राजनीति « Khabarhub

ओलीले राष्ट्रिय सभाको लोभ देखाएपछि राजेन्द्र गौतमको उम्मेदवारी फिर्ता

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवारी दिएका राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिएका छन्। केपी शर्मा ओलीको प्यानलमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका गौतमलाई ओलीले राष्ट्रिय सभामा लाने लोभ देखाएपछि उम्मेदवारी फिर्ता लिएका हुन्। एमाले महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्।