काठमाडौं- आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास क्षेत्रमा तरंग ल्याउने घटना भए ।
खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक सातामा मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ ।
सरकारले गर्यो एनप्याब्सनलाई निलम्बन
राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई गृह मन्त्रालयले निलम्बन गरेको छ।

मन्त्रालयले दिएका निर्देशन बारम्बार पालना नगरेको र संगठनका पदाधिकारीले स्वीकृत विधान तथा मूल उद्देश्यविपरीत कार्य गरेको भन्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको हो।
विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव
पत्रकार पक्राउ र प्रहरी हस्तक्षेपविरुद्ध जेन-जी फोरमको आपत्ति, सुवेदी र बराललाई रिहा गर्न माग
मिडिया हाउसमाथि हस्तक्षेपको शैलीले सुशासनको खिल्ली उडाएको जेनजी अभियन्ता बमको आरोप
शिक्षामन्त्री पोखरेलसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेट
काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)
बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार बिहानैदेखि निरन्तर वर्षा भइरहेको छ ।
वर्षाका कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ । दिउँसो पनि वर्षा नरोकिएपछि काठमाडौँको आकाश धुम्मिएको छ ।

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?
चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा
नेपालका ६ थप हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।
पार्टीको केन्द्रीय निर्वाचन समितिद्वारा केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा सभापति थापाले उनीहरूलाई शपथ दिलाएका हुन्। महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले भने गत असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिइसकेका थिए ।

उनीबाहेक अन्य पदाधिकारी र केन्द्रीय सदस्यले आज शपथ लिएका हुन् । शपथग्रहणलगत्तै निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र पनि वितरण गरे।
त्यस अवसरमा संयोजक खड्काले उक्त महाधिवेशनलाई कांग्रेसले मात्र नभई आम नेपाली नागरिकले चासोका साथ लिएका बताए। उनले देशमा विधिको शासन, संवैधानिक सर्वोच्चता कायम राख्न सबै केन्द्रीय पदाधिकारी तथा सदस्यलाई आग्रह गरे।
जनता र पार्टीलाई जोड्न मंसिरभरि देशव्यापी अभियान सञ्चालन गर्छौँ : गगन थापा
कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा
कांग्रेस केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको शपथ सुरु
विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको विकल्प नरहेको बताएका छन् ।
बुधबार पार्टी कार्यालय च्यासलमा मनोनित केन्द्रीय कमिटी सदस्यहरू मोहम्मद इस्तियाक राई, डा। पुष्पा के।सी। भण्डारी र इन्दु कडरिया विष्टलाई शपथ ग्रहण गराउदै अध्यक्ष ओलीले स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको विकल्प नरहेकाले मानसिक रूपमा तयार रहन नेता तथा कार्यकर्तालाई आह्वान समेत गरे ।

उनले पार्टीलाई बलियो बनाउन, एकताबद्ध राख्न र प्रतिगमनलाई पराजित गर्न आन्दोलनको तयारी गर्ने बताए । कठिन राजनीतिक परिस्थितिमा पनि सत्य, न्याय र देशको पक्षमा उभिएर आन्दोलनात्मक र अनुशासित ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
त्यस्तै अध्यक्ष ओलीले देशमा आतङ्क फैलाउने, र विना बर्दीका प्रहरी प्रयोग गरी बलजप्ती र गिरफ्तारी गर्ने जस्ता अराजक काम गरिरहेको आरोप लगाए ।
मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन : अध्यक्ष ओली
स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी
स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन
शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन
जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य गरौँ : मन्त्री श्रेष्ठ
एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित
नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ । त्रिभुवन विश्वविद्यालयमा सम्पन्न खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो ।
काठमाडौंले दिएको १ सय १६ रनको सामान्य लक्ष्य जनकपुरले १७ ओभर २ बलमा दुई विकेट गुमाउँदै भेट्टायो । जनकपुरका लागि मोइन अलीले सर्वाधिक ५८ रन बनाए । ५१ बलको सामना गरेका उनले ३ चौका र ३ छक्का प्रहार गरे ।

जनकपुरका सैफ हसनले ४० रन बनाए । ३९ बलको सामना गरेका उनले १ चौका र ३ छक्का प्रहार गरे । काठमाडौंका रिपोन मोण्डलले १ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौँले १९ ओभरको तेस्रो बलमा सबै विकेट गुमाएर ११५ रन बनाएको हो ।
सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित
एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित
एनपीएल : राहुलको छ विकेट, प्रतिस्पर्धामा सोमपाल र अनिल, कसले कति विकेट लिए ?
फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ
किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक पूर्व मुस्लिम विद्रोही नेता अब्दुलराउफ माकाकुआ शुक्रबार दक्षिणी स्वशासित क्षेत्रको मुख्यमन्त्री निर्वाचित भएका छन् ।

यो क्षेत्र दशकौँको सशस्त्र द्वन्द्वपछि गठन भएको थियो । यो कुल ८० सदस्यीय बङ्गसामोरो स्वायत्त क्षेत्र मुस्लिम मिन्डानाओ (बारएमएम) सभाबाट ५१ मतले निर्वाचित गरिएको हो । यो निर्वाचन क्षेत्रीय चुनावलगत्तै भएको हो, जसमा उनको दलले अहिलेसम्म ४१ सिटको बहुमत जित्न सकेको थिएन ।
उत्तराखण्ड हेलिकप्टर दुर्घटना : छ जनाको मृत्यु
जापानमा पानी जहाजमा आगलागी, पाँच जनाको उद्धार एक बेपत्ता
जी-२० बैठकमा सहभागी हुन लाभरोभ एटलान्टामा
ब्राजिलको निर्वाचनलाई ट्रम्पले भने- ‘लज्जास्पद’
निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना
अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान














प्रतिक्रिया