साप्ताहिक अर्थसंक्षेप : ०४८ सालपछि महत्वाकांक्षी आर्थिक सुधार भएको अर्थमन्त्रीको दाबी, विद्युतीय गाडी नारामै विवाद, नागढुंगा सुरुङलाई जापानको थप साढे ५ अर्ब ऋण र भारतमा ब्याजदर ५.२५ प्रतिशतमै कायम « Khabarhub

साप्ताहिक अर्थसंक्षेप : ०४८ सालपछि महत्वाकांक्षी आर्थिक सुधार भएको अर्थमन्त्रीको दाबी, विद्युतीय गाडी नारामै विवाद, नागढुंगा सुरुङलाई जापानको थप साढे ५ अर्ब ऋण र भारतमा ब्याजदर ५.२५ प्रतिशतमै कायम


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दुई भन्सारबाट भित्रिएका ७७५ ईभी पाँच जिल्ला पुगेपछि किन समातिए ?

सीमा र भन्सार सुरक्षाको जिम्मा पाएको सशस्त्र बलले बुधबार राति ७ सय ७९ वटा विद्युतिय सवारीसाधन (इभी) भन्सार छलेर चीनबाट नेपालतर्फ भित्र्याइएको सूचनाका आधारमा नियन्त्रणमा लियो ।

जसमध्ये ७७५ वटा गाडी बीवाईडी ब्रान्डका छन् । सशस्त्रले सोही सूचनाअनुरूप ती गाडी नियन्त्रणमा लिन रात्री गस्ती चलायो । फलस्वरुपः रातारात नेपाल भित्राइएका ७७५ वटा बीवाईडी ब्रान्डका कार कास्की, पर्वत र मुस्ताङमा फेला पारेको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता विष्णुप्रसाद भट्टले खबरहबलाई बताए।

आर्थिक विधेयकबाट १७ पृष्ठ गायब, पटक–पटक संशोधन गरेका अर्थमन्त्रीमाथि होला अनुसन्धान ?

स्वस्तिक आयाल प्रकरणमा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग

आर्थिक विधेयकबाट १७ पृष्ठ गायब, पटक–पटक संशोधन गरेका अर्थमन्त्रीमाथि होला अनुसन्धान ?

स्वर्णिमले भने- ४८ सालपछि पहिलोपटक महत्वाकांक्षी आर्थिक सुधार भएको छ

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रको आत्मविश्वासलाई पुनः स्थापित गर्ने गरी सरकारले अर्थतन्त्रमा महत्वकांक्षी सुधारको घोषणा गरेको बताएका छन् ।

नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु फिन इलेक्ट्रो–टेक उद्घाटन गर्दै मन्त्री वाग्लेले अस्पष्ट ऐन, नियमावली, कार्यविधिको सुधारका साथ निजी क्षेत्रको आत्मविश्वासलाई पुनः स्थापित गर्ने गरी अर्थतन्त्रमा महत्वकांक्षी सुधारको घोषणा गरेको बताएका हुन् ।

कुमारी बैंकद्धारा इलाममा वृक्षारोपण कार्यक्रम

नेप्से परिसूचक ११ अंकले घट्यो

नेपालमा सुरु भयो उबरको सेवा (तस्बिरहरू)

सांसद राना भन्छन् : ‘स्वर्णिम’ बजेटले किसान र विपन्नलाई हेरेन, गरिबको जीवनस्तर सुधार्ने कार्यक्रम ल्याएन

भारतले ब्याजदर ५.२५ प्रतिशतमै कायम राख्यो

ट्रम्पले भने- भारत–अमेरिका व्यापार सम्झौता छिट्टै टुंगिनेछ

वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो

निर्माण कार्य अलपत्र पारिएका कञ्चनपुरका १५ वटा सडक आयोजनाका ठेक्का तोडिएको छ ।

पूर्वाधार विकास कार्यालयले निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालयबीच भएको सम्झौताअनुसार ठेक्का सम्पन्न गरिसक्नुपर्नेमा थप म्यादसमेत समाप्त भइसक्दा पनि काम सम्पन्न नभएपछि ती आयोजनाका ठेक्का तोडेको हो ।

जगदम्बा मोटर्सद्वारा टीभीएसका दुई प्रिमियम मोटरसाइकल सार्वजनिक

चौकिटोल र लालझाडी पुल निर्माणको प्रगति ७० प्रतिशत

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख बढी राजस्व सङ्कलन

विद्युतीय पब्लिक गाडी प्रवर्द्धन नारामै विवाद, ५ प्रतिशत करले सेवा दिनै कठिन

साझा यातायातका प्राविधिक सल्लाहकार भूषण तुलाधरले ५ प्रतिशत विद्युतीय करको असर सबैभन्दा बढी सार्वजनिक विद्युतीय बस सञ्चालकमा परेको बताएका छन् । आर्थिक वर्ष २०८३/०८४ को बजेटमा ५० युनिट बढी विद्युत् खपत गरेमा ५ प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ ।

तुलाधरका अनुसार भन्सार करका कारण मिनिबसको खरिद मूल्य वृद्धि भइसकेको अवस्थामा विद्युतीय करले थप आर्थिक दबाब सिर्जना गर्नेछ । यसले सार्वजनिक सवारीको सञ्चालन खर्च अझ बढ्ने उनको भनाइ छ ।

पाकिस्तानको निर्यात मे महिनामा ९.५९ प्रतिशतले बढ्यो

ग्लोबल आइएमईको अगुवाइमा सुपर तमोरका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

राष्ट्रिय गौरवको आयोजनामा अलमल : कालीगण्डकी करिडोर अधुरो

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

वीरगञ्ज नाकाबाट १० महिनामा २० अर्ब ७९ करोडको खाद्यान्न आयात

अर्थमन्त्रीको गैरकानुनी हर्कत, आर्थिक विधेयकमा सुटुक्क ११ पेज हटाए

बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सूचना प्रविधि क्षेत्रलाई नेपालको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा स्थापित गर्ने दिशामा सरकारले लिएका सकारात्मक नीतिगत कदमहरूको नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस कम्पनीले स्वागत गरेको छ ।

नेपालको आइटी निर्यात वृद्धि, विदेशी मुद्रा आर्जन, उच्च गुणस्तरीय रोजगारी सृजना तथा नेपाललाई विश्वव्यापी डिजिटल सेवा गन्तव्यका रूपमा स्थापित गर्न सकारात्मक योगदान पुर्याउने विश्वास लिँदै कम्पनीले विज्ञप्तिमार्फत बजेटको स्वागत गरेको जनाएको छ ।

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

नागढुंगा सुरुङमार्गका लागि जापानको थप ५ अर्ब ५० करोड ऋण स्वीकृत

तनहुँ जलविद्युत् आयोजना : मुख्य बाँध ५० प्रतिशत पूरा

ऊर्जा संकटबीच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड

आगामी वर्ष १६ खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य

अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुँदा ७४ खर्ब ५८ अर्बको कुल गार्हस्थ्य उत्पादन पुग्ने प्रक्षेपण गरिएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार सङ्घले बजेटपछिको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री वाग्लेले पाँच वर्षको समयावधिलाई दृष्टिगत गरी बजेट ल्याइएको बताउँदै आगामी वर्ष करिब १६ खर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएको बताए।

ठूलो आकारको बजेट आउँदा समानीकरण अनुदान प्रभावित हुने स्थानीय सरकारलाई चिन्ता

बजेटले बिच्कियो स्वास्थ्य क्षेत्र, बिरामीमाथि रोगसँगै करको भार

मे महिनामा भित्रिए एक लाखभन्दा बढी विदेशी पर्यटक

तनहुँमा करिब १५ हजार प्रतिष्ठानको आर्थिक गणना

५ प्रतिशत भ्याट ट्रान्सफर्मर, ट्रान्समिसन लाइन र सबस्टेसन अपग्रेड गर्न हो : प्रधानमन्त्री

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बजेटमार्फत विद्युत् उपभोगमा लगाइएको ५ प्रतिशत भ्याट ट्रान्सफर्मर, ट्रान्समिसन लाइन र सबस्टेसन अपग्रेड गर्नको लागि भएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले सो रकम धेरै नभएको बताएका हुन् ।

बजेटले अर्थतन्त्र चलायमान बनाउने आशा र विश्वासको नयाँ आधार सृजना गर्यो : सिबिफिन

जुम्लाको जोगिबाँडामा पक्की पुल निर्माण गरिँदै

आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेका छौँ : मुख्यमन्त्री बानियाँ 

दश महिनामा एकतिस अर्ब एकतिस करोडका सवारीसाधन आयात

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

बजेट ठूलो होइन, जिडिपीको तुलनामा सानो हो : अर्थमन्त्री वाग्ले

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

अर्थमन्त्रीले भने- तलब वृद्धि २१ प्रतिशत नै हो

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ६ : ५५ बजे

होल्डिङ सेल्टरमा भेषराजको मृत्युको कारण : रोग कि व्यवस्थापनको कमजोरी ?

काठमाडौं– उपत्यकाका विभिन्न सुकुम्वासी बस्तीमा सरकारले डोजर चलाएपछि विस्थापित बनेका

बिपी राजमार्ग : रातको समयमा अनिश्चितकालीन बन्द थप

काभ्रेपलाञ्चोक– बेमौसमी वर्षासँगै आउने पहिरोका कारण दिनानुदिन बिपी राजमार्ग अवरुद्ध हुन

त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता

दमौली– तनहुँको देवघाट गाउँपालिका–४ गाईघाटस्थित त्रिशूली नदीमा माछा मार्ने क्रममा

सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चाँदनी सुक्खा बन्दरगाह अवलोकन

महेन्द्रनगर– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसहितको टोलीले आज कञ्चनपुरको दोधारा चाँदनीमा