आजका समाचार : काठमाडौंमा मेलम्चीको बाढी, अध्यादेशमा समर्थन जुटाउन सरकारलाई सकस र बन्दी रिहा गर्न हमासलाई इजरायलको चेतावनी | Khabarhub Khabarhub

आजका समाचार : काठमाडौंमा मेलम्चीको बाढी, अध्यादेशमा समर्थन जुटाउन सरकारलाई सकस र बन्दी रिहा गर्न हमासलाई इजरायलको चेतावनी


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौंमा मेलम्चीको बाढी : न जलदबाब परीक्षण, न त अन्तरनिकाय समन्वय !

सङ्घीय प्रशासनिक केन्द्र सिंहदरबारबाट नजिकै रहेको बबरमहल बुधबार (आज) दिउँसो जलाम्मे भयो । वरपर रहेका सरकारी कार्यालय पनि डुबानमा परे । कार्यकक्षभित्रै पानी पसेपछि कर्मचारी र सुरक्षाकर्मीहरू कागजातका फाइल र उपकरणहरू सुरक्षित स्थानमा लैजान व्यस्त रहे ।

नेपाल विद्युत प्राधिकरणले बिजुलीको तार भूमिगत गर्दा मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप नै फुटेर ६ लेन सडक नै डुब्यो । माइतीघर–तीनकुने सडकखण्डका दायाँबायाँ रहेका वन परिसर, विशेष र जिल्ला अदालत नै डुबानमा परे । यी सरकारी निकाय र वरपरका भवनमा भेल होइन, अचानक बाढी नै पस्यो ।

अदालतमा ढल, सिंहदरबारमा बेहाल !

मेलम्ची खानेपानीका ३० किलोमिटर पाइप फुटे, १६ करोड क्षति

कुपन्डोलमा मेलम्ची खानेपानीको पाइप फुट्दा भासियो सडक (तस्बिरहरू)

प्राधिकरणले बिजुलीको तार भूमिगत गर्दा फुट्यो मेलम्चीको मुख्य पाइप

निकास नहुँदा वीरगञ्जको दुई सय बिघा खेतीयोग्य जमिन डुबानमा

कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन- भ्रष्टाचार र अनिमितता नगर्नू, यो पार्टी र त्यो पार्टी नभन्‍नू

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई निष्पक्ष र छिटो छरितो सेवा दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन् ।

नेपाल निजामतिी कर्मचारी संगठनको १२ औँ महाधिवेशनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सेवाग्रही जनताको मर्का बुझेर दुःख नदिई मुस्कानसहित कर्तव्यबोधको भावनाले छिटो सेवा दिन आग्रह गरेका हुन् ।

‘तपाईंहरूले सरकारी कर्मचारीका रुपमा यो पार्टी, त्यो पार्टी नभनी सबैलाई निष्पक्षरुपमा सेवा दिनुपर्छ । चुनाव आउँदा मत दिन पाउने र कर्मचारीको हक हितका लागि अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सिद्धान्तबमोजिम मर्यादामा रहेर सङ्गठन गर्न पाउने हक तपाईंहरूलाई छ’, उनले भने, ‘सबैका आवाज सुन्ने सरकार रहेकाले तपाईंहरूलाई आन्दोलनमा उत्रनुपर्ने अवस्था छैन ।’

प्रधानमन्त्रीले भने- शान्ति सुरक्षा बिगार्नेलाई काठमाडौंको नाका कटाउनुपर्छ

ओलीले अध्यादेशमार्फत् संवैधानिक निकायमा नियुक्त गरेकाविरुद्धको मुद्दामा सुनुवाइ अघि बढ्यो

नातिकाजी शब्द, संगीत र स्वर सबैको कालजायी त्रिवेणी : मन्त्री पाण्डे 

लोसपा पनि भूमिसम्बन्धी अध्यादेशको विपक्षमा

आईजीपीलाई गृहमन्त्रीको निर्देशन- प्रहरी कुट्ने कसैलाई नछोड्नू

गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरीमाथि भइरहेको कुटपिट र दुर्व्यवहारका घटनामा जसको संलग्नता भए पनि छानबिन गरी कारबाही गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री लेखकले त्यस्ता घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरलाई निर्देशन दिएका हुन् ।

नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्त्व कला, साहित्य र संगीत हो : राष्ट्रपति पौडेल  

अध्यादेशको कन्टेन्टलाई लिएर विरोध नगरौँ : प्रमुख सचेतक घिमिरे

विश्वप्रकाशको जवाफ- सामाजिक सञ्जाल प्रयोगकर्ताको पहिचान खोज्ने काम राज्यको होइन

अवसरको उपयोग गर्न उपप्रधानमन्त्री सिंहको जोड

सरकारका प्रवक्ताको दाबी : भूमिसम्बन्धी अध्यादेश पनि संसद्‍बाट पारित हुन्छ, जसपाले साथ दिन्छ

सरकारले भूमिसम्बन्धी अध्यादेश लगाएतका अन्य अध्यादेश सदनबाट पारित हुने दाबी गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भूमिसम्बन्धी अध्यादेश लगायत सरकारले ल्याएका सबै अध्यादेश संघीय संसद्‍बाट पारित हुने दाबी गरेका हुन् ।

भूमिसम्बन्धी अध्यादेश पारित नहुने हल्ला बजारु भएको भन्दै उनले जसपा नेपालले यसबारे कुनै आधिकारिक निर्णय नगरेको बताए ।

जसपाको निर्णयपछि सरकारसँग भएन संवाद, उपेन्द्र भन्छन्- भूमिसम्बन्धी अध्यादेश देशको हितमा छैन

सामाजिक सञ्जाल विधेयकको विरोधमा कांग्रेसकै विद्यार्थी संगठन सडकमा (तस्बिरहरू)

मन्त्रिपरिषद् निर्णय : बीस लाख अमेरिकी डलर अनुदान स्वीकार

निजी मेडिकल कलेजमा विदेशी विद्यार्थीको सिट सङ्ख्या बढाउनेबारे छलफल

शैक्षिक क्षेत्रमा अवसरको अधिकतम उपयोग गर्नुपर्‍यो : प्रकाशमान सिंह

जसपा केन्द्रीय सदस्यसहित एक सय जना कांग्रेस प्रवेश 

कांग्रेस प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा दुई जना थपिए

लुम्बिनी र गण्डकी प्रदेश सरकारका २१ बुँदे साझा प्रतिबद्धता

लुम्बिनी र गण्डकी प्रदेश सरकारले दुवै प्रदेशको रणनीतिक विकास र समृद्धिका लागि २१ बुँदे साझा प्रतिबद्धता व्यक्त गरेको छ ।

लुम्बिनी प्रदेश सरकारको आयोजनामा पाल्पाको ऐतिहासिक एवं पर्यटकीय गन्तव्य रानीमहलमा आज सम्पन्न अन्तर प्रदेशस्तरीय बैठकले उक्त प्रतिबद्धता व्यक्त गरेको हो ।

संविधानको धारा ५६, २३३, अनुसूची ६ र ९ मा उल्लेखित व्यवस्थाअनुसार लुम्बिनी र गण्डकी प्रदेशको समग्र विकासका सवाल, साझा सम्भावनाहरू संयुक्त रूपमा सम्बोधन गर्ने उद्देश्यले पहिलो पटक लुम्बिनी प्रदेश सरकारले बैठकको आयोजना गरेको थियो ।

कर्णाली सरकारले प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने

बागमती प्रदेशको वन ऐन संशोधन गरिने

कोशीका मुख्यमन्त्री भन्छन्- अध्यादेश संवैधानिक अधिकार हो, पारित नभए खारेज हुन्छ

बालेन भन्छन्- नतिजालाई खर्चमाभन्दा भौतिक उपलब्धिमा दाँजेर मूल्याङ्कन गरौँ

बुद्धले आफ्नो मृत्यु घोषणा गरेको दिनलाई राष्ट्रिय पर्वका रुपमा मनाऊँ : उपप्रमुख डंगोल

पर्यटक र पूर्वाधारको पर्खाइमा म्याग्दीको रुघाचौर

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा पर्ने रुघाचौर पर्यटक र पूर्वाधारको पर्खाइमा छ । म्याग्दी, बागलुङ र पुर्वी रुकुममा फैलिएको ढोरपाटन शिकार आरक्षको वार्से व्लकमा पर्ने रुघाचौर पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेको हो । समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटर उचाइमा रहेको रुघाचौर गुर्जा र ढोरपाटन आवत-जावत गर्ने पदमार्गको मुख्य नाका हो ।

यहाँबाट अन्नपूर्ण, गुर्जा, धौलागिरि, सिस्ने, पुथा, चुरेन हिमाल, सुर्योदय र सूर्यास्तको दृश्य अवलोकन गर्न सकिने धवलागिरि गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए।

कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार बढी चरा

जुम्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर भूकम्प

तनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै

निजामतीतर्फ ११ सेवा रहने विषयमा सहमति

भ्रातृ संस्थाको महाधिवेशन समयमा नहुँदा पार्टीको आन्तरिक जीवनमा असर पुग्यो’

बनभोज खाएर फर्केको स्कुल बस दुर्घटना : तीन जनाको मृत्यु, ४० घाइते

काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा आज साँझ स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य ४० घाइते भएको प्रहरीले जनाएको छ ।

चावहिलस्थित एसएस एकेडेमीले रिजर्भ गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भई अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

१६ बर्षीया बालिकामाथि सामूहिक बलात्कार, ३ जनाविरुद्ध उजुरी 

म्याग्देमा हल गोरु पाल्ने कृषकलाई गाउँपालिकाको अनुदान

वैदेशिक रोजगारीमा ठगी गर्ने दुई जना पक्राउ

हमासले बन्दी रिहा नगरे युद्ध सुरु गर्ने इजरायलको चेतावनी

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने चेतावनी दिएका छन्। हमासले इजरायलमाथि युद्ध विराम पालना नगरेको आरोप लगाएपछि नेतन्याहुले यस्तो चेतावनी दिएका हुन्।

नेतन्याहुको प्रतिक्रियापछि हमासले भने आफू युद्ध विरामका लागि तयार भएको तथा कुनै ढिलाइ तथा जटिलता आए यसमा इजरायल नै जिम्मेवार हुने बताएको छ।

भान्सको एआई चेतावनीपछि चीनद्वारा प्रविधि  ‘राजनीतिकरण’ को विरोध

ट्रम्पले गरे युएसएडका महानिरीक्षक बर्खास्त

इरानमा चिसो बढेपछि विद्यालय र सरकारी कार्यालय बन्द

जापानले माग्यो अमेरिकासँग स्टिल शुल्कमा छुट 

बेलायती प्रधानमन्त्रीले सार्वजनिक रूपमा गराए एड्स परीक्षण 

गाजा नियन्त्रणमा लिने योजनामा अडिग ट्रम्प

च्याम्पियन्स लिग : प्ले अफमा सिटीविरुद्ध रियल म्याड्रिडको रोमाञ्चक जित

च्याम्पियन्स लिगको दोस्रो चरण प्रवेशका लागि भएको प्ले अफको पहिलो लेगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३-२ ले हराएको छ।

म्यानचेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा रियलले खेलको ८६ औं मिनेटमा कमब्याक गर्दै रोमाञ्चक जित निकालेको हो।

मेसी र रोनाल्डोको जस्तै दुई ह्याट्रिक गरेर सफलता पाउन चुके डेम्बेले

च्याम्पियन्स लिगः पिएसभीविरुद्धको पहिलो लेगमा युभेन्ट्स विजयी

थ्री बाई थ्री नेपाल बास्केटबलको सेमिफाइनल समीकरण पूरा

बंगलादेशी क्रिकेटर सोहेलीलाई भ्रष्टाचार आरोपमा पाँच वर्ष प्रतिबन्ध

बागमती गोल्डकप आगामी शनिबारदेखि

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ८ : ०५ बजे

तनहुँमा चैते धान प्रवर्द्धन आयोजनाबाट ११७७ मेट्रिकटन उत्पादन

दमौली–  तनहुँमा सञ्चालन भएको चैत धान प्रर्वद्धन आयोजनामार्फत एक वर्षमा

जडीबुटीका बिरुवासँगै तालिम दिँदै वनस्पति अनुसन्धान केन्द्र

कैलाली– वनस्पति अनुसन्धान केन्द्र, कैलालीअन्तर्गत रहेको देवहरिया वनस्पति उद्यान, धनगढीले

तरकारी खेतीबाट स्वरोजगार महिला, लाखौंको आम्दानी गर्दै

टीकापुर- टीकापुर नगरपालिका-३ कटानपुरमा तरकारीखेती गरेर टोलकै महिला आत्मनिर्भर बनेका

हल्दिबारीका चिया बगानमा ‘लुपर’को प्रकोप

झापा– हल्दिबारी गाउँपालिकाको चिया बगानहरुमा ‘लुपर’ नामक कीराको प्रकोप फैलिएको

करेन्ट लागेर एक महिलाको मृत्यु

राजविराज– अग्नीसाइर कृष्णासवरन  गाउँपालिका–४ टेङ्गरीमा शनिबार करेन्ट लागेर एक जना