आजका समाचार : सांसदहरूले लिए शपथ, एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा, मन्त्री टुंग्याउँदै रास्वपा, बालेन्द्र भोलि प्रधानमन्त्री र इरान द्वन्द्व अन्त्य गर्ने ट्रम्पको संकेत « Khabarhub

आजका समाचार : सांसदहरूले लिए शपथ, एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा, मन्त्री टुंग्याउँदै रास्वपा, बालेन्द्र भोलि प्रधानमन्त्री र इरान द्वन्द्व अन्त्य गर्ने ट्रम्पको संकेत


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

त्रिसठ्ठीभन्दा बढी सांसदले लिए मातृभाषामा शपथ
आज सङ्घीय संसद्को प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यहरूले शपथ लिएका छन् । कुल २७५ सांसदमध्ये ६३ भन्दा बढी सांसद्ले मातृभाषामा शपथ लिने जानकारी संसद् सचिवालयलाई गराएका थिए ।

सिंहदरबारस्थित संसद् भवनमा प्रतिनिधिसभाको ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीद्वारा सांसदहरुले शपथ लिएका हुन् । मातृभाषामा शपथ ग्रहण गर्ने सांसदहरुमा यज्ञबहादुर बोगटीले अछामी, मोहम्मद इस्तियाक राईले अवधि, आकृति अवस्थीले डोटेली, गङ्गा छन्त्यालले छन्त्याल, करिस्मा कठरियाले ‘कठरीया थारू’ भाषामा शपथ लिएका छन्।

त्यसैगरी निश्कल राईले चाम्लिङ र दीपकराज बोहराले डोटेली भाषामा शपथ लिए । सुजाता तामाङ र परशुराम तामाङले तामाङ भाषामा शपथ लिए । कान्त चौधरी, अशोककुमार चौधरी, गीता चौधरी, पुष्पाकुमारी चौधरी, प्रमिलाकुमारी गच्छदार र सुरेन्द्र चौधरीले थारू भाषामा शपथ लिए।

गुण र दोषका आधारमा सरकारलाई सहयोग हुन्छ : सांसद अर्याल 

रास्वपालाई शुभकामना दिँदै प्रचण्डले भने- रचनात्मक सहयोग गर्छौँ

मप्रतिको सद्भाव र शुभेच्छालाई निराश हुन दिन्न : सुहाङ नेम्वाङ

नवनिर्वाचित सांसदहरूको शपथ सुरू

शपथपछि हर्कले भने- प्रतिपक्षीमा बसेर सरकारलाई सहयोग गर्छौँ

यस्तो देखियो प्रतिनिधि सभाका सांसदहरूको शपथ (तस्बिरहरू)

शपथ लिनेबित्तिक्कै आफैं गाडी हाँकेर संसद्‍बाट बाहिरिए बालेन्द्र

रवि-बालेन एकसाथ देखिँदा प्रचण्ड-बादल पनि सँगै भेटिए

थप शपथ लिँदै ज्ञानेन्द्र शाहीले भने- नष्ट हुन्छु, भ्रष्ट हुन्न

ज्ञानेन्द्र शाही भन्छन् : सरकारले भ्रष्टाचारका फाइल खोलोस्, हामी साथ दिन्छौँ

थरीथरी पोशाकमा सजिएर शपथ लिन पुगे सांसद (तस्बिरहरू)  

अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

बालेन्द्रलाई दलको नेता बनाउने प्रस्ताव सर्वसम्मत पारित
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह संसदीय दलको नेता बनेका छन् । सभापति रवि लामिछानेले केन्द्रीय समितिको बैठकमा संसदीय दलको नेता बनाउन प्रस्ताव गरेका थिए ।

त्यसपछि केन्द्रीय समितिले बालेन्द्रलाई भावी प्रधानमन्त्रीका रुपमा पक्का गर्दै दलको नेतामा सर्वसम्मत स्वीकारेको हो ।

रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले बालेनलाई दलको नेतामा स्वीकारेको छ। उक्त संयुक्त बैठकले बालेन्द्रलाई संसदीय दलको नेतामा चयन गरेपछि शुक्रबार प्रधानमन्त्रीको शपथ लिनेछन् ।

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहणलगत्तै वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय ‘घण्टीघर’ मा केन्द्रीय समितिको बैठक बसेको थियो। सभापति लामिछानेको प्रस्तावलाई केन्द्रीय सदस्यहरूले एकमतले अनुमोदन गरेसँगै अब संसद्‌ र सरकार दुवैतिर रास्वपाको नेतृत्व बालेन्द्रले गर्नेछन् ।

रास्वपाको संसदीय दलको बैठक सुरु

हर्कले पहिलो भेटमा बालेनलाई लगाइदिएका थिए किराती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’

सरकारलाई कांग्रेसको सुझाव : भ्रष्टाचार छानबिनलाई पहिलो प्राथमिकता दिनू

केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत पारित 

शपथपछि रास्वपाको व्यस्तता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दलको बैठक

रवि-बालेन्द्रले नै सबै मन्त्रीको नाम टुंग्याउने, केन्द्रीय समितिमा छलफल नहुने

रवि लामिछानेको रिट लगातार ‘हेर्दाहर्दै’मा, आइतबार सुनुवाइ हुने

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक, बालेन्द्रलाई दलको नेता बनाइँदै

देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न सांसदलाई अध्यक्ष ओलीको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणामबाट निराश नभई देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन्।

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज शपथ लिएलगत्तै पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका आफ्ना सांसदलाई जनहित र राष्ट्र निर्माणलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले यसअघि पनि पार्टीले देश र जनता पक्षमा काम गरेको स्मरण गराउँदै आगामी दिनमा पनि मुलुकको समृद्धिका पक्षमा काम गर्नुपर्नेमा जोड दिए । उनले आफूहरू सत्य, समृद्धि र विकासको मार्गमा रहेकाले आफूविरुद्ध हुनसक्ने गलत प्रचारविरुद्ध दृढतापूर्वक सामना गर्दै अघि बढ्नुपर्ने बताए।

ओलीको तर्क : अहिले पनि एमाले २०७९ को रास्वपाभन्दा ठूलै छ, आत्तिनु पर्दैन

ओलीको घोषणा : जाँचबुझ आयोगको प्रतिवेदन निन्दनीय र खेदजनक, स्वीकार्दैनौँ

जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई

मध्यरातमा प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण

छ महिनामा जे गरियो, त्यो राम्रो गरियो : मन्त्री सिन्हा

गृहमन्त्रीबाट बिदा लिए ओमप्रकाशले 

जेन-जी आन्दोलनका २९ घाइतेको बयान : बिना चेतावनी प्रहरीले गोली चलायो
गत भदौ २३ र २४ गते राजधानीका विभिन्न स्थानमा भएको भ्रष्टाचार विरोधी आन्दोलन र त्यसक्रममा भएको झडपका विषयमा २९ जना घाइते प्रदर्शनकारीहरूले आफ्नो आधिकारिक बयान (कागज ब्यहोरा) दिएका छन् ।

जेन(जी आन्दोलन सम्बन्धी छानबिन गर्न बनेको गौरी बहादुर नेतृत्वको छानबिन आयोगलाई दिएको बयानमा घाइतेहरूले प्रहरीले बिना चेतावनी चलाएको बताएका छन् । घाइतेहरू कृष्ण सुनार, आर्यन अधिकारी, प्रकाश बहादुर बोहरालाई शरीरका विभिन्न भाग छाती, खुट्टा, घाँटी, हातमा धातुको गोली र रबर बुलेट लागेको पाइएको छ ।

त्यस्तै १८ वर्षीया एकता शाह र पत्रकार शम्भु दंगालको खुट्टामा गम्भीर चोट लागेको छ भने सन्तकुमार मेहताको घाँटीमा गोली लागेर उनी भेन्टिलेटरसम्म पुगेको बयान आयोलाई दिएका छन् । प्रहरीलाई बचाउन खोज्दा गीता कुमारी शाहलाई प्रदर्शनकारीले पेट्रोल छर्केर आगो लगाउँदा उनको शरीरको ४०५ भाग जलेको उल्लेख गरेकी छन् ।

ललितपुरमा कोरियन प्रविधिमा आधारित कृषि फार्म सञ्चालन 

शान्त प्रदर्शनकारीमाथि नगरप्रहरीको दमन

काठमाडौंमा सुरु भयो सेतो मछिन्द्रनाथको रथ यात्रा (तस्बिरहरू)

छानबिन आयोगको प्रतिवेदन : प्रहरीको गोली लागेर ५१ जना आन्दोलनकारीको मृत्यु

उपत्यका विकास प्राधिकरणले भन्यो-सूचना दिँदा पनि अटेर गरेकाले डोजर चलायौँ

काठमाडौं उपत्यकाका गुम्बा, मदरसा र चर्चबाट सुरक्षा चुनौती, निगरानी बढाउन जाँचबुझ आयोगको सुझाव

इरानी वार्ताकारले विचित्रको व्यवहार देखाए, समयमै गम्भीर नभए परिणाम भयानक : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारको व्यवहारलाई ‘विचित्र’ भन्दै कडा चेतावनी दिएका छन् ।

आफ्ने स्वामित्वको ट्रुथ सोसल सामाजिक सञ्जालमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले पर्दापछाडि सम्झौताका लागि ‘भिख मागिरहेको’ भएपनि इरानी पक्षले सार्वजनिक रूपमा भने अमेरिकी प्रस्तावमाथि विचार मात्र गरिरहेको नाटक मञ्चन गरेको जनाएका छन् ।

ट्रम्पले इरानको यो शैलीलाई पूर्ण रूपमा गलत भनेका छन् । राष्ट्रपति ट्रम्पले इरानको सैन्य शक्ति समाप्त भइसकेको र अब उसले पुनरागमन गर्ने कुनै सम्भावना नरहेको दाबी गरेका छन् ।

उनले इरानी पक्षलाई समयमै गम्भीर हुन सचेत गराएका छन् । ढिलो भएमा त्यसको परिणाम निकै भयानक हुने र पछि फर्कने बाटो नरहने उनको चेतावनी छ । ट्रम्पले इरानलाई अन्तिम मौका दिँदै छिटो निर्णय लिन दबाब दिएका छन् ।

नेटोसँग क्रुद्ध ट्रम्प भन्छन्- ‘बौलाहा राष्ट्र’ विरुद्ध कुनै सहयोग गरेनन्

भेनेजुएलाका पूर्वराष्ट्रपति मादुरो अदालतमा उपस्थित हुँदै

इरान द्वन्द्व चाँडै अन्त्य गर्ने ट्रम्पको सङ्केत

यूएईको आबु धाबीमा क्षेप्यास्त्रको भग्नावशेष खस्दा दुई जनाको मृत्यु

बस्फोरस स्ट्रेटनजिक कृष्ण सागरमा रुसी तेल बोकेको टर्किस ट्याङ्करमा ड्रोन आक्रमण

बेलारुसी राष्ट्रपति लुकाशेन्को उत्तर कोरियामा

बङ्गलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु

मध्यपूर्व द्वन्द्व चर्किँदै, वार्ता अनिश्चित

जर्मनीले भन्यो, ‘इरान युद्ध हाम्रो होइन, हामी फस्न चाहँदैनौं’

इरानले भारतलाई होर्मुज स्ट्रेट हुँदै तेल बोकेका जहाज आवतजावतको अनुमति दियो























प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ७ : ५६ बजे

गायक विजय लामा अमेरिकामा सम्मानित

काठमाडौं – गायक बिजय लामा अमेरिकाको न्यूयोर्क सिटीमा सम्मानित भएका

भदौ घटनाले देशलाई सिकाएको पाठ महत्त्वपूर्ण छ : प्रधानमन्त्री कार्की (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले केही सन्तुष्टि र धेरै आशा

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट

भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि अदालतमा पेश

न्यूयोर्क – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोलाई बिहीबार दोस्रो पटक