आजका समाचार : ओलीजस्तै शक्ति थुपार्दै बालेन, हर्कले मागे प्रधानमन्त्रीको राजीनामा र सीईओ पाण्डेलाई रिहा गर्न सर्वोच्चको आदेश « Khabarhub

आजका समाचार : ओलीजस्तै शक्ति थुपार्दै बालेन, हर्कले मागे प्रधानमन्त्रीको राजीनामा र सीईओ पाण्डेलाई रिहा गर्न सर्वोच्चको आदेश


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

केपीकै शैलीमा शक्ति थुपार्दै बालेन, अन्तरिम सरकारले फर्काएको गुप्तचर विभाग आफैंतिर ताने
प्रधानमन्त्री वालेन्द्र शाहका पछिल्ला गतिविधि नेकपाकालमा शक्तिशाली प्रधानमन्त्री बनेका केपी शर्मा ओलीसँग मिल्दाजुल्दा देखिन थालेका छन्।

नेकपाको पालामा दुईतिहाइको शक्तिशाली सरकार हुँदा केपीले राज्यका महत्वपूर्ण निकायलाई आफूमातहत राखेर शक्ति केन्द्रिकरण गरेका थिए ।

अहिले बालेन पनि ओलीकै त्यही कुराको सिको गर्दै शक्ति थुपार्न जुटेका छन् । उनले पछिल्लो पटक एकमात्रै गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागलाई गृहमन्त्रालयबाट तानेर प्रधानमन्त्री कार्यालयमै ल्याएका छन् ।

शाहले अन्तरिम सरकारका पालामा गृह मन्त्रालय मातहतको उक्त विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत नै तानेका हुन् ।

बुधबार पारित कार्यसम्पादन नियमावली २०८३ अनुसार विभागलाई प्रधानमन्त्री कार्यालयमातहत राखिएको छ।

जेन-जी प्रतिनिधिले गरे संविधान संशोधन छलफल बहिष्कार : सरकारलाई ६ बुँदे चेतावनी

रास्वपा सभापतिमा रवि नै दोहोरिने सम्भावना छ : कविन्द्र बुर्लाकोटी

अनौपचारिक शिक्षा तथ्यांक एकीकृत गरिँदै

विदेशी मल आयात रोक्न स्वदेशमै उत्पादन बढाउनुपर्छ : मन्त्री चौधरी

सहकारी ठगीमा रास्वपाका अर्का नेता पनि जोडिए, रेग्मीसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी

सीईओ पाण्डेलाई हाजिरी जमानीमा छाड्न सर्वोच्चको आदेश

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति पाण्डेलाई सर्वोच्च अदालतले हाजिरी जमानीमा रिहा गर्न शुक्रबार आदेश दिएको छ।

गैरकानुनी थुनामा राखिएको भन्दै ज्योतिकी श्रीमती निरू दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले पाण्डेलाई एकजना वरिष्ठ अधिवक्ताको रोहबरमा राखेर हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको हो । पाण्डेलाई हाजिरी जमानीमा छाडे पनि अनुसन्धान प्रक्रिया अघि बढाउन अदालतले निर्देशन दिएको छ ।

रास्वपापछि राप्रपालाई पनि लाग्यो महाधिवेशन, आगामी केन्द्रीय कार्यसम्पादन समितिले मिति तोक्ने

प्रधानमन्त्री बालेनको राजीनामा माग्दै हर्क साम्पाङको विज्ञप्ति : ‘सदनको अपमान गरेको’ आरोप

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग गरेका छन् । विज्ञप्ति जारी गर्दै सांसद राईले प्रधानमन्त्री शाह संसदीय अभ्यासमा गैरजिम्मेवार देखिएको र संसदको अपमान गरेको आरोप लगाउँदै पदत्याग गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा प्रधानमन्त्री शाहले जेठ २८ गते राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा सभा छोडेर बाहिरिएको, जेठ ३० गते छलफलका क्रममा उपस्थित नभएको र नजिकैको कार्यालयमा बसेर संसदको गतिविधि ‘लाइभ’ हेरे पनि सदनमा जवाफ दिन नआएको उल्लेख छ । सांसद राईले प्रधानमन्त्रीका यी कार्यहरूलाई संसदीय परम्पराको बेवास्ता र ‘संसदीय अभ्यासको इतिहासमा कालो धब्बा’ को संज्ञा दिएका छन् ।

“जनताको सार्वभौम सदनलाई अपमान गरेर त्यही संसदबाट चुनिएका प्रधानमन्त्री कुन नैतिकताको आधारमा कुर्सीमा बसिरहेका छन् ?” विज्ञप्तिमा प्रश्न गरिएको छ, “कर्तव्य पूरा गर्न नसक्नेले नैतिकताको आधारमा पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ ।” साथै, उनले सरकार संसदलाई छलेर अध्यादेशको बाटोबाट हिँड्न खोजेको र न्यूनतम जिम्मेवारी समेत पूरा गर्न नसकेको दाबी गरेका छन् ।

नीति तथा कार्यक्रम पास भएपछि प्रधानमन्त्रीले बोलाए अर्थमन्त्रीलाई

अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने

विदेशी मल आयात रोक्न स्वदेशमै उत्पादन बढाउनुपर्छ : मन्त्री चौधरी

जेन-जीको बहिष्कारपछि सरकारले भन्यो : विगतका सहमति कार्यान्वयन हुँदैछन्

अख्तियार प्रमुखसहित उच्च पदस्थलाई मार्ने धम्की दिने पाठक पुगे कारागार

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना उच्च पदस्थ व्यक्तिहरूलाई मार्ने धम्की दिएको आरोप लागेका प्रकाश पाठकलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

न्यायाधीश सुदर्शन लामिछानेको इजलासले आरोपको गम्भीरता, प्रस्तुत प्रमाण तथा घटनाको प्रकृति हेर्दा अभियुक्तलाई थुनामा राखेर अनुसन्धान अघि बढाउनुपर्ने ठहर शुक्रबार गरेको हो।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ स्थायी घर भई हाल फिलिपिन्समा बस्दै आएका ३४ वर्षीय पाठकलाई इन्टरपोलको सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको थियो। उनलाई काठमाडौं ल्याइएपछि अदालतमा उपस्थित गराएर मुद्दा चलाइएको थियो ।

जेठ २१ भित्र कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरिसक्नुपर्ने

देउवाले विश्वास गरेका उमेशलाई नै गगनले कांग्रेस कोषध्यक्षमा दोहोर्‍याए

निर्माण व्यवसायी महासंघको आन्दोलन जारी

विद्यार्थी दिवस : विश्वविद्यालय स्वायत्तता र विद्यार्थी अधिकारको पक्षमा प्रदर्शन
विद्यार्थी दिवसको अवसरमा संयुक्त विद्यार्थी संगठनहरूले ‘प्रतिबन्धविरुद्ध प्रतिरोध गरौं’ भन्ने नारासहित शुक्रबार काठमाडौंमा मार्चपास गरेका छन्।

त्रिचन्द्र क्याम्पसबाट सुरु भएको र्‍याली आरआर क्याम्पससम्म पुगेर सम्पन्न भएको थियो। प्रदर्शनमा सहभागी विद्यार्थीहरूले विश्वविद्यालयको स्वायत्तता, अभिव्यक्ति स्वतन्त्रता र विद्यार्थी अधिकारको पक्षमा विभिन्न नारा लगाएका थिए।

प्रदर्शनका क्रममा ‘इनफ इज इनफ’, ‘गरिबको चमेली बोल्दिने कोही छैन’, ‘विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर’ र ‘प्रधानमन्त्री नशा, देश दशामा’ जस्ता नारा लेखिएका प्लाकार्डहरू प्रदर्शन गरिएको थियो।

विद्यार्थी संगठनहरूले विश्वविद्यालयभित्र विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीप्रति असन्तुष्टि जनाउँदै विरोधमा र्‍याली आयोजना गरिएको बताएका छन्। उनीहरूले यस्तो कदमले लोकतान्त्रिक अभ्यास कमजोर हुने र शैक्षिक संस्थाको स्वतन्त्रता प्रभावित हुने चेतावनी दिएका छन्।

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भीर

ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा

सरकारी तलब कार्यान्वयनको माग गर्दै नर्सहरू आन्दोलित

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकमा डा. वासुदेव उपाध्याय

कोरला सडकमा पाँच वटा पुल निर्माणका लागि स्रोत सहमति

बागमती प्रदेशसभा बैठक आज मध्यरातदेखि अन्त्य

इरानबारे चीन पछि हटेको ट्रम्पको दाबी, तर भएन कुनै सहमति
अमेरिकी राष्ट्रपित डोनाल्ड ट्रम्पले चीनले इरानमाथि आफ्नो प्रभाव प्रयोग गरेर तनाव कम गर्न भूमिका खेल्न सक्ने बताएका छन् ।

बेइजिङ भ्रमणका क्रममा ट्रम्पले राष्ट्रपति सी चिनफिङ यो द्वन्द्व चाँडै अन्त्य भएको देख्न चाहेका पनि बताएका छन् । तर उनले अहिलेसम्म कुनै ठोस सम्झौताको संकेत देखिएको छैन।

ट्रम्पको चहाना इरानको तेल र ग्यासको ठूलो खरिदकर्ता भएकाले चीनले दबाब दिनुपर्ने भन्ने छ । तेहरानलाई वार्तामा फर्काउन चीनले दबाब दिएर क्षेत्रीय तनाव कम होस् भन्ने अपेक्षा उनले राखेका छन् ।

अमेरिकी प्रशासनको प्रयास इरानलाई फेरि वार्ताको टेबलमा ल्याउने र स्थिति सहज बनाउनेतर्फ केन्द्रित छ।रिपोर्टअनुसार ट्रम्पले चीनलाई स्ट्रेट अफ हर्मुज खुला राख्ने प्रयासमा सहभागी हुन पनि आग्रह गरेका छन्। यो समुद्री मार्ग विश्वव्यापी तेल आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ।

तर चीनको विदेश मन्त्रालयले अमेरिकी धारणाप्रति प्रश्न उठाउँदै यो द्वन्द्व सुरु नै हुनु नपर्ने बताएको छ। बेइजिङको भनाइमा सैन्य कारबाही होइन, संवादबाट समाधान निकाल्नुपर्छ।

ब्रिक्स बैठकमा इरान-यूएई भनाभन, सदस्य राष्ट्रले जारी गर्न सकेनन् साझा वक्तव्य

इजरायली मन्त्री अल-अक्सा मस्जिदमा छिरेपछि कतारको कडा विरोध

चीनमा भएको विमान दुर्घटनाको प्रतिवेदन सार्वजनिक, जानीजानी इन्जिन बन्द गरिएको आशंका

ट्रम्पलाई बेइजिङमा खुवाइयो ‘बेइजिङ रोस्ट डक’को परिकार

ट्रम्पलाई गुलाफको बीउ उपहार पठाउँदै राष्ट्रपति सी

पाकिस्तानको खैबर पख्तुनख्वामा आत्मघाती हमला, ९ सुरक्षाकर्मीको मृत्यु, २१ घाइते

चिनियाँ भू-उपग्रह कम्पनीमाथि अमेरिकाको प्रतिबन्ध

भारत र यूएईबीच एलपीजी ग्यास आपूर्ति सम्झौता, मोदीलाई एफ-१६ फाइटर जेटले दिए सुरक्षा










प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  ८ : २६ बजे

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल

कास्की प्रहरीद्वारा एकैदिनमा २७ फरार प्रतिवादी पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीले आज जिल्लाका विभिन्न स्थानबाट

दोस्रो आर्थिक गणना : वैशाख मसान्तसम्म ४९ प्रतिशत कार्यप्रगति

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो आर्थिक गणनामा देशभर गत

चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले नेपाली चलचित्र ‘लालीबजार’ को मुद्दामा अन्तरिम

काठमाडौं महानगरद्वारा एआईमा आधारित कल सेन्टर सुरु, एकैपटक १५ जनाले सम्पर्क गर्न सकिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले एकैपटक १५ जनासँग सम्पर्क गर्न सकिने