काठमाडौं– आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार एक साताका प्रमुख घटना समेटेर साप्ताहिक ब्रिफिङ पस्कन सुरु गरेको छ ।
यो साता नानहाई बुद्धिज्म राउन्ड टेबल’ मा प्रधानमन्त्री, नेपाल पत्रकार महासंघको नेतृत्व चयनका लागि सातवटै प्रदेशबाट मतदान, कुलमान हटाउने अन्तिम प्रयासमा प्रधानमन्त्री ओली, काठमाडौं-टीकापुर हवाई उडान आइतबारदेखि, एनआरएनएको एकता महाधिवेशनमा अवरोध नगर्न सर्वोच्चको पत्र, नर्सिङ एवं स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारी सरह लागू गर्न मन्त्रालयको परिपत्र, सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल अस्पताल भर्ना‘लयातका समाचारले प्रमुख स्थान पाए।
नानहाई बुद्धिज्म राउन्ड टेबल’ मा प्रधानमन्त्री
काठमाडौंमा आज (शुक्रबार)बाट ‘नानहाई बुद्धिज्म राउन्ड टेबल’ आयोजना गरिएको छ ।
याक एण्ड यति होटलमा आयोजित उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन् ।
राष्ट्रिय एकता हाम्रो मूल मन्त्र हो : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशीता र समतामूलक समाज निर्माण गर्दै राष्ट्रिय एकता कायम गर्नु मूल मन्त्र भएको बताएका छन् ।
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले आयोजना गरेको राजनीतिमा प्रतिनिधित्व र पहुँच अभिवृद्धिका लागि आदिवासी जनजाति राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि परेका समुदायलाई माथि पुर्याउन संविधानको मौलिक हकहरूको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोडसमेत दिएका छन्।
पछाडि परेका समुदायलाई शिक्षा र रोजगारी दिइनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले पछाडि परेका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताएका छन् ।
झापाको गौरादहमा आज आयोजित ताजपुरिया समाज कल्याण परिषद्को २९औँ स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि पारिएको जनता लक्षित साना–साना उद्योग सञ्चालन गरेर रोजगारी सृजना गर्दै उद्यमी बनाउने बाटोमा सरकारले काम गर्ने बताए ।
सरकार ढल्दैन, जनताको अवस्था फेरिने गरि काम गरिरहेको छ : प्रधानमन्त्री
भ्रातृ संगठनको महाधिवेशन गराउन देउवाले बनाए निर्देशन समिति
प्रधानमन्त्री भन्छन्- विद्यार्थी फेल हुनु पनि एक प्रकारको अपराध हो
विपद् व्यवस्थापनमा सहकार्य आवश्यक : गृहमन्त्री
नर्सिङ एवं स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारी सरह लागू गर्न मन्त्रालयको परिपत्र
परराष्ट्रमन्त्रीसँग युरोपियन युनियनका उच्च अधिकारीको भेट
कुलमान हटाउने अन्तिम प्रयासमा प्रधानमन्त्री ओली
प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरण (एनईए)का प्रबन्ध निर्देशक कुलमान घिसिङलाई जिम्मेवारीबाट हटाउने अन्तिम तयारीमा लागेका छन् ।
चीन भ्रमणबाट बिहीबार (मङ्सिर २० गते) स्वदेश फर्किएलगत्तै ओलीले घिसिङलाई हरहालतमा हटाउनेगरी ‘अन्तिम योजना’ बनाइरहेका प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
चितवन प्रहरीले भन्यो-पोखरा लैजाँदा रविलाई दुर्व्यवहार भएको छैन, भ्रम फैल्याइयो
जिल्ला प्रहरी कार्यालय चितवनले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दुर्व्यवहार गरिएको भनेर गरिएको टिप्पणी र चर्चाको खण्डन गरेको छ।
राजदूत ओलीले चीनमा बुझाए ओहदाको प्रमाणपत्र
इन्धनको गुणस्तर सुधार र औद्योगिक प्रदूषण नियन्त्रणमा जोड
उर्जामन्त्रीमाथि लगाइएको आरोप गलत : स्काउट
गुणस्तरीय खानेपानीको दीर्घकालीन समाधान खोजिँदैछ : मन्त्री यादव
छोटी भन्सारहरू छिटो खुलाउन सरकारलाई उपेन्द्रको सुझाव
सरकारका गलत गतिविधिको सशक्त प्रतिवाद गर्छौं : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले आफ्ना गलत गतिविधि सच्याएन भने सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
चितवनको भरतपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।
माओवादी बैठकको निष्कर्ष : सत्तातिर होइन, जनतातिर फर्किऊँ
अर्थतन्त्रलाई बलियो बनाउन सामूहिक प्रयास आवश्यक: प्रचण्ड
हाम्रो ध्यान जनतातिर छ, सरकारका कामको खबरदारी गरिरहन्छौं : प्रचण्ड
प्यालेस्टाइनको पक्षमा प्रचण्ड, इजरायली आक्रमणको विरोधमा गरे हस्ताक्षर
एक वर्षदेखि प्यालिस्टाइमाथि आक्रमण गरेर त्यहाँका जनताको इजरायलले गरेको नरसंहारविरूद्व नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन् ।
अन्तर्राष्ट्रिय अदालतबाट पनि इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको अवस्थामा प्यालेस्टाइनको पक्षमा हस्ताक्षर गर्ने प्रचण्ड नेपालका पहिलो शीर्ष नेता भएका छन् ।
प्रचण्डलाई भेटे अमेरिकी मन्त्री लुले, शान्ति प्रक्रिया टुंगिन लागेकोमा खुसी
मेरो तेस्रो कार्यकाल उपलब्धिका हिसाबले निकै महत्त्वपूर्ण रह्यो : प्रचण्ड
रविको बचाउमा प्रचण्ड, सरकारले प्रतिशोध साँधेको आरोप
प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्को आगामी अधिवेशनबाट पारित गर्ने अठोटका साथ दफावार छलफललाई अघि बढाएको छ ।
समितिको आजको बैठकमा सभापति रामहरि खतिवडाले सङ्घीय निजामतीसहित विचाराधीन विधेयकलाई आगामी अधिवेशनमा पेस गर्ने तयारीका साथ निरन्तर बैठक राखी छलफल गरिने भएकाले आवश्यक सहयोग पुर्याउन सबै सदस्यसँग आग्रह गरे ।
काठमाडौं-टीकापुर हवाई उडान आइतबारदेखि
९ हजार पत्रकारको निर्वाचन : कांग्रेस–एमाले मिल्दा पनि निर्मलालाई डर ?
प्रधानमन्त्रीले उद्घाटन गरे दमकको व्यापारिक कम्प्लेक्स
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका- ३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गरेका छन् ।
दमकको मुख्य बजार क्षेत्रबाट चार किलोमिटर दूरीमा पर्ने १८ तले कम्प्लेक्स एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो ।
प्रधानमन्त्रीले एक महिनाको तलब झापाको मानवसेवा आश्रमलाई दिने
दमक भ्यू टावर सिंहदरबारबाटै हेरिने, स्थानीय तह ‘बाईपास’
नेपालमा विदेशी ‘चेन होटल’को लर्को, तर छैन कानुनी व्यवस्था
३८ प्रतिशतले बढ्यो बैंकिङ क्षेत्रको नाफा, सबैभन्दा अब्बल नबिल
विदेशी मुद्राको सञ्चिति साढे २२ खर्ब, १५ महिनाको आयात धान्ने
चार महिनामा भित्रियो सवा पाँच खर्ब रेमिट्यान्स
विशेष आर्थिक क्षेत्र : बजेटको आस, जान लाग्यो सास !
एफएनसीसीआई अध्यक्ष बन्न चुनाव नै लड्नुपर्ने, अञ्जनलाई स्वतः मौका
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा अध्यक्ष पदका लागि अबको कार्यकालपछि प्रत्यक्ष निर्वाचन हुने भएको छ ।
विशेष साधारण सभामार्फत सर्वसम्मत विधान संशोधन गर्दै महासंघले अध्यक्ष पदमा चुनावी प्रतिष्पर्धाका लागि मार्गप्रशस्त गरेको हो । २०७३ यता वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो ।
हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ अध्यक्ष भएर कार्यकाल सकिएपछि हुने वार्षिक साधारण सभाले प्रत्यक्ष निर्वाचनबाट अध्यक्षको चयन गर्ने महासंघले जनाएको छ ।
महासंघ विधान, २०७३ सातौंपटक संशोधन भएसँगै निर्वाचित अध्यक्षको कार्यकाल दुई वर्षको हुनेछ । महासंघ कार्यकारिणी समितिमा तीन जना उपाध्यक्ष रहँदै आएकोमा पाँच पुर्याइएको छ । एकजना वरिष्ठ उपाध्यक्ष रहनेछन् । वरिष्ठ उपाध्यक्षको चयन कार्यकारिणी समितिले गर्नेछ ।
जिल्ला नगरतर्फ एक थप गरी दुई उपाध्यक्ष रहने व्यवस्था गरिएको छ ।
एनआरएनएको एकता महाधिवेशनमा अवरोध नगर्न सर्वोच्चको पत्र
संसदीय समितिमा निरीह बने अर्थमन्त्री पौडेल
पहिलो भारत-नेपाल पर्यटन सम्मेलन काठमाडौंमा सम्पन्न
आय विवरण पेश गर्ने म्याद पुस मसान्तसम्म थपियो
बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा
ऋण तथा बचत सहकारीमा समस्या : बचत सुरक्षण गर्ने कि खारेज ?
प्राथमिकतामा सुरुङमार्ग, जलविद्युत् र सीमापार रेल, सम्झौताको अवधि ६ वर्ष
सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण (मंसिसर १७-२०) भ्रमणका क्रममा चीनसँग भएको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक गरेको छ ।
परराष्ट्र मन्त्रालयले मंगलबार उक्त सम्झौताको पूर्णपाठ वेबसाइटमार्फत् सार्वजनिक गरेको हो । दक्षिण तथा मध्य एसियाली मामिलाका लागि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले दुई दिने नेपाल भ्रमण सकेर फर्किएलगत्तै चीनसँग भएको महत्त्वपूर्ण सम्झौताको दस्तावेज सरकारले सार्वजनिक गरेको हो ।
सोमबार अमेरिका फर्किनुअघि मन्त्री लुले काठमाडौंमा पत्रकारमाझ नेपाल र चीनबीच हस्ताक्षरित बीआरआई फ्रेमवर्क सम्झौतासम्बन्धी दस्तावेज जारी गरेकोबारे टिप्पणी गर्ने कुरामा आफूहरूले कुर्ने बताएका थिए ।
रवि लामिछाने थप पाँच दिन हिरासत बस्नुपर्ने
रवि लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत, कास्कीले पूर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
रविको विषयमा मानवअधिकार आयोगले लियो जानकारी
रविबारे प्रचण्डको साथ मिलेपछि रास्वपाले भन्यो– हामी आभारी छौँ
रास्वालाई प्रधानमन्त्रीको कटाक्ष : सहकारी ठगीजस्तो होइन, देश चलाउने कुरा
गृहमन्त्रीले भने- रविलाई दुर्व्यवहार भएको छैन, प्रचण्डले बोल्नु दुर्भाग्यपूर्ण
रास्वपा सांसदहरूलाई सर्वोच्चले भन्यो-अवहेलना मुद्दामा किन कारबाही नगर्ने ?
सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई धरौटीमा छोड्न आदेश, तर हिरासतमै बास
नाबालिग बलात्कार आरोपमा पक्राउ परे बिर्तामोडका पूर्वमेयर शिवाकोटी
बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा
घाँसको डोको र ऊनीको टोपीबाट खुल्यो सुचिना हत्याको गुत्थी
गोरखाको बारपाक सुलिकोट गाउँपालिका-१ की १८ वर्षीया सुचिना घले यही मङ्सिर १५ गते घरबाट घाँस काट्न भन्दै मैखर्क जंगलतर्फ गइन् । धार्चे गाँउपालिका-६, कासीगाउँ माइती भएकी उनी फर्किएर नआएपछि घरमा खैलाबैला भयो ।
स्थानीय धनबहादुर गुरुङकी श्रीमती सुचिना हराएको भन्दै परिवारका सदस्यले प्रहरी चौकी बारपाक र इलाका प्रहरी कार्यालय जौबारीमा गुहार लगाए । गाउँले जुटेर खोजी गर्दा पनि नभेटिएपछि प्रहरी समेतको सहयोगमा मैखर्क जंगलमा सर्च अभियान चलाइयो ।
बारपाककी सुचिनाको हत्या : पक्राउ परे गाउँकै मनशमशेर गुरुङ
टिकटकको प्रतिबन्धमा पर्यो आयुष र एलिजेको एकाउन्ट
दीक्षालाई लप्सीले दिएको शिक्षा-‘पढेको मान्छेले कोदालो नसमाउने परम्परा चिर्नु पर्छ’
अस्ताउँदो घाममा मनमोहक हिमाल र काठमाडौं (तस्बिरहरू)
सहकारी बचतकर्ताले बुझाए आयोग समक्ष ध्यानाकर्षण
खुल्यो कमलादीमा भासिएको सडक, अब सवारी एकतर्फी (तस्बिरहरू)
कालीगण्डकी करिडोर : पहिरोग्रस्त क्षेत्रमा निर्माण रोकियो
एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना दिन स्वास्थ्य मन्त्रालयको अपिल
सुदूरपश्चिमका पहाडमा हिमपात, जनजीवन प्रभावित
वर्षासँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । जिल्लाको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको हो ।
उच्च लेकाली क्षेत्रमा वर्षासँगै हिमपात भएको बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए । बैतडीसँगै, डडेल्धुरा, डोटीलगायतका पहाडी जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएको छ ।
दार्चुलामा हिमपात र वर्षा, चिसो बढ्यो
अन्तर्राष्ट्रिय…
ईरानले सीरियाका बशरलाई दिएको पौने नील स्वाहा
सन् १९७९ को इस्लामिक क्रान्तिपछि ईरानमाथि पश्चिमा मुलुकले त निशाना साँधिरहेका छन् नै, छिमेकी मुलुकहरूसँग पनि तेहरानको दुश्मनी बढिरहेको छ ।
इस्लामिक क्रान्तिको दोस्रो वर्ष सन् १९८० मै ईरानमाथि इराकले हमला गरिदियो । सो युद्ध सन् १९८८ सम्म चल्यो । साउदी अरबसँग पनि ईरानको सम्बन्ध तिक्ततापूर्ण रह्यो । दुबै देशबीच हालसम्म विश्वासको वातावरण बन्न सकेको छैन ।
संसद् आक्रमणको २३ वर्ष: प्रधानमन्त्री मोदीलगायत विपक्षी नेताहरूले दिए श्रद्धाञ्जली
घुस लिएको आरोप पुष्टि भए पछि चीनका पूर्व फुटबल प्रशिक्षक जेल चलान
आपसी सहकार्यलाई थप मजबुत बनाउन भारत र इजिप्ट सहमत
शिख धर्म ग्रन्थको अपमान गर्ने पाकिस्तानीलाई अस्ट्रेलियाद्वारा देश निकाला
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
भारतको एक अस्पतालमा आगलागी, छ जनाको मृत्यु
बेलायतमा हाडा नाता बिहेवारी बढेपछि प्रतिबन्ध लगाउन माग
दक्षिण कोरियाका पूर्वरक्षामन्त्रीको हिरासतमै आत्महत्या प्रयास
देश छोडेर भागेका सिरियाका राष्ट्रपति मस्कोमा, विद्रोही नेताले गरे सम्बोधन
देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसार अल-असद मस्को पुगेका छन्। रुसको राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनलाई रुसले नै शरण दिनेछ। हायात ताहिर अल साम (एचटिएस)ले राजधानी दमासकस कब्जामा लिएपछि असद भागेर रुस गएका हुन्।
आइतबार नै विद्रोही शक्ति एचटिएसका नेता अबु मोहम्मद अल जलवानी सार्वजनिक भए। उनले पुरानो दमासकसको उमायाद मस्जिदमा उपस्थित हुँदै कार्यक्रमलाई सम्बोधन गरे।
दक्षिण कोरियाली राष्ट्रपतिमाथि दोस्रो पटक महाअभियोग प्रस्ताव दर्ता
भारतीय सेनाको गोली लागी सातमा ओवादी विद्रोहीको मृत्यु
अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको निन्दा
युक्रेनको जापोरिजियामा भएको रूसी आक्रमणमा १० जनाको मृत्यु
एफबीआई निर्देशक रेको राजीनामा, ट्रम्पले खुसी हुँदै भने-अमेरिकाकै लागि ठूलो दिन
कतारले बेलायतसँग थप १२ टाइफुन लडाकु विमान किन्ने
विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कन सिरियाली नवनियुक्त प्रधानमन्त्रीको आग्रह
फ्रान्स र जर्मनीले सिरियाको नयाँ नेतृत्वसँग सहकार्य गर्ने
खेलकुद…
चितवनको फितलो ब्याटिङ, विराटनगरसँग ५१ रनको हार
नेपाल प्रिमियर लिग अन्तर्गतको शुक्रबारको खेलमा चितवन राइनोजका ब्याटर चल्न नसक्दा विराटनगर किङसले ५१ रनको जित हात पारेको छ ।
कीर्तिपुर मैदानमा टस हारेर १८२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन मात्रै बनाएको हो ।
विराटनगर भर्सेस चितवन : सन्दीपको पहिलो दुई विकेट, एक बलमै १५ रन
कर्णाली ५ रनले विजयी, प्लेअफमा पर्ने बलियो सम्भावना
सुदूरपश्चिमसँग जनकपुरको लज्जास्पद पराजय
एनपीएलबाट बाहिरियो रोहित नेतृत्वको लुम्बिनी लायन्स
लुम्बिनीका ८ खेलाडीले बनाउन सकेनन् दोहोरो रन, काठमाडौं १८ रनले विजयी
सोहल, नरेन र हर्शलाई पछि पार्दै कर्णालीका विलियमको कीर्तिमान
ओपनर नचल्दा पनि पोखराविरुद्ध कर्णाली ७ विकेटले विजयी
प्रतिक्रिया