स्टोरी « Khabarhub

दायाँ खुट्टामा ६ गोली लागेका विजय भन्छन्- ‘बरु मारिदिएको भए हुन्थ्यो’

काठमाडौं । ट्रमा सेन्टरको ५४९ नम्बर बेडमा लम्पसार परिरहेका २२ वर्षीय घाइते विजय अधिकारीको एउटै खुट्टामा छ गोली लागेको छ । उनले 'यसरी छ गोली लागेर बाँच्नुभन्दा बरु मर्न पाएको भए सजिलो हुन्थ्यो' भन्ने अभिव्यक्ति दिए । अस्पतालमा विरामीको अवस्था बुझ्नका लागि रिपोर्टिङ गर्न गएको संवाददाताहरु घाइते विजयको अभिव्यक्ति सुनेर विचार शून्य हुन पुगे ।…