आजका समाचार : एमालेले चुनावी समीक्षा थाल्दा ओलीमाथि दबाब, परराष्ट्रमन्त्री चीनतिर उच्चस्तरीय भेटघाटमा, सातै प्रदेशले ल्यायो बजेट र ट्रम्पले इराकी प्रधानमन्त्रीलाई भेट्ने « Khabarhub

आजका समाचार : एमालेले चुनावी समीक्षा थाल्दा ओलीमाथि दबाब, परराष्ट्रमन्त्री चीनतिर उच्चस्तरीय भेटघाटमा, सातै प्रदेशले ल्यायो बजेट र ट्रम्पले इराकी प्रधानमन्त्रीलाई भेट्ने


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

रास्वपा महाधिवेशन : बालेनले भूपदेवलाई दिएका छन् नेता व्यवस्थापनको जिम्मेवारी

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ गतेबाट चितवनमा हुँदैछ। पार्टीको पहिलो महाधिवेशनमा सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाह पक्षलाई नेता व्यवस्थापनमा सकस हुने आँकलन अहिलेबाटै सुरु भएको छ।

तर नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी एक ढिक्का भएकाले नेता व्यवस्थापनमा समस्या नभएको बताउँछन्।

‘पार्टी एक ढिक्का भइसकेपछि यो या त्यो पक्ष भन्ने अवस्था छैन। नेता व्यवस्थापनमा सकस पनि हुँदैन। पुराना दलले जुन अभ्यास गरेका थिए गुट-गुट भन्ने अवस्था हाम्रो पार्टीमा छैन’, सह-महामन्त्री विपिन आचार्य भन्छन्, ‘पार्टीको पहिलो महाधिवेशनले एकता दृढता र सर्वस्वीकार्यताको स्पष्ट सन्देश दिन्छ। योग्यता पुगेकाहरूले लोकतान्त्रिक प्रक्रिया अपनाएर निर्वाचनमा सहभागी भएर आफ्नो पद सुरक्षित गर्न सक्नुहुन्छ।’

आचार्यले यसो भने पनि वरिष्ठ नेता वालेन्द्रले आफ्ना नेता व्यवस्थापन गर्ने जिम्मेवारी महामन्त्री भूपदेव शाहलाई दिएका छन्। बालेननिकटहरूका अनुसार भूपदेवले आफ्नो पक्षका नेताहरूलाई उपयुक्त जिम्मेवारी दिलाउन आन्तरिक तयारी गरिरहेका छन्। 

यसबारे भूपदेवले त्यस्तो केही नभएको बताए। अहिले आफू जिल्ला जिल्ला पुगेर पार्टी एक ढिक्का बनाउने अभियानमा रहेको बताए । अहिले पार्टीमा यो-त्यो गुट भनेर शंका गर्नुपर्ने अवस्था नभएको उनी दाबी गर्छन्।

प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

सानिगाड हाइड्रोको स्थानीय सेयरमा गम्भीर अनियमितता, सनराइज क्यापिटलसँगको सेटिङमा प्रभावित क्षेत्रबाहिरका व्यक्तिको रजाइँ

विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार

भिडियोले विवाद भएपछि सांसद सृष्टिको बाचा, ‘ट्राफिक नियम मान्छु, भविष्यमा यस्तो गर्दिनँ’

ट्राफिक नियम उल्लङ्घनमा कडाइ गर्न ५ हजारदेखि ५० हजारसम्म जरिवानाको प्रस्ताव

सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

सिंहदरबार ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत

साइप्रसमा बन्धक उज्ज्वल कुँवरको उद्धार गर्न आग्रह

ओलीलाई गृहप्रदेशकै नेताहरूको सन्देश : पार्टी पुनर्गठन गरौँ, तपाईं नेतृत्वबाट बिदा हुनुस्


परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता : नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीचको भेटवार्तालाई चिनियाँ सरकारी सञ्चारमाध्यमले उच्च महत्त्व दिएका छन्। चिनियाँ सरकारी मुखपत्र ‘चाइना डेली’ ले दुई नेताबीच बेइजिङमा भएको वार्तालाई प्रमुखताका साथ प्रकाशन गर्दै नेपाल-चीन सम्बन्धका विविध आयामबारे विस्तृत विवरण सार्वजनिक गरेको हो।

वार्ताका क्रममा चिनियाँ विदेशमन्त्री वाङले नेपालसँग उच्च गुणस्तरको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सहकार्यलाई अगाडि बढाउन चीन तयार रहेको स्पष्ट पारेका छन्।

नेपाललाई भूपरिवेष्ठित देशबाट भू-जडित देशमा रूपान्तरण गर्न बेइजिङले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता उनले दोहोर्‍याए। चीनले छिमेकी कूटनीतिमा काठमाडौँसँगको सम्बन्धलाई सधैँ प्राथमिकतामा राखेको उल्लेख गर्दै वाङले नेपालको नयाँ सरकारले सुशासन कायम गर्नेमा विश्वास व्यक्त गरे।

‘चाइना डेली’ का अनुसार वार्तामा तिब्बत र ताइवानको मुद्दाले पनि प्रवेश पाएको छ। चिनियाँ पक्षले यी विषयलाई आफ्नो ‘मूल चासो’ का रूपमा राख्दै नेपालले देखाउँदै आएको दृढ प्रतिबद्धताको प्रशंसा गरेको छ। विदेशमन्त्री वाङले द्विपक्षीय सहयोग संयन्त्रको प्रभावकारी उपयोग गर्दै चिनियाँ कम्पनीहरूलाई नेपालमा लगानी र व्यापार विस्तारका लागि प्रोत्साहन गरिने बताए। साथै, नेपालले लगानीकर्ताका लागि निष्पक्ष र पारदर्शी व्यापारिक वातावरण सुनिश्चित गर्ने अपेक्षा चिनियाँ पक्षको छ।

चुनावी समीक्षा र पार्टी पुनर्गठन अभियानमा एमाले, ओलीले भने, ‘कामको प्रचारमा चुक्दा सबैभन्दा ठूलो धक्का खायौँ’

प्रदीप ज्ञवालीको टिप्पणी : मुलुक गम्भीर भूराजनीतिक संकटतिर जाँदैछ, प्रधानमन्त्री जिस्किँदै बसेका छन्

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथि छलफल

स्वास्थ्य क्षेत्रमा सहकार्य विस्तारबारे मन्त्री मेहता र कोरियाली राजदूतबीच छलफल

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

विपक्षीको एउटै आवाज : सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्

सुदूरपश्चिम प्रदेश सरकारको अभियान : ‘पोखौँ पसिना देशमै हाँसेर’
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ मा ‘पोखौँ पसिना देशमै हाँसेर’ अभियान सञ्चालन गर्ने भएको छ ।

सोमबार प्रदेशसभामा आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले आगामी आवका लागि प्रस्तुत गरेको बजेटमा उक्त अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ । स्वदेशमै सीप, श्रम र सिर्जनशीलताको सम्मान गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्री धामीले बताए ।

सो अभियानअन्तर्गत कृषि क्षेत्रमा युवाहरूको आकर्षण बढाई उद्यमशीलता प्रवर्द्धन गर्न कृषि अध्ययन गरेका तथा विदेशबाट फर्केका युवाहरूलाई लक्षित गरी युवा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

उक्त कार्यक्रम सञ्चालन गर्न दुई करोड पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए । प्रदेश सरकारले ‘सानै छु म बढ्न देऊ, बालविवाह होइन, पढ्न देऊ’ अभियानलाई पनि निरन्तरता दिइने छ ।

सो अभियानलाई निरन्तरता दिन बालविवाहविरुद्धको अभियान सञ्चालनका लागि एक करोड बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारले विपन्न, दलित, मुक्त कमैया, मुक्त कमलरी, मुक्त हलिया, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलालगायत लक्षित वर्गको सशक्तीकरण र आधुनिक उत्थानका लागि निःशुल्क जीविकोपार्जन लक्षित कार्यक्रम सञ्चालन गर्नेछ ।

प्रदेश बजेट : सुदूरपश्चिमले अझै सच्याउँदैछ, के छन् ६ प्रदेशको बजेटमा नयाँ विशेषता ?

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र निकायका पदाधिकारीका लागि आवेदन

स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

नौ वटा घर खाली गर्ने प्रक्रिया सुरु

घरजग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

ट्राफिक नियम उल्लङ्घनमा कडाइ गर्न ५ हजारदेखि ५० हजारसम्म जरिवानाको प्रस्ताव

अमेरिकी राष्ट्रपति ट्रम्प र इराकी प्रधानमन्त्री जैदीबीच भेटवार्ता हुने : दूतावास
आगमाी जुलाईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री अली अल–जैदीबीच ह्वाइट हाउसमा भेटवार्ता हुने बगदाद स्थित अमेरिकी दूतावासले मङ्गलबार जनाएको छ । राष्ट्रपतिका विशेष दूत ब्याराकले राष्ट्रपति ट्रम्प यस सम्बन्ध बारे छलफल गर्न जुलाईको मध्यमा ह्वाइट हाउसमा प्रधानमन्त्री अल–जैदीलाई स्वागत गर्न तत्पर रहेको बताएका छन् ।

इराकी नेता र इराकका लागि ट्रम्पका विशेष दूत टम ब्याराकको संयुक्त विज्ञप्ति जारी गर्दै यो जानकारी गराएको जनाइएको छ । इराकको राजधानी बगदादको बाराकको भ्रमणका क्रममा उनले इराकका सशस्त्र समूहहरूलाई निशस्त्रीकरण र विघटन गर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्दा यस्तो घोषणा गरिएको जनाइएको छ । अमेरिकाले हालै इरान समर्थित समूहहरूलाई निशस्त्र बनाउन बगदाद माथि दबाब बढाएको छ ।

मे महिनाको सुरुमा, वासिङ्टनले उक्त समूहहरू विरुद्ध “ठोस कदम“ चालेपछि इराकमा वित्तीय हस्तान्तरण र सुरक्षा सहयोग पुनः सुरु गर्ने प्रतिवद्धता गरेको थियो । अप्रिल ८ मा युद्धविराम लागु हुनु अघि फेब्रुअरीको अन्त्यमा मध्यपूर्व युद्ध सुरु भए पछि सशस्त्र समूहहरूले इराकमा अमेरिकी सुविधाहरू विरुद्ध आक्रमणहरू सुरु गरेका थिए ।

मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले बढ्यो

रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीहरू साथ दिन तयार भएनन्

युद्ध अन्त्य नै प्रमुख सर्त : इरान

होर्मुजमा सेना पठाउने विषयमा जापान अझै अन्योलमा

जापानको ब्याजदर उच्च

हर्मुज मार्ग पुनः खुल्ने संकेत

अमेरिकामा वायुसेनाको बमवर्षक विमान दुर्घटना, आठ जनाको मृत्यु




















प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ८ : ०० बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष