समाचार « Khabarhub

फेरि स्थगित भयो कांग्रेस बैठक 

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक सरेको छ।  १४ मंसिरमा बोलाइएको बैठक अब १५ मंसिर सोमबार दिउँसो २ बजे बस्नेछ। बैठक पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुरमा हुनेछ। बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश समितिका सभापतिलाई उपस्थित रहन भनिएको  मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।