बाढीको विध्वंशपछि रसुवागढी पुग्यो प्रधानमन्त्री ओली र चिनियाँ राजदूत सोङसहितको टोली
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत छन सोङसहितको टोली भोटेकोशी नदीको बाढीले पुर्याएको जनधनको क्षतिको स्थलगत निरीक्षणका लागि रसुवागढी नाका पुगेका छन् ।
प्रधानमन्त्री ओली, चिनियाँ राजदूत सोङ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा तथा जलश्रोतमन्त्री दीपक खड्का लगायतको टोली मंगलबार अपरान्ह हेलिकप्टर चढेर नेपाल-चीन सीमाक्षेत्र रसुवागढी नाका पुगेको हो ।

यो टोलीमा गृह सचिव गोकर्ण दुबाडी, प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल,राष्ट्रिय अनुसन्धान प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापा, राजस्व सचिव दिनेश कुमार घिमिरे र बिपद् प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टसहित छन् ।
रसुवा प्रशासन भन्छ- चीनसँगको सम्पर्क टुट्यो, तीन प्रहरीसहित १८ को अवस्था पत्ता लाग्न सकेन
उद्धार कार्य व्यवस्थित र प्रभावकारी बनाउन सरकारलाई ध्यानाकर्षण
सभापति देउवाद्वारा उद्धार र राहतमा जुट्न आग्रह
प्रधानमन्त्रीद्वारा अत्यावश्यकबाहेक निर्धारित कार्यक्रमहरू स्थगित
सुख्खा बन्दरगाहमा पुगेको क्षतिको विवरण आउन बाँकी छ : मन्त्री भण्डारी
बाढी प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेसको आग्रह
भोटेकोशी बाढी : राहत र उद्धारमा सक्रिय बन्न कार्यकर्तालाई प्रचण्डको निर्देशन
त्रिशूली नदीमा आएको बाढीबाट जोगिन र सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
मधेशमा मैथिली र भोजपुरी भाषा सरकारी कामकाजमा प्रयोग गर्न माग
गृह मन्त्रालयको गोष्ठीमा भाग लिन काठमाडौं आएका थिए रसुवाका सीडीओ र डीएसपी
सोबितालाई महेशको चुनौती- प्रधानमन्त्रीसँग स्पेन गएर नफर्किनेको नाम बताउनुस्
नेकपा एमालेले प्रधानमन्त्रीसंग स्पेन भ्रमणका गएकाहरू नफर्किएको भन्ने रास्वपाका सांसदको आरोपप्रति आपत्ति जनाएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद सोबिता गौतमले स्पेन भ्रमणका क्रममा प्रधानमन्त्रीसँगै गएका केही व्यक्तिहरू नफर्किएको बताएकी थिइन् ।

त्यसपछि बैठकमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको भ्रमणबारे रास्वपा सांसदको अभिव्यक्ति निराधार, कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन माग गरे ।
उनले प्रधानमन्त्रीको साथमा गएर नफर्कनको नामबारे संसद्लाई जानकारी गराउन समेत चुनौती दिए । बैठकमा सरकारप्रति उठेका विषयलाई दलका सांसदले जवाफ दिएको भन्दै माओवादी सांसदहरूले आपत्ति जनाएका थिए ।
निश्चित मापदण्डका आधारमा खेलाडी र प्रशिक्षक छनोट गरिने
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले सार्वजनिक गरे सय दिनका काम
विपद प्रभावितको उद्धार गर्न सांसदहरूको माग
कांग्रेस सांसद गौतमको माग- जापान जाने प्रशिक्षार्थी कामदारसँग अनधिकृत भाषा परीक्षा रोकौँ
रास्वपा र राप्रपाले बहिष्कार गरेपछि संसद्मा कुर्सी खाली (तस्बिरहरू)
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई निलम्बन गर्न प्रेम आलेको माग
विपत्को घडीमा सबै एकजुट भएर उभिनुपर्छ : अमरेशकुमार सिंह
चीनको सुजिङ ताल फुटेर भोटेकोशीमा बाढी आयो : प्रकाशशरण महत
प्रतिनिधिसभा बैठक : संवैधानिक परिषद्लाई समावेशी ढङ्गले चलाउनुपर्नेमा जोड
हितेन्द्रदेवले भने- भोटेकोसीको बाढीले २४० मेगावाट विद्युत् उत्पादन रोकियो
रुपन्देही–३ मा साझा उम्मेदवार खडा गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय
तराई–मधेशकेन्द्रित संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनमा साझा उम्मेदवार खडा गर्ने निर्णय गरेको छ ।
काठमाडौंको शंखमुलस्थित होटेल ए–वन प्यालेसमा मंगलबार बसेको मोर्चाको बैठकले उप(निर्वाचनमा साझा उम्मेदवार खडा गर्ने निर्णय गरेको हो । निर्णयअनुसार रुपन्देही–३ मा मोर्चाका तर्फबाट नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले उम्मेदवारी दिने छ ।

रुपन्देही–३ मा मोर्चाका तर्फबाट नाउपाले अघि सार्ने उम्मेदवारलाई सघाउने सर्वसम्मत निर्णय भएको नेता केशव झाले जानकारी दिए ।
प्रतिनिधिसभा निर्वाचन–०७९ मा रूपन्देही–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट दीपक बोहरा विजयी भएका थिए । सांसद बोहराको ०८१ चैत १९ मा काठमाडौंस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । त्यसयता रूपन्देही–३ मा प्रतिनिधिसभा सदस्य पद रिक्त छ ।
जनसम्पर्क समितिलाई ‘स्वर्ण महोत्सव’ मनाउन कांग्रेसको निर्देशन
कांग्रेस नेता तथा पूर्वमन्त्री अच्युतराज रेग्मीको निधन
सभामुखको विश्वास- ‘कुलिङ पिरियड’माथिको छानबिन समयमै सकिने छ
बाढीले क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणको प्रक्रिया अघि बढाउन मन्त्री दाहालको निर्देशन
ज्ञानेन्द्र शाहीको प्रश्न- जीबीलाई लुकाउन अहिलेको सरकारले कति अर्बमा डिल गर्यो ?
परराष्ट्रमन्त्री र जर्मनीका विदेशमन्त्रीबीच भेट, सिधा हवाई उडानका लागि आग्रह
मधेश प्रदेशसभामा बजेट विवाद : प्रतिपक्षीले तेस्रो दिन पनि चल्न दिएनन् सदन, नाउपाले लियो समर्थन फिर्ता
चीनको केरुङ र लेन्देखोलामा राति नै उर्लिएको थियो बाढी, मितेरी पुल बगायो
चिनियाँ क्षेत्रस्थित केरुङ र लेन्देखोलामा मंगलबार सबेरै बिहान ३ बजे उर्लिएर आएको बाढीले नेपाली क्षेत्रमा अकल्पनीय क्षति भएको छ। रसुवास्थित नेपाल–चीन सीमा जोड्ने प्रमुख व्यापारिक नाका मितेरी पुलसमेत बिहान ३ बजे अचानक आएको बाढीले बगाएको छ।
बाढीका कारण सयौँको सङ्ख्यामा पार्किङमा रहेका विद्युतीय सवारी (ईभी) गाडी बगाएको आशंका गरिएको छ। बाढीले केही कन्टेनर बगाउँदै लगेको दृश्य भिडियोमा देख्न सकिन्छ। बाढीकोले स्याफ्रुबेसीतर्फको सडकसमेत पूर्णरूपमा प्रभावित भएको छ। रसुवागढी जलविद्युत आयोजनामा गम्भीर क्षति पुगेको छ।

यसैबीच जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले सूचना जारी गर्दै त्रिशुलीको माथिल्लो क्षेत्र – नुवाकोट र रसुवामा अत्यधिक वर्षा भएकाले नदीको बहाव तीव्र गतिमा बढ्न सक्ने चेतावनी दिएका छन्। नदी किनार आसपासका बासिन्दालाई आवश्यक सतर्कता, सावधानी अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
भोटेकोशीमा बाढी : ६ विदेशीसहित १८ जना बेपत्ता (सूचीसहित)
जग्गा विवाद नमिल्दा ‘बेकामे’ बन्दै दमकको बिजनेस टावर, पूर्वाधार निर्माणले गति लिँदा स्थानीय निराश
रसुवागढीमा २५ वटा कन्टेनर बगे, सयौँ व्यवसायीको अर्बौँको क्षति
भोटेकोशीको बाढीमा मृत्यु भएका सात जनाको शव भेटियो
भोटेकोशीमा बाढी घटेपछि यस्तो देखियो त्रिशूली (तस्बिरहरू)
रसुवाको बाढीमा १२ नेपाली र ६ चिनियाँ बेपत्ता, ९ जनाको उद्धार
बढीले रसुवा क्षेत्रका तीन फिडर अवरुद्ध
भोटेकोशीको बाढी त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन आग्रह
त्रिशूलीको बाढीमा फसेका दुई जनाको सफल उद्धार
रसुवा बाढी अपडेट : हाइड्रोपावरमा क्षति, सडकहरू अवरुद्ध, सवारी साधन बगे
भोटेकोशीको बाढीको असर : कहाँ-कहाँ हुन्छ जोखिम ?
बाढीले २ सय मेगावाट बिजुली रोकियो, रसुवागढी र त्रिशूली थ्री ‘ए’ तत्काल सञ्चालनमा नआउने
चीनबाट आएको बाढीले टिमुरे सुख्खा बन्दरगाह र रसुवागढी विद्युत आयोजनामा ठूलो क्षति
रसुवाका सहायक प्रजिअ भन्छन्- बाढीमा कम्तीमा ११ जना बेपत्ता छन्
त्रिशूलीमा बाढी आउँदा फसेकाको उद्धारका लागि हेलिकप्टर पुग्यो
‘इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह’
गाजा क्षेत्रमा चार महिनादेखि जारी नाकाबन्दीका कारण संयुक्त राष्ट्रसंघले बाँकी रहेको इन्धन अत्यावश्यक जीवनरक्षक सेवाहरूमा मात्र प्रयोग गर्न थालेको छ।
संयुक्त राष्ट्रसंघअन्तर्गतको मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए) का अनुसार, इन्धन अभावले अस्पताल, एम्बुलेन्स र पिउने पानीको व्यवस्था गम्भीर रूपमा प्रभावित भएको छ। अस्पतालहरू सेवा सञ्चालनका लागि कठिनाइ भोगिरहेका छन् र यो अवस्था अब धेरै समय टिक्न सक्दैन कार्यालयले जानकारी दिएको छ।

ओसीएचएका अनुसार सञ्चार सेवा प्रदायकहरूले पनि गाजामा चाँडै नै सम्पूर्ण इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएका छन्। यसबीच, गाजाका सर्वसाधारणहरू दैनिक जीवनमा केवल द्वन्द्वबाट होइन, भोकमरीको डरले पनि त्रस्त छन्। खाद्य सहायता लिन खोज्दा केही नागरिकहरूले ज्यान गुमाएको जानकारी सार्वजनिक भएको छ।
केन्यामा सरकार विरोधी प्रदर्शन, ११ जनाको मृत्यु
टेक्सासमा बाढी : ज्यान गुमाउनेको सङ्ख्या १०० नाघ्यो
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
अमेरिकाले युक्रेनमा थप हतियार पठाउने : ट्रम्प
राष्ट्रपति ट्रम्पले गरे १४ देशको सामानमा करको घोषणा
टेक्सासमा बाढीले सय बढीको मृत्यु, अझै धेरै पानी पर्ने पूर्वानुमान
प्रतिक्रिया