Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ एक साथ देखिएका छन् । शुक्रबारको सिंहदरबास्थित सङ्घीय संसद् भवनको बहुउद्देश्यीय बैठक कक्षमा सुरु भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकपछि दुवै नेतासँगै देखिएका हुन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको थियो ।