ।

ओलीले आफू एउटा विधिबाट अध्यक्ष भएको भन्दै भर्खरै सम्पन्न पार्टीको विधान महाधिवेशन पनि सर्वसम्मत रूपमा भएको भन्दै अध्यक्षबाट सहजै बहिर्गमन नहुने संकेत गरेको संवादमा सहभागी एक जिल्ला अध्यक्षले खबरहबलाई बताए ।

जेन(जी आन्दोलनको कारण सरकारबाट बाहिरिने अवस्थामा पुगेका ओलीले अहिलेको अवस्था उत्पन्न हुनुलाई घुमाउरो पाराले आफ्नो भूमिका र भूराजनीतिक असरको रूपमा व्याख्या समेत गरेको उनले बताए । ओलीले कुनै देशको नाम भने नलिएको उनको भनाइ छ ।

अहिले एमालेमा केही पदाधिकारीसहित ठूलो संख्याका नेता तथा कार्यकर्ताले ओलीले अध्यक्ष छाड्नुपर्ने भन्दै सार्वजनिक रूपमा नै अभिव्यक्ति दिएका छन् । सोही विषयलाई मध्यनजर गर्दै ओलीले भर्चुअल संवादमा फरक–फरक प्रदेशको सहभागिता गराउने प्रयास गरेको सहभागी अध्यक्षले बताए ।

शंकर पोखरेलले भने- जेन-जी हाम्रो परिचय होइन, कसैले थोपरिदिएको परिचय हो

गृहमन्त्री अर्याललाई तत्काल पक्राउ गर्न बर्तौलाको माग

यो सरकारले चुनाव गराउन चाहन्छ भन्ने कुरा पनि भ्रम मात्रै हो : शंकर पोखरेल
एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले चुनाव गराउन चाहन्छ भन्ने कुरा भ्रम मात्रै भएको बताएका छन् । बिहीबार भक्तपुरमा आयोजित एमालेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सो बताएका हुन् ।

‘यो सरकार ज्ञानेन्द्र शाहको तरिकाको चुनाव गराउने कुरामा अगाडि बढ्न खोजिरहेको छ, आफ्ना मान्छेहरूलाई भूमिगत गिरोहले जिताएजस्तो जिताउन सकिन्छ कि भन्ने प्रकारको जस्तो योजनामा अँध्यारो कोठामा बसेर योजना बनाउने काम भइरहेको छ’, उनले भने, ‘त्यसकारण यो सरकार चुनाव गराउन चाहन्छ भन्ने कुरा भ्रम मात्रै हो ।’

उनले सरकारले चुनाव गराउनको लागि आवश्यक तयारी गरेको जस्तो राजनीतिक दल र नागरिकले नगरेको समेत बताए ।

गुण्डुमा एमालेको कार्यक्रम, को-को भए उपस्थित (तस्बिरहरू)

पार्टीलाई एकता चाहिएका बेला पुनर्गठनको बहस असान्दर्भिक : भानुभक्त ढकाल

रामेश्वर खनालको सम्पत्ति कहाँबाट आयो : महेश बस्नेत

गुन्डु गलत उद्देश्य लिएर आयौ भने अचार बनेर फर्किने छौ : महेश बस्नेत

ओलीलाई चुनौती दिँदै मिश्रले भने- ‘नालायक’ साबित प्रतिनिधि सभा ब्युँताउने आन्दोलनमा लाग्दिनँ

पत्रकार किशोर श्रेष्ठ र राजिब खत्रीले गुण्डुको अपव्याख्या गरे : महेश बस्नेत

घुस डिल अडियो प्रकरण : पूर्वमन्त्री गुप्ता र श्रेष्ठसहित ७ जना विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, पूर्व मन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहित ७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले कास्की जिल्लास्थित मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई सरुवा थमौती गर्न र भूमि आयोगको सदस्य बनाउनका लागि घुस डिल गरेको आधारमा सो मुद्दा दायर गरेको हो । आयोगले पूर्वमन्त्री राजकुमार गुप्तालाई बिगो ७८ लाख र पूर्वमन्त्री तथा नागरिक उनमुक्ती पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई ७८ लाख बिगो कायम गरेर मुद्दा दायर गरेको छ ।

त्यस्तै, मालपोत कार्यालय कास्की पोखराका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई ५३ लाख, घरजग्गा व्यवसायी तथा बिचौलिया सुजनकुमार तामाङलाई ७८ लाख, खमबहादुर पुनलाई २५ लाख, यामकुमारी गुरुङलाई ७८ लाख र तुल्सीराम बुढालाई ७८ लाख बिगो कायम गरेर अख्तियारले मुद्दा दायर गरेको छ ।

चौधरी ग्रुपले जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने

लिची बगैँचा घुस डिल प्रकरणमा के देख्यो अख्तियारले ?

नागरिक अगुवाको अपिल : दलहरूले निर्वाचनमा भाग लिएर मूल नेतृत्व परिवर्तन गर

दीपक धामीको चेतावनी- जेन-जी आन्दोलनमा आगजनी र तोडफोड गर्नेलाई कारबाही नगरे सडकमा आउँछौँ

कांग्रेसको १५ औँ महाधिवेशन मङ्सिरमा गर्न प्रस्ताव

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीको १५ औँ महाधिवेशन मङ्सिर २४ मा गर्न प्रस्ताव गरेका छन् ।

बिहीबार कांग्रेसको पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकमा थापाले यस्तो प्रस्ताव गरेका हुन् ।

उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकमा पार्टीलाई महाधिवेशनमा लैजाने विषयमा छलफल भएको थियो । सो बैठकमा सभापति शेरबहादुर देउवा भने उपस्थित भएनन्।

माइतीघरमा प्रदर्शन गर्न पुगेका निकोलस भुसालसहितका केही युवा पक्राउ

सानेपामा कांग्रेस पदाधिकारी बैठक (तस्बिरहरू)

राप्ती प्रतिष्ठानका तत्कालीन उपकूलपतिसहित १३ जना विरुद्ध मुद्दा दायर

माइतीघरमा प्रदर्शन गर्न पुगेका निकोलस भुसालसहितका केही युवा पक्राउ
आन्दोलन गर्न माइतीघर मण्डल पुगेका डा। निकोलश भुसालसहितका युवा पक्राउ परेका छन् । प्रहरीले भुसाल र एसपी साहसहितलाई प्रदर्शन नै गर्न नदिई पक्राउ गरेर भ्यानमा हालेको हो ।

जेन-जीको एउटा समूहले गर्ने भनिएको प्रदर्शन स्थगित भएको अवस्थामा भुसाल भने प्रदर्शन गरिछाड्ने भन्दै माइतीघर पुगेका थिए। तर प्रहरीले कडा सुरक्षा जाँचसहित कसैलाई पनि प्रदर्शन गर्न नदिएको हो ।

भुसालले बिहान११ बजेदेखि माइतीघरमा शान्तिपूर्ण प्रदर्शन हुने बताएका थिए । प्रधानमन्त्री गृहमन्त्रीले सहिदको र जेन(जीको माग पूरा गर्न नसके राजीनामा दिनुपर्ने उनको माग छ। उनले सरकार आफैँ चलाउने भन्दै जेन(जीको माग पूरा गर्न संविधान संशोधन पनि गर्ने बताएका थिए ।

‘जेन-जी आन्दोलनको विध्वंस : एक महिनामा यस्ता देखिए जलाइएका भवन (तस्बिरहरू)

जेन-जी आन्दोलनका नाममा गत भदौ २४ गते संसद् भवन, सिंहदरबार, राष्ट्रपति निवास, सर्वोच्च अदालत, सरकारी कार्यालयहरू, भाटभटेनीका थुप्रै स्टोर र अन्य निजी सम्पत्तिमा आगजनी भएको थियो । त्यसको एक महिनापछि यी सबै भवनहरू खण्डहर देखिएका छन् ।

कुनै भवन सरसफाइ र रंगरोगन गरी चलाउन थालिएको छ भने कुनै भत्काउनुपर्ने अवस्थामा पुगेका छन् । संसद् भवनमा कुनै काम भएको छैन । यो भवन प्रयोग योग्य नभएको बताइएको छ । त्यहाँ जलाइएका सयौँ सवारीसाधन थुपारिएको छ ।

निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गराउनेको भिड (तस्बिरहरू)

सामाजिक सुरक्षा भत्ता वितरणमा नयाँ कार्यविधि : अनलाइन आवेदनदेखि अनलाइन नवीकरणसम्मको व्यवस्था

कवाडखाना बन्‍यो संसद् भवन (तस्बिर)

हाँडी गाउँमा यसरी मनाइयो श्री चोकटे नारायण जात्रा
हाडीगाउँ, काठमाडौंमा वार्षिक श्री चोकटे नारायण जात्रा सम्पन्न भएको छ। यो जात्रा हाडीगाउँको प्रसिद्ध परम्परा हो र लिच्छवी कालदेखि मनाउँदै आएको छ ।

स्थानीय भाषामा यसलाई ‘गन न मरू जात्रा’ वा ‘कहीँ नभएको जात्रा हाडीगाउँमा’ भनेर पनि चिनिन्छ। जात्रामा ब्रह्मा, विष्णु, महेश्वर र सत्यनारायणको पूजा गरी भक्तजनहरूले रथको परिक्रमा गरेका थिए। जात्राको विशेषता भनेको रथको माथिल्लो भागमा भगवानको मूर्ति राखिएको हुनु, रथमा कहीँ नभएको विशेष फूलले सजाइएको हुनु, र रथको तीन तले छाना हुनु हो ।

रथको गजुर तलतिर फर्काइएको भएकाले जात्राको समयमा छाना फनफनी घुमाएर टोल वरिपरि परिक्रमा गरिएको थियो । यी अनौठा परम्परा र स्थानीय विशेषताहरूले यस जात्रालाई अन्य जात्राहरूबाट भिन्न र विशिष्ट बनाएको छ 

कुकुर-बिरालोलाई प्रतिगोटा २५ सय रुपैयाँमा बन्ध्याकरण गराउँदै बालेन

फिलिपिन्समा ७.४ म्याग्निच्यूडको भूकम्प : सुनामीको चेतावनी

फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । मिन्डानाओ क्षेत्रमा भूकम्प गए लगत्तै सुनामीको चेतावनी दिइएको छ। भूकम्पले फिलिपिन्ससँगै इन्डोनेसिया र पलाउ तटीय क्षेत्रमा सुनामीको चेतावनी दिइएको हो ।

फिलिपिन्सका अधिकारीले तटीय क्षेत्रका बासिन्दालाई उच्च स्थानमा बस्न र डुङ्गालाई सुरक्षित राख्न आग्रह गरेका छन्।

फिलिपिन्सको मिन्डानाओ क्षेत्रको तटमा शुक्रबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।

मोरक्कोमा जेनजी आन्दोलन तीव्र, राजा मोहम्मद छैठौँले सम्बोधन गर्ने

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले जितिन् नोबेल शान्ति पुरस्कार

म्यान्मारको जुन्ताद्वारा मलेसियालाई आगामी निर्वाचनमा पर्यवेक्षण टोली पठाउन आग्रह

पेरुकी राष्ट्रपति बोलुआर्तेलाई पदबाट हटाउने कङ्ग्रेसको निर्णय

गाजामा बन्धक रहेका जीवित २० जना छुट्न सक्ने, विपिन जोशी र तामिर निम्रोडीको अवस्था अझै अज्ञात

गाजा युद्ध अन्त्यको सहमति पारित

स्पेनले नटेरेको भन्दै नाटोबाट निकाल्ने पक्षमा उभिए ट्रम्प 

इजरायल-हमास सहमति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इजरायल र हमास दुवैले गाजाक्षेत्रमा जारी युद्ध रोकेर शान्ति स्थापनाका लागि सहमति गरेको जनाएका छन् ।

सहमतिअनुसार बन्दीको मुद्दामा आफ्नो शान्ति योजनाको पहिलो चरणलाई दुवै पक्षले स्वीकार गर्ने ट्रम्पले ट्रुथ सोसियलमा घोषणा गरेका छन् । उनले यसलाई ऐतिहासिक र अभूतपूर्व कदमका रूपमा व्याख्या गरेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यस सम्झौतालाई इजरायलका लागि ठूलो दिन भनेका छन् । उनले भने, ‘हामी सबै बन्दीलाई घर ल्याउँदैछौं। यो एक कूटनीतिक सफलता र इजरायल राज्यको लागि राष्ट्रिय तथा नैतिक जित हो।’

यसैबीच नेतन्याहू र ट्रम्पबीच ‘भावनात्मक’ फोन कल भएको छ । सम्झौताको घोषणापछि दुवै नेताहरूबीच ‘धेरै भावनात्मक र नजिकको कुराकानी’ भएको अलजजिराले लेखेको छ । फोन संवादका क्रममा नेतन्याहूले ट्रम्पलाई इजरायली संसद ९क्नेसेट० मा सम्बोधन गर्न आमन्त्रित गरेका छन् ।

उता हमासले सम्झौताको पुष्टि गर्दै यसको कार्यान्वयनमा जोड दिएको छ। उनले अन्तर्राष्ट्रिय समुदायलाई इजरायललाई सम्झौताका सर्तहरू पूरा गर्न बाध्य गर्न आह्वान गरेको छ ।

राष्ट्रसंघ महासचिवले भने : हमास-इजरायल युद्धविराम ऐतिहासिक अवसर हो

‘ध्वस्त पारिएको गाजामा हमासले सबै २८ बन्धकको शव फेला पार्न मुस्किल’

नोबेल शान्ति पुरस्कारको घोषणा हुँदै, ट्रम्पले पाउने सम्भावना कति ? 

हमाससँग सम्झौतापछि ट्रम्प आइतबार इजरायल जाने, ‘कनेस्सेट’मा सम्बोधन गर्ने

भारतमा तालिवान विदेशमन्त्रीको ऐतिहासिक भ्रमण, दक्षिण एसियाली कूटनीतिमा नयाँ चरणको संकेत

भारत-अस्ट्रेलिया सुरक्षा सहकार्य सुदृढ : सैन्य वार्ता र पनडुब्बी सहयोगसमेतको नयाँ सम्झौता

नेतन्याहुद्वारा गाजा युद्धविराम सम्झौताको प्रशंसा, स्वीकृतिका लागि मन्त्रिपरिषद् बोलाउने

भारतमा औषधि प्रकरण : २१ बालबालिकाको मृत्युमा औषधि कम्पनीका मालिक पक्राउ

सर्बियाको रूसी स्वामित्वको तेल कम्पनीमाथि अमेरिकी प्रतिबन्ध लागू

सुडानको मस्जिदमा भएको आक्रमणमा १३ जनाको मृत्यु 

बंगलादेशमा आतंकवादविरोधी कानूनमार्फत राजनीतिक दमन तीव्र

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ८ : ०० बजे

निर्वाचन हुने कुरामा ढुक्क छैनन् कांग्रेस-एमाले : शीतल निवासमा उठाए सरकारको निष्पक्षतामाथि प्रश्न

काठमाडाै‌ – शुक्रबार दिउँसो दुईवटा बैठकमा नेताहरूको ध्यान थियोे ।

सम्पदा संरक्षण अभियन्ता श्रेष्ठसहित चारजना जेन-जीबाट मन्त्री बन्दै

काठमाडौँ- युवा सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक

मुगुमा खोलाले बगाउँदा एक महिलाको मृत्यु

मुगु – मुगुको खत्याड गाउँपालिका–११ स्थित खत्याड खोलाले बगाउँदा आज

अष्टलक्ष्मीले केपी ओलीको राजीनामा माग्दा विष्णु पौडेलले भने- विद्या भण्डारीलाई पार्टीमा ‘वेलकम’ गरौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि नेतृत्व त्यागको दबाब

निर्वाचनको तयारीमा जुट्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी फागुन २१