Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल चाइनिज ताइपेइसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ। आज मंगलबार भएको खेलमा नेपाल १–० गोल अन्तरले पराजित भएको हो। नेपाल मैत्रीपूर्ण दुवै खेलमा पराजित भयो। आजको खेलको पहिलो हाफ बराबरीमा रोकिएको नेपाल दोस्रो हाफमा गोल खान पुग्यो। यसअघि पहिलो खेलमा नेपालले इन्डोनेसियासँग २–१ गोलको पराजय भोगेको थियो।