काठमाडौं – आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार साताका मुख्य घटना समेटेर ‘साप्ताहिक ब्रिफिङ’ पस्कँदै आएको छ । यो साताको मुख्य घटनामा राजनीतिक गतिविधिले नै चर्चा पायो ।
यो साता विशेष गरी प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण र पूर्वमुख्यसचिव पक्राउ प्राथमिकतामा रह्यो ।
राष्ट्रपति पौडेल भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री शाह
राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न प्रधानमन्त्री वालेन्द्र शाह महाराजगञ्जस्थित शीतलनिवास पुगेका छन् ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले शीतलनिवासमै राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेको केही समयपछि प्रधानमन्त्री पुगेका हुन् ।
मोदीले ईपीजी प्रतिवेदन बुझ्ने समय दिने परराष्ट्र मन्त्रालयको विश्वास
प्रधानमन्त्री कार्यालयको पछिल्ला साताको प्रगति विवरण सार्वजनिक
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न
वैकल्पिक आवासबिना सुकुम्बासीलाई फेरि विस्थापित नगरियोस् : कुलमान घिसिङ
ठगी कसुरमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई चार दिन थुनामा राख्न अनुमति
मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा रकम असुलेर ठगी गरेको कसुरमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्यालमाथि अनुसन्धान गर्न अदालतले चार दिनको म्याद दिएको छ ।
काठमाडौँ जिल्ला अदालतमा शुक्रबार भएको थुनछेक बहसमा संलग्न पक्षको जिकिर सुनेपछि अदालतले अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

अदालतका सूचना अधिकारी शिव खतिवडाले प्रहरीको मागबमोजिम अनुसन्धानका लागि उक्त म्याद थप गरिएको जानकारी दिए ।
मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्याल म्याद थपका लागि सरकारी वकिल कार्यालयमा
आन्तरिक विवाद सकियो, अब स्थानीय चुनावको तयारीमा जुटौँ : महामन्त्री संग्रौला
‘एमाले जनताको भरोसायोग्य पार्टी बन्नेछ’
प्रशंसा नभई प्रश्न गर्ने सञ्चारमाध्यम आवश्यक : मुख्यमन्त्री थापामगर
भैरहवा हवाई प्रवेशमार्गसम्बन्धी सहमति सकारात्मक : महासचिव पोखरेल
सरकारले खाना रोकिदियो, चिउरा-दालमोठ खाएर प्रदर्शनमा सुकुम्वासी (तस्बिरहरू)
सरकारले खाना रोकिदिएपछि भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रित सुकुम्वासीले दालमोठ र चिउरा खाएर प्रदर्शन गरिरहेका छन् ।

सरकारले शुक्रबार दिउँसो दुई बजेसम्म होल्डिङ सेन्टर छोड्न सूचना जारी गरेको थियो ।
तर, आफूहरूको व्यवस्थापन नहुँदासम्म होल्डिङ सेन्टर नछोड्ने अडानमा रहेका सुकुम्वासी प्लेकार्ड बोकेर सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् ।
कार्कीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार
सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । अदालतले यस विषयमा मुद्दाको अन्तिम सुनुवाइका क्रममा निर्णय गर्ने आदेश दिएको छ ।

सरकारले गत १८ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णय गरेको थियो ।
उनको स्थानमा डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो ।
युवा रोजगार र उद्यमशीलता विकासलाई प्राथमिकता दिएका छौँ : श्रममन्त्री
लैङ्गिक हिंसा अन्त्यका लागि एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
यौन हिंसासम्बन्धी विधेयक संशोधन गर्न माग
विराटनगर जुट मिल सञ्चालनको तयारी, लगानीकर्तालाई ३५ दिनको समय
राष्ट्रपति पौडेल नियमित स्वास्थ्य जाँचका लागि टिचिङ अस्पतालमा
ट्रमा उपचार सेवा विस्तार गर्दै सरकार, सातै प्रदेशमा सेन्टर स्थापना गरिने
आयोगले नयाँ कार्यसमिति अद्यावधिक गरेकोबारे गगनले दिए पार्टी बैठकमा जानकारी
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले केन्द्रीय कार्यसमितिको बैठकमा निर्वाचन आयोगले कार्यसमिति तथा विधान अद्यावधिक गरेको जानकारी गराएका छन् ।
बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा सभापति थापाले पन्ध्रौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाइ निर्वाचन आयोगले अद्यावधिक गर्ने निर्णय गरेको जानकारी सहितको पत्र प्राप्त भएको जानकारी गराएका हुन् ।
कांग्रेसको १५औँ नियमित महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो।

महाधिवेशनपछि महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले कात्तिक १६ गते विधान संशोधनको विवरण, राजनीतिक दस्तावेज र महाधिवेशनका निर्णयहरूसहित अद्यावधिकका लागि आयोगमा निवेदन दर्ता गराएको थियो ।
त्यस्तै केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार पनि संगठनको आगामी कार्यभार (हामी तयार छौँ अभियान) लगायतका कार्यसूचीहरूमाथि छलफल भएको महामन्त्री डिला संग्रौलाले जानकारी दिइन् ।
साथै बैठकमा सरकारका क्रियाकलाप, स्थानीय निर्वाचनको तयारी लगायतका विषयमा पनि सदस्यहरूले धारणा राखेको उनले बताइन् । उनले निर्वाचन आयोगले अद्यावधिक गरेसँगै पार्टीको आधिकारिकताका बारे अव कुनै विवाद नरहेको धारणा राखिन् ।
देउवा समूहले दियो शशांकलाई समिति गठनको जिम्मेवारी
गगन थापा नेतृत्वको कांग्रेस निर्वाचन आयोगमा अद्यावधिक
समानान्तर महाधिवेशनको तयारीमा देउवा समूह, चुनदेवीमा बैठक
उत्तर कोरियाले किन गर्यो स्विस कूटनीतिज्ञलाई देश निकाला ?
उत्तर कोरियाले राजधानी प्योङयाङस्थित स्विट्जरल्याण्डको कूटनीतिक कार्यालयका प्रमुखलाई देश निकाला गरेको छ । स्विट्जरल्याण्डले प्योङयाङमा आफ्नो कार्यालय पुनः सञ्चालनमा ल्याउन स्विस विदेशमन्त्रीले सम्बन्ध सामान्य बनाउने विषयमा छलफल गरेको केही सातामै उत्तर कोरियाले यस्तो कदम चालेको हो ।

उत्तर कोरियाली विदेश मन्त्रालयका अनुसार स्विट्जरल्याण्डले सङ्डोवन इन्टरनेसनल चिल्ड्रेन्स क्याम्पमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको जवाफमा कूटनीतिक प्रतिनिधिलाई निष्कासन गरिएको हो ।
सरकारी समाचार संस्था केसीएनएका अनुसार मन्त्रालयले स्विस कूटनीतिक कार्यालयका प्रमुख सिल्भेन एस्टियरलाई बोलाएर कार्यालय बन्द गर्न र ४८ घण्टाभित्र देश छाड्न निर्देशनसहितको पत्र थमाएको छ । आफ्नो सार्वभौमसत्ता र नागरिकको हितविपरीत हुने कुनै पनि कार्य स्वीकार्य नहुने मन्त्रालयले स्पष्ट पारेको छ ।
इरानसँग चीन र रुसको संलग्नता न्यून रहेको ट्रम्पको दाबी
युरोपेली बजेटबारे ले पेनसँग म्याक्रोँको विवाद
भेनेजुएलाले विपक्षी नेताहरूलाई जिम्मेवारीमा जान रोक्ने कानुन खारेज गर्ने
महिलाको आर्थिक सहभागिता बढेसँगै मलेसियामा लैङ्गिक असमानता घट्दै

















प्रतिक्रिया