आजका समाचार : सातामा दुई दिन बिदा, नवनियुक्त सभामुख र महान्याधिवक्ताले लिए शपथ, ओली-लेखकको हिरासत बसाइ लम्बियो र मध्यपूर्वमा युद्धको दायरा विस्तार « Khabarhub

आजका समाचार : सातामा दुई दिन बिदा, नवनियुक्त सभामुख र महान्याधिवक्ताले लिए शपथ, ओली-लेखकको हिरासत बसाइ लम्बियो र मध्यपूर्वमा युद्धको दायरा विस्तार


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

शैक्षिक संस्था र सरकारी कार्यालयमा शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

सरकारले सातामा दुई दिन सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सातामा शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो ।

सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार दुई दिन सरकारी कार्यालय र शैक्षिक संस्था बिदा दिने निर्णय गरेको छ ।

नयाँ शैक्षिक सत्र आगामी वैशाख १५ देखि सुरु गर्ने सरकारको निर्णय

नवनियुक्त महान्याधिवक्ता डा. कँडेलको शपथ

महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त

३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाइएको रहेछ : गृहमन्त्री गुरुङ

डीपी सभामुखमा निर्वाचित हुँदा स्वर्णिमले सम्झिए यी तीन पूर्वसभामुख

संसद्लाई निष्पक्ष र गरिमामय बनाउने जिम्मेवारी सभामुख अर्यालको काँधमा आएको छ : कानुनमन्त्री

मापदण्डबाहिर विदेशी सम्बन्धनका दर्जनौँ कलेज, बालेन सरकारले नियमनको कार्यसूचीमै राखेन

सभामुख अर्यालले संसदीय अभ्यासलाई थप सुदृढ बनाउन भूमिका खेल्नुहुन्छ : सभापति लामिछाने

पदभार ग्रहण गर्दै महान्यायाधिवक्ता कँडेलले भने- कानुनको सीमाभित्र रहेर काम गर्छु 

युवाले फेरि आन्दोलन गर्नु नपर्ने गरी कानुन र नीति बनाउँछु : सभामुख अर्याल

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आगामी दिनमा जेन-जी युवाले आन्दोलन गर्न नपर्ने गरी कानुन, नीति र नियम बनाउन आफूले ध्यान दिने बताएका छन् ।

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उनले धेरै जनाको ज्यान जाने र भौतिक क्षति हुने गरी भएको जेन-जी आन्दोलनपछिको निर्वाचनबाट आफूहरू नेतृत्वमा आएकाले आगामी दिनमा त्यस्तो घटना नहोस् भन्नेतर्फ ध्यान दिने बताएका हुन् ।

सभामुख अर्यालले आन्दोलनमा ध्वस्त भएका संरचना बनाउन नयाँ कानुन आवश्यक नपर्ने र आवश्यक परे नयाँ कानुन बनाएर छिटो संरचना बनाउने गरी काम गर्नुपर्नेमा जोड दिए । उनले संसद्को गरिमा, मर्यादा र प्रभावकारिता कायम राख्दै निष्पक्ष, सन्तुलित र उत्तरदायी ढङ्गले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

निर्वाचित सभामुख भन्छन्- संविधान र कानुनको पालना गर्छु संसद्को मर्यादा जोगाउँछु

डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित

उद्यमीबाट सभामुखसम्म – यस्तो छ अर्यालको राजनीतिक यात्रा

राष्ट्रिय सभा उपाध्यक्षसहितका पदमा चार दलको भागबन्डा

राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लीला भण्डारी सर्वसम्मत हुँदै

बल्ल दलको नेता छान्ने सुरसारमा कांग्रेस, सोमबारका लागि डाकियो बैठक

प्रचण्डले झक्कुलाई तोके राष्ट्रियसभा दलको नेता

नवनिर्वाचित सभामुखले सदनमा निष्पक्ष भूमिका निर्वाह गर्नेमा विश्वस्त छु : अध्यक्ष हर्क

रेशम चौधरीलाई पक्रन फर्जी पत्र काट्ने शाखा अधिकृत विष्ट दोषी ठहर

लिखतसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई दोषी ठहर गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीका तत्कालीन अध्यक्ष रेशमलाल चौधरीलाई पक्राउ गर्न फर्जी पत्र जारी गरेको अभियोगमा उनी दोषी ठहर भएका हुन् । गत वर्षको वैशाख १७ गते शाखा अधिकृत विष्टले जारी गरेको फर्जी पत्रका आधारमा चौधरी पक्राउ परेका थिए ।

शंकर अग्रवाल छुट्दा छोरा शुलभलाई थपियो ५ दिन म्याद

कांग्रेस नेता खड्का अझै ७ दिन हिरासतमा रहने

ओली-लेखकको हिरासत बसाइ लम्बियो, थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकको हिरासत बसाइ लम्बिएको छ । काठमाडौं जिल्ला अदालतले थप अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न अनुमति दिएसँगै उनीहरुको हिरासत बसाइ लम्बिएको हो ।

ओलीको बयान : प्रधानमन्त्रीले सिधै गोली चलाउने आदेश दिँदैन, संकटमा सेनाले सहयोग गरेन

युवा संघका नेता पक्राउ गरेपछि महेश बस्नेत आक्रोशित

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीलाकुमारी निर्विरोध

पश्चिम एशिया युद्धले युक्रेन ओझेलमा

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पश्चिम एशियामा चर्किंदै गएको युद्धले युक्रेनलाई अन्तर्राष्ट्रिय प्राथमिकताबाट पछाडि धकेल्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

उनका अनुसार इरान केन्द्रित अमेरिकी–इजरायली सैन्य संलग्नता लम्बिँदै जाँदा वासिङ्टनको ध्यान विभाजित भइरहेको छ, जसले युक्रेनका लागि आवश्यक सैन्य सहयोग अझ कमजोर हुनसक्ने सङ्केत देखिएको छ ।

इस्तानबुलमा एसोसिएटेड प्रेससँग शनिबार राति भएको विशेष अन्तर्वार्तामा जेलेन्स्कीले स्पष्ट रूपमा भने, “हामीले स्वीकार्नुपर्छ कि हामी अहिले प्राथमिकतामा छैनौँ ।” उनले लामो समयसम्म इरानसँगको युद्ध जारी रहे युक्रेनले पाउने सहयोग झन् घट्ने डर व्यक्त गरे ।

मध्यपूर्वमा युद्धको दायरा विस्तार

चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

माल्दिभ्सका मतदाताद्वारा एकैपटक चुनाव गर्ने प्रस्ताव खारेज

साउदी अरबको ‘शम्स’ उपग्रह सफल प्रक्षेपण, अन्तरिक्षमा नयाँ उपलब्धि

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल–अमेरिकासँगको सम्बन्ध आरोप

अमेरिकामा इरानी सैन्य कमान्डर कासिम सुलेमानीका आफन्त पक्राउ

इरानको दाबी : अमेरिकी रेस्क्यू अपरेसनमा संलग्न अमेरिकी विमान खसालियो

अमेरिकी सैन्य अधिकारीको उद्धार गरेको ट्रम्पको दाबी, भन्छन्- ‘हामीले सकुशल पायौँ’

बेपत्ता अमेरिकी लडाकु विमानको खोजी बन्यो प्रतिष्ठाको विषय

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ७ : ५९ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु