प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीले मागे सरकारको जवाफ
प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरूले राष्ट्रियताको सवालमा नेपाल सरकार गम्भीर हुनुपर्ने विषयमा ध्यानाकर्षण गराएका छन् ।
बैठकको सुरूमै विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले)का संसदीय दलका उपनेता पद्मा अर्याललाई बोल्न समय दिएका थिए। सांसद अर्यालले परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिका सन्दर्भमा जवाफ माग गरिन् । नेता अर्यालले संसद्मा जवाफमा क्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिका सम्बन्धमा असन्तुष्टि व्यक्त गरिन्।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहको गत जेठ १७ गते सीमाका सम्बन्धमा दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरे ।
उनले एसइईका विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गर्ने, टेम्पो भीरबाट खसाल्ने र प्रहरीले व्यक्तिको घरमा ढुङ्गा हानेर क्षति पुर्याउनेलगायतका काम गलत भएको भनी टिप्पणी गरे ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवारज दुलालले भारतीय सेनाको हेलिकप्टर दार्चुलाको भूमिमा प्रवेश गरेको विषयमा सरकारको जवाफ माग गरे । उनले इलामको प्रसिद्ध चिया उद्योग बन्द हुन लागेको विषयमा सरकारको ध्यानाकर्षण गराए ।
‘मिचिएको भूमिबारे भारतसँग बोल्न पो ‘कूटनीतिक च्यानल’ चाहिन्छ, नेपाली थर्काउन मन्त्री नै पर्याप्त’
‘प्रधानमन्त्रीको बिदा सकियो, देश बनाउने टोली पनि बन्यो, अब संसद्लाई जवाफ दिनु होला’
पद्माको चुनौती : मन्त्रीहरूको धम्की धेरै भयो, पुराना दलको सबै फाइल खोले हुन्छ
संसद्मा रोकिएन हर्कको विरोध (तस्बिरहरू)
अझै बनेन संसद् हल, सभामुखले जंगिँदै भने- दैनिक एक करोड जरिवाना तिराउँछौँ
विज्ञान प्रयोगशालाका लागि विश्वसनीय कानुन बनाउन खोजेका छौँ : मन्त्री पुन
युवराज दुलालले भने- दार्चुलामा भारतीय हेलिकोप्टर अवतरणबारे सरकारले जवाफ दिनुपर्छ
मधेसले अब किसानलाई उत्पादनमा आधारित मात्रै अनुदान दिने
मधेस प्रदेश सरकारले अब किसानलाई उत्पादन आधारित मात्रै अनुदान दिने भएको छ । प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो बताएका हुन् ।
‘मधेश प्रदेशलाई दूध, माछा मासु र तरकारीमा आत्मनिर्भर बनाउन परम्परागत अनुदान प्रणालीलाई खारेज गरी उत्पादन र नतिजामा आधारित नगद अनुदान प्रणाली यसै आर्थिक वर्षबाट पूर्ण रूपमा लागू गरिने छ’, उनले भने ।

कृषकले उत्पादन गरी वस्तु बजारमा पठाएको आधारमा सिधै किसानको खातामा अनुदान उपलब्ध गराउने उनले बताए । साथै, उनले कृषि क्षेत्रमा बिचौलिया अन्त्यका लागि मधेश कृषि एक्सचेञ्ज निर्माण गरिने पनि बताए ।
कोशी प्रदेशको बजेटको आकार ४० अर्ब २९ करोड ९८ लाख
गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख
यस्तो छ मधेश प्रदेशको बजेट (पूर्णपाठ)
बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार
प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने
कास्की र पर्सापछि रुपन्देहीबाट पनि रविलाई ठूलो राहत, दुई गम्भीर अभियोगका मुद्दा फिर्ता
काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित
आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ ।
सोमबार बसेको नगर सभाको १९ औँ अधिवेशनले महानगरको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो ।
यसअघि आइतबार बसेको नगर सभाको बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले ११ क्षेत्र समेटेर १०१ बुँदामा महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

आगामी वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा काठमाडौँको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक तथा आधुनिक सहरी सभ्यतालाई आधार मान्ने महानगरको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
महानगरपालिकाको नीति तथा कार्यक्रम संशोधनसहित स्वीकृत भएको घोषणा गर्दै डंगोलले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि महानगरको बजेट असार ४ गते प्रस्तुत गर्ने जानकारी दिइन् ।
महानगरको यस बर्षको नीति तथा कार्यक्रममा नीतिमा सुशासन तथा शासकीय प्रबन्ध, शिक्षा युवा तथा खेलकुद, सुलभ स्वास्थ्य सेवा, वातावरण तथा सरसफाइ, राजस्व परिचालन, पूर्वाधार तथा सहरी विकास, सम्पदा संस्कृति तथा पर्यटन लगाएतलाई प्राथमिकतामा राखिएको छ ।
एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह
सत्यलाई हतियार बनाएर भ्रम चिर्छौँ, एमालेको विचार हरेक मोबाइल स्क्रिनसम्म पुर्याउँछौँ’ : निरज आचार्य
पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल
मलमासको अन्तिम सोमबारे औँसी : देवघाटधाममा स्नान तथा पूजा गर्न श्रद्धालुको घुइँचो
नवलपुर र तनहुँ जिल्लाको संगमस्थल तथा प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा मलमासको अन्तिम सोमबारे औँसीका अवसरमा स्नान तथा पूजाआजा गर्ने श्रद्धालुको उल्लेख्य घुइँचो लागेको छ ।
सोमबारे औँसी तथा मलमासको अन्तिम दिन पवित्र स्नान गर्न देशका विभिन्न स्थानबाट भक्तजन देवघाटधाम पुगेका थिए । त्रिशूली र कालीगण्डकी नदीको संगमस्थलमा स्नान गरी श्रद्धालुले पूजा, आराधना, दान तथा धार्मिक अनुष्ठान गरेका छन् ।

धार्मिक विश्वासअनुसार सोमबारे औँसीका दिन देवघाटमा स्नान तथा पूजाआजा गर्दा पुण्य प्राप्त हुने मान्यता रहेकाले हरेक वर्ष यस अवसरमा भक्तजनको उल्लेख्य उपस्थिति रहने गर्दछ । यस वर्ष पनि चितवन, नवलपुर, तनहुँसहित आसपासका जिल्लाबाट हजारौँ श्रद्धालु देवघाट पुगेका छन् ।
श्रद्धालुको चापलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ। स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा विभिन्न संघसंस्थाले तीर्थयात्रीको सहजताका लागि आवश्यक व्यवस्थापन गरेका छन् ।
सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तीव्र विकासमा ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल
काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल
स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता
यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती
अमेरिका-इरान शान्ति सम्झौताको १४ बुँदे मस्यौदा सार्वजनिक
अमेरिका र इरानबीच तय भएको ‘शान्ति सम्झौता’ को १४ बुँदे समझदारी पत्रको मस्यौदा विवरण बाहिरिएको छ ।
इरानको अर्ध(सरकारी सञ्चारमाध्यम ‘मेहर न्युज एजेन्सी’ ले दुई देशबीच हुन लागेको सम्झौताका मुख्य बुँदा सार्वजनिक गरेको हो । यद्यपि, यी बुँदाहरूका बारेमा दुवै देशले आधिकारिक रूपमा पुष्टि गरिसकेका छैनन् ।

सार्वजनिक मस्यौदा अनुसार अमेरिका र इरानबीच लेबनानसहित सबै मोर्चामा स्थायी युद्धविराम लागू हुनेछ । सम्झौतामा अमेरिकाले इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र इरानमा रहेका आफ्ना सेना फिर्ता लैजाने प्रतिबद्धता जनाएको उल्लेख छ ।
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
अमेरिका–इरान शान्ति सहमतिले मध्यपूर्वमा स्थायित्वको आशा
अमेरिका-इरान सम्झौताप्रति इजरायलमा असन्तुष्टि, विपक्षीले भने : नेतन्याहू प्रभावहीन र निरीह देखिए
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
अमेरिकी सांसद नै भन्छन् : युद्धले केही दिएन, इरानसँग आत्मसर्पण गरेजस्तो भयो
अमेरिका–इरान शान्ति पहलबीच इजरायलको अडान, कब्जामा रहेका क्षेत्र नछोड्ने घोषणा
पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु
रुसी हवाई आक्रमणमा खार्किभका पाँच उद्धारकर्मीको मृत्यु
सम्झौताका बाबजुद पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै : इरान












प्रतिक्रिया