आजका समाचार : कुलिङ पिरियड’ हटाउन खोज्दै एमाले, विद्याको पक्षमा बाेल्नेलाई कारबाही र बंगलादेशमा जहाज खस्दा १९ जनाको मृत्यु | Khabarhub Khabarhub

आजका समाचार : कुलिङ पिरियड’ हटाउन खोज्दै एमाले, विद्याको पक्षमा बाेल्नेलाई कारबाही र बंगलादेशमा जहाज खस्दा १९ जनाको मृत्यु


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


939
Shares
  • change font
  • change font
  • change font

कांग्रेसलाई थाहै नदिई ‘कुलिङ पिरियड’ हटाउन एमालेको चलखेल
कुनै समान उद्देश्य र कारणले केही व्यक्ति वा समूह मिलेर एकसाथ संयुक्त सहयोग दिएर कुनै काम गर्नुलाई गठबन्धन भनिन्छ । गठबन्धनहरू अस्थायी, स्थायी वा परिस्थितिअनुसार बन्न सक्छन् । नेपाली राजनीतिमा पछिल्लो समय गठबन्धन संस्कृति बढ्दै गएको छ ।

संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले जनचाहनाबमोजिम राष्ट्रिय हितको रक्षाका लागि भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्ने उद्देश्यका साथ २०८१ असारमा गठबन्धन गरेका थिए । उनीहरूले ०८१ असार १७ गते सात बुँदे सहमति गरेर सत्तायात्राको थालनी गरेका थिए । कांग्रेस–एमालेले आधार र न्यूनतम् साझा कार्यक्रम तर्जुमा गरेर सहमतिको सरकार सञ्चालन गर्ने विषयलाई सहमति पत्रमै उल्लेख गरेका थिए ।

तर, संघीय निजामती सेवासम्बन्धी विधेयकमा व्यवस्था गरिएको ‘कुलिङ पिरियड’को प्रावधानमाथि भएको छेडखानीमा सरकारको नेतृत्व गरिरहेको एमाले फरक भूमिकामा देखिएको छ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकमा सर्वसम्मतले राखेको दुईवर्षे ‘कुलिङ पिरियड’को प्रावधान हटाउन एमालेले माथिल्लो संसद्मा चलखेल गरेको छ ।

एमालेले राष्ट्रिय सभामा आफ्ना सांसदहरूलाई ‘कुलिङ पिरियड’ हटाउनका लागि सामूहिक संशोधन प्रस्ताव दर्ता गर्न लगाएको छ । एमालेले आइतबार राष्ट्रिय सभामा पार्टीका प्रमुख सचेतक रहेका गोपाल भट्टराईको अगुवाइमा पाँच जना सांसदहरूमार्फत् संशोधन प्रस्ताव दर्ता गराएको हो ।

चाक्सीबारी बैठक : संविधान संशोधनबारे बहस चलाउनुपर्ने निष्कर्ष

चाक्सीबारी बैठक : सरकारले जनहितमा काम गर्नुपर्नेमा जोड

वीर अस्पतालको इमर्जेन्सीमा ७२ शैया थप्ने तयारी 

स्वास्थ्यमन्त्रीको गुनासो- नेताको पावर लगाएर सरुवा रोक्ने प्रवृत्तिले उपत्यकाबाहिर चिकित्सक पठाउन गाह्रो

कृषिक्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख छ : मन्त्री अधिकारी

स्वास्थ्यमन्त्रीको एक वर्ष : सीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी

केरुङमा फसेका नेपालीको उद्धार गर्न आग्रह

कांग्रेसका संस्थापन पक्षीय पूर्वपदाधिकारीहरू चाक्सीबारीमा 

कांग्रेस महामन्त्री, गृहमन्त्री र प्रमुख सचेतकबीच भूमिसम्बन्धी विधेयकबारे छलफल

ओलीको चेतावनी- विद्या भण्डारीको पक्षमा बोल्दै नहिँड्नु, नत्र कारबाही हुन्छ
प्रमुख सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्या भण्डारीलाई लिएर कठोर बन्दै गएका छन् ।सोमबारदेखि ललितपुरको च्यासलमा सुरू भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले पूर्वराष्ट्रपतिको पक्षमा लाग्नेलाई कडा कारबाहीको चेतावनीसमेत दिएका छन् ।

उनले बैठकलाई सम्बोधनका क्रममा विद्या भण्डारीको पक्षमा लाग्नेहरूविरुद्ध आफू कठोर बन्न तयार रहेको चेतावनीसमेत दिएको एकजना केन्द्रीय सदस्यले खबरहबलाई बताएका छन् ।

उनले केही नेताहरूतिर इंगित गर्दै पूर्वराष्ट्रपति भण्डारीको प्रवक्ता बन्दै हिँडेकोसमेत टिप्पणी गरेका छन् । उनले त्यसरी पूर्वराष्ट्रपतिको प्रवक्ता बन्नेहरूलाई कडा कारबाहीको चेतावनीसमेत दिएको ती केन्द्रीय सदस्यले बताएका छन् ।

पूर्वराष्ट्रपति भण्डारीसँग आफूले आइतबार च्यासलमा करिब २ घण्टा लामो संवाद गरेको बताउँदै ओलीले त्यसबेला केही सुझाव पनि दिइसकेको उल्लेख गरे । आफूले दिएका सुझावबारेमा पूर्वराष्ट्रपतिले जवाफ दिइनसकेको पनि ओलीले बैठकमा बताएका छन् ।

भीम रावलको कटाक्ष : ओलीको अतृप्त सत्ता भोक शान्त पार्न कार्यदल बनाउनू

तस्बिरमा एमाले केन्द्रीय कमिटी बैठक

प्रधानमन्त्रीले भने- एमालेमाथिका योजनाबद्ध आक्रमणको एकताबद्ध सामना गर्छौँ

एमालेमा थपिए एक लाख ३९ हजार नयाँ सदस्य, कूल संख्यामा २८ प्रतिशतले वृद्धि

ओलीको गुनासो- एमालेमाथि लगानी गरेरै हमला हुँदैछ, पोलिटब्युरोमा एक भयौँ, फेरि चलखेल भयो

ओलीको चेतावनीयुक्त सम्बोधनपछि बोल्ने पालो केन्द्रीय सदस्यहरूको

विरोधीहरूले हामीसँग प्रतिस्पर्धा गर्न सक्दैनन् : ओली

सिग्देल र पहारीको तर्क- पूर्वराष्ट्रपति राजनीतिमा आउनु हुँदैन, एमालेमा ओलीको विकल्प छैन

अर्थमन्त्री र चीनको सिड्का अध्यक्षबीच भेट, चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग ९सिड्का० का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।

अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध लगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र अब सञ्चालन हुने परियोजनाहरुका बारेमा छलफल भयो । द्विपक्षीय भेटवार्ता पश्चात् ४ वटा परियोजनाका समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम सम्पन्न भयो ।

चितवनको भरतपुरस्थित बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्टशन निर्माण सम्बन्धी परियोजनाको र निजामती कर्मचारी अस्पतालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भयो। जसमा नेपालको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीनको तर्फबाट सिड्का अध्यक्षले हस्ताक्षर गरे ।

घुसकाण्डमा जोडिएका पूर्वमन्त्री गुप्तालाई अख्तियारले बोलायो

अब बालुवाटार र नक्सालमा पनि मेलम्चीको खानेपानी

समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधारको आवश्यकता : अध्यक्ष प्रचण्ड 

समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधार आवश्यक : प्रचण्ड

‘डार्क फाइल’ प्रकरण : छद्म नाममा प्रहरी कार्यालय छिरेका तिमल्सिना पक्राउ 

श्रम अदालतमा एक वर्ष नाघेका मुद्दा शून्य

टाढिन लागेको भन्दै काभ्रेमा प्रेमिकाको हत्या !

कृषिमन्त्रीले भने- कृषकलाई दिइने सहुलियत र सेवा प्रवाहमा क्रमिक सुधार भएको छ

अध्यागमन कार्यालयमा प्रमुखसहित ४५ नयाँ अधिकृत खटिए

साउनको पहिलो सोमबार पशुपतिनाथमा दर्शनार्थीको भीड

आज साउन महिनाको पहिलो सोमबार । काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको छ । साउन भगवान शिवको महिना मानिन्छ र सोमबार प्रिय बार भएकाले यस दिन पशुपतिनाथमा दर्शन गर्न व्रतालु तथा श्रद्धालुको भीड लागेको हो । यस दिन विशेषगरी आशुतोष भगवान शिवको पूजा तथा आराधना गरिन्छ ।

नेपालमा सौरमासअनुसार सोमबार व्रत गर्ने परम्परा छ। तर पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवैअनुसार साउन महिनाका सोमबार विशेष भीड लाग्ने गर्दछ । यस वर्ष साउन महिनामा चारवटा सोमबार परेको छ ।

देवघाटमा स्नान गर्ने भक्तजनको घुइँचो

साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा दर्शनार्थीको भीड (तस्बिरहरू)  

बाढीपहिरोले मुख्य ६ राजमार्ग अवरुद्ध, पाँचवटा एकतर्फी सञ्चालन

बागलुङ नगर अस्पताल भवन निर्माण : चार वर्षमा आधा मात्रै काम

राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी

वर्षातमा पनि आगलागीका घटना

श्रावणको पहिलो सोमबार म्याग्दीको गलेश्वरधाममा भक्तजनको भीड (तस्बिरहरू)

अम्रिसो खेतीबाट आम्दानी गर्दै कञ्चनपुरको चुरेफेदको सामुदायिक वन

मनाङमा ३७ हजार विदेशी पर्यटक भित्रिए

बंगलादेशमा विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, १६४ घाइते, मंगलबार राष्ट्रिय शोक घोषणा
बंगलादेशमा विद्यालय भवनमा विमान ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । दुर्घटनामा अरु १ सय ६४ जना घाइते भएका छन् ।

वायुसेनाको विमान स्थानीय समयअनुसार सोमबार सोमबार १ बजेर १८ मिनेट जाँदा राजधानी ढाकाको उत्तरा क्षेत्रमा रहेको विद्यालय भवनमा ठोक्किएको हो । बंगलादेशी वायुसेनाको एफ–७ लडाकु विमान दुर्घटनामा परेको बंगलादेशी सञ्चार माध्यमले जनाएका छन् ।

उक्त जहाजले वायुसेनाको प्रशिक्षणका लागि उडान भरेको थियो । बंगलादेशको ढाका ट्रिब्युन अनलाइनका अनुसार उक्त विमान माइलस्टोन स्कुल तथा कलेजको भवनमा ठोक्किएको हो । घाइते हुनेमा अधिकांश विद्यार्थी रहेको बंगलादेशको प्रोथोम आलो अखबारको अनलाइन संस्करणले जनाएको छ ।

अमेरिकाको वेल्स फार्गो बैङ्कका कर्मचारीलाई ‘आपराधिक अभियोगमा’ चीन छोड्न प्रतिबन्ध

अफगानिस्तानमा बालबालिकालाई लक्षित गर्दै पोलियो खोप अभियान सुरु

फ्रान्सेली विदेशमन्त्री किएभमा

बङ्गलादेशद्वारा गहुँ आयातका लागि अमेरिकासँग सम्झौता

पाकिस्तानमा मनसुनी प्रकोपका कारण मृत्यु हुनेको सङ्ख्या २ सय १६ पुग्यो

इन्डोनेसियामा पानीजहाजमा आगलागी हुँदा तीन जनाको मृत्यु, पाँच सयभन्दा बढीको उद्धार

पाकिस्तानमा बाढी पहिरोका कारण २ सय जनाभन्दा धेरैको मृत्यु

चीन र इयुको शिखर सम्मेलन बिहीबार

प्राविधिक गडबडीका कारण अलास्का एयरलायन्सका उडान अवरूद्ध

पदमै रहने जापानका प्रधानमन्त्री इशिबाको चाहना

ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो शेयर गरेपछि…































प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ८ : ०० बजे

नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी

अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा

रसुवा – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

कैलाली – यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं

धनगढीका सहायक वन अधिकृत यादव घुससहित रंगेहात पक्राउ

धनगढी – डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण

सिरहा कारागार झडपबारे प्रतिवेदन तयार

सिरहा – जिल्ला कारागार सिरहामा आइतबार भएको कैदीबन्दीबीचको झडप सम्बन्धमा