ब्रेकिङ स्टोरी « Khabarhub

अध्यक्ष ओलीको पासपोर्ट रोक्का गरेर सरकारले प्रतिशोध साँधेको एमालेको आरोप

काठमाडौं– नेकपा एमालेले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पासपोर्ट रोक्का गरेकोमा सरकारको निन्दा गरेको छ । सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पासपोर्ट रोक्का गरेर राजनीतिक प्रतिशोध साँधेको एमालेको मूल्याङ्कन छ। आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले दशैंको मुखमा पार्टी अध्यक्ष ओलीको पासपोर्ट रोक्का गरेको विषयलाई राजनीतिक प्रतिशोधको रूपमा मूल्याङ्कन गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए…